नेपालीमा एउटा उखान छ — म ताक्छु मुढो, बन्चरो ताक्छ घुँडो। अहिलेको नेपाली राजनीति, अर्थनीति, सामाजिक व्यवस्था, कूटनीति जता फर्के पनि यही उखान चरितार्थ भएको देखिन्छ। चीन भ्रमणका बेला आफ्ना चिनियाँ समकक्षीसँग 'तराईतिर पनि दृष्टि दिन’ उपराष्ट्रपति परमानन्द झाले गरेका आग्रहले कतै घुँडा त ताक्दैन?
नेपालको तराईमा चीनको उपस्थिति भारतलाई 'ग्राह्य' त कुरै छाडौं 'सह्य' पनि हुनेछैन। पूर्व—पश्चिम राजमार्गको कर्णाली पश्चिमको सडक खण्डमा चिनिया ठेकदारलाई काम गर्न दिँदा भारतले मच्चाएको बबाल सम्झनेको संख्या अझै सानो छैन। हुनत, सन् १९८० को दशकपछि चीन र भारतकै सम्बन्धमा पनि धेरै परिवर्तन भइसकेको छ तर नेपाललाई हेर्ने भारतको दृष्टिकोण भने बेलायती उपनिवेश छँदाको जस्तै छ। पात्र बदलिएका हुन्, प्रवृत्ति उस्तै छ।
शेरबहादुर देउवाको पहिलो प्रधानमन्त्रीत्वको अन्त्यतिर भारतीय प्रधानमन्त्री नरसिंह राव नेपाल भ्रमणमा आउने तरखरमा थिए। त्यही सिलसिलामा केही नेपाली पत्रकारलाई भारतीय दूतावासले नयाँ दिल्ली लगेको थियो। भारतका विदेशमन्त्री इन्दरकुमार गुजरालसँग नेपाली पत्रकारलाई भेटाइयो। गुजरालसँगको भेटमा अरू धेरै कुरासँगै पत्रकारले भारतमा नेपालका पत्रपत्रिका आउन नदिइने विषय उठाए। गुजरालले आश्चर्य मान्दै भनेको अझै सम्झना छ — डन (पाकिस्तानी दैनिक) आउन पाउने तर नेपाली पत्रिका ल्याउन नदिने नीति त नहुनुपर्ने हो? उनले विदेश मन्त्रालयका कर्मचारीसँग सोधपुछ पनि गरे तर स्पष्ट उत्तर आएन। नेपाली पत्रिका भारतमा पठाउने विषयमा अहिलेसम्म पनि स्थिति खासै बदलिएको छैन। यसो त, अब नेपालकै प्रहरीले हवाई मार्गबाट किताब लैजान रोक्न थाल्यो रे! हालै मलेसिया लैजान लागिएका केही थान साहित्यिक पुस्तक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षाकर्मीले खोसेको समाचार छ। यो प्रसंग यत्तिकैमा बिसाएर उपराष्ट्रपति झाको आग्रहतिर फर्कौँ।
भारतको व्यवहार अपेक्षाकृत छुचो छ। विशेषगरी बाबुहरू राजदूत भएका बेला छुच्याइँ धेरै हुने गरेको पाइन्छ। उपराष्ट्रपति झाको आग्रहमा पनि तिनको 'छड्के नजर’ पर्यो भने चीनलाई तराईमा बोलाएबापत खप्की खान बेर छैन। तराईमा विशेष ध्यान दिन आग्रह गर्दा उनले रिझाउन खोजेका सबै रिसाए भने बन्चराले घुँडो ताकेजस्तो भएन त? नेपालको प्रतिनिधित्व गरेर विदेश भ्रमणमा गएका बेला तराईको विशेष प्रसंग नउठाएकै भए सायद उनको मर्यादा पनि कायम रहने थियो।
अबको चीन पनि त पहिलेजस्तो छैन। 'स्वर्गको साम्राज्य’मा सीमित रहुन्जेल नेपालका लागि चीनबाट कुनै डर थिएन। हुनत, इतिहास हेर्दा चीन बलियो हुँदा र भारत कमजोर हुँदा नेपालमा आक्रमण हुने गरेको देखिन्छ। तैपनि, राज्य पुँजीवाद अपनाएर संसारभरको स्रोतसाधनमा आँखा गाड्न थालेको चीनले नेपाललाई पनि निकै लोभिएर हेर्न थालेको हुनुपर्छ। नेपालको आन्तरिक राजनीतिमा खासै मुछिन नखोज्ने चीनको पुराने नीतिमा केही वर्ष यता ठूलै परिवर्तन भएको देखिएको छ। मेजमानीका लागिमात्रै त नेपाली राजनीतिक दलका नेतालाई चीनले महिनैपिच्छे बोलाएको पक्कै हैन होला? सरकार विरोधीलाई विशेषगरी संस्थापनको विरोधमा आन्दोलन गर्नेलाई चीनले छोइछिटोको व्यवहार गर्थ्यो। रेडियो बेइजिङले जनआन्दोलन (२०४६) ताका आन्दोलनकारीलाई 'मुठ्ठीभर असामाजिक तत्व, डाँका, उपद्रवकारी’ जस्ता विशेषण दिने गरेको सम्झने पनि अझै धेरै नै होलान्। तर, अहिले अचम्मै लाग्ने गरी व्यवहार बदलिएको छ। एनेकपा (माओवादी) फुट्यो। मोहन वैद्य समूहलाई राष्ट्रपति, अरू प्रमुख दलहरूले देशभित्रै मान्यता नदिँदै चीनले स्वागत गर्यो। बाबुराम भट्टराईको भारत झुकावप्रतिको असन्तुष्टिको अभिव्यक्तिमात्र थियो त? भट्टराईको पार्टीसँगै चीन रिसाएको हुन्थ्यो भने पुष्पकमल दाहाललाई त्यति धेरै भाउ पक्कै दिने थिएन। राजसी सम्भ्रान्तता देखाएर 'रिजर्भ’ रहन रुचउने चिनियाँ शासकले दाहालप्रति देखाएको निकटता अलि अस्वाभाविक थियो। हुनत, चीनले नेपाली कांग्रेस र नेकपा (एमाले)का नेतालाई पनि बोलाउने र स्वागत सत्कार गर्ने गरिआएको छ। तिनलाई माओवादी नेताका तुलनामा कम महत्व दिइएको स्पष्टै देखिन्छ। अर्थात्, चीनले कांग्रेस र एमालेलाई 'बाँदरको पुच्छर’ ठानेको छ।
नेपाली राजनीतिमा चिनियाँ चासो सरकारी समाचार संस्था सिन्ह्वाका राजनीतिक विश्लेषणको आँखी‰यालबाट पनि देखिन थालेको छ। यदाकदा गुगल एलर्टमा देखिने सिन्ह्वाको नेपाल विश्लेषण चीनको सरकारी सोचको संकेत पनि हुन्छ। सिन्ह्वा स्वतन्त्र समाचार संस्था होइन। पञ्चायतकालीन नेपालको राष्ट्रिय समाचार समितिले दरबारको स्वीकृति नलिई व्यवस्था विरोधी राजनीतिक नेताको नाम पनि लेख्दैनथियो। सिन्ह्वा उति बेलाको राससजस्तै हो भन्ने बु‰ने हो भने ' वैद्य माओवादीले पार्टी दर्ता नगरेकाले चुनाव भाँडिनसक्छ’ भन्ने साचार विश्लेषणमा चीन सरकारको छाया बु‰न कूटनीति शास्त्रको विद्यार्थी भइरहनु पर्दैन। अगिल्लो साताको यो समाचार विश्लेषणले मात्र चीनले संलग्नताको नयाँ नीति लिएको पुष्टि हुने होइन। हिमाली भेगमा खाद्यान्न पठाउनेदेखि सीमा क्षेत्रमा कार्यरत सरकारी कर्मचारीलाई छानीछानी चीन बोलाएर फकाउनेजस्ता गतिविधिप्रति खासै ध्यान कसैले पनि दिने गरेको देखिँदैन। सायद, भारतको हस्तक्षेपकारी व्यवहारले नेपालीलाई यस्तो चिनियाँ व्यवहार आपत्तिजनक नलागेको पनि होला। तर, नुनको सोझो गर्न छाडेर गुनको पछि लाग्ने बानी परेको नेपाली कर्मचारीतन्त्र चीनको मेजमानीले निकै रत्तिएको देखिनु शुभ संकेत पक्कै होइन। माओवादी एकीकरणको हल्ला चलेको छ। मधेसी दलहरूको मोर्चा बलियो बनाउन भारतीय सक्रियता बढेकै शैलीमा देखिने गरी नभए पनि माओवादी एकीकरण प्रयासमा कतै चिनिया हात त छैन? माओवादी एक हुनु नहुनु अरूको धेरै चासोको विषय होइन तर विदेशी संलग्नता छ भने त्यो चिन्ताको विषय पक्कै हो।
त्रीशुली – ३ एमा गेजुवाको चलखेलका बारेमा वैद्य माओवादीका नेता अपेक्षाकृत मौन देखिएका छन्। चीनका कम्पनीहरूमा कुन निजी कुन सरकारी, अनि कति निजी कति सरकारी भेउ पाउन सजिलो छैन। केही वर्ष पहिले एमआरपी पासपोर्ट छपाइमा भारतका राजदूतको हस्तक्षेपकारी व्यवहार सम्झने र अफ्रिकातिर ठेकेदार कम्पनीका पक्षमा चिनिया सरकारी चासोका समाचार थाहा पाउनेका लागि गेजुवा काण्डमा माओवादी मौनले पक्कै सशंकित बनाउँछ। यद्यपि, अहिलेसम्म यसमा 'ठेकेदारका पेटी कन्ट्याक्टर’हरूमात्रै क्रियाशील भएको सार्वजनिक भएको छ। तर, सत्य यतिमात्रै हो भनेर ढुक्क हुन सकिन्छ र?
'चिनियाँ सपना’ नेपालीका लागि मुक्तिको अन्तिम मार्ग ठान्न त ठूला घरानाका व्यवसायीले पनि थालेको देखिएको छ। तर, यो मुक्तिको मूल्य कति चुकाउनु पर्ने हो भन्ने चाहिँ अझै कसैले आकलन नगरेको भान भएको छ। बढ्दो चिनियाँ चासो भारतका लागि निहुँ नबनोस् भन्ने पनि चिन्ता गर्नुपर्ने विषय हो। भारत र चीनलाई हात्तीको उपमा दिएर भनिने ' यिनले प्रेम गरे पनि, झगडा पनि हामी नै मिचिन्छौँ’ भन्ने कथन यतिबेला सम्झना हुन्छ। 'चीनले हानि गर्दैन’ भन्ने पुरानो भनाइ अबका सन्दर्भमा 'राजाले गल्ती गर्दैन’ भनेजस्तै हो। शासन नगर्ने बेलायतकी रानीले गलती गर्दिनन् होला तर मन्त्रिपरिषद्को अध्यक्ष हुने रहर गर्ने ज्ञानेन्द्रले त ठूलै गल्ती गरे। आन्तरिक राजनीतिमा हस्तक्षेप नगर्ने र संलग्न नहुने नीति भएको चीनले पो हानि नगर्ने हो त। अब त चीनसँग पनि सावधान हुनुपर्ने लक्षण देखिन थालेको छ।
अब खै! पशुपतिनाथले पनि रक्षा गर्न सक्ने हुन् हैनन्?