माथिल्लो कर्णालीको पिडिएबारे
१३ असोज २०७१
•
१२ मिनेट पाठ
माथिल्लो कर्णालीको पिडिएबारे
राजनीतिक खिचातानी, तमाम अनिश्चितता र विवादका बीच अन्ततः माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको परिमार्जित र परिष्कृत परियोजना विकास सम्झौता (पिडिए) लाई लगानी बोर्ड तथा नेपाल सरकार, मन्त्रिपरिषद्ले अनुमोदन गर्योप। त्यसमा नेपाल सरकारको तर्फबाट अख्तियारी प्राप्त भएबमोजिम लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले हस्ताक्षरसमेत गर्नुभयो।यसबाट यो पिडिए हुनुपर्छ कि पर्दैन भन्ने विवाद अन्त्य भएको छ। अब, यो परियोजना कसरी समयमै बन्न सक्ला? स्थानीयले बढीभन्दा बढी लाभ कसरी प्राप्त गर्न सक्लान् र २५ वर्षपछि चालु हालतमा यो परियोजना कसरी नेपाल सरकारलाई हस्तान्तरण गराउन सकिएला? भन्ने विषयमा ध्यान केन्द्रित गर्नुपर्ने बेला आएको छ।

भारतको विगतको हेपाहा नीति, महाकाली सन्धि जस्ता कतिपय सम्झौताको समयमै कार्यान्वयन नुहुनु र हामीले पनि व्यावहारिक होइन सैद्धान्तिक धरातलबाट बढी सोच्ने गर्नु जस्ता कारणले भारतप्रति हामी अलि बढी नै सतर्क, सचेत र होशियार छौं। वास्तवमा हाम्रो राष्ट्रियताको निमित्त यो महत्वपूर्ण पक्ष पनि हो। यति हु"दाहु"दै पनि सधैँ हावामा महल ठड््याउने, सस्तो लोकप्रियताका लागि असम्भव सपना बा"ड्दै हि"ड्ने र समाधानका उपाय नसुझाई केवल समस्यामात्र तेर्स्याउने प्रवृत्तिले देश अगाडि बढ्न सक्दैन भन्नेतर्फ सोचिएन। यस्तो गरिरहेको खण्डमा, राजनीतिज्ञहरुको शब्द सापटी लिने हो भने हामी 'यथास्थितिवादी' मात्र बन्छौं। त्यसैले भौगोलिक हिसाबले 'इन्इस्क्यापेवल' र आर्थिक तथा सांस्कृतिक हिसाबले सबभन्दा नजिकको मित्र 'भारत' सँग आफ्नो क्षमता र दक्षताको भरपुर उपयोग गर्दै, ठूल्दाइ र सानो भाइका रूपमा होइन, एक असल मित्रको हैसियतमा का"धमा का"ध मिलाएर हि"ड्न सक्नु नै नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक अग्रगमनका लागि हितकर हुनेमा दुई मत छैन। यसै परिप्रेक्ष्यमा लगानी बोर्ड र माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विकासकर्ता भारतीय कम्पनी 'जिएमआर' बीच भएको परियोजना विकास सम्झौतापश्चात् नेपालमा मिश्रित प्रतिक्रिया देखिएका छन्। यस विषयमा उठाइएका कतिपय विषय धरातलीय यथार्थमा आधारित देखिन्छन् भने कतिपय तर्क सतही। तीमध्ये केही तर्क र तिनको पछाडिका वास्तविकताबारेमा यहा" उल्लेख गर्ने जमर्को गरिएको छ। एक, यो विश्वकै सस्तो आयोजना वा 'ज्वेल इन द क्राउन' को निर्माण नेपालले नै गर्नुपर्नेमा विदेशी कम्पनीलाई दिइयो भन्ने तर्क छ। सन् २००८ मा नै नेपाल सरकारले अन्तर्राष्ट्रिय बोलकबोलको माध्यमबाट पारदर्शी प्रतिस्पर्धा गरेर नै विकासकर्ता छनोट गरिसकेको अवस्थामा अनेक तर्क दिएर अल्भि्कइरहनुको अर्थ छैन। सम्झौता गरिसकेकामा फेरि पछाडि फर्किने कुराले सरकारको विश्वसनीयतामाथि प्रश्न उठ्छ साथै यो व्यावहारिक र कानुनी दृष्टिले पनि उचित हुन सक्दैन।

