केही सातायता नेपाली राजनीति एमाओवादीले हेटौंडाबाट उडाएको रहस्यमय मसलाको नसामा रुमलिरहेको छ। प्रधानन्यायाधीशलाई चुनावी सरकारको प्रधानमन्त्री बनाउने प्रस्तावले राजनीतिक दलहरूको औचित्य र सान्दर्भिकतामाथि प्रश्नचिह्न खडा भएको छ। तरबारको धारमा हिँड्नुपर्ने जोखिम र अति संवेदनशील घडीमा मुलुकलाई नेतृत्व दिने क्षमता राजनीतिक दलमा नभएकै हो भन्ने प्रश्नवाचक सन्देश जनतासामु पुगेको छ।
बेन्च र बारका बीच सौहार्द र विश्वासको उत्साहजनक वातावरणमै न्याय सेवालाई उन्नत र प्रभावकारी बनाउन सकिन्छ। यस भएमा विधिको शासन कायम रहन्छ। तर, यसको ठीकविपरीत नेपाल बार एशोसिएसन देशभरिका बारहरूलाई लिएर आन्दोलित भएको छ। प्रधानन्यायाधीशले प्रधानमन्त्री हुन मिल्छ भने अब प्रधानमन्त्री नै प्रधानन्यायाधीश भए के हुन्छ भन्ने प्रश्न उठेको छ।
प्रमुख राजनीतिक दलहरूभित्रै यस विषयलाई लिएर ठूलो रोष, क्षोभ र विरोधको वातावरण व्याप्त छ। अन्य राजनीतिक दलहरू उत्तेजित भएका छन्। स्वयं प्रधानन्यायाधीशको अन्तस्करणको इजलासमा वैधतापूर्ण सुखानुभूति होइन, न्यायजन्य विवाद, आफ्नै विवेक पक्ष र विपक्षमा विभाजित र वैचारिक ज्वारभाटा उठिरहेको उहाँको मनोवैज्ञानिक अवस्थाले संकेत गर्दैछ। उहाँलाई प्रधानमन्त्री बनाएर त्यो सरकारको कामकारबाहीलाई दलहरूको उच्चस्तरीय संयन्त्रले लगाम लगाउने सम्भावनाले त्यस्तो संयन्त्र 'षड्यन्त्र' हुनसक्ने सचेतनाले पनि अनिर्णीत बनाएको हुनसक्छ। प्रधानमन्त्री हुनु कहाँ छ कहाँ, यस विषयले उहाँको प्रतिष्ठित र निर्विवाद व्यक्तित्वमा देशभर विवाद उत्पन्न गराइदिएको छ। विधिको शासन र कानुनी राजको सर्वोच्चता हुने मुलुकमा प्रधानन्यायाधीश र स्वतन्त्र न्यायपालिका जनआस्था र भरोसाको प्रतीक हो। त्यस्तो प्रतीकलाई राजनीतिक क्षेत्रको विवादमा मुछ्नु राम्रो संकेत होइन।
एमाओवादीको यो मसला नेपाललाई प्रयोगशाला बनाउने र स्वतन्त्र न्यायपालिकालाई ध्वस्त बनाउने षड्यन्त्रको क्रममा प्रयोगकै रूपमा आयो। अन्धो तरीकाले 'विकल्प'को मात्र पछि लाग्दा 'संकल्प'माथि कुठाराघात होला भन्ने जोखिम बढेको छ। मानिलिऔं, प्रधानन्यायाधीशको सट्टा प्रधानसेनापतिलाई चुनावी सरकारको प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव आएको भए पनि 'बाध्यता' देखाएर त्यसलाई लुरुक्क मान्ने मनस्थितिका भरमा समस्याको समाधान पाइँदैन। लोकतान्त्रिक आन्दोलन र विश्वव्यापी लोकतान्त्रिक मान्यताका विपरीत यसले पार्ने दुरगामी असरलाई उपेक्षा गरेर लोकतन्त्रवादीहरू, कमसेकम नेपाली कांग्रेसले फगत प्रयोगको औजार हुनबाट आफूलाई बचाउनुपर्ने जरुरी छ। विद्यमान राजनीतिक संकट र जटिलताबाट मुलुकलाई पार लगाउने नाममा संविधानको कुन धाराको कुन छिद्रमा पसेर त्यसलाई गिजोल्न वा मिच्न सकिन्छ, त्यसका लागि छिद्रान्वेषण गर्ने प्रवृत्तिबाट राष्ट्रले कहिल्यै सही समाधान पाउन सक्दैन भन्ने यथार्थप्रति हामी सबै सचेत हुनैपर्छ।
यहाँ निर्वाचनको अनिवार्य आवश्यकता र निर्वाचन हुनैपर्छ भन्नेमा आमजनताको दृढ मत रहेको कुरामा कसैको विमति नहोला। नेपाली कांग्रेस प्रारम्भदेखि नै निर्वाचन केन्द्रित सहमतिको खोजीमै थियो। र, अहिले पनि एकमात्र लक्ष्य यही हो। हालै मैले सुदूरपश्चिमका आठ जिल्लाका १४ भन्दा बढी सभा र अन्तर्क्रिया कार्यक्रममा भाग लिँदा होस् वा त्यसअघि कोशी र मेची अञ्चलका सबैजसो जिल्लाको भ्रमण गर्दा पनि जनताबाट पाएको समष्टिगत निष्कर्ष निर्वाचन नै हो। काठमाडौं बाहिर भएका कारण पनि यस अवधिमा भएको पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी हुने अवसर पाइएन।
कांग्रेसका विशाल जनसभा र अन्तर्क्रिया कार्यक्रमहरूमा जनता देशको वर्तमान संकटको निकास खोज्दै आएको र चुनाव नै निकासको सर्वोत्तम र सहज उपाय हो भन्ने जनभावना विभिन्न किसिमबाट अभिव्यक्त भएको स्वतः बु‰न सकिन्थ्यो। तर, जिल्लाबाट केन्द्रमा आएपछि लोकतन्त्र र सहमतिका नाममा भइरहेका मनपरीले जनताको यति अगाध समर्थन र स्नेह धिक्कारको विषय हुनपुगेको विषयलाई मैले आत्मसात गनैपर्ने परिवेश पाएको छु।
जनताले आवश्यक ठहराएको निर्वाचनबारे चालु अन्तरिम संविधान मौन छ। अर्थात् चुनाव गर्ने हो भने यो संविधानका धेरै धाराहरूमा परिवर्तन आवश्यक छ। त्यसैले सबैभन्दा पहिले यसको संशोधन हुनुपर्छ। मुख्य राजनीतिक दलहरूको सहमतिबिना अन्तरिम संविधानमा संशोधन गर्न सकिन्नँ। संविधान संशोधन गर्न जुट्ने सहमतिको वातावरणले निर्वाचन गराउने सामर्थ्य र सक्षमता राजनीतिक दलहरूभित्रै बन्न सक्छ। जनतालाई राजनीतिक दलहरूले चुनाव हुन्छ, गर्न सकिन्छ भन्ने विश्वास दिलाउन निर्वाचनका बाधक अन्तरिम संविधानका कतिपय धारा, कतिपय कानुन र प्राविधिक पक्ष सच्याएर ल्याउनुपर्छ। त्यो जनविश्वास र दलहरूबीचमा सहअस्तित्ववादी सहमति बन्नु नै चुनावको वातावरण बन्नु हो। त्यसरी मात्र हामी चुनावी वातावरणमा प्रवेश गर्नसक्छौँ, न कि कार्यपालिका र न्यायपालिकालाई पृथकीकरण गर्ने पर्खाल भत्काइदिएर।
कार्यपालिका र न्यायपालिकालाई एउटै व्यक्तिको मातहतमा ल्याउनु लोकतन्त्रका आधारभूत मूल्य-मान्यताका विपरीत र कलाविहीन राजनीतिक प्रहसन हो। त्योभन्दा पनि गम्भीर पक्ष यसले पार्ने क्षतिबाट मुलुक थप पीडित हुने खतरा हो। लोकतान्त्रिक राज्य व्यवस्थाको अनिवार्य र आधारभूत विशेषता शक्ति पृथकीकरण सिद्धान्तको ठाडो बर्खिलाप हुन्छ। 'बर्खिलाप हुँदैन' भन्ने तर्क हाम्रा निजी र मनोगत रुचि र स्वार्थको छायाँ मात्र हो। किनकि ७ सय वर्षको लोकतन्त्र र संसदीय अभ्यासबाट पाएको कठोर शिक्षा के हो भने राज्यका तीन अंग कार्यपालिका, न्यायापालिका र व्यवस्थापिका संवैधानिक परिधिभित्र स्वतन्त्र हुन्छन् र हुनुपर्छ। यिनीहरूको पृथक शक्ति हुन्छ, तर त्यसलाई नियन्त्रण र सन्तुलनको संवैधानिक प्रावधान राखिएको हुन्छ। त्यसैबाट विधिको शासन, कानुनी राज, संवैधानिक उपचारको हक र नागरिकका मौलिक अधिकार र जिम्मेवारी आदि प्रत्याभूत हुन्छन्। मैले पढेको/जानेको ज्ञान यही हो। त्यसैले म सदैव स्वतन्त्र न्यायपालिकाको पक्षधर रहिआएको हुँ। फेरि पनि लोकतन्त्रको जीवन यही हो भन्ने मेरो आस्था हो। तर आज हाम्रो स्कुलिङ र ज्ञान नै नष्ट हुन लागेको अनुभव गर्दैछु।
जब राज्यका यी अंगलाई एउटै व्यक्तिले चलाउन खोज्छ, हामीले त्यसैलाई निरंकुशता र सर्वसत्तावाद भनेर विरोध वा संघर्ष गरेका हौं। २०६१ सालमा तत्कालीन राजाले राज्यका तीनै अंगको शक्ति आफैँमा केन्द्रित गरेर निरंकुश राजतन्त्र चलाउन खोज्दा नेपाली कांग्रेसले स्थापनाकालदेखि अंगीकार गर्दै संवैधानिक राजतन्त्र मान्ने नीतिलाई त्यागेको हो। हो, २०४७ सालको अन्तरिम सरकारलाई व्यवस्थापकीय र कार्यकारिणी अधिकार प्राप्त थियो, तर न्यायपालिका सम्बन्धी अधिकार थिएन। त्यसमा पनि एउटा शर्तमा कि अन्तरिमकालभर उक्त सरकारले अभ्यास गरेको शक्तिलाई नयाँ संविधानले स्वीकृत गर्नैपर्थ्यो, र गर्यो पनि धारा १२८ राखेर। तर आज त्यसखालको वैधानिक व्यवस्थाको तर्जुमा नगरी हचुवामा सम्मानित प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने हास्यास्पद तर्खर गरिँदैछ। आधार दिइँदैछ अन्य मुलुकको उदाहरण औंल्याएर। प्रश्न, हाम्रो प्रधानन्यायाधीशको निष्पक्षता, व्यक्तित्व र क्षमतामाथि होइन। प्रधानन्यायाधीशमाथि हाम्रो पूर्ण सम्मान छ, तर स्वीकृत लोकतान्त्रिक मान्यता र शक्ति पृथकीकरणको सिद्धान्तको पूर्ण संरक्षणको प्रत्याभूति हाम्रो खोजी हो। प्रधानन्यायाधीश पदसँगै कार्यपालिकाको प्रमुखजस्तो राजनीतिक पद स्वीकार्नु लोकतन्त्रप्रतिको मजाक उडाउने काम हो। न्याय क्षेत्रमा बहालवाला पद त्यागेको अवस्थामा प्रधानमन्त्री हुनमा कुनै आपत्ति छैन।
अन्य देशका बिल्कुल भिन्न परिवेश र परिस्थितिमा लिइएका निर्णयलाई उदाहरण मानेर अन्धानुकरण गर्नु आत्मघाती प्रवृत्ति हो। उदाहरणहरू सचेत हुनका लागि आवश्यक छ, तर उदाहरण आफैंमा प्रमाण होइनन्, न त भिन्न परिवेश र परिस्थितिका उदाहरण हाम्रा अन्योलमा मार्गदर्शन नै हुन सक्छन्। गलत उदाहरणलाई आधार बनाएर निर्णय लिइयो भने जनता र लोकतन्त्रमाथि त्योभन्दा कुठाराघात सायदै अरु कुनै हुन सक्ला। यसरी पार्टीप्रति जनतालाई निरास बनाएर खोजिएको राजनीतिक समाधानको उपाय जतिसुकै कर्णप्रिय लागे पनि त्यो केवल हाम्रै आत्मरति हुनेछ।
'सत्ता बन्दुकको नालबाट निस्कन्छ' भन्ने माओ त्से-तुङ्को मूलमन्त्रमा 'नयाँ जनवादी राज्यसत्ता स्थापना गर्ने' रगतका सहीछापसहितको प्रतिबद्धता र उद्देश्यका राखेर एक दशकसम्म देश र जनताको मूल्यमा हिंसात्मक 'युद्ध' लडेको एमाओवादीको हेटौंडा महाधिवेशनबाट साँच्चै हृदयपरिवर्तन भएर 'अब पुँजीवादी राजनीतिक गतिविधिमा सरिक हुने' अठोट हो भने त्यसप्रति सकारात्मक धारणा बनाउनुपर्छ। तर, राज्य व्यवस्थाका आधारभूत संरचना र लोकतान्त्रिक पद्धति मासेर अराजकतावादी सोचले न 'पुँजीवादी आन्दोलन' हुन्छ न त लोकतन्त्रप्रतिको निष्ठा वा एमाओवादीको नियत सफा देखिन्छ। यसले मुलुकलाई चुनावको गन्तव्यमा पुग्न दिनेभन्दा कुरा गर्दा निर्वाचनको आदर्श छाँट्ने कामले त्यसको विपरीत चरित्र देखाउने हुन्छ, जसबाट राष्ट्रले भयानक धोका पाउँछ। यो विवादास्पद 'छलफलको प्याकेज'मा जघन्य मानव अधिकारविरोधीलाई समेत आममाफीको सर्त थोपर्ने र लडाकुको दर्जा निर्धारणका कुराले एमाओवादी फेरि पनि यो प्रस्तावलाई निर्वाचनको बहानामा केवल निहित स्वार्थको औजारको रूपमा दुरुपयोग गर्न खोज्दैछ। यदि साँच्चै इमानदारीसाथ सहमति र निर्वाचन खोजेको हो भने राष्ट्रको सर्वोच्च न्यायपालिकाका प्रमुखलाई प्रधानमन्त्रीका लागि दलहरूको आन्तरिक छलफलको विषय नबनाएर आफ्नो सम्मेलनमा प्रस्ताव गर्ने हैसियत एमाओवादीले कहाँबाट पायो? प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने एमाओवादीको प्रयास र त्यसमा 'बाध्यताको सहमति' लोकतन्त्रवादीहरूको लाचार मानसिक अवस्थाको द्योतक बन्न पुगेको छ। यस्तो अभ्यास स्वयंमा प्रश्न बनेर आइरहेको छ-हामी पद्धति निर्माण गर्ने क्रममा छौं कि भएको पद्धति र परिपाटी पनि भत्काउने उद्योगमा सामेल भइरहेका हौं?
दलहरूले राष्ट्रका मूलभूत समस्याको समाधान र त्यसका लागि उपयुक्त सर्वोच्च पात्र दलहरूभित्रै खोज्नुपर्ने हो, त्यसैमा सहमति खोज्नुपर्छ। दलहरूको यो जिम्मेवारी अहस्तान्तरणीय र अनतिक्रम्य पनि हो। तर विशेष परिस्थितिमा मुलुक र जनताको उच्चतम् हितलाई ध्यान दिएर वर्तमान संक्रमणकालीन परिवेश र बाध्यात्मक परिस्थितिमा लोकतान्त्रिक आन्दोलन र शान्ति प्रक्रियामा संलग्न व्यक्तिहरूमध्ये वा राष्ट्रपति वा उपराष्ट्रपति वा पूर्वप्रधानन्यायाधीश जोसुकैका नेतृत्वमा निर्वाचन परिषद गठन गर्न निर्णायक छलफल गर्न हामी तयार छौँ। तर, लोकतान्त्रिक पद्धति ध्वस्त गर्ने सीमासम्म भने हामी जानै सक्दैनौं र जान पनि हुँदैन।
दलहरूले पूरा गर्नुपर्ने जिम्मेवारी राज्यको अर्को अंग (गैरराजनीतिक क्षेत्र) ले पूरा गरिदिनुपर्ने र दलका नेताहरू हात बाँधेर रमिते हुने हो भने त्यसले मुलुकको भलाइ गर्दैन। चुनावी सरकारको नेतृत्व कसले गर्ने भन्दा पनि कस्तोले गर्ने भन्ने योग्यताको मापदण्डमा आचारसंहिता र सहमति बनाएर अगाडि बढनुपर्छ। सहमतिको नाममा न्युनतम मूल्यपद्धतिलाई बन्धकीमा राखेर सर्वोच्च कार्यकारी पद पनि राजनीतिको सीमाबाहिर पुर्यााउने कामबारे जनताले प्रश्न उठाउनेमात्र होइन, औंला उठाउने छन्। जनताले विरोधमा उठाएको औँला राजनीतिक लक्ष्यमा कसैले उठाएको हतियारभन्दा शक्तिशाली हुन्छ। प्रधानमन्त्री पद पालो पुर्यायउने जागीर बनाउन खोजिँदैछ। यस्ता हर्कतबाट मुलुक थप संकटमा पर्ने अवश्यम्भावी छ।