हतारको राजनीति
०९ वैशाख २०७०
•
११ मिनेट पाठ
हतारको राजनीति
२०४६ सालमा पञ्चायती व्यवस्थाविरुद्ध कांग्रेसको नेतृत्वमा भएको आन्दोलनलाई सुरुमा धेरैले त्यो प्रजातन्त्र प्राप्तिका लागि वारपारको लडाइँ भएको बताएका थिए। तर यस सन्दर्भमा प्रश्न गर्दा आन्दोलनका नेता गणेशमान सिंहले राजनीतिमा वारपारको लडाइँ नहुने बताउँदै आफूहरूले थालेको आन्दोलन प्रजातन्त्र प्राप्त नहँुदासम्म जारी रहने बताएका थिए। त्यही आन्दोलनमार्फत् ३० वर्षपछि नेपाली जनताले निरंकुश पञ्चायती व्यवस्थाबाट मुक्ति पाएका थिए। तर पञ्चायतविरुद्धको लडाइँ ३० वर्षको समय सीमा तोकेर सुरु भएको थिएन। २०५२ सालमा विद्रोह गरेको माओवादीले पनि आफ्नो लडाइँ सय वर्षभन्दा बढी समयसम्म चल्न सक्ने बताएको थियो।
सिद्धान्त बोकेर गरिने राजनीतिका लागि उद्देश्य प्राप्तिको समय सीमा हँुदैन। त्यसैले त्यो सोह्रै आना शुद्ध हुन्छ। तर राजनीतिलाई व्यक्तिगत स्वार्थले ढाक्न पुगेमा सिद्धान्त ओझलमा पर्छ अनि सिद्धान्तरहित आन्दोलनका अगुवाहरूमा संकल्पको अभाव देखिन थाल्छ। उनीहरूमा उद्देश्य प्राप्तिका लागि हुनुपर्ने धैर्य समाप्त हँुदै जान्छ। अनि छिटो सत्ता र पद प्राप्त गर्न नेता र दलहरू आफूसँग हरेक विषयमा विपरित रहेकासँग 'कम्प्रमाइज' गर्न पुग्छन्। त्यसबाट सीमित समयका लागि दल र नेता विशेषले फाइदा उठाउन त सक्छन्। तर त्यसको दूरगामी परिणाम राष्ट्रका लागि अनुकूल हँुदैन। पछि गएर आफूले 'सर्टकट' फाइदाका लागि गरेका सहमति तिनै नेता तथा दलका लागि पनि प्रत्युत्पादक हुन जान्छन्। राजनीतिलाई आफ्नो तथा आफ्नो दलको स्वार्थका लागि प्रयोग गर्दै अगाडि बढ्नेहरू इतिहासमा असफल सावित हुँदै जान्छन्।
२०३७ सालको जनमत संग्रहमा पंचायतले धाँधली गरेर जितेको सबैलाई थाहा थियो। त्यस परिणामलाई बीपीले अस्वीकारमात्र गरेको भए जनता पञ्चायतको जरो उखेल्न तयार थिए। तर सिद्धान्तको राजनीति गर्ने महामानवले तत्काल आफूअनुकूल परिणाम भेटाएर सत्तामा पुग्ने लोभ देखाएनन्। सहयात्री नेता तथा कार्यकर्ताको अनेकन दबाबबीच उनले जनमत संग्रहको परिणामलाई स्वीकार गरे। त्यतिबेला विजयी हुन नसकेको प्रजातन्त्रलाई जनताले आफ्नो आन्दोलनको बलमा केही पछि भए पनि भेटाएरै छाडे। सिंहदरबारको कुर्सीमा धेरै जना बसिसकेका छन्। तर नेपाली इतिहासमा एक सुपात्रका रूपमा आफ्नो नाम दर्ता गराउनमा बीपी