अबको विदेशनीति
१३ असोज २०७८
•
१० मिनेट पाठ
अबको विदेशनीति
सरकार परिवर्तनसँगै नेपालको अबको विदेशनीतिको विषयमा राजनीतिक वृत्तमा तीव्र बहस हुँदै गइरहेको छ। 




सर्वोच्च अदालतको आदेशसँगै गठन भएको वर्तमान सरकारलाई छिमेकी राष्ट्र भारतबाट तत्काल कुनै प्रतिक्रिया (बधाई) सार्वजनिक नहुँदा हामीले अंगीकार गरेको विदेशनीतिमाथि नै चौतर्फी प्रश्न तेर्सिए। भारतसहित विभिन्न शक्तिकेन्द्र राष्ट्रले कूटनीतिक नियोगका प्रमुखमार्फत वर्तमान सरकारलाई स्वीकार गरेको प्रस्ट हुँदाहुँदै पनि हामी बहस खडा गर्दै गयौँ। 

प्रतिनिधिसभाबाट जब देउवाले विश्वासको मत ग्रहण गरे, तब यथाशीघ्र छिमेकी समकक्षीबाट बधाई प्राप्त भएपछि धेरै अड्कलबाजी तर्कहरू एकाएक सेलाए। नेपालमा नयाँ प्रधानमन्त्री चयन हुँदाबित्तिकै दक्षिणी मित्रराष्ट्रबाट बधाई आउने प्रवृत्तिको क्रमभंगता देखिए पनि भारत भने परिपक्व अवस्था र समयको प्रतीक्षारत रहेछ भन्ने कुरा प्रमाणित भयो। त्यसैले भनिन्छ, समय परिपक्क नभई कुनै कुरा राख्दा कूटनीतिमा त्यति सान्दर्भिक ठहर्दैन।  

सरल परिभाषाः विदेशनीतिका अवयव नेपालको संविधान २०७२ मा स्पष्टसँग व्याख्या गरिएका छन्। विदेशनीतिका केही स्थायी मान्यता हुन्छन्, जुन अपरिवर्तनीय रहन्छन् भने केही मान्यता समयानुकूल आवश्यक परिमार्जन गर्नुपर्छ। 

सैद्धान्तिक रूपमा विदेशनीतिलाई व्याख्या गर्ने भाषाशैली आकर्षण देखिए पनि त्यसले व्यावहारिक पक्षका विभिन्न आयामलाई कसरी सम्बोधन गर्छ भन्ने विषय महत्वपूर्ण हुन आउँछ, जुन कुराको लेखाजोखा गर्न हाम्रो कूटनीतिक व्याख्याताको जमात बारम्बार चुकिरहेको छ ।

सरल भाषामा विदेशनीति जनताको जनजीवन र जनजीविकाको सवाललाई सम्बोधन गर्ने माध्यम हो। विदेशनीतिले राजनीति, अर्थ, समाज, बजार, ‘सफ्ट’ अनि ‘हार्ड’ पावर, अन्य सर्वपक्षीय राष्ट्रिय अन्तर्राष्ट्रिय मान्यतालाई केन्द्रबिन्दुमा राखेर राष्ट्रिय हित सम्बोधन गर्ने दिशा निर्माण गर्नुपर्छ। ऐतिहासिक गौरवतालाई आत्मसात गर्दै, समयसापेक्ष आवश्यकताको पहिचान गर्दै विश्व राजनीतिक पंक्तिमा नेपाललाई दरो रूपमा उभ्याउने सुनिश्चितताको मर्मलाई गाँस्ने विषयसँग नेपालको विदेशनीति केन्द्रित हुनुपर्छ।

विदेशनीति अन्तत्वगोत्वा लोकतान्त्रिक अवधारणाभित्र फक्रन पाउने अभ्यासलाई सरल ढंगले हरेक नागरिकको पहुँचमा पुर्‍याउने वैज्ञानिक माध्यम हो। विदेशनीति स्थायी र निरन्तर हुनुको साथै राजनीतिक दलको सिद्धान्तले नभई राष्ट्रिय स्वार्थको पहिचानका आधारमा निर्देशित हुनुपर्छ। समग्रमा नेपाल राष्ट्रको सार्वभौमिक गरिमालाई केन्द्रबिन्दुमा राख्दै सारा नेपालीको जनभावनाको सम्बोधन गर्ने राष्ट्रिय नीतिको रूपमा स्थापित हुनुपर्छ ।

ओली सरकारको कूटनीतिक अभ्यास: नेपालका वामपन्थी राजनीतिक दलहरूले विदेशनीतिलाई सत्तारोहणको रूपमा प्रयोग गर्दै आइरहेका छन् र ओली पनि उक्त अभ्यासबाट टाढा रहेनन्। ओलीले भारतप्रति रुखो नीति अपनाउँदै चीनसँग सामीप्यता बढाउँदै सत्तारोहरण गरे। सत्ताको उत्तराद्र्धसम्म आउँदै गर्दा अप्रत्याशित तवरले भारतप्रति नरम हुँदै ‘युटर्न’ हुनुको रहस्यले ओली सत्तामोहप्रति केन्द्रित र राष्ट्रिय स्वार्थप्रति विकेन्द्रित भएको प्रस्ट हुन्छ। 

इतिहासको एउटा दुर्लभ अवसर र संयोग नै भन्नुपर्छ, भारत र नेपाल दुवै मुलुकमा बलियो जनमतको सरकार निर्माण रहँदा पनि दुईपक्षीय रूपमा टुंग्याउनुपर्ने थुप्रै विषयमा ओली सरकारले कुनै पनि प्रगति गर्न नसक्नु कूटनीतिक असफलता हो। 

असमान सन्धि–सम्झौताको पुनरावलोकन गर्ने भनी वाचा गरिएको तर इपिजीले बुझाएको प्रतिवेदनमा समेत उच्च राजनीतिक तहमा कुनै वार्ता समेत प्रारम्भ नहुनु, त्यसैगरी लिपुलेक, लिम्पियाधुरा र कालापानीको विवादलाई समाधान गर्न नसक्नु तर राजनीतिक स्वार्थका लागि प्रयोग गर्नु दुःखद पक्ष हो ।

ओलीले राज्यका विभिन्न संयन्त्रलाई संस्थागत गर्दै विदेशनीतिलाई साझा दस्तावेजमार्फत नवीन ढंगले प्रस्तुत गर्नुको सट्टा दलीयकरण गरे। सत्ता र स्वार्थलोलुपताले विदेशनीतिले निर्देशित गर्ने राष्ट्रिय आकांक्षा एवं उद्देश्य कहिले सम्बोधन हुँदैन, हुन्छ त केवल व्यक्तिगत अभीष्ट। यसको उदाहरण चीनसँग गरेका सम्झौता कार्यान्वयनमा ठोस प्रगति नहुनु, श्रम कूटनीतिमा असफल, कोभिड नियन्त्रणमा कूटनीतिक असफलता र भ्रष्टाचार, संसद विघटनको शृंखला, विदेशी लगानीमा थप प्रगति हासिल गर्न नसक्नु लगायत धेरै छन्।  

नेपालको सरोकार शक्ति वृत्तः विदेशनीतिमा राष्ट्रिय हित तुलनात्मक लाभबाट प्रारम्भ हुन्छ। नेपालको भूराजनीतिक अवस्थिति संवेदनशील हुनुको साथै अन्तर्राष्ट्रिय राजनीतिमा बडो अर्थपूर्ण पनि रहेको छ। नेपालले अवलम्बन गर्ने कूटनीतिले भारत, चीन, पश्चिमा र मध्यपूर्वी राष्ट्रहरूसँगको सम्बन्धलाई कसरी अभ्यास गरिरहेको छ भन्ने कुराले भूराजनीतिक र कूटनीतिक अर्थ मात्र होइन, आम नागरिकको जीवनसँग पनि जोडिएको छ। त्यसैगरी, अन्तर्राष्ट्रिय राजनीतिलाई दिशाबोध गर्ने सन्दर्भमा बहुराष्ट्रिय कम्पनीको पनि भूमिका रहेको हुन्छ। 

१७औँ शताब्दीको प्रारम्भमा इस्ट इन्डिया कम्पनी भारतमा आएर व्यापार गर्दै भारतको संस्कृति, वेशभूषा, भाषा र राजनीतिको गहिरो अध्ययन गर्दै विदेशनीति निर्धारण गरेपछि मात्र उसले भारतलाई आफ्नो अधीनमा राख्न सफल भएको थियो।  

नेपाल पनि शक्तिकेन्द्र राष्ट्रबीचको होडबाजीमा यस्तै चक्रव्यूहमा पर्ने सम्भावना देखिन्छ। यस्तो अवस्थामा हामी ज्यादै चनाखो हुनुपर्छ। उदाहरणका लागि सन् २०१५ मा भारतका प्रधानमन्त्री चीनको भ्रमणमा रहँदा लिपुलेकलाई साझा व्यापारिक र धार्मिक मार्गको रूपमा प्रयोग गर्न दुवै राष्ट्र सहमत भएका थिए, तर दोक्लाम र गल्वान उपत्यकामा स्वार्थ बाझिँदा झन्डै दुवै मुलुक युद्धनजिक पुगेका थिए। त्यसैगरी, नेपालबाट सन् २०११ अनमिन मिसनको बहिर्गमनमा चीन र भारत दुवै मुलुक सहमत भएका थिए।

उत्तरी छिमेकी राष्ट्र चीनले नेपालसँग सिमाना जोडिएका जिल्ला र दक्षिणी छिमेकी भारतले नेपालसँग जोडिएका तराई भेगका केही जिल्लासँगको राजनीतिक, रणनीतिक, सुरक्षा, सामाजिक, आर्थिक र भौगोलिक सम्बन्धलाई सामरिक महŒवका साथ हेर्ने र बाँकी भूगोललाई ‘टेकन फर ग्रान्टेड’को रूपमा बुझ्ने राजनीतिलाई हामीले बडो संवेदनशील तवरले विश्लेषण गर्दै साझा भूगोललाई ‘एकात्मक’ भूराजनीतिक एकाइको रूपमा स्वीकारोक्ति हुने कूटनीति अवलम्बन गर्नुपर्ने देखिन्छ। 

एउटै राज्यभित्र अर्को ‘बफर स्टेट’ निर्माण गर्ने अवधारणालाई परास्त गर्ने नीतिलाई विदेशनीतिले प्रोत्साहन गर्नुपर्छ। दुई राष्ट्रको स्वार्थ मिल्दा सहकार्य गर्न अग्रसर हुने र स्वार्थ बाझिँदा संघर्षमा उत्रने प्रवृत्तिका बीचमा उत्पन्न राजनीतिक परिस्थितिलाई नेपालले बडो चलाखीपूर्ण ढंगबाट कूटनीति सञ्चालन गर्नुपर्ने अवस्था सिर्जना भएको छ। चीन र भारत दुवै राष्ट्रको बीचमा व्यापारिक सहकार्य रहँदै आएको छ, किनभने उनीहरूका निम्ति बजार शक्ति र प्रभाव आर्जन गर्ने ठूलो माध्यम रहेको छ।  

अन्तर्राष्ट्रिय राजनीतिमा चीनले ‘बिआरआई’मार्फत अमेरिकालाई परास्त गर्दै आफ्नो प्रभुत्व कायम गर्न खोजिरहेको छ भने अमेरिकाले आफ्नो एकल प्रभुत्वलाई निरन्तरता दिन ‘आइपिएस’, ‘क्वाड संवाद’, ‘एमसिसी’, ‘बेक्का’ र ‘बि–थ्री–डब्लु’मार्फत चीनलाई घेराबन्दी गर्ने नीति अपनाउँदै आइरहेको छ। यी दुवै राष्ट्रका महत्वाकांक्षा र उद्देश्यको केन्द्रबिन्दुमा नेपालको भूराजनीतिक अवस्थितिलाई महत्वपूर्ण रूपमा हेरिएको हुनाले हामीले यस्तो पृष्ठभूमिमा दुवै राष्ट्रका मुद्दालाई विश्लेषण गर्दै सन्तुलित विदेशनीति अपनाउन जरुरी देखिन्छ।  

अमेरिका नेपालको दूरको छिमेकी राष्ट्र हो। वर्तमान समयमा नेपाल र अमेरिकाको सम्बन्ध दूरीको भूगोल र अन्य आयामबाट जनताको तहमा आएको छ। बर्सेनि उल्लेखनीय युवाका निम्ति अमेरिका अध्ययन रोजाइको गन्तव्य बनेको छ। 

आज अमेरिका विश्वशक्ति राष्ट्र रहेको र चीनको शक्तिकेन्द्र राष्ट्र बन्ने अभिलाषाले गर्दा अमेरिका चीनप्रति सतर्क, सशंकित र कडा हुँदै आएको छ। चीनको उदयलाई रोक्न अमेरिकाले नेपालसँगको सम्बन्धलाई प्राथमिकतामा राख्दै आएको छ। अमेरिकाको गतिविधिले सुरक्षा चुनौतीको सन्दर्भलाई दृष्टिगत गर्दै चीनले पनि नेपालप्रति गहिरो चासो दिँदै आइरहेको छ। 

शक्तिकेन्द्र राष्ट्रहरूको स्वार्थको बीचमा नेपालले आफ्नो स्वाधीनता र सार्वभौमिकताको रक्षा गर्ने कूटनीति अवलम्बनमा ध्यान दिन जरुरी छ। २१औँ शताब्दीको यो कालखण्डमा आउँदै गर्दा ‘राष्ट्र–राज्य’बाट नागरिक राज्यको अवधारणा विकास हुन गएको अवस्थामा हामीले त्यस्तै किसिमको कूटनीति अवलम्बन गर्नुपर्छ। उदाहरणका लागि हाम्रा उल्लेखनीय युवा जनशक्तिको निम्ति श्रमबजार रहेको छ, नेपालको जिडिपीमा २७.९५ प्रतिशत योगदान पुर्‍याउने क्षेत्रमा हाम्रो कूटनीतिक पहुँच हुन जरुरी छ।

शक्तिकेन्द्र राष्ट्रको चासोलाई दृष्टिगत गर्नुको साथै आपसी समझदारी र विश्वासको वातावरणलाई मलजल गर्दै मध्यपूर्वी राष्ट्रहरूसँगको सम्बन्धलाई पनि थप मजबुत बनाउँदै नेपालले राष्ट्रिय स्वार्थको सम्बोधन हुने विदेशनीतिलाई स्थायित्व प्रदान गर्नुपर्नेछ ।

देउवाको दायित्व र अबको दिशाः बिपी कोइरालाले १९५/६० को दशकमा विदेशनीतिलाई बडो सुझबुझपूर्ण तवरले सञ्चालन गरेका थिए। जतिबेला सारा विश्व दुई ध्रुवमा विभक्त थियो र उपनिवेशवाद अन्त्यको लहर चलेको थियो। एकातिर तेस्रो विश्व देशहरू ‘गैरपंक्तिबद्ध’को वकालत गरिरहेका थिए भने अर्कोतिर शीतयुद्ध उत्कर्षमा थियो।  

ओलीले संविधान र जनभावनालाई कुल्चँदै राष्ट्रका संस्थालाई आफूअनुकूल सञ्चालन गर्न खोज्दा शक्ति पृथकीकरणको सन्तुलन नै खलबलियो। लिक बाहिर गएका राष्ट्रका संस्था र विदेशनीतिलाई पुनः लिकमा फर्काउने जिम्मेवारी देउवाको काँधमा आएको छ। 

बिपी कोइराला तत्कालीन अन्तर्राष्ट्रिय राजनीतिक परिवेशमा नेपाली कांग्रेसको नेतृत्व गर्दै ‘सोसलिस्ट अन्तर्राष्ट्रिय’ संगठनसँग आबद्ध भएर एसिया प्यासिफिक क्षेत्रको उपाध्यक्ष भएका थिए, जुन लिगेसीलाई देउवाले निरन्तरता दिइरहेका छन्। देउवा अहिले दोस्रो कार्यकालका लागि उपाध्यक्ष भएका छन्।  

भारतको संस्थापन पक्षसँग हाम्रो संस्थापन पक्षले उच्चतम समझदारी कायम गर्दै अबको सम्बन्धको यात्रा बलियो बनाउने कुरामा जोड दिन जरुरी छ। दुईपक्षीय विवादका विषयको हल उच्चतम राजनीतिक तहबाट निरूपण गर्ने नीतिलाई प्राथमिकतामा राख्दा अन्य तहबाट हुने निष्प्रभावी गतिविधि लुप्त हुनेछन् र उच्च समझदारी कायम रहन्छ।

छिमेकीसँग सदैव विश्वास र सौहाद्रताको सम्बन्धलाई केन्द्रबिन्दुमा राख्नुपर्छ। नेपालले आफूलाई असुरक्षित महसुस गर्छ भने भारत र चीनले पनि असुरक्षित महसुस गरिरहेका हुन्छन् र तदनुरूप चासो र चिन्ता सम्बन्धमा प्रकट हुन थाल्छन्।  

भारतसँगको ऐतिहासिक सम्बन्धलाई सत्ता स्वार्थको विषयमा केन्द्रित गर्ने अभ्यासबाट मुक्त बनाउँदै हामीले अवलम्बन गर्ने विदेशनीतिलाई बदलिँदो राजनीतिक परिस्थिति अनुरूप रूपान्तरण गर्नुपर्छ। विदेशनीति सञ्चालन गर्ने निकाय र सरकारका ‘थिंक ट्यांक’ संस्थालाई स्तरोन्नति गर्नुका साथै राजनीतिक कार्यकर्ता भर्तीकेन्द्र नभई ‘सही व्यक्ति सही स्थान’को अवधारणालाई अविलम्ब प्रयोगमा ल्याउन सके नीति सञ्चालनको प्रभावकारितामा निश्चय पनि सफलता देखिन्छ। 

विषयविज्ञता हासिल गरेको व्यक्तिलाई परराष्ट्र मन्त्रालयको नेतृत्व सुम्पदा संस्थाको प्रभावकारितामा वृद्धि हुन्छ। सम्बन्धित मन्त्रालयका कर्मचारीको विदेशनीतिको अभ्यासलाई अझै बढी प्रभावकारी र वैज्ञानिक बनाउन यथास्थिति पद्धतिको गम्भीर समीक्षा गर्दै अउल्लंघनीय मापदण्ड निर्माण गर्दै पुनव्र्याख्या आवश्यक छ। 

अफगानिस्तानको राजनीतिक परिवर्तनको माहोलले दक्षिण एसियामा समेत बाछिटा देखिने सम्भावना रहेको विश्लेषकले आकलन गरिरहेका बेला नेपालले बडो संवेदनशील तवरले परिवर्तित राजनीतिक अवस्थालाई मध्यनजर गर्दै विदेशनीतिलाई अवलम्बन गर्नुपर्छ। हामीले सन्तुलित र समय सुहाउँदो विदेशनीति अपनाउन सकेनौँ भने ‘पेलोपोनिसियन वार’का लेखक ग्रिक इतिहासकार थुसिडाइड्सले भने अनुसार, ‘बलियोले जे गर्न सक्छ, त्यो गर्छ र कमजोरले जे भोग्नुपर्छ त्यो भोग्छ’को नियति नेपालले भोग्नुनपर्ला भन्न सकिन्न ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
२३ घण्टा अघि
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस