राष्ट्रवादको रंग
१९ साउन २०७०
•
१३ मिनेट पाठ
राष्ट्रवादको रंग
आजभन्दा चार वर्षअघि, नागरिक र रिपब्लिका पत्रिका प्रकाशनको १०० दिनको अवसरमा आयोजना गर्न लागिएको समारोहमा प्रमुख राजनीतिक नेताहरूलाई निमन्त्रणा गर्न सम्पादकहरु आफै धेरै ठाउँमा गए। यसै क्रममा एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल'प्रचण्ड'को तत्कालीन निवास नयाँ बजार पुगियो। स्थापनाको भर्खर तीन महिना भएको तर स्थापित पत्रकार तथा प्रकाशकको अगुवाइमा  सुरू भएको पत्रिकाको राजनीतिक रंग कस्तो हुन्छ भन्नेमा प्रचण्डलाई ठूलै उत्सुकता रहेछ। नागरिक र  रिपब्लिकाका प्रथम सम्पादकहरू क्रमशः नारायण वाग्ले र अमित ढकालले बारम्बार पत्रिकाको कुनै रंग नहुने तथा यो निष्पक्ष हुने तर्क प्रस्तुत गरे। तर दाहाल सन्तुष्ट हुन सकिरहेका थिएनन्। उनी पत्रिकाले सधै कुनै 'लाइन' लिने कुरा दोहोर्यााउँदै यी पत्रिकाले आफूलाई कुन स्थानमा राख्छ भन्ने जान्न खोजिरहेका थिए। यो पंक्तिकार तत्कालीन समूह सम्पादक भएका कारणले र पत्रिकाको राजनीतिक आस्थाको विषय केही हदमा प्रकाशकीय नीतिपनि हुने भएकाले प्रबन्ध निर्देशक विनोदराज ज्ञवालीको उपस्थितिमा केही बोल्नुपर्ने अवस्था आयो। पंक्तिकारले भनेको थियो – वास्तवमा पत्रिकाले निष्पक्षता छोड्नु हुँदैन र यसको खासै रंग पनि हुँदैन। तर साँच्चै अवस्था आयो र रंगकै कुरा गर्नुपर्ने भयो भने हाम्रो रंग राष्ट्रिय झन्डाको रंग हो। अर्थात् हामी राष्ट्रवादी हौँ।

त्यसवेला राष्ट्रवादको नारा उग्र बनाउन लागिपरेका प्रचण्डले पत्रिकाको राष्ट्रवादलाई कुन ढंगले हेरे थाहा भएन। उनी भर्खरै प्रधानमन्त्रीको पदबाट राजीनामा दिएर बसेका थिए। उनको मूल्यांकनमा प्रचण्डलाई राष्ट्रवाद विरोधी धारले राजीनामा दिन वाध्य बनाएको थियो। उनलाई नागरिक र रिपब्लिका दुवै पत्रिका तत्कालीन प्रधान सेनापति रुक्मांगद कटवाललाई पदमा बहाल राख्न प्रधानमन्त्रीको निर्णय उल्टाउने राष्ट्रपति रामवरण यादवको कदमको समर्थनमा देखिएका थिए भन्ने पनि थाहा थियो।

त्यसबेला एमाओवादीले 'विदेशी प्रभु' को इसारामा बनेको आक्षेप लगाएर नेकपा (एमाले) नेतृत्वको माधव नेपालको सरकारलाई अनेक दुःख दियो। तर सम्पूर्ण राष्ट्रवादी शक्तिहरूलाई एकस्थानमा जम्मा गरेर नेपालको स्वाधीनता र सार्वभौमसत्ताको रक्षाको लागि गरिएको भनिएको संघर्ष प्रचण्डको चीन भ्रमण र सर्वसाधारणको सात दिने बन्दको अपूर्व विरोधपछि त्यसै तुहियो। प्रचण्डले गैरराष्ट्रवादी भनेर चिनाएको शक्तिको समर्थनमा नै डा. बाबुराम भट्टराईको सरकार बने पश्चात एमाओवादीको राष्ट्रवादी नारा ठूलै संकटमा पर्योन। डा. भट्टराईका गुरु एस. डी मुनिले कसरी माओवादीका नेताले भारत विरोधी कार्य नगर्ने प्रण व्यक्त गरेर भारतलाई आश्वस्त पार्न लिखित प्रतिबद्धता प्रकट गरेका थिए भन्ने रहस्य किताबै लेखेर नंग्याइदिएपछि माओवादीको राष्ट्रवादी मुकुन्डो जनताका आँखामा राम्रैसँग उत्रियो।

अहिले राष्ट्रवादको ठेक्का वैद्यको नेकपा–माओवादी र राजतन्त्र समर्थक कमल थापाको राप्रपा(नेपाल)ले लिएका छन्। कुनैबेला निर्वाचनको पक्षमा गीत गाएर नथाकेका कमल थापाका अनुयायीहरू अहिले अचानक निर्वाचनको विरोधमा उत्रिएका छन्।  यिनका विचारमा मंसीर ४ गते हुने चुनाव पनि गैरराष्ट्रवादी चरित्रको हो। किनभने यो निर्वाचन विदेशी शक्तिको इच्छा र सहयोगमा हुँदैछ। मुखले जे भनेपनि यी दुवै समूह निर्वाचन र जनताको निर्णयसँग भाग्न खोजेका हुन्। आउँदो निर्वाचनमा जनताले आफूलाई निर्वस्त्र पारिदेलान् भन्ने डरले यिनीहरू चुनावका विरुद्ध उभिएका छन्। चुनाव हुन सकेन भने राष्ट्रवादको नारा लगाएर वितण्डा मच्चाएको भरमा सरकारमा गएर आफ्नो शक्ति जगेर्ना गर्ने लक्ष्यका साथ यिनको घाँटी अहिले जोडिएको हो। सरकारमा गएर आर्थिक र राजनीतिक क्षमता बढाउने र त्यसपछि हुने चुनावमा राम्रो स्थान हासिल गर्ने दुवैको उद्देश्य हो। समान उद्देश्य भएको हुनाले माओवादी र राजावादी एकै स्थानमा देखिएका हुन्। यसैपनि अधिनायकवादीहरू, चाहे राजावादी हुन् वा साम्यवादी सधैँ  एकै कित्तामा उभिएका देखिन्छन्।

राजावादी र अतिवादीको राष्ट्रियता र राष्ट्रवादको विषयमा बेलायती राजनीतिक दार्शनिक स्यामुअल जोन्सनको विश्व विख्यात भनाइ ठ्याक्कै मिल्छ। उनले राष्ट्रवाद र देशभक्ति फटाहाहरूको अन्तिम अस्त्र हो भनेको पूर्व राजा ज्ञानेन्द्र शाहको तानाशाही सरकार र माओवादीहरूले चाहेको अतिवादी अधिनायकवादी सरकारका सन्दर्भमा हो।
यो पंक्तिकारसहित नागरिक र रिपब्लिकाका तत्कालीन सम्पादकहरू क्रमशः वाग्ले र ढकालले ज्ञानेन्द्र शाहको तानाशाहीको विरुद्धमा आफूले पहिला काम गरेका पत्रिकामा सयौं पानाहरू स्यामुअल जोन्सनको भनाई उद्धृत गर्दै रंगाएका थियौं। समूह सम्पादकले प्रचण्डसामु अचानक आफ्नो संस्था राष्ट्रवादी हो भन्दा सम्पादकहरू पनि झस्किएका थिए। पंक्तिकारले पनि एकपल्ट आफ्नो भनाइप्रति गौर गरेको थियो। हामीमात्र होइन धेरै नेपाली लोकतन्त्रवादी राष्ट्रवादका विषयमा लिइने अडानका सन्दर्भमा  दुविधामा देखिन्छन्।