जति अन्य कोही सफल हुन सकेनन्। प्रजातन्त्र प्राप्तिका लागि अनवरत्रूपमा लाग्ने क्रममा उनको अवसान भयो तर उनी अझ पनि जनताको मनमा राज गरेर बसेका छन्। अझ कुनै बेला बीपीलाई राष्ट्रघाती भनेर नथाक्नेहरू नै अहिले उनलाई राष्ट्रियताको प्रतीकका रूपमा सम्झन्छन्। आफूलाई राष्ट्रको सच्चा सेवकका रूपमा प्रचार गर्दै हिँड्नेमध्ये धेरैजसो अहिले बीपीको तस्बिरसामु पनि निकै होचो देखिन्छन्।
सिद्धान्तको राजनीति भनेकै त्यागको राजनीति हो। अनि त्यस्तो राजनीतिलाई पछ्याउनेहरू मात्र देश र जनताका लागि लड्न तत्पर हुन्छन्। समयसीमाले उनीहरूका लागि कुनै अर्थ राख्दैन। राष्ट्रलाई हित पुग्ने किसिमको स्थिति नआउँदासम्म उनीहरू अनवरत्रूपमा लागिरहन्छन्। हुन पनि सिद्धान्तले सत्ता दिन्छ नै भन्ने पक्का हँुदैन। अनि सिद्धान्तको राजनीति गर्नेहरूमा सत्ताको लोभ पनि हुँदैन। उनीहरूको उचाई कुनै पनि पदभन्दा निकै माथि पुगेको हुन्छ।
२०४६ सालको आन्दोलनपछि तत्कालीन राजा वीरेन्द्रले अन्तरिम प्रधानमन्त्री बन्नका लागि गणेशमान सिंहलाई प्रस्ताव गर्दा उनले त्यो प्रस्ताव सोझै अस्वीकार गरेका थिए। प्रधानमन्त्री नबने पनि गणेशमानलाई जनताले सबैभन्दा उचाईमा राखेका थिए र छन्। भारतकै उदाहरण लिने हो भने पनि मोहनदास करमचन्द गान्धी सत्तामा कहिल्यै आएनन् तर उनलाई अझ पनि भारतमा माहात्मा गान्धी भनेर राष्ट्रपिताका रूपमा पुजिन्छ।
तर अहिले नेपाली राजनीतिमा सिद्धान्तको लडाइँ लड्ने धैर्य देखिएको छैन। छिटोछरितोरूपमा आफ्नो उद्देश्य प्राप्त गर्न उनीहरूमा छोटो बाटो अवलम्बन गर्ने होडबाजी नै चलेको छ। अनि उद्देश्य भनेको पद र सत्ता प्राप्ति हुन पुगेको छ। यस प्रवृत्ति अंगालेर गरिएका हरेक आन्दोलनले अगुवाहरूलाई सत्तामा पुर्‍याउन सफल भए पनि जनताको स्थितिमा खासै परिवर्तन ल्याउन सकेको छैन र सक्दैन पनि। पद र प्रतिष्ठालाई केन्द्रमा राखेर गरिने राजनीतिले सिद्धान्तको छेउ पनि भेट्टाउन सक्दैन। त्यसले त राजनीतिलाई कुनै मेहनतविना सहजरूपमा किनेर खाने जंकफुडसरह बनाउँछ। अहिले नेपाली राजनीति 'जंकफुड' सरह नै हुन पुगेको छ। हतारको राजनीतिमा लागेका सबै कसरी हुन्छ, जति सक्यो चाँडो सत्तामा पुग्ने होडबाजीमा लागेका छन्। जनताको घरदैलोमा गएर उनीहरूको समस्या आत्मसात गर्ने परिपाटी अहिलेको राजनीतिमा औपचारिकतामात्र बन्न पुगेको छ, जुन निर्वाचनका बेला मात्र पूरा गरिन्छ।
अनि तत्काल सत्तामा आउनका लागि हुन सक्ने/नसक्ने सबै किसिमको नारा जनतासामु अगाडि सारिन्छ। जनताले माग्दै नमागेको मागलाई पनि पूरा गर्ने अठोट गरिन्छ। अनि सत्तामा पुगेपछि ती सबै माग रद्धीको टोकरीमा फाल्नुको विकल्प राजनीतिकर्मीहरूसँग हुँदैन। किनभने ती माग पूरा हुन नसक्ने किसिमका भएको उनीहरूलाई पहिल्यैदेखि नै थाहा हुन्छ। निर्वाचनका बेलामा जनतासमक्ष वाचा गर्दा सोचेर गर्नुपर्ने हो। जनताको विश्वासमा पछि कुनै किसिमको आँच नआउने किसिमले पूरा गर्न सकिने मागका सम्बन्धमा मात्र स्वीकृति जनाउनुपर्ने हो। तर त्यसो गरेको खण्डमा सत्ता आफूबाट टाढिने भय अहिलेका धेरैजसो राजनीतिकर्मीमा छ। पूरा गर्न सकिने मागका सम्बन्धमा पनि कुनै किसिमको प्रारम्भिक गृहकार्य नै नगरी निर्वाचन जित्नका लागिमात्र आश्वासन दिने गरिन्छ।
हतारको राजनीतिले मुलुकलाई दूरगामीरूपमा कत्तिको असर पार्छ भन्ने कुरा गत संविधान सभाले पनि सावित गरिसकेको छ। देशलाई संघीयतासहितको संविधान दिने भनेर वाचा गरेका दलहरू आफ्ना सबै वचनमा असफल प्रमाणित भए। हतार र व्यक्तिगत तथा दलगत स्वार्थमा अल्भि्कएर गरिएका वाचाले अहिले तिनै नेता तथा दललाई अप्ठेरो स्थितिमा पुर्‍याएको छ। मुलुक अहिले निर्वाचन उन्मुख भइसकेको छ। संघारमा आइसकेको निर्वाचन हेरेर धेरै राजनीतिक दल तथा नेताहरू असमञ्जस्यमा परेको आभास हुन थालेको छ। जनताले उनीहरूको असफलताबारे प्रश्न गर्न थालिसकेका छन्। उनीहरूसँग जनताको प्रश्नको जवाफ छैन। उनीहरू त जनतालाई भुलाउने किसिमका अन्य नाराको खोजीमा तल्लीन छन्।
मुलुकले बेहोरिरहेको वर्तमान विषम परिस्थितिको एकमात्र निकास भनेकै निर्वाचन हो। तर यसको अर्थ जसरी तसरी भए पनि निर्वाचनमात्र हुनु होइन। यसरी हुने निर्वाचनले मुलुकलाई निकास दिन सक्ने छैन। यस तथ्यलाई राजनीतिकर्मीहरूले आत्मसात गरे मुलुकका लागि राम्रो हुने थियो। मात्र निर्वाचन जित्नका लागि बनाइने घोषणापत्रको आयु लामो हुन सक्दैन। न त त्यसलाई यथार्थमा अनुवाद नै गर्न सकिन्छ। फेरि पनि हतारको राजनीति जारी रहेमा त्यसले केही नयाँ अनुहारलाई सत्ताको स्वाद चखाउला तर त्यसको दूरगामी दुष्परिणामलाई भने मुलुकले भोग्न बाध्य हुनुपर्नेछ। र, पछि गएर यो कसैका लागि पनि हितकर हुने छैन। सिद्धान्तविनाको शक्ति (सत्ता) ले मुलुकको हित गर्न सक्दैन।


अर्को समाचार
विनोदका पूर्ण विनोदी कथाहरू
१४ कार्तिक २०७७
•
२ मिनेट पाठ
विनोदका पूर्ण विनोदी कथाहरू

दीपक लोहनी

 




विनोद नेपालसंग अभिव्यक्तिको मासिक भेटघाटमा केही पटक हेराहेर भयो । हेराहेरबाट झगडा हैन प्रेम पलायो । लप्सेफेदीको शिवरात्रि संगै सुतौ । त्यसपछि हाम्रो मित्रताले माखेसाङ्लो जस्तो आकार लियो । लकडाउनभरि भर्चुवल दुनियाँमा विचरण गरौं । उनले मलाई र मैले उसलाई पढें । त्यही पढाइको सार हो यो लेख ।

साँचोमा, स्रष्टा विनोद नेपाल आँशु स्रष्टा हुन् । कम्प्यूटरको डिलमा बसेर क्षणक्षणमा नयाँ सृजना गर्नु उनको सामान्य खूबी हो । कोभिड – १९ को बहत्तर दिने बन्दाबन्दीमा उनले दिनको ३ वटासम्म लघुकथा लेख्थे र ‘लघुकथा कुनो’मा पोष्ट गर्थे । म त्यही लघुकथा सोफाको एक छेउमा बसी सर्लक्कै पढ्थें । उनको लघुकथामा लाइक र कमेन्ट गर्थें । कतै छुटे, उनी मलाई सम्झाउँथे । म झटपट पढ्थें र केही टिप्पणी गरिदिन्थें । दैनिक यो क्रमले स्रष्टा विनोद नेपाललाई उम्दा लघुकथारकार बनायो भने मलाई लघुसमीक्षक ।

अहिले फेसबुकमा गजबखाले लेखक र पाठकको हावी  छ । यस्तो अवस्थामा स्रष्टा विनोद नेपाललाई कतिले चिन्छन् वा चिन्दैनन् मलाई पत्तो छैन तर उनी २०४२ सालदेखि नै लघुकथामा कलम चलाउने अग्रज , अनुशासित र मर्यादित लघुकथाकार भने पक्का हुन् । लेखनमा मात्र  हैन  स्वभावमा पनि उनी शान्त छन्, कतै कहीं गडगडाउँदैनन् ।

लघुकथा ३०० शब्दभित्रमा लेखिने पूर्ण आख्यान हो । तर धेरै लघुकथाकारहरूले यसलाई पूर्ण बनाउन नसक्दै तीन सय शब्द खर्च गर्छन् । लघुकथामा सीमित पात्र, लघुपरिवेश, सुत्रता, तिक्ष्णता, प्रवाह, शैली माधुर्य, वेग र विदद्युतीय झड्का अनिवार्य शर्त हो । बन्दाबन्दीमा उनले लेखेका लघुकथाहरू ‘गोदान’मा लघुकथासंग्रहमा समेटिएका छन् ।यी तत्वहरू लघुकथाकार विनोद नेपालमा प्रष्ट पाइन्छ । उनले बडो होसियारसाथ आफ्ना लघुकथाहरूलाई  कथाको सारांशबाट हटाएर चुटकिला बन्नबाट जोगाएका छन् ।

मैले भनि नै सकें, कोरोनाको विश्वव्यापी बन्दाबन्दीमा मेरो एउटा काम स्रष्टा विनोद नेपालको लघुकथाहरू पढ्नु पनि हुन्थ्यो । उनले कोरेका अधिकांश कथाहरूमा विसङ्गत जीवनको पीडा, दुख र कष्टहरू छचल्किन्छन् । समयको राजनीति र त्यही राजनीतिले छोडेको विकृत पदचापहरू प्रष्ट भेटिन्छन् । कथाले उन्मुक्ति, समानता, प्रगति र सौन्दर्य चेतको पनि गीत गाएको छ । तर कहीं केही उनका कथाहरू हतारको साहित्यझै समाचार पनि बनेका छन् ।

साथीको हैसियत बिर्सिएर एउट पाठकको तर्फबाट भन्दा स्रष्टा विनोद नेपालका लघुकथाहरू पूर्ण विनोदी छन्, जो कसैले पनि मज्जाले रसाश्वादन गर्न सक्छन् । उनको प्रत्येक कथामा हामी बोलेका छौ ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस