पूरै महिना दिनको धपेडीपछि संविधान सभाको दोस्रो चुनाव गराउने संयन्त्र जन्माउन सफल भएका छन् प्रमुख राजनीतिक दलहरु। जनताले पत्याएकै थिएनन्। त्यसैले राजनीतिको यो विकासक्रमबारे उनीहरुले खुलेर चर्चा गर्नै पाएनन्। कानुनविद्हरुले प्रधान न्यायाधीश नेतृत्वको चुनावी सरकारको विरोधममा कानुनी युद्ध नै छेडे पनि त्यो सान्दर्भिक थिएन। प्रतिनिधिविहीन शासन व्यवस्थाबाट मुक्तिका लागि चुनाव अपरिहार्य थियो। प्रधान न्यायाधीशले चुनाव गराउँदा जनता आश्वस्त हुने ठाउँ रहेकाले पनि विवाद अनाहक थियो। अन्ततः चुनाव गराउने विषयमा दलबीच सहमति भयो। यो नै सन्तोषको विषय हो।
नेताहरुको लघुताभाष हो वा अन्य कुनै ग्र्रन्थी नमिलेर हो, चुनाव गराउने संयन्त्रलाई सरकार शब्दले सम्बोधन गरिएको छैन। त्यसैले जनताको मनमा यो सरकार हो कि होइन भन्ने द्विविधा उत्पन्न भइरह्यो भने त्यसलाई अन्यथा मान्न सकिँदैन। संयन्त्रको नेतृत्व गर्नुहुने प्रधान न्यायाधीश सिंहदरवारमा रहेको प्रधानमन्त्रीकै तातो कुर्सीमा बस्नुभएको छ। उहा"लाई निर्वाचन परिषद्को अध्यक्ष वा अरु जुनसुकै शब्दले सम्बोधन गरे पनि उहा" देशको कार्यकारी प्रमुख नै हो। अघिल्लो साता बिहीबार शपथ ग्रहण गरेपछि उहा" नेपाली जनताको सार्वभौम शक्तिका प्रतिनिधि हुनुभएको छ। राष्ट्रपतिले फुकाउनुभएको बाधा अड्काउअनुसार २०७० सालको मंसिर महिनासम्म उहा"लाई संविधान सभाको दोस्रो चुनाव गराउने अधिकार प्राप्त भएको छ। तर राजनीतिक दलहरुले मौखिकरूपमा यो म्यादको सीमा साँघुर्याउएर असार महिनाको पहिलो साताभित्रै उहा"ले चुनाव सम्पन्न गराउनुहुने विश्वास लिएका छन्।
चुनावी सरकार गठनका लागि बाधा अड्काउ फुकाउ"दा दलका नेताहरुले कर्मचारीतन्त्रमाथि बढी नै आश्रित र निर्भर देखिएका छन्। चुनाव गराउने परिषद्को सदस्य बन्न विशिष्ट श्रेणीबाट अवकाश प्राप्त गरेका निजामति कर्मचारी हुनैपर्ने योग्यता निर्धारण गरिएको छ। चुनाव राजनीतिक अभियान हो। विशिष्ट श्रेणीबाट अवकाश पाएका निजामति कर्मचारीमा नेपाली राजनीतिको गहिरो समझ नहुने होइन। तर यस्तो प्रावधानले राजनीतिक दर्शनको शून्यतालाई संकेत गर्छ। देशमा विशिष्ट श्रेणीका कर्मचारीबाहेक राजनीतिको नाडी छाम्नसक्ने अरु विशिष्ट व्यक्तिहरुको सर्वथा अभाव भएजस्तो गरी उनीहरुको अस्तित्वमा नै नेताहरुले प्रश्नचिह्न लगाएका छन्। लोकतान्त्रिक संस्कृतिको सम्बर्द्धनका लागि यो राम्रो कुरा होइन। तर जे/जसरी भए पनि देश चुनावको बाटोमा हिँड्न लागेको अवस्थामा यो विवाद गर्नु आवश्यक छैन।
प्रधान न्यायाधीशको नेतृत्वमा चुनावी सरकारको गठन दलका नेताहरुको आपसी वैमनष्यता र बेमेल तथा वृथा अहंकारले जन्माएको लाचारीको परिणाम हो। नेपाली लोकतन्त्रका कलिला अवयवहरुसँग नेताहरुले कपटपूर्ण खेल नखेलेको भए यो असाधारण अवस्था सिर्जना हुने थिएन। संविधान सभा गठनलगत्तै नेताहरुले असहमतिका विन्दु पहिल्याएर त्यसको व्यवस्थापनमा ध्यान दिएका भए अहिलेको यो परिस्थिति नआउन पनि सक्थ्यो। त्यतिबेला कांग्रेस र माओवादी दुवैका लागि संविधानभन्दा सत्ता महŒवपूर्ण बन्यो। जटिल सैद्धान्तिक विषयहरुमा कसैको ध्यान नै गएन। अनपेक्षित पराजयले तिलमिलाएको कांग्रेस र खण्डित विजयले गर्वोन्मत्त भएको माओवादी दुवैले एक अर्कालाई निषेध गर्न थाले। निषेधको राजनीति हावी भएकाले न कांग्रेसले राज्य रुपान्तरणका विषयमाथि गम्भीर विचार पुर्याषयो, न माओवादीले आफ्ना एजेण्डालाई समयसापेक्ष नै बनाउन सक्यो। खेमाबद्ध भएका बुद्धिजीवीले देशको अन्तर-कुन्तरको ख्यालै नगरी आ-आफ्नो पक्षमा बुद्धिको खेती गरे। फल के भयो भने संविधान सभाले संविधान निर्माणको पचासी प्रतिशत काम सकिएको दाबी गर्दा पनि नसकिएको पन्ध्र प्रतिशत मुख्य कामले अकल्पनीय दुर्घटना निम्त्यायो।
निर्वाचन गराउने सरकारको गठनसँगै चुनाव विरोधी स्वरहरु चर्किएका छन्। सरकार गठनकोे पहिलो दिन काठमाडांै आधा बन्द गरेर वैद्य माओवादीले चुनावप्रतिको नकारात्मक विचार प्रकट गरेको छ। अन्य साना दल, सामाजिक र कानुनी संस्थाहरुमा पनि असन्तोष नदेखिएको होइन। तर यी एक दुई विपथनका बाबजुद नेपाली जनताको मनमा अब चुनाव हुने र देशको थिति बस्ने आशा पलाएको छ। जसलाई चुनाव चाहिएकै छैन, जो जनमतको विरुद्ध हतियारको सर्वोच्चतालाई मान्छ, जसलाई लोकतान्त्रिक मान्यताप्रति नै वितृष्णा छ, उसले चुनावको विरोध गरेन भने त्यो अस्वाभाविक हुन्छ। तर चुनावले नै त्यस्तो विवेकहीन राजनीतिलाई पराजित पनि गर्छ। किनभने लोकतन्त्रमा चुनावमार्फत् जनताले आफ्नो सार्वभौमिक शक्तिको सर्वोच्चता स्थापित गर्छ।
निश्चय पनि, राजनीतिक दलहरुका लागि चुनावको वातावरण बनाउन अहिलेको अवस्था त्यति सजिलो छैन। पहिलो त, गैरराजनीतिक संयन्त्रलाई चुनाव गराउने जिम्मा दिने राजनीतिक दलहरुका शीर्ष नेतृत्वको निर्णय राजनीतिक हिसावले गलत हो भन्ने नेताहरु सबै राजनीतिक दलभित्र देखिएका छन्। नेपाली कांग्रेस, एमाले, मधेसी मोर्चामा मात्रै होइन, एकीकृत माओवादीका नेताहरुसमेत दलीय अनुशासनका कारणले मात्र खुलेर बोल्न सकेका छैनन्। उनीहरु अहिलेको प्रबन्धको अड्की अड्कीमात्र समर्थन गरिरहेका छन्। दलभित्रका असन्तोषका स्वरलाई नेतृत्वले चित्तबुझ्दो हिसावले सम्बोधन नगरेसम्म चुनाव अभियानले गति लिन सक्दैन। दोस्रो, पहिलो संविधान सभाका बेला धेरै यस्ता संवेदनशील विषय उठेका छन्, जो अब चुनावका बेला फेरि चर्को स्वरमा उठ्ने छन्। संघीयता, शासकीय स्वरूप र अन्य कतिपय राष्ट्रिय महŒवका विषयमा देश हा"क्दै आएका मुख्य दलका नेताहरुले स्पष्ट व्याख्या दिन सकेनन् भने चुनावको औचित्यमाथि नै प्रश्न चिह्न लाग्न सक्छ। चार वर्षको अवधिमा देशमा जातीय, क्षेत्रीय, साम्प्रदायिक र विभाजनकारी तŒवहरुको चलखेल बढेको छ। यी तŒवले आफ्नो निहीत स्वार्थका लागि चुनावको प्रयोग गर्ने सम्भवना बढेको छ। यसलाई हलुकारूपले हेर्न मिल्दैन। त्यसैले पनि अब हुने चुनाव महŒवपूर्ण संवैधानिक मामिलाहरुमा एक प्रकारको जनमत संग्रह हुनेछ।
आगामी चुनाव अघिल्लो संविधान सभाले छिनोफानो गर्न नसकेर छाडेका विषयहरुमा केन्द्रित हुनेमा कुनै शंका छैन। मुख्य दलहरुका लागि यो चुनाव अघिल्लो चुनावभन्दा पृथक हुनेछ। जन-आन्दोलनको रापले रा"किएका दलहरुले अघिल्लो चुनावमा लोकतन्त्रको रक्षाका नारामा चुनाव लडेका थिए। अहिले त्यो नारा निष्प्रभावी भइसकेको छ। लामो संघर्षपछि प्राप्त गरेको लोकतन्त्रको रक्षा गर्न जनता समर्थ भइसकेको छ। अबको चुनावमा दलहरुले लोकतन्त्रको नारा लगाएर मात्र पुग्ने छैन। शान्तिको स्थायित्व, विकास र आर्थिक आधारहरु निर्माणका लागि जनतासमक्ष व्यावहारिक एजेण्डा प्रस्तुत नगरेसम्म दलहरुले जनताको विश्वास जित्न सक्ने छैनन्। यसबाहेक, दलहरुले पहिलो संविधान सभाको विफलताका कारक तŒवहरुको व्याख्या गर्दै जनतासँग माफी माग्नुपर्नेछ। दलहरुले एक/अर्काप्रति राजनीतिक आरोप-प्रत्यारोप गरेर होइन, आफ्ना कमजोरी स्वीकार गरेर जनतामा जानुबाहेकको विकल्पबारे सोच्नु पनि गलत हुनेछ।
राजनीतिक दलहरु निश्चित सिद्धान्तका आधारमा संगठित हुन्छन्। तर, सिद्धान्त जड हु"दैन। अहिले नेपालका मुख्य दलहरु जड सैद्धान्तिक सूत्रलाई आधार बनाएर राजनीति गर्दैछन्। बीसौं शताब्दीमा सिद्धान्तका नाममा लडिएका राजनीतिक लडाइँहरुको कुनै उप-संहार निस्किएन। अन्ततः वामपन्थी वा प्रजातान्त्रिक, दुवै विचारधाराका बाहकहरुले राजनीतिका मुद्दा छाडेर यथार्थको धरातलमा उभिन कर लाग्यो। चीन र भियतनामजस्ता साम्यवादी देशहरुले राजनीतिक नारालाई किनारामा राखेर आर्थिक विकासको बाटो नहिँडेका भए सम्भवतः दुनिया"को नक्सा अर्कै भइसक्ने थियो। तर हाम्रो देशका दलहरु यो पारम्परिक अवधारणाबाट अहिलेसम्म पनि मुक्त हुन सकेका छैनन्। यही कुुरा प्रजातान्त्रिक दलहरुमा पनि लागु हुन्छ। खास गरेर नेपाली कांग्रेसले प्रस्तुत गर्ने गरेको समाजवादी विचार र यथार्थमा उसका राजनीतिक व्यवहारहरुका बीच कतै पनि सामञ्जस्य देख्न पाइन्न। यसैले गर्दा नेपालको राजनीति वैचारिक असन्तुलनको उदाहरण बनेको छ।
देशको राजनीतिमा अहिलेसम्म भएका घटनाक्रम जनताका हिसावले अर्थहीन सावित भएका छन्। साठी वर्षको अवधिमा नेपालको राजनीतिमा जति प्रयोग भएका छन्, सम्भवतः त्यस्तो अन्यत्र कुनै पनि देशमा भएको छैन। यस कालखण्डमा नेपालीहरु आर्थिकरूपले मात्र होइन, बौद्धिकरूपले पनि विपन्न भएका छन्। दलका नेताहरु यही परिस्थितिले जन्माएका प्रतिनिधि पात्र मात्रै हुन। विवेकशील नेपाली जनताले यो कुरा राम्ररी बुझेको छ। जनताको विवेकमा राजनीतिक दलहरुले भरोसा गर्नैपर्छ।
नया" राजनीतिक परिस्थितिमा सबै दलहरुले निर्वाचनका लागि गठन गरिएको सरकारले काम गर्नसक्ने वातावरण निर्माण गर्नुपर्छ। पछिल्लो समयमा दलहरु सहमति र सहकार्यको राजनीतिमा असफल भएका छन्। वर्तमान सरकार त्यही असफलताको उपज हो। राजनीतिक दलहरुका लागि यो कुनै सुखद् अवस्था होइन। यसबाट सिकेर दलका नेताहरुले देशको परिस्थितिमा सुधार ल्याउनुको अर्को विकल्प पनि छैन।