निर्वाचनको प्रयोजन
०३ असार २०७०
•
१० मिनेट पाठ
निर्वाचनको प्रयोजन
आगामी मंसिर ४ गते मतदान हुने गरी दोस्रो संविधान सभाको निर्वाचन घोषणासंगै नेपाली राजनीतिमा नयाँ तरंग उत्पन्न भएको छ। तर यो तरंगले निकास उन्मुख गराएको संकेत भने तत्कालका गतिविधिबाट देखिएको छैन।
निर्वाचन घोषणाको विपक्षमा रहेका दलहरू आन्दोलनमा ओर्लेका छन् भने निर्वाचनका लागि तयार देखिएका दल असमन्जस्यमा देखिएका छन्। अर्थात् सरकारले मिति घोषणा गर्दैमा निर्वाचन हुने होइन। त्यसका लागि अनुकूल वातावरण निर्माण पनि हुनुपर्छ। निर्वाचन घोषणासँगै देखिएको परिस्थिति अनुकूल भने देखिएको छैन। यद्यपि, परिस्थितिमा सकारात्मक परिवर्तन हुँदै जाने सम्भावना पनि नकार्न सकिँदैन। निर्वाचन मितिको घोषणासँगै प्रमुख चार राजनीतिक शक्ति तथा सरकारको विरोधमा रहेका दलबाट आइरहेका अभिव्यक्तिले निर्वाचन अनुकूल वातावरण निर्माणमा सहयोग पुग्ने पनि देखिँदैन।
विपक्षीका तुलनामा सत्ता पक्ष सधैँ बढी जिम्मेवार हुनुपर्छ। हाम्रो मुलुकमा भनेे पदको अधिकार प्रयोग गर्नेबाहेक त्यसले दिएको जिम्मेवारी पूरा गर्नेतर्फ ध्यान दिने परिपाटी बस्नै सकेको छैन। अहिले नेपाली कांग्रेस, नेकपा (एमाले), एनेकपा (माओवादी)लगायत मधेसवादी दलहरू प्रमुख राजनीतिक शक्तिका रूपमा देखिएका छन्। उनीहरूबीच हुने सहमति नै मुलुकका लागि निर्णायक हँुदैआएको छ। यस्तो अवस्थामा ती प्रमुख चार राजनीतिक शक्ति सरकारमा प्रत्यक्ष सामेल नभए पनि व्यवहारमा भने सत्ताधारीकै भूमिकामा छन्। त्यसैले यी प्रमुख मानिएका राजनीतिक दलमा बढी जिम्मेवारी देखिनुपर्ने हो। तर अहिलेसम्म त्यसको संकेत पनि यी दलका नेताका बोली र व्यवहारमा देखिएको छैन।
आन्दोलनरत मोर्चाका एक नेताले एएटा टेलिभिजन च्यानलमा निर्वाचनको नाम फलाकी रहेका  प्रमुख राजनीतिक दल नै निर्वाचनको विपक्षमा रहेको आरोप लगाएका थिए। उनले आफूहरूको विरोध निर्वाचनको नभएको दाबीसमेत गरेका थिए।
त्यही दिन राजधानीमा आयोजित एक कार्यक्रममा एकजना कांग्रेसी नेताले वैद्यहरू नआए पनि निर्वाचनलाई कसैले रोक्न नसक्ने भने। उनको भनाइमा पनि जिम्मेवारीभन्दा दम्भ बढी झल्किन्थ्यो।
उता आफूहरूलाई 'बाइपास' गरेर निर्वाचन गराउन मोहन वैद्य पक्षीय नेताले सरकारलाई चुनौती दिँदैआएका छन्।
मुलुकले भोगिरहेको संकटको निकास निर्वाचनबाटै हुनेमा बिरलै विमति होला। यस तथ्यलार्ई नेकपा–माओवादीसँगै निर्वाचनको विरोधमा शब्द र शक्ति खर्चीरहेका सबैले मनन गर्नु आवश्यक छ। प्रमुख राजनीतिक दलका नेता तथा कार्यकर्ताले यस तथ्यलाई बु‰न त झनै जरुरी छ।
अबको निर्वाचन संसद्को मात्र नभई संविधान सभाको पनि हो भन्ने तथ्य सबै राजनीतिक दलले आत्मसात् गर्नु आवश्यक छ। संविधान सभाको निर्वाचन भएकोले यसप्रति दलहरूमा प्रतिद्वन्द्विताका साथै सामूहिक सोच पनि हुनु आवश्यक छ। निर्वाचन हुँदैमा निकासको ग्यारेन्टी हुने होइन।  संविधान निर्माण गर्न सकेमात्र निर्वाचनको औचित्य सिद्ध हुनेछ। अर्थात संविधान दिन नसके संविधान सभा निर्वाचनको कुनै अर्थ हुनेछैन। विडम्बना, यस तथ्यलाई कुनै पनि राजनीतिक दलले बुझेको देखिएको छैन।
अहिले चार राजनीतिक शक्ति देशको भाग्य विधाताको शैलीमा प्रस्तुत हुने एउटामात्र आधार गत संविधान सभा निर्वाचन परिणाम नै हो। उनीहरूको कार्य शैली अन्तरिम संविधानको भावना र मर्मविपरीत रहेको आरोप वैद्य माओवादीले लगाउँदै आएका छन्। अहिले नेकपा–माओवादीसहित ४२ राजनीतिक दल निर्वाचनको विरोधमा ओर्लिएका छन्। उता प्रमुख राजनीतिक शक्ति भभनिएका दलहरू भने 'कसैले सहभागिता नजनाउँदैमा निर्वाचन नरोकिने' जस्ता गैरजिम्मेवार विचार व्यक्त गरिरहेका छन्। अब हुने निर्वाचन सरकार बनाउनका लागि मात्र हो भने केही दलले वहिष्कार गर्दैमा फरक नपर्ला। तर ४२ राजनीतिक दलले सहभागिता नजनाएको संविधान सभाले मुलुकलाई कस्तो मूल कानून देला? अनि त्यस्तो संविधान सभाले दिएको संविधानले लोकतन्त्रलाई कसरी मजबुत गर्न सक्ला? लोकतन्त्रमा राजनीतिक दल महत्वपूर्ण हुन्छन्। नेपालमा राजनीतिक दल भनेका प्रमुख चार शक्तिमात्र नभएर देशमा भएका सबै दल हुन्। जसरी कुनै पनि निर्वाचनमा मतदाताको बढीभन्दा बढी सहभागितालाई महत्वपूर्ण मानिन्छ त्यसैगरी नै निर्वाचनमा बढीभन्दा बढी राजनीतिक सहभागिता भए संविधान सभालाई नै बलियो बनाउनेछ। त्यसले लोकतान्त्रिक संविधानको ग्यारेन्टी गर्नेछ। हैन, संविधान निर्माणका लागि चार राजनीतिक शक्तिबाहेक अन्य दलको उपस्थिति आवश्यक छैन भने निर्वाचनको पनि आवश्यकता पर्दैन थियो होला। किनभने सबैकुरा चार राजनीतिक दलले गर्ने हो भने त्यसका लागि संविधान सभा किन चाहियो? त्यो काम यीनै चार राजनीतिक शक्तिले गरिनै रहेका छन्। संविधान बनाउने जिम्मा पनि यीनै राजनीतिक दललाई दिए भइहाल्यो।
निर्वाचनको विरोधमा रहेका राजनीतिक दलहरूका सबै सर्तलाई स्वीकार गरेर जसरी भए पनि उनीहरूलाई निर्वाचनमा सहभागी गराउनै पर्छ भन्ने भने होइन। सकेसम्म सबै दललाई निर्वाचनमा सहभागी हुने वातावरण तयार गर्नुपर्छ र यो जिम्मेवारी मुलुकको मठाधीशको भूमिकामा रहेका प्रमुख चार राजनीतिक शक्तिकै हो। दुर्भाग्य, त्यसअनुरूपको राजनीतिक कुशलता अहिलेसम्म यी राजनीतिक दलका नेताले देखाउन सकेका छैनन्।
मुलुकले बेहोरिरहेको संकटको निकास निर्वाचनको ढोका भएर जान्छ। निकासको ग्यारेन्टी भने  संविधान दिन सक्ने संविधान सभाले मात्र गर्न सक्छ। त्यसैले अहिलेको आवश्यकता निर्वाचनको मात्र हैन संविधान दिन सक्ने संविधान सभा निर्वाचनको हो।
अहिले सत्ता पक्ष र विपक्षबीचमा देखिएका गैरराजनीतिक गतिविधिले निर्वाचनलाई बिथोल्ने र जसरी भए पनि निर्वाचन गराइ छाड्ने हठ प्रकट भइरहेको छ। जसरी भए पनि सम्पन्न गराइएको निर्वाचनले गैरदलीय रेग्मी सरकारको बदला कुनै दल विशेषको सरकार त बन्ला संविधान बन्न सक्नेछैन।
त्यस्तै 'मेरो गोरुको बाह्रै टक्का'को शैलीमा गरिने विरोधले पनि समस्यामात्र निम्त्याउने हो। त्यसको समाधान गर्नेछैन। यस तथ्यलाई नेकपा–माओवादीलगायत विरोधमा ओर्लेका सबै दलले बु‰नु आवश्यक छ। त्यसैले दुवै पक्षले पहिला संविधान सभाको अपरिहार्यतालाई स्वीकार गरेर त्यही अनुसार व्यवहार प्रर्दशन गरे बेस होला। आरोप प्रत्यारोपभन्दा सहमतिको विन्दुमा पुग्ने प्रयास सबै पक्षबाट हुन आवश्यक छ। संविधान सभाको आवश्यकता कुनै दल विशेषलाई नभई राष्ट्रलाई छ।
सबै विवादको भरपर्दो समाधान वार्ता भएको तथ्यलाई त कमसेकम नेपालका राजनीतिक नेताले बुझेकै हुनुपर्छ।
अर्को समाचार
दलीय अलमलको मिति
०९ पौष २०७०
•
१३ मिनेट पाठ
दलीय अलमलको मिति
जनताको बुझाईमा दोस्रो संविधान सभा निर्वाचनको प्रयोजन नयाँ संविधान निर्माण गर्नु हो। देशमा देखिएको राजनीतिक अस्थिरताको अन्त्य चाँडै भए हुन्थ्यो भन्ने जनताको चाहना हो। नयाँ संविधान नआएसम्म देशको राजनीति, प्रशासन, आर्थिक आदि क्षेत्रमा निश्चित प्रणालीगत सुधार सम्भव मानिएको छैन। द्रुततर आर्थिक विकास र परिवर्तनका लागि पनि स्थिर सरकार खाँचो छ। संविधान निर्माणसँग विकास र निर्माणका गतिविधिमा तीव्रता दिनुपर्ने आवश्यकता पनि छ। सरकारसँग इच्छाशक्ति भए कुनै पनि काम गर्न अन्तरिम संविधान बाधक त देखिँंदैन तर पनि नयाँ संविधानको अभावमा विकास निर्माणको काममा गतिशीलता आउन सकेको छैन। यो यथार्थ पर राख्न सकिँदैन। त्यसैले नयाँ संविधान निर्माण पहिलो आवश्यकता भनिएको हो।
तर दोस्रो संविधान सभामा पनि संविधान निर्माणको काम सुचारु हुने राम्रो लक्षण देखिएको छैन। मत परिणाम आउनुपूर्व नै एनेकपा माओवादीले मतगणना बहिस्कार गरेको व्यवहार र चुनावमा धाँधली भयो भनी छानबिन आयोग गठन गर्ने मागप्रति अन्य दलसमेत सामेल भएको क्रियाले संविधान निर्माणमा व्यवधान नआए पनि ढिलाई हुने शंका भने देखिन्छ। आयोग गठन नभएसम्म समानुपातिक उमेदवारको नामावली नदिने र संविधान सभामा भाग नलिने ती दलको हठ संविधान सभालाई नै अपुरो बनाउने प्रयास हो। चुनावमा चित्त नबुझेमा अवलम्बन गर्न सकिने कानुनी बाटो छँदाछँदै अर्को बाटो खोज्ने काम कानुनसम्मत होइन। जोरजबर्जस्ती गर्नु र त्यसप्रति लोलोपोतो गर्नुले पनि संविधान सभाको काम प्रभावित त हुन्छ नै ।
सहमति र समन्वयको नाममा सार्थक परिणाम नदिने काममा अलमलिनु पनि आफ्नो कर्तव्यप्रति इमानदार नहुनु हो। निर्वाचनमा भएको धाँधली र अनियमितताको विषयमा कारबाही गर्ने प्रचलित कानुन छँदाछँदै अर्को छानबिन आयोग गठन गर्नुपर्ने आवश्यकता नै छैन। गठन हुने आयोगले अध्ययन गरेर प्राप्त भएका तथ्यले निर्वाचनको परिणाममा कुनै असर पर्न पनि सक्दैन। मौजुदा कानुनी व्यवस्थाको प्रतिकूल गएर गठन हुने त्यस्तो आयोगको औचित्य पनि रहँदैन।  छानबिन आयोग गठन गर्दा एनेकपा माओवादीलगायत्का दलको आत्मतुष्टि त होला तर त्यसबाट आउने परिणामले वाञ्छित उपलब्धि सम्भव छैन।
पहिलो संविधान सभाले नेपालको अन्तरिम संविधान २०६३ अनुसार तोकिएको समयभित्र नयाँ संविधान निर्माण गर्ने जिम्मेवारी पूरा गर्न नसकेको कारणबाट दोस्रो संविधान सभाको निर्वाचन भएको हो।  पहिलो संविधान सभाको नेतृत्व गर्ने पहिलो स्थानमा रहेको ठूलो दल नेकपा एमाओवादीको भूमिका समन्वयकारी नभएकै कारणबाट संविधान निर्माण हुन नसकेको व्यहोरा सबैलाई थाहा छ। त्यसै कारण सो दल संविधान सभाको अहिलेको निर्वाचनमा पहिलेको हैसियतमा रहन नसकी पछाडि परेको तथ्य पनि सबैका सामु छ। निर्वाचनमा पाएको जनताको विश्वास पूरा गर्न नसकेकै कारणबाट विकल्पको खोजी भएको हो। अहिलेको चुनावमा जनताको मतबाट अग्रस्थानमा रहन सफल दलका निमित्त यो अवसर र चुनौती हो भने अन्य दलका लागि सहयोग गर्ने मौका हो। जनताको मतको कदर नगर्ने दल पाखा लाग्नु स्वाभाविक नै हो। अहिले अग्रस्थानमा रहेको दल नेपाली कांग्रसले पनि यस कुराको हेक्का राखेकै हुनुपर्छ।
जनतासँग गरेको वाचा पूरा नहुँदा आइलाग्ने परिणाम सबैले भोग्नुपर्ने भएकाले चुनावमा विजय र पराजयलाई स्वाभाविक र सहजरूपमा लिन सक्नुपर्छ। राजनीति सत्तामा जाने भर्‍याङ भए पनि त्यहाँ पुर्‍याउने काम जनताको भएकाले जनता प्रजातान्त्रिक प्रणालीमा निर्णायक शक्ति मानिएका हुन्। चुनाव राजनीतिक दलको निमित्त परीक्षा पनि हो। यस परीक्षामा सफल र असफल हुँदैमा मात्तिनु र आत्तिनुपर्ने कुरा पनि छैन। राजनीतिमा धैर्य गर्न सक्नुपर्छ, पालो आउँछ। एक पटकको चुनावले पछाडि परे पनि अर्को पटकको चुनावमा अगाडि आउन सकिन्छ।
यस पृष्ठभूमिमा भर्खरै सम्पन्न दोस्रो संविधान सभाको निर्वाचनमा मत प्राप्तिको हिसाबले नेपाली कांग्रेस पहिलो र नेकपा एमाले दोस्रो स्थानमा छन्। अरु दल पनि प्राप्त मतका आधारमा आ–आफ्नो हैसियतमा छन्। दोस्रो संविधान सभामा पनि पहिलो संविधान सभामा जस्तै कुनेै पनि दलको बहुमत छैन। जनादेशले सबै दलको आपसी समझदारी र सहमतिका आधारमा सरकार सञ्चालन र संविधान निर्माण गर्नुपर्ने सन्देश दिएको छ। सामान्यतः संविधान सभाको ठूलो दलको नाताले नेपाली कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने छ। सत्तामुखी प्रवृत्ति र पराजित मनस्थितिलाई समायोजन गर्ने र सरकार सञ्चालन र संविधान निर्माणलाई सुचारु गर्ने जिम्मेवारी पनि नेतृत्व गर्ने दल नेपाली कांग्रेसमा रहेकोले नेपाली कांग्रेसले अवलम्बन गर्ने नीति र कार्यशैली कस्तो रहन्छ, सबैको दृष्टि पनि यसैमा केन्द्रित छ।
सहयोगी दललाई साथमा लिएर सरकारमा के कस्तो भूमिका दिने र कसरी शक्तिको बाँडफाँट गर्ने भन्ने कुरा पनि चुनौतीको विषय हुन सक्छ। नेकपा एमाले दोस्रो स्थानमा रहेको र नेपाली कांग्रेससँग निकट समझदारीको सम्बन्ध रहेको नाताले पनि सरकारमा सहभागी हुने दलका रूपमा गणना गरिएको छ। नेकपा एमाले सरकारमा सहभागी हुँदा सरकार चलाउन बहुमत पुग्ने भए पनि संविधान निर्माणमा अन्तरिम संविधानबमोजिम दुई तिहाई मत नपुग्ने हुँदा अरु दललाई पनि विश्वासमा लिनुपर्ने हुन्छ। नयाँ संविधान नआएसम्म सहमति कायम हुनुपर्ने अन्तरिम संविधानको मर्म भएकाले पनि सो कुरालाई कसैले नचाहेर पनि आत्मसात गर्नुपर्ने अवस्था छ। आमसहमति नभए पनि र सबै दललाई विश्वासमा लिन नसके पनि संविधान निर्माणमा सहज हुने किसिमले अरु दलको सहयोग लिनुपर्ने अविार्यता भने पक्कै छ।
संविधान सभाले पूर्ण आकार लिनुपूर्व नै दलबीच सत्ता साझेदारीको विषय अगाडि आएको छ। नेपाली कांग्रेस पहिलो र नेकपा एमाले संविधान सभाको दोस्रो ठूलो दलका रूपमा रहे पनि एकअर्काको सहयोग विना सरकार निर्माण सहज छैन। सरकार सञ्चालनले मात्र पनि पुग्दैन, संविधान निर्माण गर्नु पनि छ। संविधान निर्माण गर्दा संविधान सभामा रहेका सबै दलको सहभागिता जति आवश्यक छ त्यति नै आवश्यकता संविधान सभामा नरहेका दलको विचारलाई समेत स्थान दिन सक्ने वातावरण निर्माण गर्नुमा छ। यो स्थितिमा संयुक्त सरकार वा संसदीय सरकारको अभ्यास पनि उपयुक्त नहुन सक्छ। नयाँ शैली र नयाँ ढंगले समन्वयात्मक परिस्थिति बनाउने प्रयास गर्नुपर्ने आवश्यकतालाई बिर्सेर सत्तामा मात्र केन्द्रित रहन खोज्नु संविधान निर्माणमा ढिलाई गर्नु हो भन्ने जनताको बुझाईलाई कसरी सम्बोधन गर्ने भन्ने चुनौती पनि सरकारको नेतृत्व गर्ने दलमा छ।
सत्ता कसैको पेवा होइन। जनादेशअनुसार नै सत्तामा हैसियत लिने र खोज्ने हो। दायित्व निर्माण पनि त्यसैअनुसार हुने हो। कसैलाई बहुमत प्राप्त नभएपछि पाएको मतको आधारमा सरकारमा जाने, सरकारमा सहभागी हुने वा विपक्षमा बस्ने र त्यसैअनुसार आफूलाई प्राप्त भएको अभिभारा पूरा गर्ने हो। यो प्रजातान्त्रिक अभ्यास बिर्सेर एकअर्काप्रति सहिष्णु नहुने र अस्वाभाविक भाउ खेाज्ने कुराले अलमल्याउने मात्र होइन, सार्थक परिणाम पनि दिन सक्दैन। पहिलो संविधान सभाको अनुभवले पनि पाठ सिकाएको छ। निर्वाचनमा पहिलो स्थान प्राप्त गर्नुमात्र पनि पर्याप्त होइन, नेतृत्व लिन खोजेर मात्र पनि हुंँदैन सबैलाई समेट्न सक्नुपर्छ। त्यही नभएर पहिलो संविधान सभा सार्थक हुन सकेन।
संविधान निर्माणमा व्यवधान हुने कुरामा अलमलिनुभन्दा पहिले संविधान निर्माणका लागि सहज वातावरण निर्माण गर्न आवश्यक छ। संविधान निर्माणको क्रममा मतमतान्तर रहे पनि दलीय विभाजनको रेखा कोरिनुहुँदैन भन्ने कुरामा ध्यान केन्द्रित गर्नुपर्छ। संविधान निर्माणमा सबैको सहभागिता र संलग्नता भएमा मात्र संविधानप्रति सबैको आत्मीय सम्बन्ध रहन्छ। यसका लागि सबै दलसँग आपसी समन्वय र समझदारीलाई कसरी व्यापक बनाउने भन्ने चुनौतीको विषय होला तर समयको आवश्यकता हेरेर समझदारी निर्माण गर्न सक्नुपर्छ । आफ्नो दलभित्र नै सुझबुझ र समन्वयको वातावरण निर्माण गर्न नसकेका दलका प्रमुखका लागि समग्ररूपमा सबैलाई साथमा लिने कुरा त्यति सहज छैन। तर पनि सबैको लक्ष्य संविधान निर्माण गर्नु भएकाले पनि एकजुट हुनुपर्ने अवस्थाचाहिँ छ। त्यसैले अहिलेको पहिलो आवश्यकता राजनीतिक दलका नेताको सोच र कार्यशैलीमा समयानुकूल परिवर्तन नै हो।
पूर्व न्यायाधीश, पुनरावेदन अदालत
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस