कलैयाबाट फर्कंदै थिएँ, काउलीको रास देखेपछि लैजाउँ भन्ने लाग्यो। कति भन्लान् भनेर डराइडराइ सोधको, दुई रुपियाँ किलो रहेछ। १० किलो हालिदिन भनें। उचालेको त अलि गह्रौं नै लाग्यो। यति धेरै नलाने कि भनेर सोच्दै थिएँ, उसलाई के लाग्यो कुन्नि, दुई किलो जतिको एउटा थपिदियो र भन्यो– धेरै लिनुभएवापत यो सित्तैंमा। दुई दुई रुपियाँका प्लाष्टिक झोला दुई वटामा खाँदखुँद पारिदियो पनि।यति धेरै उत्पादन तर मूल्य छैन किन? जिज्ञासा लाग्यो। अनि कलैयामै रहेको क्षेत्रीय कृषि विकास कार्यालयका एक कर्मचारीसँग भलाकुसारी गर्ने क्रममा उनले भनेका थिए– हेर्नूस् न, हामी एउटा गाउँमा तरकारी उत्पादन वृद्धि गराउने तालिम लिएर गएका थियौं, त्यहाँका कृषक त लेखेट्न पो आए। उनीहरुको भनाइ थियो– हामीलाई उत्पादन वृद्धिको तालिम चाहिन्न, भएको उत्पादनलाई बजार खोजिदिए पुग्छ।
विडम्वना, हाम्रा कृषि कार्यालयहरुसँग कृषकको मागअनुसारको तालिम वा कार्यक्रम उपलब्ध गराउने अधिकार छैन। उनीहरु केन्द्रले यो यो विषयमा यो यो तालिम दिने भनेपछि त्यही तालिम दिन्छन्। चाहे त्यो आवश्यक होस् वा नहोस्। नत्र एकातिर काम गरेको देखिन्न भने अर्कोतिर बजेट पनि खर्च हुन्न। न भित्तामा टाँसिने प्रगति विवरणको रेखा तन्काउनै मिल्छ। हाम्रो सरकारको प्राथमिकता उत्पादन हो कि बजार पनि? यो प्रश्नको उत्तर बारामात्र है, देशभरकै किसानलाई थाहा छैन।
कहाँ खेती गर्ने, कहाँ घर बनाउने, कहाँ उद्योग खोल्ने, कहाँ वन हुर्काउने जस्ता कुनै नीति छैन सरकारसँग। त्यसैले जहाँ उर्वर भूमि छ, त्यहाँ घरले तरकारी र अन्न खेती विस्थापित गरिरहेका छन्। धानबाली मासेर प्लटिङका नाममा हजारौं विघा जमिन बाँझै राखिएका छन्। ब्याङ्क डुबाउनमात्र दर्ता गरिएका कागजी उद्योगका नाममा ठूलो परिमाणको जग्गा अनुत्पादक अवस्थामा छाडिएको छ। तर सरकार मुकदर्शक छ। हुन त आर्थिक वर्ष २०६६/२०६७ देखि उपयोगका आधारमा भूमिको वर्गीकरण गरी सोअनुरुप स्वामित्वको प्रमाणपत्र जारी गर्ने नीति ल्याएको थियो तर त्यो कहाँ र कुन चरणमा छ भन्ने जानकारी कसैलाई छैन। यस्तो अवस्थामा सरकारको प्राथमिकता नीतिमात्र बनाइदिने हो कि कार्यान्वयन पनि गर्ने हो भन्नेबारे अन्यौल छ। यही अन्यौलको भूमरीमा नगर क्षेत्रमा व्यवस्थित बसोबास गराउने उद्देश्य राखिएका नगर विकास समिति जस्ता निकायसमेत फसेका छन्।
सरकारले अतिक्रमित वन क्षेत्रलाई अतिक्रमणकारीबाट मुक्त गराउन बजेट उपलब्ध गराएको छ। यो वर्षमात्र मिचिएको वन क्षेत्र पुनर्प्राप्तिका लागि ३ करोड रुपियाँ वन विभागले पाएको छ। सोझो अर्थमा भन्दा वन क्षेत्र वा वन छेउछाउमा बस्नेहरु अपवादबाहेक सुकुम्बासी छन्। वनलाई अतिक्रमणबाट बचाउने भनेको त्यहाँ बसेकालाई हटाउने हो। एकातिर राज्यले नै सरकारपिच्छे सुकुम्बासी आयोग बनाएर जग्गा उपलब्ध गराउने काम गरिरहेको छ र दलहरुले नै उनीहरुलाई संरक्षण दिइरहेका छन् भने अर्कोतिर सरकार उनीहरुलाई त्यहाँबाट लखेट्ने कार्यका लागि पैसा दिइरहेको छ।
एकातर्फ वन अतिक्रमण गरेर बसेमा वा अवैधानिक काम गरेमा तिनलाई कारबाही गर्न नियम, प्रशासन, कर्मचारी सबै छन्। यसका लागि किन करोडौं पैसा चाहियो? आखिर यहाँ पुनर्स्थापनाको कुरा त आएको छैन। अर्कोतर्फ वनका पदाधिकारीदेखि सरकारसम्मलाई थाहा छ कि सुकुम्बासी समस्या समाधान नगरी वन क्षेत्र त के, कुनै पनि ऐलानी जमिनको सुरक्षा सम्भव छैन। यस्तो अवस्थामा राज्यको प्राथमिकता सुकुम्बासी आयोग जस्ता सम्बन्धित निकायसँग समन्वय गरेर सुकुम्बासी व्यवस्थापन गर्ने हो कि बसिरहेको ठाउँबाट लखेटेर खाटा बसेको घाउ उक्काउने हो? प्रष्ट हुन सकिने अवस्था छैन।
रुकुमका गाउँहरुमा स्याउ प्रतिगोटा दुई रुपियाँमा पनि नबिकेपछि गाईवस्तुलाई कुँडोका रूपमा खुवाउन बाध्य भएका खबर सञ्चार माध्यममा आए। विकटताका कारण यी गाउँबाट सदरमुकामसम्म उत्पादन लैजान महँगो पर्छ। तर कहाँकहाँबाट चामल ढुवानी गर्न बजेट दिन सक्ने सरकारले गाउँले किसानका उत्पादन बजार पुर्यासउन किन ढुवानी अनुदान नदिने? चालु आर्थिक वर्षका लागिमात्र सरकारले खाद्यान्न र नून ढुवानीका लागि ६९ करोड रुपियाँ छुट्याएको छ। गाउँलेलाई जबर्जस्ती भात कोच्याउन दिइने ढुवानी अनुदान किसानका स्याउ, जौ, फापर जस्ता उत्पादन बजार ल्याउन दिने हो भने यति पैसाले उनीहरुको उत्पादन वृद्धिमा समेत सघाउन पुग्छ।
अन्यत्रको उत्पादन गाउँ पुर्या्उन बजेट उपलब्ध गराउने तर गाउँले किसानको जीवनस्तर सुदृढ हुन सक्ने अवस्थाका लागि भने नसोच्ने कस्तो परिपाटी हो? यसरी दिइने ढुवानी खर्च उनीहरुकै उत्पादन वृद्धि र त्यसका लागि बजार उपलब्धतामा लगाउने हो भने दैलोदैलोमा चामल पुर्यासउनै पर्दैन। उनीहरु के खाने र कसरी ल्याउने भनेर निर्णय गर्न आफैँ सक्षम हुनेछन्। त्यसैले राज्यको प्राथमिकता गरिब किसानलाई माछा दिने हो कि जाल भन्ने स्पष्ट छैन। जसले समस्याको चाङमा इँटा थप्नमात्र मद्दत गरेको छ।
कृषिप्रधान देशको नीति निर्माण तहका हेडसरहरुमा देखिएको प्राथमिकताप्रतिको अन्यौल र अस्पष्टता नै आज मुलुकमा बढ्दै गएको भोकमरीको मुख्य जड हो। जसको दिमागमा एकीकरणकर्ता पृथ्वीनारायण शाहले त्यतिबेलै अपनाएको सोच अहिलेसम्म प्रत्यारोपण हुन सकेको छैन। उनको नीति थियो– 'षानी भएको ठाउँमा गाउँ भया पनि गाउँ अरु जग्गामा सारिकन पनि षानी चलाउनू, षेत बन्या जग्गामा घर भया पनि घर अन्त जग्गामा सारी कुलो काटी षेत बनाई आबाद गर्नू।' पृथ्वीनारायणले ऊ जमानामा लिएको जति पनि सोचविचार पुर्यानउन नसक्नेहरुको कमजोरीको शिकार अहिले सिङ्गो मुलुक हुन पुगेको छ।
अन्त्यमा,
नेपाल अहिले सन् २०१५ सम्ममा सहस्राब्दी विकास लक्ष्य हासिल गर्ने यात्रामा छ। ऊ आफैँले गरेको प्रतिबद्धताअनुसार यो लक्ष्य हासिल गर्नका लागि पूरा गर्नुपर्ने धेरै क्षेत्रमध्ये 'मुलुकमा विद्यमान भोकमरीलाई आधामा झार्ने' पनि एउटा हो। यही ताल जारी रहने हो भने यो सहस्राब्दी विकास लक्ष्य पूरा गर्ने एउटै उपाय बाँकी हुनेछ– खान नपाएका आधालाई 'मास्तिर' पुर्याकइदिने। यो सहज पनि छ किनकि खानै नपाएपछि आफैँ पुगिहाल्छन् पनि।