खै त श्रीमान् गम्भीर?
१४ जेष्ठ २०७०
•
९ मिनेट पाठ
खै त श्रीमान् गम्भीर?
संविधानसभा बितेको हिजो मंगलबार एक वर्ष पुग्यो। संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रलाई आफ्ना आदर्श मान्दै बनेको 'नेपाल अधिराज्यको संविधान–२०४७' को पहिलो गोडा सक्रिय बन्दैगर्दा अर्को गोडा पक्षाघातग्रस्त भयो। विसं २०६२ सालमा जनताले १९ दिने आन्दोलन गरे। त्यो आन्दोलनले अन्ततः गणतन्त्र ल्यायो। अघिल्लो संविधानसभामार्फत् गणतन्त्र स्थापना भएको मंगलबार नै पाँच वर्ष पुग्यो। दुर्भाग्य! संविधान भने बनेन।
डुब्दो संविधानसभाका साक्षी तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले अर्को संविधानसभाका लागि चुनाव गराउने प्रतिबद्धता जनाए। चुनाव गराउने छाँट भने देखाएनन्। त्यसैले उनको बहिर्गमनसँगै अन्तरिम चुनावी मन्त्रिपरिषद् गठन भयो। चुनावको मिति घोषणा गर्ने फेरि पनि छाँटकाँट छैन। देश अन्तरिम संविधानका मृतप्रायः धारा उपधाराबाट शासित हुन अभिशप्त छ।
बाबुराम भट्टराईलाई प्रधानमन्त्रीबाट हटाउन सकियो भने चुड्कीको भरमा अर्को संविधानसभा चुनाव गराउन सकिन्छ भन्नेहरू यस बेला अन्तर्ध्यान भएका छन्। प्रधानन्यायाधीश खिलराज रेग्मीलाई प्रधानमन्त्री खाइदिनूस् भनी अनुनय विनय गर्नेहरू एउटै व्यक्तिले दुइटा संवैधानिक निकाय हेर्दा शक्तिपृथकीकरणको उल्लंघन हुन जाने ठहर गर्दै न्यायपालिका प्रमुखबाट राजीनामा दिन माग गर्दैछन्। प्रस्तावकर्ताहरूलाई थाहै छैन – कार्यपालिका समेत हाँकिरहेका श्रीमान् रेग्मीलाई यस्तो कुरा फ्याट्टै मन पर्दैन।
चुनावको मिति तोक्न श्रीमान् रेग्मी गम्भीर छैनन्। हेर्दाहेर्दै उनी यति शक्तिशाली भइसके। अब कार्यपालिका प्रमुखका हैसियतमा उनीविरुद्ध परेको रिटसमेत दर्ता हुन सर्वोच्च अदालतले अस्वीकार गरिसकेको छ। रेग्मीलाई के दोष दिनु! चारदलीय नेतृत्व नै 'मायोपिया' बाट ग्रस्त छ। अलि परसम्म देख्न सक्दैन। चारै दलका नेताहरूसँग 'अप्टिकल पावर' भइदिएको भए ९० प्रतिशत काम फत्ते भइसक्यो भनिएको संविधानसभाको जहाज डुब्ने थिएन। त्यस्तो दूरदर्शिता भइदिएको भए जनमतप्राप्त दलहरूले रेफ्रीलाई गोल हान्न लगाएर दर्शकदीर्घामा बस्नुपर्ने थिएन।
त्यही भएर चुनाव गराउन बालुवाटार गएका श्रीमान्लाई हाइसन्चो छ। बुद्धजयन्तीको छेक पारेर उनले शान्तिको महिमा गाए। चुनावको कुरै गरेनन्। मिति सार्नु नपर्ने साइत कुरिरहेका मन्त्रीजस्तै देखिने प्रशासकहरूलाई रिबन काट्न र शान्तिको सन्देश दिन भ्याइनभ्याइ छ। एउटा यस्तो लोकतन्त्र जहाँ श्रीमान्हरू पाठ पढाइरहेका छन्। जननिर्वाचित नेताहरू 'ब्याकबेन्चर' भएका छन्।
नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई न्यायपालिका प्रमुख कार्यपालिकामा आए के फरक पर्छ भन्ने सत्यको धेरै ढिलो बोध भएको छ। अरु दलका नेता पनि त्यसैमा बोली मिलाउँदैछन्। कांग्रेसका कार्यकर्ता एमाओवादी कार्यकर्ताको चुटाई छल्दै हिँडिरहेका छन्। थाहा छैन, सुशील अझै पनि प्रचण्डलाई हिरो बन्न अनुनय गर्छन् कि के गर्छन्! प्रचण्डका लाचार छाया बन्न विवश कांग्रेस–एमालेहरू आफ्नो भाषणको ७० प्रतिशत समय एमाओवादीको सत्तोसरापमा खर्चिन्छन्। बचेखुचेको समयमा आफ्नो पार्टी र एजेन्डाका कुरा गर्छन्। अरु केही गर्न सक्दैनन्। विरोध गर्ने, आलोचना गर्ने सामर्थ्य गुमाएका उनीहरु एमाओवादीसँग ठुस्किएर हिँडेका छन्। त्यही भएर कोइराला सोमबार उच्चस्तरीय समितिको बैठकमै गएनन्। यिनीहरूको मनोविज्ञान यति कमजोर भइसक्यो। ठुस्किनु, फेरि ठुस्किनु नै तिनको नियति बनेको छ।
यस्तो लोकतन्त्र छ – कुनै बलियो विपक्षी नै छैन। छिटफुट रुपमा मोहन वैद्य 'किरण' नेतृत्वको नेकपा–माओवादी कराउँछ। तर उसको विरोध सुन्दा लाग्छ, विरोध गर्ने नाममा कथित संस्थापन पक्षकै कुरालाई अर्को भाषामा ऊ दोहोर्‍याइरहेछ। आफूलाई सत्य र न्यायका प्रवक्ता ठान्नेहरू नै जब पाल्सी भाषामा कुरा गर्न थाल्छन्, बुझ्नुपर्छ – केही गडबडी भइरहेको छ। गणतन्त्रसहित आएको हाम्रो लोकतन्त्रको पछिल्लो संस्करणले अहिले त्यही गडबडी सामना गरिरहेको छ।
चुनाव गराउन गठित अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व गर्न पठाइएका 'श्रीमान् गम्भीर' देखिँदैनन्। चुनावको मिति तोक्ने कुनै हतारो छैन। श्रीमान्को नेतृत्वमा बहाली भएको यो शान्ति खतरनाक खालको छ। कार्यकर्ताको प्रतिष्ठामाथि खेलबाड गरेर नै सही, एमाओवादीले सेना समायोजन र लडाकु व्यवस्थापनका लागि भूमिका खेलेकै हो। तर अनेकौं भित्री र बाहिरी स्वार्थहरूप्रति बफादार बन्न खोज्दा संविधान बन्न सकेन। यस अर्थमा संक्रमणकालको पहिलो चरण दुःखम्सुखम् पूरा भए पनि दोस्रो चरण एक–दुई नेताको बेइमानीका कारण बाँकी रह्यो। नतिजा, संविधान बनेन।
यिनै कारणले अन्तरिम संविधानका भरमा चलेको देशलाई 'श्रीमान्'को नेतृत्व प्राप्त भएको हो। उनको कमजोर तत्परता राजनीतिक नेतृत्वको अकर्मण्यता हेर्दा संविधानसभाको अर्को चुनाव तत्काल हुने छाँट देखिन्न। सबै भाषणमा चुनाव गर्न तयार छन्, मिति तोक्न कोही तयार छैनन्। जे गर्नका लागि सरकार बनाइएको हो, त्यही नगरेर सरकार खुद्रामसिना कुरामा रमाउँदै हिँडेको छ। कर्मचारीतन्त्रलाई सरकारी साँचो जिम्मा लगाइदिएपछि जनताप्रति जवाफदेहिताको अपेक्षा गर्न नै कहाँ सकिन्छ!
डोल्पाका जनता सायद काठमाडौंका नागरिकभन्दा बढी सचेत छन्। त्यही भएर नागरिकताको प्रमाणपत्र र चुनावी प्रयोजनका लागि गाउँ पुगेका सरकारी पदाधिकारीलाई ललकार्दै उनीहरू यार्चागुम्बा टिप्न लेक चढेका छन्। उनीहरूलाई फुर्सद छैन। लाग्छ, चुनाव हुँदैन भन्ने बोध अरुलाई भन्दा पहिले उनीहरूलाई भएको छ। चुनाव गर्न भनेर गएका गणतन्त्र नेपालका श्रीमान्ले र उनको चुनावी मन्त्रिपरिषद्ले मंगलबारको अखबार पढेर डोल्पाली जनताको 'लक्षणा' गम्भीरतापूर्वक मनन गर्ने हो कि!
अर्को समाचार
श्रीमान्‌माथि तेजाब खन्याइयो, दुवै आँखा खराब
१६ भदौ २०६८
•
१ मिनेट पाठ
श्रीमान्‌माथि तेजाब खन्याइयो, दुवै आँखा खराब
मोरङ, भदौ १६- घरायासी झगडामा आफ्नो श्रीमान्‌लाई तेजाब खन्याएर घाइते बनाउने विराटनगर-६ कोचाखालकी विमला दासलाई प्रहरीले पक्राउ गरेको छ।
 

घरायासी विवादमा श्रीमती विमला दासले गएराति श्रीमान् रामआशिष दासलाई राति १ बजे अनुहारमा तेजाब खन्याएर गम्भीर घाइते बनाएको प्रहरीले बताएको छ।

तेजाबले दुवै आँखाको ज्योति गुमेका दासको कोसी अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि विराट आँखा अस्पताल लगिएको छ। श्रीमान्‌लाई तेजाब खन्याउने श्रीमतीलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस