'को'सँग मतलब गर्ने कि 'के'सँग मतलब गर्ने? अर्थात्, आँप खाने कि रुख गन्ने?
हाम्रो समाजमा कुनैपनि विषयमा आफ्ना धारणा प्रकट गर्ने वा गर्न सक्नेमध्ये अधिकांशको मतलब कोसँग हुन्छ, केसँग हुँदैन। समाज आँप खानभन्दा रुख गन्न बढी चासो राख्ने हुनाले आँप गुलियो, अमिलो, कुहिएको वा कीरा परेको विषयमा खासै मतलब हुँदैन। कुन बगैँचाबाट आयो, कुन रुखबाट, कसले टिपेर ल्यायो, कस्तो टोकरीमा राख्यो भन्ने चासो धेरै राखिन्छ। चिलिमे जलविद्युत परियोजनाका प्रबन्ध निर्देशक कुलमान घिसिङको प्रसंगलाई एउटा उदाहरणका रूपमा प्रस्तुत गरौँ। चिलिमे परियोजना स्थानीय स्रोतबाट सुरु गरिएको सबैभन्दा सफल र उज्वल भविष्य भएको आयोजना मानिन्छ। कुलमान घिसिङ सो परियोजनाका निर्देशक र पछि प्रबन्ध निर्देशक भएपश्चात यसको द्रूततर विकास भएकोमा पनि सन्देह छैन। अझ यसको सेयर जनतालाई विक्री गरेर सर्वसाधारणलाई नाफामा सरिक गराउनमा पनि घिसिङको भूमिका रहेको मानिएको छ। तर, कुनै एउटा सरकारी कम्पनीको जागिरेलाई त्यही कम्पनीको उच्च निकायले सरुवा, बढुवा, घटुवा गर्न चाहेमा त्यसो गर्न पाउने कि नपाउने? यसको विरोधमा स्थानीय जनता र कर्मचारी संगठन संगठितरूपमा उठ्नु ठीक हो कि होइन? उनको पदावधि सकिएको अवस्थामा उनलाई हटाइएको हो भने त झन् त्यसको विरोध गर्नुको त अर्को अर्थ लाग्नसक्छ। अर्थात्, सरुवाका विरोधीले कुनै प्रकारबाट गोप्य फाइदा पाइरहेको सन्देह हुन्छ। हैन भने कर्मचारी र जनताको सरोकारको विषय त अर्को प्रबन्ध निर्देशकको काम कारबाहीले आयोजनाको हित गर्छ कि गर्दैन भन्ने पो हुनुपर्ने। उसले काम गर्न सकेन भने त्यसको विरोध गर्ने र धेरै राम्रो गर्योग भने उसको पनि प्रशंसा गर्ने हो तर पदावधि सकिएपछि सरुवा हुनैबाट रोक्ने त हैन नि!
सरकारमा अक्षमता, अव्यवस्था, नातावाद, कृपावादको कस्तो बाहुल्य भयो भने समर्थन गर्ने र विरोध गर्नेलाई कहाँनिर आफूले सीमा मिचेको हो भन्ने हेक्का नै रहँदैन। सरकारलाई पनि कतिखेर कानुन व्यवस्था कायम राख्न दृढता अपनाउने र कतिखेर जनताको हितका लागि सम्झौता गर्ने भन्ने विषयमा अनुभव भएन। कुनै गलत विषयमा पनि जनताको हुल आयो भने सम्झौता गरिदिने र कहिले जनताको अहित हुने विषयमा पनि पर्याप्त जनदबाब वा नेताको फोन आएन भने कानमा तेल हालेर बस्ने प्रवृत्ति यथावत् छ। त्यसको अन्त्य हुनसकेको छैन।
केही अघि काठमाडौं प्रहरी प्रमुखबाट रमेश खरेलको सरुवाको विषयमा पनि यस्तै तर्कको बाढी लागेको थियो। लाग्थ्यो, कुनै प्रहरी अधिकृत सरुवा गर्दा सम्बद्ध निकायले जनमत संग्रहै गर्नुपर्छ। खरेल सक्षम प्रहरी अधिकृत भएकोमा प्रश्न होइन। प्रश्न त उनको स्थानमा अर्को कसैलाई ल्याउनका लागि जनसमर्थन लिनुपर्ने तर्कलाई कसरी हेर्ने भन्ने हो। प्रहरी संगठनलाई अपराधीसँग जुध्ने, लड्ने र अपराध कम गराउने जिम्मेवारी हुन्छ। को र कस्तो अधिकृतलाई कहाँ पदस्थापन गरेर सो जिम्मेवारी वहन हुनसक्छ भन्ने विषयमा सोच्ने र निर्णय लिने काम संगठनको हो। कुनै अधिकृतले राम्रो काम गर्योु भने उसलाई अझ चुनौतीपूर्ण जिम्मेवारी दिने र नसक्नेलाई उसको क्षमताअनुरूपको ठाउँमा सरुवा गर्ने काममा जनताले दबाब सिर्जना गर्नुको औचित्य देखिँदैन। तर समाजमा भने सरकार र सरकारी ओहोदामा बसेका मन्त्री र सचिवको काममा भाँजो हाल्नु नै लोकतन्त्र हो भन्ने मानसिकता छ। एकातिर जनताले कुन व्यक्ति (को) मा बढी चाख दिन्छन् र सरकारलाई काम गर्न अप्ठेरो पार्छन् भने अर्कातिर तिनले कस्तो काम (के) गरे भन्ने विषयमा चाहिँ ध्यानै दिदैनन्। कथंकदाचित कसैले ध्यान दिइहाल्यो भने पनि सरकारले वास्ता गर्दैन। किनभने उसले पनि आफ्नो जबाफदेही कोप्रति हो र के हो भन्ने विषयमा खासै ध्यान दिँदैन र कतिपय अवस्थामा त ज्ञान पनि छैन।
दोस्रो संविधान सभा निर्वाचन भएको सात महिनापछि २६ मध्ये बल्लबल्ल १७ सभासद्को मनोनयन भएको छ। पहिले २६ जना सभासद्को मनोनयन नभई कुनै हालतमा पनि नयाँ बन्ने संविधानले मान्यता पाउँदैन, जो भए पनि सभासद् तुरुन्त भर्नुपर्छ भन्नेहरूको बोली अचानक बदलिएको छ। अब यस देशका बुद्धिजीवी, कलमजीवी र धनजीवीहरूलाई अचानक मनोनीत भएका सभासद्को अनुहारमा चित्त बुझेन। फलानो कसरी सभासद् भयो, ढिस्कानो किन सभासद् भयो? फलानोले के गर्छ, ढिस्कानोले के गर्न सक्तैनजस्ता विषयमा चर्चा चुलिएको छ। विवादको यो रूपले पनि सजिलै बुझ्न सकिन्छ, सभासदको मनोनयन ढिला भयो भन्नेहरूमा मूलतः अरू कोही नभएर 'झर्ला र खाउँला' भनेर बसेको लोभीहरूको जमात रहेछ। सभासद् पद झर्न त झर्योू तर तिनले खान पाएनन्। बस, सुरु भइहाल्यो यो मनोनयन ठीक भएन भन्ने 'स्याल हुइयाँ'। कसैलाई आफ्नो राजनीतिक दलले रोजेको पत्नी, भाइ, व्यापारको साझेदार आदि चित्त बुझेन भने खुलारूपमा त्यही कुरा बोल्नु पर्योज नि! पार्टी नेतृत्वको निर्णयका विरोधमा जानसक्नु पर्योे। पर्योम भने पदबाट राजीनामा दिनपनि तयार हुनुपर्यो्। विडम्बना, अधिकांश व्यक्ति सिधै विरोध पनि गर्न नसक्ने र विरोध नगरी बस्न पनि नसक्ने प्रकृतिका देखिएका छन्।
अहिले संविधान सभामा मनोनीत १७ सभासद् र अब चाँडै हुनसक्ने बाँकी नौ सभासद्का विषयमा यति ठूलो हल्लीखल्ली गनुको कुनै तुक देखिँदैन। नेपालको अन्तरिम संविधान, २०६३ मा २६ जना सभासद् पदमा विभिन्न क्षेत्रका विशेषज्ञको प्रतिनिधित्व हुनुपर्ने व्यवस्था गरिएको छ। तर कसलाई विशेषज्ञ भन्ने र कसलाई नभन्ने भन्ने कुनै मापदण्ड छैन। कुनै मान्यता प्राप्त विश्वविद्यालयको विद्यावारिधि हुनुपर्ने कि वा कुनै व्यापार व्यवसाय जानेको हुनुपर्ने हो भन्ने पनि प्रष्ट छैन। कसैले २० वर्ष हलो चलाएर र मल छरेर विशेषज्ञता हासिल गरेको छ भने उसलाई यस्तो विशेषज्ञ सभासद्का रूपमा नियुक्त गरिनु ठीक हो कि होइन भन्ने पनि कसैले निर्क्योल गर्नसक्ने विषय होइन। यस्तो अवस्थामा यस मनोनयनको विरोध गर्नुको कुनै तर्क संगत कारण देखिँदैन। विरोध गर्नै नपाइने हो भने यिनलाई कसरी जबाफदेही बनाउने भन्ने प्रश्न उठ्नसक्छ। र मुख्य कुरो पनि त्यही हो। संविधान र सर्वोच्च अदालतले भनेजस्तो आफ्नो जिम्मेवारीअनुरूप यिनले भूमिका खेल्न सके कि सकेनन् भन्ने विषयमा सबैको ध्यान जानुपर्ने हो। वस्तुगत ढंगले कुन सभासदले कस्तो भूमिका खेले र कतिसम्म क्षमता प्रदर्शन गरे भन्ने विषयमा टीकाटिप्पणी भए भविष्यमा राम्रो काम गर्नेको उन्नति र गर्न नसक्नेलाई पुनः सभासद्बाट हटाउन बुद्धिजीवी र कलमजीवीको आलोचना तथा टिप्पणी खर्च हुनुपर्ने थियो। तर हामी सँधै को कुन पदमा पुग्यो भन्ने विषयमै धेरै ध्यान दिन्छौँ। उसले आफ्नो जिम्मेवारी र जबाफदेही पूरा गर्न सक्यो वा सकेन भन्ने विषयमा चाहिँ बिरलै ध्यान पुग्नेगर्छ।
पंक्तिकार अहिले मनोनयनमा परेका १७ सभासद्को समर्थक होइन तर विरोधी पनि होइन। यिनले व्यवस्थापिका संसद्मा गएरजस्तो भूमिका खेल्छन् त्यहीअनुरूप तिनको क्षमताका विषयमा टीकाटिप्पणी वा आलोचना हुनुपर्छ भन्ने ठान्ने व्यक्ति हो। जनता सर्व शक्तिमान अवश्य हुन् तर जनताले पनि बुझ्नुपर्छ निर्वाचन र जनमतको माध्यमबाट सरकारको निर्माण गर्नुको अर्थ जनताले आफ्नो अधिकार सरकारलाई हस्तान्तरण गरेको हो। आफूले हस्तान्तरण गरिसकेको अधिकारलाई फेरि प्रयोग गर्न खोज्ने जिद्दी गर्दा सरकारको निर्णय क्षमता र गतिमा धेरै असर पार्छ, पारिराखेको छ। तर जनताले सरकारलाई नसुुम्पिएको अधिकार भनेको उसको काम कारवाहीमा टिप्पणी गर्ने अधिकार हो। सरकारले नियमानुसार कसैको नियुक्ति गर्छ भने उसको निर्णयमा दोष हुँदैन, बरु त्यसरी नियुक्ते व्यक्तिको कामले सो निर्णय सही वा खोटपूर्ण कस्तो रह्यो भन्ने निर्क्योल गर्छ। त्यसैले जनताले आँप खानु पर्योक र आँप नै कस्तो छ भन्नेमा समर्थन वा विरोध गर्नुपर्योग। आँप कहाँबाट ल्याउने र कुन रुखबाट टिप्ने भन्ने अधिकार हामीले निर्वाचन मार्फत् गरेको सम्झौताबाट सरकारलाई बुझाइसकेका छौँ। कसले के गर्योे, के गर्न सकेन भन्नेमा बढी ध्यान दिऊँ, को आयो को आएनले जनतालाई खासै फरक पर्नु हुन्न।
आँप खाने तर रुख नगन्ने मन्त्र कायम राख्न सक्ने हो भने नियुक्तिहरूमा बिनाकारण ढिलाइ पनि हुँदैन। चाँडै नै विभिन्न देशमा राजदूत नियुक्ति हुँदैछ। यसमा पनि 'को' भन्ने स्याल हुइयाँमा नलागेर के (गर्योग) भन्नेमा लाग्ने हो भने ढिलाइ, सुस्ती पनि हुँदैन र जनताले अर्को निर्वाचनमा कसलाई मतदान गर्ने र कसलाई नगर्ने विषयमा पनि सुसूचित मन बनाएर बस्नसक्ने अवस्था आउँछ।