नेपालमा आधुनिक स्वास्थ्य सेवाको सुरुवात् तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालाबाट भएको पाइन्छ। उनी स्वयं टिबी रोगी भएकाले सो सम्बन्धमा उपचारका लागि टोखा सेनिटोरियम, वैद्यखाना, सेन्टर चेष्ट क्लिनिक सञ्चालन भएको पाइन्छ। तत्पश्चात् वीरशमशेरको पालामा वीर अस्पताललगायत् स्वास्थ्य क्षेत्रमा केही डिस्पेन्सरीहरु सञ्चालन भएको थियो। २००७ सालको प्रजातान्त्रिक आन्दोलनपछि स्वास्थ्य क्षेत्रमा जुन किसिमले परिवर्तन हुनुपर्ने थियो, सो हुन सकेन्। २०१५ सालको निर्वाचित सरकारले समाजवादको मूल्य र मान्यताअनुरूप स्वास्थ्य क्षेत्रलाई राज्यको प्राथमिकतामा राखेको पाइन्छ।
साथै २०१७ सालदेखि २०४६ सालसम्मको स्वास्थ्य क्षेत्रमा केही उपलब्धि हासिल गरे पनि २०४८ र २०५४ सालको परिवर्तनले १६ साललाई पछ्याउँदै स्वास्थ्य क्षेत्रमा केही परिर्वतन गर्न खोजिएको छ। नेपालको प्रचलित अन्तरिम संविधान २०६३ को भाग ३ को उपधारा (२) अनुसार 'प्रत्येक नागरिकलाई राज्यबाट कानुनमा व्यवस्था भएबमोजिम आधारभूत स्वास्थ्य सेवा निःशुल्करूपमा पाउने हक हुनेछ।' तर यो मौलिक अधिकारमा विरोधाभास छ। संविधानमा उल्लिखित मौलिक हक भनेको संविधानले सोझै नागरिकलाई दिने हो र न्यायपालिकाले त्यसको न्यायिक ग्यारेण्टी गर्छ। 'कानुनमा व्यवस्था भएबमोजिम' भनेपछि त्यो कानुनी अधिकार हुन्छ, जुन अधिकार कानुन बनाएर लागु गरेपछि मात्र पाइन्छ। कानुन बनाएर लागु गरेपछि मात्र नागरिकले पाउने अधिकारलाई 'मौलिक अधिकार' भनिँदैन।
नेपालको स्वास्थ्य सेवाका सम्बन्धमा विगतका वर्षहरुमा निर्माण भएका नीतिगत कार्यक्रमहरु वास्तवमै विकेन्द्रीकरणको अवधारणाअनुरूप स्थापित भएका थिए। सोहीअनुरुपको स्वास्थ्य नीतिलाई यथोचित मूल्यांकन, कार्यान्वयन र अनुगमन हुन सकेको खण्डमा नेपालको स्वास्थ्य नीति समयसापेक्ष हुने कुरामा पूर्णत विश्वस्त हुने आधार देखिएका छन्। तत्कालीन समयमा तय गरिएका नीतिअनुरूप स्थानीय तहमा समेत स्वास्थ्य संस्था स्थापना गर्ने, ग्रामीण क्षेत्रमा महिला स्वयंसेविकाको व्यवस्था मिलाउने काम २०४८ सालको राष्ट्रिय स्वास्थ्य नीतिमार्फत् प्रबर्द्धनात्मक, उपचार, प्रतिकारात्मक, आधारभूत तथा मानव संसाधन विकासलगायत्का नीति अवलम्बन गरेर स्वाथ्य क्षेत्रको तत्कालीन अवस्थालाई आमूल परिवर्तनको दिशामा लगिएकामा कुनै द्विविधा छैन।
दोस्रो दीर्घकालीन स्वास्थ्य योजना १९९७ देखि २०१७ सम्मको कार्यावधिका लागि बाल मृत्युदरलाई ३४.४ प्रति १ हजारमा पुर्याधउने, ६२.५ प्रतिहजारका दरले पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर घटाउने, प्रजननदर ३.०५ प्रतशितमा पुर्याेउने, ६८.७ का दरले सरदर आयुमा वृद्धि गर्ने, २५० प्रति हजारका दरले मातृत्व मृत्यूदर घटाउने, ५८.२ प्रतिशतका दरले परिवार नियोजनका साधन प्रयोगकर्तामा वृद्धि गर्ने, ९५ प्रतिशत तालिमप्राप्त प्राविधिकहरुबाट सुत्केरी सेवा पुर्यागउने, ८० प्रतिशतभन्दा बढी गर्भवती महिलालाई पूर्व प्रसूति सेवामा पहुँच पुर्यारउनेलगायत्का लक्ष्यहरुले समेत तत्कालीन समयमा निर्धारण गरिएको लक्ष्य तथा उद्देश्यलाई पूर्णत पालना गरेको थियो।
वर्तमान समयमा नेपालको स्वास्थ्य नीतिका सम्बन्धमा विभिन्न चासो र सरोकार राख्नेमात्र होइन, सोका लागि दीर्घकालिन योजना र कार्यान्वयनका सम्बन्धमा विभिन्न सवाल उत्पन्न भई नै रहेका छन्। विश्वव्यापीकरणको मान्यताअनुरूप नेपालमा पनि विभिन्न मेडिकल कलेज र स्वास्थ्य संस्थाहरु स्थापना भई पठनपाठन कार्य सुचारु हुनु सम्पूर्ण नेपालीको गौरवको विषय बनेको छ। तर पनि देशका विभिन्न दुर्गम स्थानमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको अभाव, वर्तमान समयमा देखिएको सामान्य स्वास्थ्य उपचारको कमीका कारण जीवन गुमाउनुपर्ने दर्दनाक अवस्थाले जोसुकै सचेत नागरिकको मनमा शंका उत्पन्न गरिरहेको यथार्थ हो।
स्वास्थ्य क्षेत्रमा विगतका तुलनामा हाल केही विकास निश्चितरूपमा नै भएको छ। जसमा १९९० मा प्रतिहजारमा ८५० मातृ मृत्युदर थियो भने २०११ सम्म आइपुग्दा उक्त दर केबल २८० मा झरेको छ। त्यस्तै पाँच वर्षमुनिका बच्चाहरुको मृत्युदर १९९० मा प्रतिहजारमा १६२ थियो भने सन् २०११ मा जम्मा ५० मा सीमित हुन पुगेको छ। त्यस्तै चाइल्ड मालन्युटि्रसनमा सन् २००१ मा ७२ प्रतिशत थियो भने सन् २००९ मा ३८.८ प्रतिशतमा झरेको छ। मुख्य गरेर नेपालको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दा शहरी अवस्थामा स्वास्थ्य सेवाको विस्तार पूर्णरूपले भएको छ भने ग्रामीण इलाकाका यातायातको समस्यादेखि लिएर स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको दरबन्दीको अभाव, २१ औं शताब्दीमा समेत जनचेतनाको कमीजस्ता कारणले आशातीत सफलता प्राप्त गर्न सकिएको छैन। उक्त तथ्यांकले नेपालको स्वास्थ्य सेवामा अझ बढी ध्यानाकर्षण गराउनुपर्छ भन्ने कुरा पुष्टि गरेको छ।
नेपालमा चिकित्साशास्त्रको अध्ययन गर्न चाहने विद्यार्थीको संख्या दिन/प्रतिदिन बढ्दै गइरहेको छ। बीसौं मेडिकल कलेज स्थापना हुनु, निजी तथा प्राइभेट स्वास्थ्य संस्थाहरु स्थापना भई विभिन्न प्रकारका स्वास्थ्यकर्मी, नर्सहरु उत्पादन हुनु सवल पक्ष हो। त्यस्ता संस्थाबाट उत्पादन भइरहेका विद्यार्थी व्यवस्थापन गर्न नसक्नु, विद्यार्थीले ठूलो लगानी गरी अध्ययन गरेपश्चात् जीविकोपार्जनका लागि विदेशिन पुग्नु जस्ता समस्यालाई चाहिँ दुर्वल पक्षका रूपमा लिनुपर्छ। अझ वास्तवमै हामीले प्रदान गरेको शिक्षामा गुणस्तरीयताको गुनासोसमेत सुनिन थालेकाले पनि अब नेपालमा स्थापित भइसकेका यस्ता शैक्षिक संस्थााको उचित व्यवस्थापन हुनु जरुरी भइसकेको छ। गुणस्तरीयता र उचित व्यवस्थापन गर्न नसकेको स्थितिमा यस क्षेत्रमा संलग्न भएको ठूलो जनशक्ति गुमाउने कुरा प्रायः निश्चित भइसकेको छ। हामीले स्थापित गरेको परीक्षा प्रणाली, विद्यार्थीहरुबाट लिने गरेको अध्ययन/अध्ययापन शुल्क तथा विद्यार्थीलाई मेरिटका आधारमा अध्ययन गर्ने परिपाटीको न्यायोचित व्यवस्थापन हुनु अपरिहार्य भएको छ। त्यसका साथै विद्यार्थी सहुलियतका लागि किस्ताबन्दीमा रकम भुक्तानी गर्ने व्यवस्था तथा 'पोष्ट ग्राजुएसन' अध्ययनमा पनि 'प्रि डोनेसन' को नाममा राम्रो अध्ययन गर्ने विद्यार्थीलाई समेत पन्छाउने प्रवृत्ति अन्त्य हुनु आवश्यक छ।
त्यसैले नीति र नियमको यथोचित कार्यान्वयन र मूल्यांकन वास्तवमै नेपाल सरकार र यससँग सम्बन्धित निकायहरुको हुनुपर्नेमा कुनै द्विविधा छैन। त्यसका लागि सहयोगी र समन्वयकारी भूमिका निर्वाह गर्नका निमित्त स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधानका लागि नेपाल मेडिकल काउन्सिलको परीक्षा प्रणाली, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुगमन र नीतिको कार्यान्वयन तथा स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको सरकारी सेवाप्रतिको लगावलाई गुणस्तरीय र स्तरीयरूपमा स्थापित गर्न आवश्यक छ। त्यसका लागि चिकित्सा विश्वविद्यालय वा उच्चस्तरीय स्वास्थ्य शिक्षा तथा सेवा अनुगमन निकायको स्थापना गर्नु आजको टड्कारो आवश्यकताको रूपमा देखिएको छ। यस प्रकारको संयन्त्र निर्माण हुन सकेको खण्डमा मात्र सरकार तथा विभिन्न स्वास्थ्यसँग सरोकारवाला निकायहरुले अवलम्बन गर्न खोजेको स्वास्थ्य कार्यक्रमहरुको प्रभावकारिता लक्षित वर्गसम्म पुर्यानउन सकिन्छ।
हाल नेपाल सरकारले अवलम्बन गरेका नीति तथा कार्यक्रम र चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको आकर्षणका रूपमा स्थापित हुन नसकेको तीतो यथार्थ हाम्रो सामु विद्यमान छ। सरकारी छात्रवृतिमा पढेका डाक्टरहरुलाई दुई वर्ष केन्द्रका सुविधा सम्पन्न र विषेशज्ञहरुसँग काम गर्न दिने र उनीहरुले पनि दक्षता हासिल गरेपछि भने दुर्गम क्षेत्रका जनतालाई स्वास्थ्य सेवा दिनेगरी अनिवार्यरूपमा जानुपर्ने नीति लागु गर्न नेपाल सरकारले लक्ष्य लिएको छ। तर दुर्गम क्षेत्र तथा पहाडी भेगमा दरबन्दीको समयसापेक्ष विकास हुन नसक्दा आमनेपाली जनताले आवश्यक गुणात्मक स्वास्थ्य सेवाबाट आशातीत सेवा पाउन सकेका छैनन्। यसलाई एक गम्भीर त्रुटिका रूपमा लिन सकिन्छ। त्यसैले यसको समीक्षात्मक मूल्यांकनको आवश्यकता नेपाल सरकारबाट नै हुनुपर्छ।
वर्तमान अवस्थामा स्वास्थ्य संस्थाहरु अत्याधिक राजनीतिकरणबाट आक्रान्त छन्। नेपालको गुणस्तरीय स्वास्थ्य सेवामा सुधारको पाइला अत्यन्त मन्द गतिमा अगाडि बढ्नु, दीर्घकालीन योजनाको कमी हुनु र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व सम्हाल्ने राजनीतिककर्मीहरुको दूरदर्शिताको कमीले गर्दा पनि स्वास्थ्य क्षेत्रमा समस्या देखिएको छ। २०४८ सालको जनसंख्यालाई आधार मानी तत्कालीन समयमा कायम रहेका स्वास्थ्यसेवाको जनशक्तिले २०७० सालसम्मको जनसंख्यालाई नै सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्ने सोच हालसम्म पनि कायम रहनु अत्यन्त अवैज्ञानिक र असन्तुलित हो।
यसलाई समयसापेक्ष परिवर्तन गर्नु अपरिहार्य भइसकेको छ। यदि सो सम्बन्धमा समेत हामीले गम्भीररूपमा मनन गर्न सकेनौं र सोका लागि आवश्यक कदम चाल्न ढिला भएको खण्डमा स्वास्थ्य संस्थाहरु धरासायी हुनेमात्र होइन, निजी स्वास्थ्य संस्था तथा कलेजहरुको सेवामा समेत नकरात्मक प्रभाव पर्न सक्छ। त्यसैले सरकारी अस्पतालहरुको सही व्यवस्थापन र निजी स्तरमा सञ्चालित शिक्षण अस्पताल, सरकारी तथा गैरसरकारी संघ/संस्थाबाट सञ्चालित स्वास्थ्य संस्था र ट्रष्टबाट सञ्चालित स्वास्थ्य संस्थाको सही नियमनका लागि गम्भीर बहस र छलफल गर्दै नीति बनाउनु अहिलेको आवश्यकता हो।
(लेखक नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष हुन्।)