कतिपय लोकतन्त्रवादी त राष्ट्रवादी हुँ भन्नु नै गलत हो भन्ने भ्रममा बाँचेका देखिन्छ। यसका लागि मूलतः जोन्सनको भनाइनै जिम्मेवार छ। अझ उनले सो कुरा व्यंग्यात्मक रुपमा भनेका हुन् वा सोझो अर्थमा व्यक्त गरेका हुन् भनेर आफैँले कहिले खुलाएनन्।  
त्यसले झन् भ्रम थप्यो। तर स्यामुअल जोन्सनले पनि राष्ट्रवादीको त्यो परिभाषा नक्कली राष्ट्रवादीका लागिमात्र गरेका हुन् भन्ने उनको जीवनीका लेखक अर्का विद्वान् जेम्स बस्वेलले लेखेका छन्।
बस्वेलले लेखेको जीवनीका अनुसार जोन्सन भन्छन्, 'एक देशभक्त त्यस्तो व्यक्ति हो जसको सार्वजनिक व्यवहार एउटै प्रवृत्तिले डोर्याछएको हुन्छ त्यो हो देशप्रतिको माया। त्यस्तो व्यक्ति संसद् प्रतिनिधिको हैसियतमा कुनै आश र त्रास नलिई, कुनै रिस र राग नराखी सवैथोक सामूहिक हितका लागि गर्छ।'  

त्यसैले लोकतन्त्रवादी शक्तिहरूले राष्ट्रवादमा दृढ अडान नलिईकन न त नेपालको सार्वभौमिकता र अखण्डता कायम हुन्छ न नेपालको वैदेशिक सम्बन्ध नै सुदृढ हुन्छ। लोकतन्त्रवादीको राष्ट्रवाद कुनै अर्को देशको हित वा अहितका लागि हुँदैन। एक सच्चा देशभक्त नेपालीले राष्ट्रवादी हुन चीन वा भारत परस्त हुनु जरुरी छैन न त चीन विरोधी वा भारत विरोधी नै हुनुपर्छ। त्यस्तै एक जना नेपाली अमेरिका र रुस दुवैको समदूरीमा बसेर पनि राष्ट्रवादी हुनसक्छ। कुनै एउटा शक्तिको नजिक वा टाढा हुनुपर्दैन।

नेपालका लोकतन्त्रवादी विचारक र नेताहरू देशको हितका लागि मरिमेट्न तयार छन् तर उनीहरू राष्ट्रवादको प्रतियोगितामा अतिवादी दक्षिणपंथी र उत्तरपंथी दुवैसँग बारम्बार पराजित हुँदै आएका छन्। हाम्रो राष्ट्रवादको सीमा आफ्नो देशको हितसम्म सीमित हुनुपर्छ भन्ने धारणामा लोकतन्त्रवादी अड्न सत्तै्कनन्। उग्रपंथीहरू भने निर्वाचनलाई समेत राष्ट्रवादी विरोधी कार्य हो भनेर प्रचारप्रसार गर्न राष्ट्रवादको आवरणमा निर्वाचन बिथोल्नेजस्तो जनविरोधी कार्य गर्नसमेत लाजै नमानी अघि बढ्छन्।

यसै सन्दर्भमा नेपालका प्रजातन्त्रवादी नेता तथा विचारक निलाम्बर आचार्यले शनिबार बिहान (साउन १९) गरेको टि्वट मनन योग्य छ। आचार्य लेख्छन् – 'राष्ट्रवाद सकारात्मक शक्ति हो। तर अधिनायकवादी प्रयोजनका लागि पटक पटक यसको दुरुपयोग  गरिएको छ। लोकतन्त्रसँगै रहनुपर्छ यो।'

आचार्यको १४० क्यारेक्टरको यो टि्वटले नेपालका लोकतन्त्रवादी शक्तिलाई ब्युँझाउने कोसिस गरेको छ। अहिले पूर्वराजा र वैद्य माओवादी सँगसँगै र अलगअलग  राष्ट्रवादको भर्यालङ्ग चढेर अधिनायक बन्ने आकांक्षा अघि बढाउन लागि परेका छन्। दुई ठूला राष्ट्रबीच चेपिएर सधैँ सानो राष्ट्र भएको पीडा बोकेर बसेका जनताको समर्थन पाउन उग्र राष्ट्रवादीका लागि त सधैँ सजिलो हुन्छ तर त्यसले देश र जनताको हित भने गर्दैन। जसरी पाकिस्तानमा सैनिक शासन हुँदा भारतसँग सधै लड्ने तयारी गरेर सरकारप्रति जनताको समर्थन लिने कार्य हुन्छ त्यसैगरी नेपालका गैरलोकतन्त्रवादी शक्तिहरु विदेशीको डर देखाएर अधिनायकवाद थोपर्ने प्रयत्नमा हुन्छन्। लोकतन्त्रवादी शक्तिले राष्ट्रवादको नारा उग्रवादीहरूसँग खोसेर लिन नसकुन्जेल जनता दिग्भ्रमित नै रहन्छन्। के  
हो राष्ट्रवाद र को हो राष्ट्रवादी शक्ति जनतालाई अझै थाहा नभएजस्तो जो देखिएको छ ।
अर्को समाचार
विचारको खडेरी
१५ वैशाख २०६९
•
८ मिनेट पाठ
विचारको खडेरी
वर्तमान नेपाली राजनीतिको रंग, लिंग र वर्ण छुट्ट्याउनै नसकिने भएको छ। चर्को स्वरमा सर्वहाराको पैरवी गर्ने सबै दृष्टिले सामन्तजस्तो छ। राष्ट्रवादको सूत्र जप्ने अराष्ट्रिय काम गर्दछ। लोकतन्त्रवादी हुँ भन्ने तानाशाहाभन्दा कम अधिनायकवादी छैन। नैतिकता र सदाचारको मन्त्र घोक्नेको व्यवहार विकृति र विसंगतिले भरिएको हुन्छ। आश्चय, यस्ते द्वैध चरित्रलाई नेपाली समाजले भने सहजै ग्रहण गरेको छ। विचारविहीन राजनीतिले अनुहार छोप्ने हो भने विचारबाट पार्टी र नेताहरू भिन्नता भेट्नै सकिँदैन। झन्डा र लोगो कम्युनिस्ट भए एउटा वर्गको भोट पाइरहनेमा एकथरी ढुक्क देखिन्छन्। लोकतन्त्रको बिल्ला लगाएपछि कम्युनिस्ट नहुनेे भोट आफैँले पाउने अर्काथरी विश्वस्त देखिन्छन्। कम्यनिस्टले कम्युनिस्टजस्तो आचारण गर्दैन। प्रजातन्त्रवादीकोे व्यवहार प्रजातान्त्रिक हुँदैन। यसैले नेपाली राजनीतिक दलहररू हेर्दा 'कलर ब्लाइन्ड' हुन पुगिन्छ।
यस्तो द्वैध चरित्र राजनीतिमा मात्र सीमित छैन। समाजका मार्गदर्र्शक भनिने प्रबुद्ध वर्गको चरित्र पनि राजनीतिकर्मीको भन्दा खासै फरक छैन। उनीहरू रँग फेर्न छेपारो भन्दा सिपालु छन्। सबैलाई सजिलै ढाँट्न सकिने आत्मरतिमा यो वर्ग बाँचेको छ। समाज पनि 'तैँ चुप मै चुप'मा रमाएको छ।
कम्युनिस्ट सिद्धान्त उदार लोकतन्त्रको प्रतिवादमा जन्मेको हो। नेपालका कम्युनिस्ट पार्टी समर्थक, सदस्य, कार्यकर्ता हुँ भन्नेहरू भने कम्युनिस्ट हुँदा लोकतन्त्रविरोधी भईँदैन भन्ने नयाँ व्याख्या गर्छन्। लाग्छ, उनीहरू कम्युनिज्म र लोकतन्त्रलाई पर्यायवाची बनाउने अभियानमा छन्। लोकतन्त्रवादी हुँ भनेर समाजमा चिनिन खोज्नेहरू व्यवहार र चरित्रमा कम्युनिस्टभन्दा अनुदार छन्। दोहोरो चरित्र, सम्बन्ध, साँठगाँठबाट ग्रसित नेपाली राजनीति नक्कली रंग र स्वाद मिसिएको 'ककटेल' जस्तै छ। कुन रंग, कुन गुण सबै गौण। राजनीति विचारविहीन र दल नेताहीन हुँदैगएको छ। पार्टीको विधान, घोषणापत्र र महाधिवेशन तथा केन्द्रीय समितिको निर्णयको मसी सुक्न नपाउँदै पार्टीक नेताहरू तिनै निर्णयविरुद्ध सार्वजनिक रूपमा विचार प्रकट गर्छन्। यो सप्तरंगी चरित्र नेपाली समाज र राजनीतिमा निरन्तर रहने निश्चितजस्तै छ।
