निर्वाचन किन?
२५ चैत्र २०६९
•
१३ मिनेट पाठ
निर्वाचन किन?
फेरि पनि देशले भोगिरहेको कठिन र खतरायुक्त संक्रमणकालले निकास पाउने बाटोमा अवरोध देखिइरहेका छन्। निर्वाचनको मिति घोषणा गर्न दबाब दिइरहेका राजनीतिक दलहरु आफू चोखा र निर्वाचनका लागि गठित सरकार गलत भएको दाबी गर्दै भाषण गरिरहेका छन्। कुनै कुरालाई वा कुनै मानिसलाई झुटो प्रमाणित गरेर आफूलाई साँचो प्रमाणित गर्न सकिँदैन। यो तर्कशास्त्रको सामान्य नियम हो। अर्थात् साँचो के हो भन्ने कुरा प्रमाणित गर्न त्यो झुटो होइन भनेर प्रमाणित गरेर पुग्दैन। अर्थात् दुई र दुई जोडेर ५ हुँदैन भन्ने कुरा बताएर दुई र दुई जोड्दा किन प्रतिफल ४ हुन्छ भन्ने कुराको उत्तर हुन सक्दैन। अर्थात् सरकारले निर्वाचनको मिति तोकेन भनेर राजनीतिक दलले आफूलाई ...सत्य र साँचो' सावित गर्न खोज्नु एउटा ठट्टामात्र हुनेछ। वास्तवमा निर्वाचनको मिति तोक्ने कार्य राजनीतिक दलका नेताहरुबाटै अवरुद्ध भइरहेको छ।
निर्वाचनको कार्य सम्पन्न गर्न सर्वप्रथम निर्वाचन ऐन चाहिन्छ। राजनीतिक दलले गरेको सहमतिमा धारा १५ अनुसार जारी गरिएको बाधा अड्काउ फुकाउको आदेशअनुसार संविधान सभाको सदस्य संख्यामा परिवर्तन गरिएको छ। लगायत् थुप्रै कानुनी प्रावधानमा परिवर्तन गर्नुपर्ने आवश्यकता छ। तर राजनीतिक दलहरुले निर्वाचन ऐनको अध्यादेश जारी गराउने कुरामा पहल गरेका छैनन्। यो कसैले ढाँटेर ढाँटिने कुरा होइन। अझ जसलाई असारमा निर्वाचन गराउने व्यग्रता छ, उसले अध्यादेशको निर्माणमा नेतृत्वदायी भूमिका खेल्नुपर्ने हो। अतः निर्वाचन कानुनको निर्माणलाई बेवास्ता गरेर असारमा निर्वाचन गर्ने सपनाको प्रचारप्रसार र सरकारको आलोचना प्रचारप्रसारको विषयवस्तु बन्नु फेरि पनि एउटा झुटो कुराद्वारा सत्य वा साँचोको पक्षपोषण गर्ने खेलबाहेक केही होइन भन्ने धेरै विश्लेषण गर्नुपर्ने विषय नै होइन।
निर्वाचन देशलाई भड्खालोबाट निकालेर बचाउने एएटा प्रयास हो। देश हिजो राजनीतिक दलहरुको निहीत स्वार्थ, निष्त्रि्कयता र अकर्मण्यताले एउटा बालकलाई फोहोर इनारमा फ्याँकिएको अवस्थामा पुर्यासइएको थियो। अघिल्लो सरकारका समयमा त्यो फोहोर कुवामा फालिएको त्यो बालकलाई कसले निकाल्ने भनेर केबल छलफल भयो तर त्यो बालकको मृत्यु हुन सक्छ भन्ने चिन्ता नगरिएको मात्रै होइन, मरे मरोस् भन्ने सोचाइ राखियो। राजनीतिक दलहरुले त्यो बालकलाई इनारबाट निकाल्न आफूहरु अक्षम भएकाले मन्दिरका पुजारीलाई अराए। अहिले कमजोर, शिथिल, थरथरी कामिरहेको, बिरामी, थकित, भोको त्यो बालक इनारबाट बाहिर झिकिएको छ। कोही भन्दैछन्, राजनीतिक दलका नेताले झिक्नुपर्नेमा पुजारीले झिकेको हुँदा त्यो गैरकानुनी भयो, त्यसैले त्यो बच्चालाई इनारमा खसाइपाउँ। कोही भन्दैछन्, त्यो बच्चा हामीलाई नसोधी निकालिएको हुँदा त्यसलाई नुवाइधुवाइ गरेर हिँडाइयो भने त्यसका खुट्टा भाँचिदिनेछौं। कोही भन्दैछन्, त्यसलाई खुवाइ पियाइ गरियो भने भान्सेलाई ठटाइदिने छौं।
त्यो बालक देश हो। त्यसको मृत्यु भयो भने तपाईं हामी कोही पनि रहने छैनौं। त्यो थकित बिरामी कमजोर बालक बाघ, भालु, सर्पसँग लड्न सक्ने अवस्थामा छैन र हुँदैन, जबसम्म त्यसलाई न्यानो बस्ने ठाउँ र पौष्टिक आहार दिइँदैन। अहिले विभिन्न दरबार र सडकमा बसेकाहरुले यो नांगो तथ्य बुझ्नुपर्ने हो तर जसले जे भने पनि जतिसुकै कुरा गरे पनि, जतिसुकै राष्ट्रियताका कुरा गरे पनि, जतिसुकै देशका शुभचिन्तनका कुरा गरे पनि देशभन्दा प्यारो त आफ्नै मान्यता, स्वार्थ र लोभ रहेछ। यदि त्यो बालकलाई इनारबाट झिकेको कुरा गलत हो भने ...सत्य र साँचो' के हो त? अब जनताले विद्वान्हरुसँग, राष्ट्रवादीहरुसँग, न्यायाकर्ताहरुसँग, अधिकारवादीहरुसँग सोध्ने बेला भएको छ।
राष्ट्रियता राष्ट्रप्रतिको लगाव हो र मानिसको खास पहिचान हो। प्रत्येक व्यक्तिको त्यो पहिचान त्यस व्यक्तिको त्यस राष्ट्रको सार्वभौमिकता, स्वतन्त्रता र स्वाभिमानमाथिको लगाव र प्रतिबद्धताद्वारा निर्माण भएको हुन्छ। अतः व्यक्तिले राष्ट्रको निर्माण गर्छ। राष्ट्रियता मानिसले आफैं निर्माण गर्छ, कसैले दिने कुरा होइन। म नेपाली हुँ भन्ने कुरा मेरो अनुभूति, मेरो लगाव र मेरो प्रतिबद्धता हो। यो नै उसको पहिचान हो। यदि म नेपाली हुँ भने मलाई यसभित्र बसेर अधिकार खोज्ने, रिसाउने, झगडा गर्ने, कुर्लिने अधिकार छ। त्यसैले मैले नै निर्णय गर्नुपर्छ- मेरो अधिकार जायज छ वा छैन? यदि मलाइ लाग्छ, मलाई अधिकार दियो भने नेपाली हुन्छु, होइन भने नेपाली हुन्न वा सत्तामा पुगे नेपाली हुन्छु, मेरो विचारले जित्यो भनेमात्र नेपाली हुन्छु भने मेरो आन्दोलन राष्ट्रघात हो। अब दरबारमा बस्ने र सडकमा बस्नेले सोच्नुहोस्, नेपाली भएर आन्दोलन गर्दै हुनुहुन्छ, सत्ताका लागि आन्दोलन गर्दै हुनुहुन्छ? तपाईंले मायाले कुटे पनि रिसले कुटे पनि इनारबाट तपाईंले निकालेको बालक त कमजोर भएको छ, त्यसैले मर्छ नै।
किन तपाईँलाई असारमै निर्वाचन चाहिने हो? किन तपाईं अर्काथरीलाई मंसिरमा निर्वाचन चाहिने हो? किन तपाईँ अर्काथरीलाई चुनाव गराउन सकिन भन्नेहरुले नै चुनाव गराउनुपर्ने हो? सबैलाई थाहा छ, तपाईँहरु सबैको चाहना न्याय, इन्साफ सत्य, साँचो इत्यादिका नाममा चाहिएको केवल आफ्नो स्वार्थको पूर्ति हो। चाहिएको जनता र देश होइन, चाहिएको आफ्नो मालिकत्व हो।
तपाईँहरुमा एउटा असल मानिसले निर्भिक, गुणी, स्वार्थहीन भएर सोच्न सक्ने क्षमताको ह्रासमात्रै होइन, पतन भइसकेको अब सबैले देखेका छन्। ख्याल गर्नुभएको छ? तपाईँहरुका राजनीतिक संगठनभित्र भाइरस लागेको छ। तपाईँका पार्टी फुटाइएका छन्। तपाईँहरुभित्र गुट, उपगुटका नाममा स्वार्थी समूह निर्माण गरिएका छन्, तपाईँहरुभित्र आफ्नै मित्रलाई समाप्त पारेर पद प्राप्त गर्ने जीर्ण र अपच चाहना दिमागमा भरिएका छन्। एकपटक एक्लै कोणमा बसेर ध्यान गर्नुहोस् त! तपाईँ आफ्नै मित्रलाई समाप्त पार्न तयार हुनुहुन्छ वा हुनुहुन्न?
जब राजतन्त्र थियो, राजतन्त्रलाई नजिक ल्याएर एक अर्कालाई समाप्त पार्न तयार हुनुभयो। त्यसबेला तपाईँहरुले लोकतन्त्रलाई आदर्श मान्नुभएन। तत्कालीन नेकपा (माओवादी)ले पटकपटक राजासँग सहमति गर्न खोजेछ। त्यो कुन मार्क्सवादी नैतिकता थियो ? राजासँग मिलेर नेपाली कांग्रेसले सेना प्रयोग गरी माओवादीलाई समाप्त गर्न खोजेको रहेछ, राजनीतिक सम्बन्धलाई सैन्यशक्तिद्वारा दमन गर्ने कुरा कुन लोकतान्त्रिक नैतिकताअनुरूप थियो? राजाको निरंकुशताविरुद्ध आवाज उठ्न थालेका बेला नेपाली कांग्रेसको एउटा पक्ष र नेकपा (एमाले)ले समेत आधा प्रतिगमन सच्चियो भनेर राजाको निरंकुशतालाई स्वीकार गर्दै सरकारमा प्रवेश गर्नुभयो, त्यो कुन राजनीतिक मूल्य र मान्यताअनुरूप थियो? २०६३ सालमा जनताले माओवादी, कांग्रेस र एमालेलाई उद्दार गरेकै हो। तर लगत्तै ...दुई खम्बे नीति'का नाममा तपाईँहरुलाई विभाजित गर्ने प्रयास भयो, त्यसपछि संविधान सभाको निर्वाचन नगर्ने परिपञ्च भए, त्यसपछि नेकपा (माओवादी)लाई अस्वीकार गर्ने मोर्चाबन्दी भयो, त्यसपछि राजनीतिक ध्रुवीकरणको प्रयास भयो, त्यसपछि अचानक एनेकपा (माओवादी) र मधेसी मोर्चालाई उक्साएर मोर्चागत ध्रुवीकरण सुरु गरियो र अहिले देश ध्रुवीकरणमा छ। तर कसैको कसैसँग विश्वास छैन। ध्रुवीकरणले संविधान सभालाई खाइदियो। एनेकपा (माओवादी) र मधेसी मोर्चाको अहम् र कांग्रेस तथा एमालेको डर दुवै कुराले संविधान सभा सकियो।

एक पटक तपाईँहरु आत्मसमीक्षा गर्नुहोस्। क-कसले खेलेका छन्? तपाईँहरुलाई कति धेरै विभाजन गरेका छन्? तपाईँहरुभित्र एउटै एउटै दलका समर्थक शुभेच्छुक होइन, एक अर्काका दुस्मनको मानसिकता भरिएको छ। तल एउटा गाउँमा समेत फलाना र ढिस्कानाको मानिस भनेर चिनिएको अवस्था छ। यो निर्वाचन हुन नदिए देशमा आपत्कालीन अवस्थामा पुर्याेउने र त्यसपछि राष्ट्रपतिलाई पनि विवादित बनाइदिएपछि देशमा पूर्ण अराजकता निर्माण गर्ने जुन ग्रान्ड डिजाइन छ, त्यसले देशलाई समाप्त पार्नेछ। तपाईँहरुले यो बुझ्नुभएको छ तर तपाईँको पदको सपनाले देशलाई बर्बादीतर्फ धकेलेको देख्नुभएको छैन। त्यसैले दरबार र सडकमा बस्नेहरु देशलाई हेरेर वार्तामा बस्नुहोस्। कोही त मलाई प्रधानमन्त्री, राष्ट्रपति केही चाहिएको छैन, केवल देश चाहिएको छ भनेर आउनुहोस्, हजारौंले फूलमाला लगाइदिनेछन्।
अर्को समाचार
जिल्ला समन्वय समितिको निर्वाचन अन्यौलमा
२८ असार २०७४
•
४ मिनेट पाठ
जिल्ला समन्वय समितिको निर्वाचन अन्यौलमा
जुम्ला – स्थानीय तहको पहिलो चरणमा निर्वाचन सकिएको झण्डै दुई महिना भइसक्दा समेत जिल्ला समन्वय समितिको निर्वाचन हुन सकेको छैन । समन्वय समितिको चुनाव नहुँदा स्थानीय विकास अधिकारीले काम चलाई राखेका छन । निर्वाचन सकिएको एक महिना बितेपछि जिल्ला सभाको बैठक बस्ने प्रावधान छन । निर्वाचन कार्यालय जुम्लाका प्रमुख खुम प्रसाद सुवेदीले जिल्ला सभाको बैठक बसेर ९ सदस्यीय समन्वय समिति बनाउने निर्णय भइसकेको जानकारी दिए । उनले भने, जिल्ला सभाले गर्ने काम गरिसकेको छ, तर निर्वाचन आयोगबाट निर्वाचन अधिकृत नतोकिदा निर्वाचन कार्यक्रम अघि बढ्न सकेको छैन। 

समन्वय समितिमा प्रमुख, उपप्रमुख र सदस्यहरुको लागि निर्वाचन हुनु पर्छ । निर्वाचन अधिकृत सुवेदीले भने, जिल्लामा हुने सबै कामको तयारी भइसकेको छ, केन्द्रले निर्देशन गरेमा निर्वाचन भइहाल्छ । जुम्लामा जिल्ला समन्वय समितिमा मतदान गर्नेको संख्या १६ जना रहेको छ । माओवादी केन्द्रका ८, नेपाली काँग्रेसका ६ र नेकपा एमालेका २ जनाले समन्वय समितिको अध्यक्षको लागि मतदान गर्न पाउने छन् । निर्वाचनको मिति नतोकिदा दलहरुले चुनावी प्रचार प्रसार कार्यलाई अघि बढाउन सकेका छैनन् । तर एक आपसमा गठबन्धन गर्ने, नगर्ने बारेमा छलफल चलाइरहेका छन्। 

नेकपा एमाले र नेपाली काँग्रेस गरेर ८ जना मतदाता छन, भने माओवादी केन्द्र एक्लैको ८ जना मतदाता भएकोले कसैको बहुमत पुगेको छैन ।  नेपाली काँग्रेस सभापति दिप बहादुर शाही निर्वाचन नतोकिएकोले खासै अभ्यास नथालिएको बताउँछन । उनले भने, समन्वय समितिको चुनावमा गठबन्धन नगरी सुखै छैन, तर कुन पार्टीसँग गर्ने भन्ने बारेमा पार्टीमा कुनै निर्णय भइसकेको छैन् । चुनावको मिति निर्धारण भइसकेपछि चुनावी क्रियाकलापले पूर्णता पाउनेमा उनी ढुक्क छन्। 

नेकपा एमालेका सचिव आदी प्रसाद न्यौपानेले जिल्ला समन्वय समिति कहाँ छ, के गर्दैछ कुनै जानकारी नभएको प्रतिक्रिया दिए । उनले भने, निर्वाचन ताका निकै सक्रिय जस्तो लाग्थ्यो, पछिल्लो समयमा सुतेर बसे जस्तो अनुभव भइरहेको छ । पार्टीमा पनि समन्वय समितिको निर्वाचनका बारेमा आधिकारिक धारणा बनिनसकेको बारेमा स्पष्ट पारे। 

माओवादी केन्द्रले भने मतदाता संख्याका आधारमा जुन सुकै पार्टी संग गठबन्धन गरिएपनि अध्यक्ष पद नछाड्ने बताउँदै आएको छ । उपाध्यक्ष लगायतका केही पदका लागि समझदारी गर्न सकिने भन्दै माओवादी केन्द्रले अध्यक्षका लागि सहमतिको प्रयास सबैसँग गर्ने तयारी थालेको छ ।  माओवादी केन्द्रका केन्द्रीय सदस्य भवानी प्रसाद अधिकारीले साउन पहिलो हप्ता देखि निर्वाचनको कसरत शुरु हुने बताएका छन् । उनले भने, अहिले निर्वाचनको कुनै सुरसार नभएकोले खासै चासो गएको छैन । निर्वाचन मिति तोकिने बितिक्कै सहज वातावरण गर्नको लागि क्रियाकलाप अघि बढाइने छ। 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस