बहुपहिचानसहितको संघीयता
१७ वैशाख २०७०
•
१५ मिनेट पाठ
बहुपहिचानसहितको संघीयता
'बहुपहिचानसहितको संघीयता, सामाजिक सद्भावसहितको राष्ट्रिय एकता र लोकतान्त्रिक संविधानसहितको आर्थिक सम्पन्नता।' एमालेले संविधान सभा निर्वाचनका तयारीका लागि यही निष्कर्ष निकालेको छ। संविधान सभाको माहोल निर्माणका लागि राजनीतिक दलहरु आफ्ना बैठक, भेला, छलफलमा जुटेका छन्। त्यसै क्रममा एमाले पनि आन्तरिक तयारीमा जुटेको छ। निर्वाचनको सुनिश्चितताका लागि राजनीतिक दल नै मानसिक र भौतिकरूपमा तयार हुन जरुरी हुन्छ। निर्वाचनको मिति नतोकिएका कारण अन्यौलता कायमै भए पनि प्रमुख राजनीतिक दल निर्वाचनको तयारीमा सक्रिय भएकाले निर्वाचनप्रति जनता र राजनीतिक कार्यकर्ताको विश्वास बढ्दै गएको छ। 
संविधान सभाको निर्वाचनको तयारीका सन्दर्भमा पहिलो त निर्वाचनको सुनिश्चितताको सवाल नै हो। दोस्रो, निर्वाचनका लागि पार्टीको आफ्नो आन्तरिक तयारीको पक्ष। एमालेमा विगत संविधान सभाले गरेका कामका विषयमा पनि समीक्षा गर्नुपर्ने आवाज उठेको छ। जनआन्दोलनका उपलब्धिहरुलाई संस्थागत गर्नका लागि संविधान निर्माण अनिवार्य छ। भविष्यका लागि विगत संविधान सभाले गरेका काम, संविधान सभामा दलहरुले खेलेका भूमिका र संविधान नबन्नुका पछाडि कुन शक्तिको जिम्मेवारी थियो भन्नेजस्ता सवालको समीक्षा हुनैपर्छ।
संविधान सभा निर्वाचनको सुनिश्चितताका लागि सर्वप्रथम राजनीतिक वातावरण बन्नुपर्छ। प्रमुख राजनीतिक दलसहित धेरैजसो दल निर्वाचनका लागि तयार भएका बेला नेकपा–माओवादी र मधेसी जनअधिकार फोरमलगायत् दल निर्वाचनको सीमाबाहिर आन्दोलनमा छन्। उनीहरुबाट मतदाता नामावली संकलनमा समेत अवरोध पुर्या उने काम भइरहेको छ। यस्तो अवस्थामा ती दलका उचित माग सम्बोधन गर्दै निर्वाचनमा सहभागी गराउनु नै निर्वाचनको सुनिश्चितताको आधार हुनेछ। त्यसैले ती दलसँग संवाद गरेर छिटै यो समस्या समाधान गर्नुपर्छ।
माओवादीलगायत्का दल निर्वाचनमा सहभागी नहुँदा तत्काल निर्वाचनमा असर पर्नुका साथै भविष्यमा थप राजनीतिक संकटको चुनौती पनि बन्न सक्छ। माओवादीसामु यतिबेला लोकतान्त्रिक प्रतिस्पर्धाको बाटो कि हिंसात्मक बाटो भन्ने दुई विकल्प छन्। अर्थात् माओवादीको रोजाई 'बुलेट' कि 'ब्यालेट'? असफल भइसकेको हिंसात्मक बाटो अब माओवादी पनि जान सक्दैन। यस्तो अवस्थामा माओवादीको सुरक्षित अवतरण भनेको राजनीतिक मूलप्रवाह भित्रबाटै अघि बढ्नु हुनेछ। त्यसका लागि निर्वाचन प्रक्रिया बाहिर जानु माओवादीकै भविष्यका लागि पनि निकै महँगो पर्नेछ।
अर्को कुरा यो निर्वाचन केवल सरकार बनाउनका लागि नभई संविधान सभाबाट संविधान निर्माणका लागि भएकाले पनि माओवादीसहितका दल साँच्चिकै संविधान सभाबाट संविधान चाहन्छन् भने निर्वाचनबाट भाग्न पाउँदैनन्। जहाँसम्म चुनावी सरकारको प्रश्न छ, सही उद्देश्यका लागि यही साधनलाई भए पनि उपयोग गर्नुबाहेक अर्को विकल्प छैन। यतिबेलाको समाधान भनेको ती दललाई निर्णय प्रक्रियामा सहभागी गराउने र निर्वाचन प्रक्रियामा सहभागी हुने नै हो। यसै यथार्थलाई ध्यानमा राखेर एमालेले नेकपा–माओवादी र मधेसी जनअधिकार फोरमलाई उच्चस्तरीय राजनीतिक संयन्त्रमा सहभागी गराउनुपर्ने प्रस्ताव अघि सारेको छ। साथै ती दललाई संविधान सभाको निर्वाचनमा सहभागी हुन पनि अपिल गरेेको छ।
सहमतिमा पुग्नुपर्ने विषय
निर्वाचनका लागि अन्य विवादित विषयमा पनि दलहरु तत्काल सहमतिमा पुग्नु जरुरी छ। यतिबेला निर्वाचनमा एक प्रतिशतको 'थे्रस होल्ड', फौजदारी अपराधमा सजाय पाएका व्यक्तिको उम्मेदवारीे, उम्मेदवारको सम्पत्ति विवरण स्वघोषणा जस्ता विषयमा विवाद छ। निर्वाचन आयोगले प्रस्ताव गरेझैं एक प्रतिशतको 'थे्रस होल्ड' अनिवार्य गरिनुपर्ने, फौजदारी अपराधीले उम्मेवार हुन नपाउने, सम्पत्ति विवरण स्वघोषणा गर्नुपर्ने पक्षमा एमालेले अडान जाहेर गरेको छ। राजनीतिक स्थिरताका लागि पनि संविधान सभामा प्रतिनिधित्व गर्नका लागि कम्तिमा एक प्रतिशतको सीमा तोकिनु जरुरी छ। त्यतिमात्र होइन, प्रत्यक्ष निर्वाचनमा तीस प्रतिशतभन्दा कम उम्मेदवार उठाउने दलहरुले समानुपातिकमा समावेशी गर्नु नपर्ने प्रावधान पनि हटाउनुपर्छ। पछिल्लो समयमा मधेसी मोर्चाले फेरि संविधान सभाको संख्या ६०१ हुनुपर्ने ढिपी लिएको छ। तर यति ठूलो संख्या कुनै हालतमा उपयुक्त हँुदैन। यस्ता विषयमा सहमति गरेर तत्काल निर्वाचनको वातावरण निर्माण गरिनुपर्छ।
निर्वाचनप्रति विश्वास बढाउन निर्वाचनका पूर्वाधार निर्माण गर्नु पहिलो सर्त हुनेछ। सरकारका सवालमा विवाद तन्काउन जरुरी छैन। देश र जनतालाई यतिबेला चाहिएको संविधान सभाको निर्वाचन नै हो। हाम्रो प्राथमिकता साधनभन्दा साध्य हुनुपर्छ। निर्वाचन भयो भने फेरि शासनसत्ता दलहरुको हातमा आउनेछ र त्योभन्दा मुख्य कुरा संविधान सभाबाट संविधान बनाउने जनताको चाहना पूरा हुनेछ। त्यसैले संविधान निर्माणको आधारशीला निर्वाचन नै हो।
यसैबीच निर्वाचन आयोगमा दल दर्ताको काम पनि सुरु भएको छ। पहिलो दिन वैशाख १७ गते उत्साहजनकरूपमा नै निर्वाचन आयोगमा दल दर्ता भए। दर्ताका क्रममा पनि को पहिलो हुने भन्ने निकै कडा प्रतिस्पर्धा देखियो। एमालेले आफूलाई आयोगमा पहिलो दलका रूपमा दर्ता गराइसकेको छ। अब दलहरु, सरकार र आयोगले निर्वाचन अभियान अघि बढाउन जरुरी छ। कुनै हालतमा पनि मिति सार्नेगरी निर्वाचनको मिति तोकिनुहुँदैन। त्यसबाट निर्वाचनप्रति झनै विश्वास घट्नेछ। त्यसैले सबै पक्षलाई ध्यानमा राखेर परिवर्तन गर्न नपर्ने गरी तुरुन्त निर्वाचनको मिति तोकिनुपर्छ। कात्तिकको अन्तिम साता वा मंसिरको पहिलो साता निर्वाचनको मिति तोकिनु सबैभन्दा राम्रो हुनेछ।  
अघिल्लो संविधान सभाले संविधान बनाउन नसक्नुको खास कारण संविधान सभाको अस्वाभाविक परिणाम पनि हो। जनआन्दोलनको कार्यदिशा सफल भएपछिको अवस्थामा गठन हुन गएको संविधान सभामा विभिन्न कारणले युद्धबाट आएको पार्टी पहिलो शक्ति भइदियो। जसको परिणाम संविधान सभामा पनि युद्धको छाया पर्न गयो र एमाओवादी आफ्नो छाप लागेको संविधान बनाउन उद्यत रह्यो। उसले अधिनायकवादको छहारीमा जातीय राज्यसहितको संविधान बनाउन खोजेको कारणले नै संविधान सभाले संविधान बनाउन सकेन। यसरी एमाओवादीको नेतृत्वमा संविधान निर्माण हुन सकेन। अब त्यस्तो हुने छैन। जसको नीति उसको नेतृत्व भएमा नै संविधान बन्ने सुनिश्चित हुनेछ।
चुनावी एजेण्डा
अबको निर्वाचन एजेण्डामा आधारित हुनेछ र विघटित संविधान सभामा सहमति हुन नसकेका संघीयता, शासकीय स्वरूपलगायत् मुद्दामा एक किसिमले जनमत संग्रह हुनेछ। एकल पहिचानसहितका जातीय राज्यका पक्षधर र बहुपहिचानसहितको संघीयताका पक्षधर शक्तिबीच सीमारेखा कोरिनेछ। जातीय बहुप्रदेश कि बहुजातीय प्रदेश? एमाओवादी र मधेसवादी शक्तिहरु पहाडमा विभिन्न जाति जातिका नाममा जातीय चरित्रका बहुप्रदेश र देशको आधाभन्दा बढी जनसंख्या रहेको र बहुजाति, भाषा, संस्कृति रहेको तराई–मधेसमा बढीमा दुई प्रदेशको वकालत गरिरहेका छन्। यस अवस्थामा एमाले जनताको अधिकार र पहिचानको पक्षमा छ। जातीय, भाषिक, सांस्कृतिक पहिचानको पक्षमा दृढताका साथ उभिनेछ तर यसको अर्थ सामाजिक सद्भाव भड्किने गरी जातीय राज्यको पक्षमा छैन। अर्कोतिर जनतालाई अधिकार सम्पन्न गराउने, संविधानमा जनताको अपनत्व, स्वामित्व र पहिचान सुरक्षित रहने, सिंहदरबारमा रहेको अधिकार जनताको घरदैलोमा पुर्याोउने, 'आफ्नो गाउँ आफैँ बनाऔं' भन्ने नाराका साथ अधिकार सम्पन्न स्थानीय निकायको पक्षमा एमाले उभिनेछ। एमालेको संघीयताको मोडेल 'द्वन्द्व मेटिने, पहिचान भेटिने, एकता जोगिने, अधिकार समेटिने' हुनेछ। यतिबेलाको चुनौतीलाई ख्याल गर्दै 'उग्रवाद, जातिवाद र विखण्डनवाद' को विरोधमा उत्रनुपर्ने भएको छ। साथै जातीय सद्भाव र राष्ट्रिय एकताका पक्षमा जोड दिन आवश्यक छ। यसरी आगामी संविधान सभाको निर्वाचनमा आफ्नै क्षमताका आधारमा पहिलो शक्ति बन्ने र सहयात्री प्रगतिशील लोकतान्त्रिक शक्तिसहित दुई तिहाई बहुमत ल्याउने 'मिसन' साथ एमाले अघि बढेको छ।
राष्ट्रलाई अग्रगामी दिशामा लैजानका लागि यतिबेला प्रस्थानबिन्दु संविधान सभाको निर्वाचन बनेको छ भने निकास विन्दु अग्रगामी लोकतान्त्रिक संविधान निर्माण। अनि राष्ट्रको मिलनविन्दु आर्थिक सामाजिक रुपान्तरणसहित समृद्ध नेपाल। लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, लोकतन्त्रको संस्थागत विकास, संघीयतासहितको राज्य पुनर्संरचना, शासकीय स्वरूप, राष्ट्रिय स्वाधीनता, अग्रगामी राजनीतिक निकास, उत्पीडन र विभेदमा परेका वर्ग, समुदायको विभेदको अन्त र समान हक अधिकारको सुनिश्चितता, अग्रगामी आर्थिक सामाजिक रुपान्तरण र समृद्ध समाजवादी नेपाल निर्माण जस्ता यतिबेलाका जल्दाबल्दा सवाल हुन्। र, यी सवाल नै चुनावी मुद्दा बन्दैछन्। त्यसरी नै भूमिहीन, किसान, मजदुर, दलित, पछाडि पारिएका मधेसी समुदायका ज्वलन्त समस्या चुनावी दौडमा प्रष्टताका साथ आउनेछ। महिलाका अधिकार, ज्येष्ठ नागरिकको सुरक्षा, युवाहरुको रोजगारी र बेरोजगार भत्ता, निःशुल्क स्वास्थ्य र शिक्षा जस्ता सामाजिक सुरक्षाका कार्यक्रम यस निर्वाचनमा सशक्तरूपमा अघि आउनेछ। यी मुद्दालाई ध्यानमा राख्दै एमालेले 'बहुपहिचानसहितको संघीयता, लोकतान्त्रिक संविधानसहितको सामाजिक एकता र सम्पन्नतासहितको राष्ट्रिय स्वाधीनता' अघि सारेको हो।
लेखक एमाले पोलिटब्युरो सदस्य हुन्।
अर्को समाचार
बहुपहिचानसहितको संघीयता एमालेको एजेन्डा : बस्नेत
१४ असोज २०७०
•
२ मिनेट पाठ
बहुपहिचानसहितको संघीयता एमालेको एजेन्डा : बस्नेत
स्याङ्जा- युवा संघ नेपालका केन्द्रीय अध्यक्ष महेश बस्नेतले बहुपहिचानसहितको संघीयता र समाजिक सद्‍भावसहितको राष्ट्रिय एकता एमालेको प्रमुख मुद्दा भएको बताएका छन्। युवा संघ क्षेत्रीय कमिटी क्षेत्र नं १ ले सदमुकाम स्याङ्जामा सोमबार गरेको क्षेत्रीय भेलामा अध्यक्ष बस्नेतले मुलुकको राष्ट्रिय एकता र सार्वभौमिकतालाई कायम राख्‍न युवा शक्ति जुझारु भएर लाग्नुपर्ने बताए।वास्तविक जनता तथा सुकुम्बासी, कृषकको जनताको पार्टी एमाले भएको भन्दै एमाले बाहेक अन्य पार्टीले जनताको मुद्दा उठाउन नसकेको बस्नेतले दाबी गरे। अन्य पार्टीले एमालेले ल्याएको भन्दा पृथक एजेन्डा ल्याउन नसकेको उनको आरोप थियो।‘

बस्नेतले एमालेले ल्याएको आर्थिक क्रान्ति र प्रजातन्त्रको एजेन्डा नै अन्य दलले परिमार्जन गरि पछ्याएको बताए। युवा संघ युवा वर्गलाई बौद्धिक बनाउने अभियानमा लागेको बताउदै जुझारु युवालाई बौद्धिकताको साथ व्यक्तीत्व विकासमा सघाउ पुर्याउने आफूहरुको लक्ष्य भएको उनको भनाइ छ।

भेलामा युवा संघका उपाध्यक्ष निरु पालले वास्तविक रुपमा युवा र जनताको पार्टी नेकपा एमाले भएको भन्दै एमालेको पक्षमा जनलहर देखिएको बताइन्। एमालेले महिलाहरु र अन्य उत्पीडित जनसमुदायलाई समेटेको भन्दै पालले महिलालाई समान अधिकार र नेतृत्व विकासमा पार्टी लागि परेको बताइन्।

भेलालाई एमाले जिल्ला कमिटी अध्यक्ष पद्मा अर्याल, नारायण प्रसाद मरासिनी, विश्व पौडेल, कृष्ण खाँड, माधव बास्तोला, मोहन रेग्मी, मुक्ति पाठक, भरत गोदार, दामोदर तिवारी, शर्मिला पौडेल लगायतले सम्बोधन गरेका थिए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस