संविधान नबन्ने आशंकाको धूमिल बादलमा पनि देखिने चाँदीको एउटा घेरा चार दलबीच बनेको सहमतिको आठ नम्बर बुँदा हो। तथापि, त्यसलाई सबै दलले भुसुक्कै बिर्सेजस्तो छ। कतिसम्म भने प्रस्तावक एनेकपा (माओवादी) स्वयंले पहिलो संविधानसभाबाट सम्पन्न कामलाई आगामी संविधानसभाले निरन्तरता दिनुपर्ने प्रावधानको चर्चा गर्न छाडिसकेको छ। माओवादी, नेपाली कांग्रेस, नेकपा (एमाले) र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच गएको फागुन ३० गते भएको सहमतिको बुँदा नं ८ मा अत्यन्त झिनो स्वरमा भनिएको छ, 'संविधानसभामा राजनीतिक दलहरूबीच भएको सहमतिहरूको स्वामित्व लिइनेछ।' संविधान बन्ने मुख्य आधार अहिलेलाई त्यही मलुवा बुँदा हो।
तीन आधार
हाम्रो जस्तो निम्न पुँजीवादी मानसिकता भएको मुलुकमा नकारात्मकताको बजार सबैभन्दा माथि हुन्छ। यस्तो मानसिकताले प्रतिशोध, प्रतिक्रिया, तदर्थवाद र कति अर्थमा प्रतिगमनको समेत राजनीति गर्छ। नेता र दलहरू निषेधको राजनीति गर्छन् र एकअर्कालाई देश ध्वस्त पारेको आरोप लगाउँछन्। संवाददाता कोलम्बस शैलीमा नकारात्मक खबरको खोजीमा हुन्छन्। त्यस्तै खबर छाप्न पाउँदा सम्पादकहरू स्याबासी दिन्छन्। ठुटे बुद्धिजीवी, विश्लेषक, कार्टुनिस्ट र स्तम्भकार अल्पज्ञानको छडी हल्लाएर सर्वसाधारणका आँखामा छारो हाल्नमै रमाउँछन्। यता, नकारात्मक प्रसंग नआए पाठक र स्रोतालाई पूरै मिडिया खल्लो लाग्छ।
यस्तो नहुँदो हो त संविधान बन्ने जेजति आधार थिए, तिनको धतुरो झार्ने गरी विरोध गर्ने आँट कथित बुद्धिजीवीले गर्ने थिएनन्। संविधान बन्ने ग्यारेन्टी तीन तरिकाबाट सम्भव थियो। पहिलो, संविधानका विवादित मुद्दामा पहिल्यै सहमति गर्ने। औपचारिकताका लागि एक–दुई दिन, नभए बढीमा एक सातालाई संविधानसभा बिउँझाएर संविधान जारी गर्ने। अहिले यस तरिकाको धुकधुकी सासमात्र बाँकी छ। तर, सबैभन्दा कम जोखिमपूर्ण उपाय यही थियो। यसो हुन सकेको भए चुनाव र संविधानसभाका लागि हुने देशको अर्बौं रूपियाँ जोगिन्थ्यो। सबै जाति, वर्ग, क्षेत्र तथा समुदायले स्वामित्व महसुस गर्ने संविधान बन्न सक्थ्यो। संविधानसभाको चारवर्षे म्याद गुज्रन लाग्दा संविधान निर्माण कार्य लगभग सकिएको थियो। संघीयता, चुनाव पद्धति र शासकीय स्वरूपबारे मात्र छिनोफानो हुन बाँकी थियो। संघीयताका सम्बन्धमा नामाकरण, सीमांकन र प्रदेशहरूको संख्या निश्चित हुन बाँकी थियो।
झिँगाको पित्तभन्दा सानो चित्त नगरेको भए यी समाधानै नहुने विषय थिएनन्। संघीयतामा जाने निर्णय भइसकेपछि यसको मूल मर्म स्थानीय सत्तालाई बलियो बनाउने, उत्पीडित र पाखा परेका वर्गलाई समताका आधारमा माथि ल्याउने अनि सबै भाषा, संस्कृति, क्षेत्र र वर्गको आत्मसम्मान उँचो पार्नेमा सबैको ध्यान केन्द्रित हुनुपर्थ्यो। भयो ठ्याक्कै उल्टो। खस बाहुन–क्षेत्रीलगायतले राज्यभित्रका कुनै पनि जातिको लोकतान्त्रिक हक छिनिन्न भने राज्यको नाम जे भए पनि फरक पर्दैन भन्ने आत्मसात गरेनन्। जनजाति र सीमान्तकृत समुदायले भाषिक, सांस्कृतिक र समताको अधिकार नछुट्ने हो भने नाममै अल्मलिनु जरुरी छैन भन्ने मनन गरेनन्। दलहरूले यसमा समझदारीका लागि भूमिका खेल्न सक्थे। परन्तु, भोट गुम्ने भयले उल्टै तिनले उत्तोलकको भूमिका गरे। कतिसम्म भने, अखण्ड सुदूर पश्चिमजस्तो संघीयता मर्मविरोधी बन्दलाई संघीयता पक्षधर एमाओवादीका लेखराज भट्ट, कांग्रेसका शेरबहादुर देउवा, एमालेका भीम रावल, राप्रपाका लोकेन्द्रबहादुर चन्दले नै टेको दिइरहेका थिए।
दोस्रो उपाय, अलिअघि एमाओवादीले भनेजस्तै विवादका सबाल अहिल्यै टुंगो लगाउने र पहिलो संविधानसभाका कामलाई दोस्रो संविधानसभाले निरन्तरता दिने। सहमति जुट्न नसके पनि यसको सम्भावना अझै बाँकी छ। जनताले चाहेको संविधानसभाको दोस्रो चुनावमात्र होइन, संविधान लेखिने ग्यारेन्टी पनि हो। चुनाव त होला तर पहिलेजस्तै ठूला दलका तीनचार नेताले जनताबाट चुनिएको संविधानसभालाई विफल बनाउँदैनन् भन्ने कुनै आधार बनेको छैन। अघिल्लो संविधानसभा कसरी विफल भयो? ठूला तीन दलका सीमित नेताले संविधानसभा बाहिरै बसेर संविधानसभाको नियन्त्रण गरे। सभासद् रहेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष झलनाथ खनाल संविधानसभामा बिरलै गए। पराजित भए पनि कांग्रेस सभापति सुशील कोइराला र एमालेका वरिष्ठ नेता माधव नेपाल, केपी ओलीको ठाडो प्रभावबाट संविधानसभा मुक्त रहन सकेन। शासकीय स्वरूप, संघीयताका सवाललाई संविधानसभामा टुंगो लगाउने अभ्यास भएन। संविधानसभाबाहिरै बसेर यिनै नेताले छलफल गरे। कुरा मिलेन, संविधान जारी नगरी संविधानसभाको मृत्यु भयो।
चुनाव घोषणा हुनै महाभारत पर्ने, घोषणा भइहाले चुनावको ग्यारेन्टी नहुने र चुनाव भए संविधानको ग्यारेन्टी नहुने स्थितिमा पनि तेस्रो उपायचाहिँ माथि उल्लेख भएजस्तै चार दलबीच बनेको सहमतिको बुँदा नं ८ हो। यस उपायलाई पनि लत्याइए नयाँ संविधानसभामा संविधान निर्माण कार्य शून्यबाट माथि उक्लने सम्भावना लगभग असम्भव छ। बरु, 'माइनस'तिर ओर्लने पूरै खतरा छ। दोस्रो संविधानसभा चुनावपछि पनि राजनीति अघिल्लो संविधानसभामा उठेका विवादकै विन्दुमा गुजुल्टिने पक्का छ। यस्तो भए दोस्रो संविधानसभा पनि असफल हुन्छ। सहमति गर्ने हो भने विवादका सवाल अहिल्यै टुंगो लगाउने र पहिलो संविधानसभाले गरेको निर्णयलाई स्वामित्वमा लिएर त्यसैलाई निरन्तरता दिऊँ भन्ने एमाओवादी स्वयंले अहिले यस प्रस्तावप्रति आँखा चिम्लेको छ ।
जोगाउनैपर्ने उपलब्धि
संविधानसभाका विषयगत समितिहरूले महिला, मधेसी, उत्पीडित, दलित, उपेक्षित वर्गको पक्षमा महत्वपूर्ण व्यवस्था गरेका थिए। संविधानसभामा सर्वसम्मतिले टुंगिएको प्रतिवेदनमा दलित समताको अत्यन्त राम्रो व्यवस्था छ। राज्यका सबै अंग, निकाय र क्षेत्रमा क्षतिपूर्तिको व्यवस्थासहित समावेशी समानुपातिक सहभागिताको हकको संवैधानिक व्यवस्था छ। यसलाई मौलिक हकका रूपमा व्यवस्था गरिएको छ। दलितको जनसंख्याभन्दा संघीय स्तरमा तीन प्रतिशतभन्दा बढी र प्रदेश स्तरमा पाँच प्रतिशतभन्दा बढी प्रतिनिधित्व गर्न पाउने व्यवस्था छ। दलितका लागि शिक्षा, स्वास्थ्य, रोजगार र सामाजिक सुरक्षामा सकारात्मक विभेदका आधारमा विशेष अवसर प्राप्त गर्ने हकको व्यवस्था छ। छुवाछुत र भेदभावलाई सामाजिक अपराध मानिएको छ। पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गरिएको छ।
महिला, दलित, मधेसी, जनजाति, अल्पसंख्यक तथा सीमान्तकृत, मुसलमान, अपांग, पिछडिएको वर्ग, किसान, मजदुर, उत्पीडित क्षेत्रलाई समानुपातिक र समावेशी सिद्धान्तका आधारमा राज्यका संरचना अनि सार्वजनिक सेवामा सहभागिताको हकको व्यवस्था छ। महिलाका हकमा त अझ उल्लेख्य काम भएको छ। राज्ययन्त्रका हरेक अंगमा अन्तरिम संविधानको ३३ प्रतिशतबाट बढाएर ५१.५ प्रतिशत महिला हुने व्यवस्था छ। मन्त्रिपरिषद्, व्यवस्थापिका, र राज्यका सर्वोच्च पदाधिकारी एउटा लिंगको भए दोस्रो पदाधिकारी अर्को लिंगको हुने व्यवस्था छ। पुरुष प्रधानमन्त्री भए महिला उपप्रधानमन्त्री, महिला प्रधानमन्त्री भए पुरुष उपप्रधानमन्त्री। यही कुरा राष्ट्रपति, सभामुखमा पनि लागू हुने प्रावधान छ। पहिलो संविधानसभाका विषयगत समितिले सर्वसम्मतिमा टुंग्याएका यस्ता धेरै परिवर्तनकारी प्रावधान छन् जुन न्यायमूलक समाज निर्माणका लागि अनिवार्य हुन्छन्। यी व्यवस्था सधैँ न्यायमूलक लोकतन्त्रका सत्प्रयास हुन्।
यिनै सुन्दर उपलब्धि हुन् जसको जगमा नयाँ न्यायमूलक संविधान बन्न सम्भव छ। अहिले यही सुन्दर जगलाई सबैले भुसुक्कै बिर्सिएका छन्। तर, यो कसैले पनि, संविधान बनाउने चोखो मनसाय छ भने राजनीतिक दलहरूले त बिर्सन हुने कुरा हुँदै होइन।