नागरिक सर्वोच्चताः भ्रम र वास्तबिकता
१६ भदौ २०६६
•
१५ मिनेट पाठ
नागरिक सर्वोच्चताः भ्रम र वास्तबिकता
'नागरिक सर्वोच्चता'को कर्णप्रि राग माओवादी कोणबाट बढी नै सुनिँदैछ। 'युद्धकाल'मा 'सेना-राजनीति-सेना' भन्ने माओवादीको सैन्य सर्वोच्चताको रणनीतिक प्रशिक्षणभित्र 'कलम चलाउनेले बन्दुक चलाउनुपर्ने र बन्दुक चलाउनेले पनि कलम चलाउनुपर्ने' रणनीति भएबाट 'सबै लडाकु माओवादी सबै माओवादी लडाकु भन्ने गरिन्थ्यो। सात-आठ हजार मात्र लडाकु भएको वास्तविकतालाई मिचेर जबरजस्ती चरम सैन्यकरण गर्दै ३१ हजार लडाकु पुर् याउन सफल भएको र तिनमा १२ प्रतिशत बाल सेना भएको प्रमाणित भइसकेको छ। माओवादी नेतृत्वको सरकारका पालामा कुनैबेला कम्ब्याट ड्रेसमा बन्दुक चलाउँदै हिँडेका व्यक्तिलाई नेपाल प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ नियुक्त गरेको विषय चरम विवाद भएको थियो। सर्वोच्च अदालतले सो नियुक्ति बदर गरेको स्मृति ताजै रहेको परिप्रेक्षमा नागरिक सर्वोच्चताको नारा घन्किनुको कारणलाई वस्तुवादी ढङ्गले सिंहावलोकन गर्नु आवश्यक भएको छ।




वास्तबमा लोकतन्त्र भनेकै विधिको शासन र नागरिक सर्वोच्चता कायम हुने व्यवस्था हो । जसरी सूर्य भनेपछि त्यसलाई तापवान् प्रकाशवान्जस्ता विशेषण जोडिरहनु पर्दैन त्यसैगरी पूर्ण तथा सार्थक लोकतन्त्रका लागि नागरिक सर्वोच्चताको अलग्गै रट लगाउनु जरुरत छैन । लोकतन्त्रमा नै नागरिकले शासनका लागि ुसमर्थनका रुपमा भोट र करका रुपमा नोटु दिएर आफ्नो निर्णायक हैसियत तथा सर्वोच्चता कायम गरेको हुन्छ । जनताले राज्य व्यवस्थाका लागि जनप्रतिनिधि छान्ने हक पाउँदैनन् भने उनीहरु त्यस्तो राज्यलाई कर तिर्ने कर्तब्य बोक्न बाध्य हुँदैनन् ुनो ट्याक्स् विदाउट इलेक्टेड रिप्रेजेण्टेटिभ्स्ु भन्ने मान्यता लोकतन्त्रमै स्थापित भएको हो न कि व्यक्ति वर्ग वा पार्टीका नाममा हुने कुनै अधिनायकत्वमा ।

नागरिक सर्वोच्चता नेपाली सेनामाथि कसले कमाण्ड जमाउने भन्ने विषयमा मात्र सीमित हुन्न । यो विद्यमान मूल कानुन अर्थात् संविधान र अन्य कानुनहरुको परिधिभित्र रहेर जल्दाबल्दा समस्यालाई साझा एजेण्डाका रुपमा सम्बोधन गर्दै त्यसका लागि राष्ट्रिय सहमतिको वातावरण बनाउने र राजनीतिक ढङ्गबाट समस्याको समाधान गर्ने हो । ूजंगली सर्वोच्चताू वा कुनै दलको सर्वोच्चता नै नागरिक सर्वोच्चता ठान्ने हो भने त्यसले अर्को अनिष्ट निम्त्याउँछ । तसर्थ नागरिक सर्वोच्चताको सार्थकता तथा सफलता कानुन नियम संहिता सहमति र प्रतिबद्धताको इमानदारीका साथ पालनाबाट मात्र सम्भव हुन्छ न कि नारा लगाएर । अर्कोतिर जनताका साझा र संविधानका रक्षक हुनुपर्नेले नै सर्वोच्च अदालतको निर्णयलाई निन्दा गर्दै न्यायालयको फैसलालाई लत्याउनुले नागरिक सर्वोच्चताका नाममा अर्को विडम्बना सिर्जना गरिरहेको छ ।
नेपाली कांग्रेसले २००७ सालको सफल जनक्रान्तिको नेतृत्व गरेको राणा तानाशाहीविरुद्ध जनताको सर्वोच्चता तथा शासन स्थापना गर्ने उद्देश्यले हो । २०१७ सालको अधिनायकवादी कदमविरुद्ध १५ वर्ष लामो सशस्त्र संघर्ष र त्यसपछि पनि त्यति नै लामो निःशस्त्र तथा शान्तिपूर्ण संघर्ष नागरिक सर्वाेच्चताका लागि लोकतन्त्र चाहिन्छ भन्ने अनिवार्यताबोध गरेर नै भएको हो । २०४६ र २०६२-६३ का जनआन्दोलनलाई पनि कांग्रेसले नै नेतृत्व र समन्वय गर् यो नागरिक सर्वोच्चता स्थापित गर्नकै लागि । लोकतान्त्रिक आन्दोलन भनेको नै नागरिक सर्वोच्चता स्थापित गर्ने मानवीय चेष्टा हो ।

जसले नागरिक सर्वोच्चताको अहोरात्र नारा लगाइरहेको छ उसैले त्यही नाराका आडमा नागरिक निर्वाचनबाट गठित जनताको सर्वोच्च संस्था संसद् संविधानसभा को दैनिक कामकाज बारम्बार ठप्प बनाएर नागरिकले तिरेको करको राष्ट्रिय सम्पत्ति र रकमको चरम दुरुपयोग गरिरहेको छ । राष्ट्रको व्यावसायिक सेनासँग जोरी खोज्नेदेखि शिविरमा राखिएका लडाकुका लागि दिइएको रकम वीचैमा खोसेर हतियार किन्ने र ट्रकमा हतियार ल्याई सहरी जनविद्रोहको तयारी थाल्ने घोषित रणनीति र हालै गठन भएको संयुक्त मोर्चाबाट माओवादीको नागरिक सर्वोच्चताको नारा कति जनमुखी हो भन्ने सहजै बुझ्नसकिन्छ । नागरिकका घर-जग्गा सम्पत्ति कब्जा गर्ने नागरिकलाई विस्थापित तथा अपहरण गर्ने समाजमा चन्दा र अन्य िहंसात्मक आतंक मच्चाउनेले नागरिक सर्वोच्चताको वकालत गर्नु अपराधीले जोगीको भेष लिएर आपुूलाई चोखो देखाउनुजस्तो हुन्छ ।
हालै संविधानसभामा माओवादीको अगुवाइमा स्वतन्त्र न्यायपालिकालाई प्रकारान्तरले व्यवस्थापिकाको ुस्याटेलाइटु विभाग का रुपमा खुम्च्याएर थन्क्याउने खतरनाक निर्णय गरियो । प्रधानन्यायाधीशको नियुक्ति ुस्वतन्त्र व्यक्तिु मध्येबाट गर्ने भनी त्यसमा दलगत राजनीतिक स्वार्थ लाद्ने कार्य भएबाट प्रधानन्यायाधीश न्यायमूर्ति हुनुको सट्टा अन्यायको प्रतिमूर्ति बनाउने चरम दुस्साहस ुनागरिक सर्वोच्चताुका नाममा गर्न खोजिएको छ । संविधान वा कानुनको ब्याख्या सर्वोच्च अदालतको सट्टा व्यवस्थापिकाले गर्ने र प्रादेशिक न्यायालयहरुमा न्यायाधीशको नियुक्ति सम्बन्धित प्रदेशबाटै गरिने निर्णय भएबाट अब स्वतन्त्र न्यायपालिका विधिको सर्वोच्चता एवं कानुनी राजको स्थापनाजस्ता सार्थक लोकतन्त्रका आधारभूत र अपरिहार्य विशेषता निमिट्यान्न बनाउने षड्यन्त्र प्रारम्भिकरुपमा भएको छ । नागरिक सर्वोच्चता नगुमोस् भन्ने हेतुले नै राज्यका अंगहरुवीच शक्ति वितरण नियन्त्रण र सन्तुलनको जुन विश्वव्यापी प्रचलन र काइदा कानुन थियो नेपालमा त्यो समाप्त बनाउने प्रयास हुनथालेकेा छ । स्वतन्त्र न्यायपालिकाको हैसियतमा नेपालले अन्तराष्ट्रिय माचमा पाउने हैसियत र भूमिका पनि समाप्त हुने अवश्यम्भावी छ । लोकतन्त्रमा प्रत्येक नागरिकको न्याय पाउने हक र दण्ड पाएपनि न्यायपूर्वक पाउने व्यवस्थाबाट विाचत हुने परिस्थितिको निर्माण गरिँदैछ ।
यसबाट के प्रमाणित हुन्छ भने माओवादी वर्तमान संसद्को मात्र विपक्षी होइन लोकतन्त्रकै विपक्षीका रुपमा खडा भएको छ । उसका लागि यो लोकतन्त्र निर्ममतापूर्वक विसर्जन गर्नुछ । वर्तमान गणतन्त्र पनि कथित ूजनगणतन्त्रू को लक्ष्यमा अन्तरिम गणतन्त्र मात्र हो । त्यसैले मैले बारम्बार भनिआएको यथार्थ हो माओवादी गणतन्त्रलाई रक्षाकवच र संघीयतालाई किल्ला बनाएर लोकतन्त्रलाई मटियामेट बनाउन प्रहार गरिरहेको छ । लोकतन्त्रका विभिन्न तर अभिन्न अंगलाई छिन्नभिन्न बनाएर कथित ूजनगणतन्त्रू को आवरणमा एकदलीय तानाशाही स्थापना गर्ने नियोजित कार्यमा लागिरहेको छ । लोकतन्त्र विधिको सर्वोच्चता कानुनी राज स्वतन्त्र प्रेसजस्ता पक्षमा हामीले गर्दैआएका संघर्ष र हाम्रा प्रयासलाई उसको लक्ष्यको अनुकूल बनाउने गम्भीर रणनीति र षड्यन्त्र चलाइरहेको छ । त्यो रणनीति लेनिनले प्रतिपादन गरेको लोकतान्त्रिक आन्दोलनलाई सर्वहारा वर्गले कसरी आफ्नो पक्षमा पार्नुपर्छ भन्ने शिक्षामा आधारित छ । लेनिन भन्छन् ू......।माक्स्रवादले सर्वहारा वर्गलाई यही सिकाउँछ कि ऊ बुर्जुवा क्रान्तिबाट टाढा नरहोस् यसप्रति उदासीन नरहोस् क्रान्तिको नेतृत्व बुर्जुवा वर्गको हातमा जान नदेओस् यसको विपरीत अत्यन्त उत्साहसहित यसमा भाग लेओस् सुसंगत सर्वहारा जनवादको लागि क्रान्तिलाई अन्त्यसम्म पुर् याउनका लागि पूर्ण दृढताका साथ संघर्ष गरोस्...॥ ूलेनिन ः ुअसंगत बुर्जुवा वर्गका विरुद्धको संघर्षमा सर्वहारा वर्गको हात बाँधिने खतरा कताबाट देखिन्छ ु शीर्षक लेखबाट संकलित रचना नेपाली संस्करण भाग २ पृष्ठ ४७ । हालका घटनाक्रमबाट स्पष्ट हुन्छ सत्ता कब्जाको लागि लेनिनको सहरी विद्रेाहको रणनीतिलाई अनुकरण गरिरहेको माओवादी अहिले लोकतन्त्रका अवसर र सुविधालाई सत्ताकब्जाको लागि हतियार वा औजार बनाउने काममा लागेको छ । त्यस प्रयोजनमा लोकतन्त्रका यावत् संयन्त्र र माचहरुलाई उसले ुमोर्चाु देख्नेगरेको छ । ुनागरिक सर्वोच्चताुको नारामा लोकतन्त्रका माचहरुलाई ूजनगणतन्त्रूको मोर्चा बनाउने ब्यूहरचनालाई समयमै बुझ्न सकिएन भनॆ हामीले नागरिक सर्वोच्चताको रक्षा गर्न सक्नेछैनौ ।

विद्रेाह युद्ध वा आतंकले न यसअघि परिवर्तनका लागि बाटो खोलिदिएको थियो न त अब खोलिदिन्छ । आजको परिवर्तन माओवादीको ११ वर्षे युद्धले होइन जनआन्दोलनले आएको हो । जनताले शान्ति र सुरक्षानिहित लोकतान्त्रिक परिवर्तनका पक्षमा आपुूलाई उभ्याएको हो । माओवादी साँच्चै नागरिक सर्वोच्चता चाहन्छ भने उसले त्यसको अपरिहार्य आधार विश्वव्यापी रुपबाट स्वीकृत बहुदलीय तथा बहुसिद्धान्तीय लोकतन्त्रलाई इमानदारीसाथ स्वीकार्न सक्नुपर्छ । लोकतन्त्र मानव अधिकार विधिको सर्वोच्चता स्वतन्त्र न्यायालय स्वतन्त्र प्रेस विपक्षी कार्यकर्ता लोकतन्त्रवादी पक्ष राष्ट्रिय सेना उद्यमी-व्यापारी सबैलाई बैरी देख्ने अनि नागरिक सर्वोच्चताको नारा लगाउनॆभन्दा हास्यास्पद तथा लोकतन्त्रको उपहास अरु हुन सक्दैन । नागरिक सर्वोच्चता माओवादीले बन्दुके मानसिकता र ब्यबहार त्याग्न अगाडि सारेको हो भने लोकतन्त्रमा हृदय परिवर्तन गर्नेलाई उच्च मूल्याङ्कन गरिन्छ।

वास्तबमा नेपालमा त्यो बेला ुनागरिक सर्वोच्चताु सार्थक र सफल हुनेछ जहिले समयमै नयाँ पूर्ण लोकतान्त्रिक संविधान बनेर लागू हुनेछ जहिले शान्ति सुरक्षा र अमन चयन सर्वसुलभ हुनेछ राजनीतिक दलहरुले आफ्ना जिम्मवारी कर्तव्य सीमा र मर्यादा बुझेर आआफ्ना जिम्मेवारी सम्हाल्ने दिन आउनेछ । माओवादीले नागरिक समाजमा त्रास र आतंकको साम्राज्य चलाएर नागरिक सर्वोच्चताको क्रुरतापूर्ण नारा लगाउन छोड्ने छ । त्यस बेला माओवादी पनि समान श्रद्धाको पात्र हुनेछ । वितण्डा बखेडा र विग्रह मच्चाउनेको दर्दनाक विसर्जन हुन्छ भनी माओवादीले पनि समयमै हेक्का राखे बेस हुनेछ ।
लेखक नेपाली कांग्रेसका प्रवक्ता हुन् ।
arjunnkc@gmail.com
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस