बुद्ध बन्नुअघि नै रोहिणी नदी विवादका क्रममा सिद्धार्थ गौतमले भनेका थिए, 'जहाँ अन्याय हुन्छ, त्यहाँ शान्तिको खोजी निरर्थक हुन्छ।' हाम्रा अधिकांश 'बुद्धिजीवी' हरू सिद्धार्थले जिन्दगीका दुःखहरूबाट विरक्तिएर कसैलाई पत्तो नदिई गृहत्याग गरेको कथा सुनाउँछन्। यो कुरा इतिहासमा नभई किंवदन्तीमा आधारित छ। इतिहासभन्दा किंवदन्ती महत्त्वपूर्ण ठानिएपछि यस्तो हुनु स्वाभाविकै हो। इतिहासअनुसार रोहिणी नदीको विवादमा शाक्य संघसँग मत बाझिँदा आत्मदण्डस्वरूप उनले देश छाडेका थिए र जाँदा सबैसँग बिदा मागेका थिए। बुद्ध बनेर फर्केपछि पनि 'अन्यायमा शान्तिको खोजी निरर्थक हुन्छ' भन्नेमा उनी दृढ थिए। उनको शान्ति र मानव सुखको खोजी अन्यायको अन्त्यसँग जोडिएको थियो।
एनेकपा (माओवादी) अध्यक्ष प्रचण्डले अस्तिताक पोखरामा भने, 'जेठसम्म चुनाव नभए पहिले भएका सबै सम्झौता च्यात्छौं।' शान्ति प्रक्रियाका सम्झौताहरू धुस्नो पार्नुको अर्थ देश ०६२/६३ को आन्दोलनअघिको स्थितिमा फर्काउनु हो। अर्थात् सत्तामा संसद्वादी, मण्डले र राजावादी अनि जंगलमा विद्रोही माओवादी। बतासको पुल चढ्दा प्रधानमन्त्री बन्न नसकेका नेपाली कांग्रेस सभापति सुशील कोइरालाले प्रचण्डको घुर्कीको प्रतिक्रियामा सोमबार चितवन पुगेर भने, 'हिम्मत भए जंगल फर्केर देखाऊ।'
कोइरालाले ठीकै भने, जंगल फर्कने हिम्मत अब अध्यक्ष प्रचण्ड, उपाध्यक्ष बाबुराम भट्टराईमा मात्र होइन, सत्तासँग साइनो गाँसिएका कुनै पनि माओवादीमा छैन। कतिसम्म भने त्यागी भनिएका नेकपा-माओवादी अध्यक्ष मोहन वैद्यमा पनि छैन। हुँदो हो त उनले जनयुद्धको जगमा टेकेर जनविद्रोह गर्नेजस्ता बतासे कुरामा नअलमलिई सोझै जनयुद्धमा जान्छु भन्ने आँट गर्थे। विस्तृत शान्ति सम्झौताको छ वर्षसम्म पनि अशान्तिका जरा जस्तातस्तै छन्। परिवर्तनका नाममा माओवादी नेतृत्व सत्तामा पुगेको छ। तर, उसैले उठाएको न्याय र समताका मुद्दाहरू रगतपच्छे भएर उखेलिँदैछन्।
'बाबुराम हटाऊ' अभियानमा लागेका कांग्रेस, एमाले र राजावादी पूर्व पञ्चसँग 'बाबुराम अकर्मण्य' भए भन्नुबाहेक आन्दोलन चर्काउने एउटै मुद्दा छैन। नैतिक बल पनि छैन। तिनलाई परिवर्तनकारी संविधान चाहिएकै छैन। माओवादी बदनाम भएर ध्वस्त नहुन्जेल आफू हार्ने स्थितिमा तत्काल चुनाव पनि चाहिएको छैन। हुँदो हो त बाबुरामको आसनमा सुशीललाई राज गराउन खोज्दा संविधान बन्ने आधार पनि पेस गर्थे। अघिल्लो संविधान सभाबाट संविधान बन्न नसक्नुको कारण प्रस्ट पार्थे। यसो गर्दामात्र जनताले चाहेजस्तो संविधान बन्न सक्छ भन्ने खाका सार्वजनिक गर्दामात्र संस्थापनविरुद्ध मुद्दा उराल्न सकिन्छ भन्ने अति सामान्य कुराको समेत तिनलाई हेक्का छैन।
यता आफैँले उठाएका परिवर्तनका सारा मुद्दा माओवादी स्वयंले भुसुक्कै बिर्सेको छ। सत्ताको जनविरोधी चरित्र, अन्यायमूलक सामाजिक, आर्थिक, राजनीतिक र पारिवारिक व्यवस्था, सामन्ती रितिथितिको प्रतिरोधमा जनयुद्ध वन-डँढेलोझैँ फैलिएको थियो। व्यवस्थाको त्यही क्रूर चरित्र फेर्न भनेर शान्ति प्रक्रियामा आएको माओवादी नेतृत्व व्यवस्थाको संरचनाअनुसार आफैँ फेरियो। तर, जनयुद्धले उठाएका मुद्दाहरूको सम्बोधन गर्न उसैले पनि जाँगर देखाएन। हो, ०६२/६३ को आन्दोलनपछि युद्ध रोकियो। माओवादी शान्ति प्रक्रियामा आयो। हतियार र सेनाबाट अलग भएर ऊ पनि कांग्रेस, एमालेजस्तै नागरिक पार्टी बन्यो। गणतन्त्र, धर्मनिरपेक्षता, छुवाछुत मुक्त देश र संघीयताको घोषणा भयो। राजनीतिकरूपमा हेर्दा यी शान्ति प्रक्रियाका महत्त्वपूर्ण उपलब्धि हुन्। शान्ति प्रक्रियाको मूल उद्देश्य माओवादीले हतियार, सेना अनि वैकल्पिक सत्ता अन्त्य गर्ने, बहुदलीयता स्विकार्ने र खोसेका सम्पत्ति फिर्ता गर्ने तथा संसद्वादी दलहरू संविधान सभामार्फत् राज्यको पूर्व चरित्र पूरै फेरेर समावेशी, न्यायमूलक, परिवर्तनकारी संविधान बनाउन सहमत हुने भन्ने थियो। त्यसबाट एक कदम अघि बढेर नेपाल अधिराज्य गणतन्त्र भयो। तर, पिँधमा पुगेर विद्रोहको कारण खोतल्ने र त्यसलाई सम्बोधन गर्ने प्रयास माओवादी स्वयं सत्तामा पुग्दासमेत भएन।
जसका आफन्त मारिए, बेपत्ता पारिए, जो बलात्कृत भए, जसका आफन्त बलात्कृत भए, र जिउँदै जलाइए, जसको आफ्नो भन्ने कुरा यो अन्यायी राज्यमा केही छैन, तिनीहरू विद्रोहमा लाग्नु स्वाभाविक थियो। जसले मान्छेको दर्जा पाएनन्, जसको इतिहास, संस्कृति, भाषा, भूगोल सबै नष्ट गरिए, तिनले त्यसको क्षतिपूर्ति खोज्नु पनि अनौठो थिएन। जो आफ्नै देशमा मान्छे होइन, 'मदिसे' मात्र थिए, जो यस देशमा जनता होइन, अछुतमात्र थिए, तिनले आफ्नो आत्मसम्मान खोज्नु पनि अस्वाभाविक थिएन। गरिखान जसको एक धर्सो जमिन छैन, तिनले सरकारी वा अरुका बाँझो जमिन ओगट्नु पनि अनौठो थिएन। देशको अशान्तिका जराहरू यस्तै सवालमा जेलिएका छन्। समर्पित माओवादीका समस्या यथावत् छन्। सत्ताको रामरमिता चैते माओवादीलाई मात्र छ। यस स्थितिमा नेतृत्व शून्यताका कारणमात्र अर्को विद्रोह नभएको हो। नयाँ संविधानमार्फत् यी सवालको सम्बोधन हुनु जरुरी थियो। त्यो सम्भावना झन्झन् पर धकेलिँदैछ। यस्तै बेला न्यायको पक्षधर भन्न रुचाउने माओवादी स्वयंले पनि न्यायमूलक संविधान बन्ने ग्यारेन्टीको आधार खोज्न छाडेको छ। लाग्छ, उसलाई पनि आफूले जित्ने खालको चुनावमात्र भए पुग्छ। त्यसो हो भने संविधान सभाको होइन, संसद्को मात्र चुनाव गरे हुन्छ। आखिर प्रतिपक्षले पनि चाहेको यही हो।