सवै वर्ग र व्यवसायमा पेसागत मूल्यमान्यता मर्दै गएको छ। राजनीति र व्यवसाय वृत्तिबीच भेद गर्नसक्ने अवस्थै छैन।सञ्चारकर्मी राजनीतिक विचार र पार्टीसँग सीमाभन्दा बढी नै गाँसिएको छ। पत्रकारको राजनीतिक विचार, पार्टी र पार्टीभित्रको गुट नचिन्ने पाठकले समाचारको निहितार्थ बुझ्नै सत्तै्कन। कानुन व्यवसायी विधिको शासनको विरोध गर्छ। मानवअधिकारवादी दण्डहीनताको पक्ष लिन्छ। यिनलाई के आधारमा वकिल, पत्रकार, मानवअधिकारवादी भन्ने? अति राजनीतिकरण भए समाज विखण्डित हुन्छ। बेइमानी बढेपछि व्यापार अपराध बन्नपुग्छ। राजनीतिले व्यापारको चरित्र देखाए समाज भलो गर्दैन। यही विकृति कतै नेपाली समाजको विशेषता बन्ने त हैन? विचार छााडेर पैसा र बन्दुकको राजनीतितर्फ सबै आकर्षित भएका देखिन्छन्। यस्तो राजनीतिमा विचार र नेता जन्मन वा हुर्कन सत्तै्कन। विचारबिना कोही पनि यथार्थमा नेता बन्दैन। विडम्बना, नेपाली नेताहरूले राजनीतिको यही 'कखरा' समेत बिर्सेका छन्।
दूधमा पानी मिसाइन्जेल त दूध भन्न मिल्ला, पानीमा दूध मिसाएपछि न दूध भन्न मिल्छ, न पानी नै रहन्छ। कम्युनिस्ट हुनेले कम्युनिस्टकै सिद्धान्त बोके, हिँडे सिद्धान्तप्रति त इमानदारी होला। कांग्रेस वा लोकतन्त्रवादी हुनेले लोकतान्त्रिक प्रक्रिया र अभ्यास पनि स्वीकार गर्नुपर्छ। सिद्धान्त र व्यवहारबीचको अन्तरले कतै पानीमा दूध हालै झैँ नहोस्। नेताका व्यवहारले विचारविहीन समाज नबनोेस्।
संविधान, संविधान बन्ला कि नबन्ला अझै शंका बाँकी छ। संविधाान सभालाई संविधान बनाउनै समस्या भयो। जनताले स्वीकार गरेनन् भने संविधानले आफैँ राज्य चलाउँदैन। कतै संविधानविहीन देश त बन्दैन। विचार विहीन राजनीति र नेताविहीन पार्टीजस्तै नेपाल संविधानविहीन राज्य नबनोस् भन्ने चेतना राखिएको छ कि छैन। कतै संविधान पनि 'कलर ब्लाइन्ड' हुने पो हो कि?
नेपाली राजनीतिक पार्टीको संगठनात्मक दशा र दिशा पनि विचित्रकै छ। पार्र्टीको नेता को हो, त्यो पनि बुझ्नै गाह्रो छ। पदले अध्यक्ष भएपनि पार्टीको संगठनात्मक लगाम कुनै पार्टीमा पनि तिनको हातमा देखिँदैन। सबै पार्टीमा अध्यक्षभन्दा ठुला नेता जन्मेहुर्केका दृश्यले नेपाली राजनीतिमा ठुलो अर्थ राखेको छ। आफ्नोभन्दा अर्को पार्टीको नेता र कार्यकर्तासँग सहकार्य गर्नु राजनीतिक पौरख ठानिएको छ। जनादेश र सिद्धान्त त गौण बनेको छ। आधारभूत स्वतन्त्रता उपभोग गर्न पनि जनतालाई धौधौ परेको छ। राजनीति त अहिले गैरसरकारी संस्थाले पो गर्न थालेका छन्। यस्तो जमानामा व्यक्तिले के गर्न सक्छ? व्यक्तिको साधन स्रोतले राजनीति गर्न भ्याउँदैन। गैससका नाममा दातृ संस्थाको सहयोग भित्रीरूपमा प्रयोग नगरी नेपाली समाजै नचल्ने भएकाले होला विचार छाडेका नेताहरूको प्रतिस्पर्धा त्यही सजिलो चन्दाका लागि चलेको छ। दिने चन्दा लिनेको मालिक हुन्छ। अनि त कहाँ मूल्य कहाँ मान्यता?
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस