च्याप्प समात्ने, गाडीको डिकीमा लुकाउने अनि सीमा कटाउने। भारतको आग्रहमा नेपालमा पक्राउ पर्नेहरु यसरी नै सीमा कटाइन्थे। जेठ १४ मा पक्राउ परेका कुख्यात् भारतीय अपराधी बब्लु दुबेको हकमा भने त्यसो भएन। भारतीय सुरक्षा अधिकारीसँग पुरानै शैलीमा सीमा कटाउने योजना नभएको हैन तर दुवेको पक्राउ सार्वजनिक भयो। डिकीमा राखेर सीमा कटाउने चाहना भएरै पनि आलोचनाको भयले सुरक्षा निकाय उनलाई नेपालकै हिरासतमा राख्न बाध्य भयो।उनी कति समय नेपालको सीमाभित्र बस्ने हुन् भन्नेमा भने न उनलाई थाहा छ न नेपाली सुरक्षाकर्मीलाई नै। बारामा प्रहरी हिरासतमा सार्वजनिक अपराधको अभियोगमा राखिएका दुवेलाई जिल्ला प्रशासन कार्यालय, बाराले कुनै पनि बेला धरौटीमा राख्ने निर्णय गर्न सक्छ। अनि उनी धरौटी राखेर निस्कन र सीमा कट्न सक्छन्। अनि, भारतीय सञ्चार माध्यमले भन्नेछ – 'मोस्ट वान्टेड दुवे बिहारमे पक्राउ।'
घटना नौलोजस्तो लागे पनि चलन पुरानै हो। नेपालमा रहेका कुनै विदेशी नागरिक अपराधमा संलग्न भएको प्रमाण देखाई सम्बन्धित देशले माग्यो भने केके गर्ने भन्नेबारे सुपुर्दगी ऐन, २०४५ मा सबै लेखिएको छ। सो ऐनअनुसार कुनै विदेशी राष्ट्रले परराष्ट्र मन्त्रालय, आफ्नो दूतावास वा सिधै सरकारलाई पत्र लेखेर नेपालमा रहेका आफ्नो देशको अपराधमा संलग्न नागरिक पक्राउ गरी हस्तान्तरण गर्न आग्रह गर्न सक्छ। त्यस्तो आग्रहसँगै संलग्न दस्तावेजलाई अदालतबाट पुष्टि गराई सुपुर्दगी गर्न मनासिब देखिएमा बुझाउन स्वीकृत दिनसक्छ। तर अहिलेसम्म न दिने निकाय ऐनको पालना गर्न इच्छुक देखिन्छ न माग्ने नै। भारतका हुन् या नेपालका सुरक्षाकर्मी, यही 'सट्याकसुटुक' नीतिबाटै ल्याउन/लैजान अभ्यस्त र सक्रिय छन्।
बारा प्रहरीको हिरासतमा रहेका दुवेलाई हस्तान्तरण गर्न कानुनले रोक्दैन। कानुनी बाटोबाटै आउँदा पनि दुवेलाई भारत लैजान रोकिन्न। नेपालमा लुकेर बसेका अन्तर्राष्ट्रिय अपराधी नेपाली सुरक्षा निकायको नजरबाट जोगिन सत्तै्कनन् भन्ने सन्देश अन्तर्राष्ट्रिय समुदायमा दिने नेपाल प्रहरीको चाहना पनि पूरा हुन्छ। वैधानिक बाटोमा केही प्रक्रिया भने पछ्याउनुपर्छ। आश्चर्य, वैध बाटो छाडेर दुवेलाई सुटुक्क भारत पठाउने गृहकार्य रोकिएको छैन।
आखिर किन?
भारतीय पक्ष आफूले चाहेको व्यक्ति जुनसुकै अवस्थामा पनि आफ्नो नियन्त्रणमा आओस् भन्ने चाहन्छ। त्यसैले ऊ नेपाली कानुनले निर्दिष्ट गरेको कानुनी बाटो पच्छ्याउने पक्षमा देखिँदैन। लम्बेतान प्रक्रियाको घुमाउरो बाटो र सबै चाहना पूरा हुन नसक्नु नै यसको प्रमुख कारण देखिन्छन्। ऐनमा टेकेको भए चितवनमा पक्राउ परेलगत्तै किड्नी र्यााकेटका नाइके डा. अमित कुमारलाई दिल्ली लैजान सक्दैनथ्यो भारतले। विदेशी मुद्रासहित पक्राउ परेकाले अमितमाथि प्रारम्भमा नेपाली कानुनअनुसार मुद्दा चलाएर सजाय भोगेपछि मात्रै हस्तान्तरण प्रक्रिया सुरु हुन्थ्यो।
ऐनको पालना हुन्थ्यो भने मुम्बई बम विष्फोटका फरार रियाज अहमद खत्री र अब्दुलगानी गाजी भएको दाबी गर्दै नेपाली नागरिक रियाज अहमद लोन र अस्फाक अहमद साहलाई मुम्बई पुर्यााएर सम्बन्धित अधिकृतले वाहवाही पाउन सक्दैनथे। पाकिस्तानबाट त्रिभुवन विमानस्थलमा उत्रिएलगत्तै नेपाल प्रहरीको स्कटिङमा सैयद लियाकत साहलाई भारत पुर्यााउन ऐनले अनुमति दिँदैन नि त।
भारत अहिले सक्रिय रहेको सुपुर्दगी ऐन प्रतिस्थापन गरी आफूले चाहेको तेस्रो देशको नागरिकलाई पनि पक्राउ गर्नसक्ने, नेपालभित्रै आफ्ना सुरक्षाकर्मीलाई हतियारसहित ल्याएर आफैं अनुसन्धान गर्नेलगायतका व्यवस्थासहितको नयाँ ऐन र सन्धिका लागि प्रयासरत छ। यही कारण भारतीय सुरक्षा संगठनका सदस्य औपचारिकभन्दा अनौपचारिक हस्तान्तरणलाई प्राथमिकतामा राख्छन्।
सत्तामा समेत बलियो प्रभाव रहेको भारतीय पक्षलाई बिच्काउँदा आफ्ना व्यक्तिगत स्वार्थमा पनि भाँजो पर्न नेपाली सुरक्षा निकायका उच्चपदस्थको बुझाइलेे भारतीय पक्षलाई कानुनीेभन्दा गैरकानुनी बाटोमा अग्रसर हुन प्रोत्साहन मिलेको छ।
संगठनको उच्च ओहदामा पुग्ने लालसा र पाएको पदको सुरक्षाका लागि भारतीय पक्षको आशीर्वाद अपरिहार्य छ भन्ने मनोरोगले अधिकांश उच्चपदस्थ प्रहरी अधिकारी ग्रस्त छन्। आशीर्वादसँगै आउने आर्थिक लाभ छँदैछ। त्यही मनोरोगले उनीहरूसमेत कानुन पालनामा भन्दा 'मिच्न' मै सक्रिय छन्।
यही कानुन मिच्ने प्रवृत्तिका कारण 'आफ्नो देशका नागरिकलाई दोस्रो देशले माग्दैमा हस्तान्तरण गर्न नपाइने' कानुनी प्रावधान भए पनि काठमाडौंको महाराजगन्जमा नेपाल प्रहरीले पक्राउ गरेका आफ्नै देशका नागरिक रियाज अहमद लोन र अस्फाक अहमद साह रातरात मुम्बई प्रहरीको हिरासतमा पुग्दासमेत प्रहरी अधिकारी सुरक्षित छन्। ऐनले राजनीतिक उद्देश्यले प्रेरित माग पूरा गर्न नहुने उल्लेख भए पनि गौशालामा पक्राउ परेका निरञ्जन होजाई भारत पुर्यादइँदासमेत उनीहरूले कुनै प्रश्नको सामना गर्नुपरेको छैन।
जमिम साह, फैजान अहमदलगायत्का हत्याका अभियुक्त भारतमा सुरक्षित बसेका त्रिलोकसिंह, जगदीश चन्दको वास्ता छैन। बरु, व्यक्तिगत सहकार्यकै बलमा 'झिना मसिना' अभियुक्तलाई नेपाल ल्याएर सार्वजनिक गरेकै भरमा उत्कृष्ट प्रहरीको बिल्ला पाइने शृंखला जारी छ।
अपराधमा बढ्दो अन्तर्राष्ट्रियकरणसँगै अपराध नियन्त्रणको जिम्मेवारी पाएका संगठनबीच सहकार्य हुनु सकारात्मक हो। तर त्यो कुनै व्यक्तिविशेषको स्वार्थप्रेरित नभएर कानुनको अधिनमा हुनुपर्छ । नेपाल र भारतबीच अपराध नियन्त्रण र अपराधी पक्राउको शृंखलाको सम्बन्धमा कानुनसम्मत हैन, स्वार्थप्रेरितको बाहुल्य देखिन्छ। स्वार्थप्रेरित शृंखलाले देखाउँछ – 'अपराध नियन्त्रणको साटो व्यक्तिगत स्वार्थ पूरा गर्न गाँसिएको दुवै देशका सुरक्षा संगठनका सदस्यबीचको स्वार्थपूर्ण सम्बन्धमा बिराम लगाउन ढिला भइसक्यो। त्यसको प्रारम्भ सुर्पुदगी ऐन, २०४५ अनुसार दुवेको हस्तान्तरणबाट हुनसक्छ।