राष्ट्रपति रामवरण यादवले आइतबार साना दलका शीर्ष नेताहरूसँगको भेटमा राष्ट्रिय सहमतिको सरकार गठनमा तीन प्रमुख दल दोषी रहेको जिकीर गरेको अर्को बिहान मौसमले वर्षकै सर्वाधिक चिसो तापक्रम दिनु एउटा संयोग हुन सक्छ। तर शीतलहरले ढाकिएको तराइसँगै कठांग्रिएको राजधानीले मुलुकको राजनीतिक तापक्रमलाई एकै पटक प्रतिनिधित्व गरिरहेका छन्। मौसमको चिसिने क्रम अझ बढ्ने लख काटिएको छ भने निकट भविष्यमा राजनीतिक चिसोपन हट्ने सम्भावना पनि देखापरेको छैन। विशेषगरी शीर्ष नेताहरूसँगको भेटपछि आएको राष्ट्रपतिको भनाइले मौसमको चिसोलाई राजनीतिक चिसोले अझ उछिन्ने लख काट्न थालिएको छ।
अर्थात् मुलुक राष्ट्रिय सहमतिको पर्खाइमा छ र अहिलेसम्मको स्थितिले पुसमा वैशाखको न्यानोलाई पर्खिरहेकोतर्फ नै इंगित गरेको छ। लाग्छ- मुलुकको राजनीतिले कुहिरोका कारण स्पष्ट दिशा लिन सकिरहेको छैन। र, राजनीतिका संवाहकहरू सबै दिशाभ्रमबाट ग्रस्त छन्।
एमाओवादीसँगै सत्ता साझेदार घटक तथा विपक्षी दलबीच सहमतिको राष्ट्रिय सरकार गठनबारे कुरा नमिलेपछि दुवै पक्षले आ-आफ्नै परिभाषाअनुसार निकासको कुरा गरिरहेका छन्। यसबीच कांग्रेस एमाले नेताहरूले सहमतीय सरकारका लागि राष्ट्रपतिद्वारा नै 'उचित' कदमको अपेक्षा गर्दै आएका थिए भने त्यसबाट शंकित प्रधानमन्त्री भट्टराईले राष्ट्राध्यक्षविरुद्ध बोल्नसमेत भ्याएका थिए।
उता अपेक्षाअनुरुपको कदम नचालिएपछि कांग्रेस-एमालेका नेताहरूले नै प्रत्यक्ष तथा परोक्षरूपमा वर्तमान राजनीतिक अन्योलका जिम्मेवारी राष्ट्रपतिमाथि थोपर्न सुरु गरेका थिए। तर आइतबार साना दलहरूसँगको भेटमा राष्ट्रपतिले एकै पटक दुवै पक्षलाई जवाफ दिएका छन्। राष्ट्रपतिले आफू संवैधानिक दायराभन्दा अगाडि नबढ्ने बताउँदै सहमतीय सरकार दलबीचको सहमतिविना सम्भव नभएको बताएका छन् भने आफू नेतृत्वको सरकारमा एमाले तथा कांगे्रसलाई सामेल गराउन ललायीत बाबुराम भट्टराईलाई पनि संवैधानिकरूपमा त्यो सम्भव नभएको स्पष्ट जवाफ दिएका छन्।
राष्ट्रपतिको पछिल्लो भनाइले बल पुनः दलहरूकै कोर्टतर्फ उछिट्टिएको छ, यद्यपि त्यस बलसम्म पुग्ने राजनीतिक साहस कुनै दलले देखाउन सकेका छैनन्। सहमतिका लागि एक दिन भए पनि कांग्रेस आफ्नो सरकारमा आउनुपर्ने प्रधानमन्त्री (एमाओवादी) को जिद्दी राष्ट्रपतिको पछिल्लो भनाइपछि रोकिने हो कि होइन त्यो त हेर्न बाँकी नै छ तर वर्तमान अवस्थामा दुईतर्फ फर्किएका राजनीतिक दलहरूबाट राष्ट्रिय सहमतिका लागि सकारात्मक पहलको सम्भावना देखिएको छ। हुन त राष्ट्रलाई निकास दिनका लागि त्यसको आवश्यकता अनुभव गरेर अन्तिम समयमा कुनै 'ठोस' निर्णय गर्ने नेपाली राजनीतिको परिपाटी समाप्त भइसकेको ठोकुवा गर्न सकिने स्थिति पनि छैन।
हरेक विषयमा सत्ता नै केन्द्रमा रहनु नेपाली राजनीतिको नकारात्मक पक्ष हो। पटक पटक म्याद थप्दा पनि संविधान सभाले मुलुकलाई संविधान दिन नसक्नुमा त्यो पनि एउटा प्रमुख कारण थियो। अहिले राष्ट्रिय सहमतिको विषय पनि नारामा मात्र सीमित हुनुको एउटा मुख्य कारण त्यही हो।
राष्ट्रिय सहमतिको आवश्यकता अनुभव गरिएको यो पहिलो पटक भने होइन। प्रजातन्त्र पुनर्स्थापनापछि बनेको कांग्रेसको एकमना सरकारको पालादेखि नै राष्ट्रिय सहमतिको आवश्यकता दलहरूले नगरेका होइनन्। तर राष्ट्रिय सहमति त देखिएन बरु दलबीच नै आन्तरिक विवादले जरा गाड्न थाल्यो। परिणाम प्रमुख दलबीच टुक्रने र मिल्ने क्रम सुरु भयो, पछिल्लो समय यसले एमाओवादीलाई पनि छुन पग्यो।
यसबीच राष्ट्रिय सहमतिकै लागि नयाँ प्रधानमन्त्री खोज्ने प्रयासले कांग्रेसमा विाद उत्पन्न गरायो। प्रधानमन्त्री पदका लागि वरिष्ठ नेता शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीचको हानथापले पार्टीमा आन्तरिक कलह जन्मायो। पछिल्लो समय सभापति सुशील कोइरालाको नाम आएपछि पार्टीको विवाद त साम्य भयो तर भट्टराईले सुशीलको नाम आफूलाई अस्वीकार्य भएको बताएपछि विवाद पुनः पुरानै स्थानमा खडा हुन पुगेको छ। दलहरूले आफूलाई बाहेक गरेर निषेधको राजनीति गरेको भन्ने बाबुरामको आरोपलाई राष्ट्रपतिको आइतबारको भनाइले जवाफ दिएको छ।
राष्ट्रपतिको पछिल्लो भनाइपछि सहमतीय राजनीतिको सम्भावना झनै क्षीण हुँदै गएको छ। आफूभित्रको विवादलाई थाँती राख्दै राष्ट्रिय सहमतिका लागि अन्य दलसँग कुरा मिलाउने चुनौती प्रमुख दलहरूसामु आइपुगेको छ। कांग्रेसले आफूविरुद्ध निषेधको राजनीति गर्योक भन्ने आरोप लगाउने बाबुराम भट्टराईले सहमतीय प्रमका लागि कोइरालाको नाम अस्वीकार गर्नु आफंैमा अनौठो हो।
उता सहमतिका लागि स्वतन्त्र व्यक्तिको नाम हुनुपर्ने जिकीर पनि भट्टराईले गर्दै आएका छन्। सुशीलको नाममा सहमति जनाइसकेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एमाले नेता माधवकुमार नेपालले पनि त्यसको समर्थनमा टाउको हल्लाएको खबर नआएको होइन। स्वतन्त्रको अर्थ यदि कुनै राजनीतिक दलसँग सम्बद्ध नभएको भन्ने हो भने वर्तमान स्थितिमा त्यो सम्भव देखिँदैन। नागरिक समाज नै थरीथरीका भएको मुलुकमा कुनै राजनीतिक दलसँग सम्बद्ध नभएको व्यक्ति भेट्टाउनु भनेको 'सर्पको लौरो टेक्छ'ु भन्ने बालहठसरह हो।
यसबीच नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले कांग्रेसले आफ्नो दलीय स्वार्थलाई 'साइड' मा राखेर भट्टराई सरकारमा सामेल हुनुपर्ने बताएको समाचारमा आएको छ। उनको यस भनाइले अब पार्टीभित्र वर्तमान सरकारमा जाने कि नजाने भन्ने विवाद मुखरित हुँदै जान सक्ने संकेत देखिएको छ। तर राष्ट्रपतिको पछिल्लो भनाइअनुसार संवैधानिकरूपमा वर्तमान सरकार विस्तार हुन सक्दैन।
नेपालमा राजनीतिक विश्वासको वातावरण हँुदो हो त संविधान सभाले कम्तिमा समयमै संविधान बनाउन नसके पनि विघटन हुनुपर्ने स्थिति आउने थिएन। विघटनपछि त्यसको दोष दलहरूले एकापसमा थोपर्ने स्थिति आउने थिएन। विपक्षी दलहरूले राष्ट्रपतिलाई गुहार्नुपर्ने स्थिति आउने थिएन अनि स्वयं प्रधानमन्त्रीले राष्ट्राध्यक्षमाथि विभिन्न लाञ्छना लगाउनुपर्ने स्थिति पनि आउने थिएन।
तर पनि वर्तमान अवस्थामा निकासका लागि पहिलो आवश्यकता भनेकै राष्ट्रिय सहमति हो। यो तथ्यलाई सरकारमा रहेका र विपक्षी दुवैथरीले बुझ्नु आवश्यक छ। बलपूर्वक अथवा जिद्धिसाथ हुने निर्णयलाई सहमति भन्न मिल्दैन। यसका लागि आपसी विश्वासको वातावरण हरेक दल मिलेर बनाउन आवश्यक छ। अनि सत्तालाई केन्द्रमा राखेर त्यो सम्भव पनि छैन।