दुई, यो आयोजनाभन्दा माथि बन्न सक्ने अर्को करिब ४,१०० मेगावाट क्षमताको आयोजनाको सम्भावनालाई यसले अन्त्य गर्छ भन्ने भनाइ छ। यो तर्क सन् १९९० को दशकतिर कुनै अन्तर्राष्ट्रिय परामर्शदाता र हालका दिनमा नेपालको कुनै जलस्रोत विज्ञले सम्बन्धित स्थानमा गएर वा विस्तृत परियोजना प्रतिवेदन तयार गरेर होइन, एउटा टेबलमा बसेर गरेको अध्ययनको आधारमा आएको हो। यदि यस्तो परियोजना निर्माण गर्ने हो भने अहिलेको भन्दा कति धेरै पुनर्बास र पुनर्स्थापना गराउनुपर्छ, अहिलेको कर्णाली राजमार्गको विकल्पमा के हुन्छ, त्यो परियोजनाको लागत कति हुन्छ र त्यो कहा"बाट जुटाइन्छ भन्ने जस्ता तमाम प्रश्न यसका प्रस्तावकको तर्फबाट अनुत्तरित नै छन्। अझै के भन्न सकिन्छ भने ६–६ वर्ष लाएर परियोजना विकास सम्झौताको चरणमा पुगिसकेको परियोजनाको कार्यान्वयनतिर नलागी बीच–बीचमा ज–जसले जे भन्छ त्यसैका पछाडि दौडने गर्ने हो भने हामी कहिल्यै पनि गन्तव्यमा पुग्दैनौं।

तीन, विकासकर्तालाई प्रतिमेगावाट ५० लाखका दरले एकमुष्ट रकम उपलब्ध गराउनु उचित होइन भन्ने तर्कका सन्दर्भमा जलविद्युत्का उपभोक्तालाई भ्याट लाउने चलन रहेनछ तर विकासकर्ताले आयोजना निर्माण गर्दा प्रतिमेगावाट करिब ७० लाखदेखि ९० लाखसम्म भ्याटका रूपमा सरकारलाई बुझाउ"दो रहेछ। यस आयोजनाका प्रवर्द्धकसँग सन् २००८ मा एमओयु गर्दाको बखतभन्दा हालको समयमा भारतमा बिजुलीको भाउ कम भएको कारणले त्यस समयमा उसले अपेक्षा गरको नाफामा कमी आउने अवस्था छ। यस हिसाबले यदि विकासकर्ताले वि.सं.२०८० असार मसान्तसम्ममा व्यावसायिक उत्पादन गरिसकेको खण्डमा उल्लिखित रकम प्रोत्साहनस्वरूप उपलब्ध गराउने भन्ने सरकारी बजेटमा राखिएको व्यवस्थाअनुरूप यो राखिएको होला। वास्तवमा नेपाल जस्तो मुलुकमा खासगरी ठूलो लगानी भिœयाउन सुरुका केही वर्षमा यस्ताखालका प्रोत्साहन दिइनुलाई नकारात्मकरूपमा हेरिनुहु"दैन। त्यसमा पनि उसैले तिरेको रकमबाट फिर्ता गरिने त्यो रकमको अहिलेको मूल्य निकै कम हुने एकातिर छ"दैछ भने अर्कोतिर निर्धारित मितिभित्र उसले व्यापारिक उत्पादन सुरु गर्न नसकेको खण्डमा त्यो पाउने पनि होइन। त्यसैले आयोजना निर्माण भएपछि उसले तिरेको रकममध्ये केही अंश फिर्ता दिनुलाई ठूलो मुद्दा बनाउनुपर्ने देखि"दैन।

चार, २५ वर्षपछि त उक्त आयोजना जीर्ण भइसक्छ भन्ने अर्को एउटा तर्क पनि छ। हो, ह्रासकट्टी गरेर हेरेको खण्डमा सैद्धान्तिकरूपमा त्यस आयोजनाको सम्पत्तिको मूल्यमा तल–माथि पर्ला। तर व्यावहारिकरूपमा हेर्ने हो भने जलविद्युत् आयोजनाहरुको आयु कम्तीमा ५० वर्षदेखि १०० वर्षसम्म हुने कुरा हालसम्म नेपालमा र संसारमै सञ्चालित आयोजनाहरुको अध्ययनबाट पुष्टि भइसकेको छ। यस आयोजनाको निर्माणलाई गुणस्तरीय बनाउनका लागि पिडिएमा नै सरकार तथा विकासकर्ताले संयुक्तरूपमा हाइड्रो इन्जिनियरलगायत तीन जना पदाधिकारी नियुक्त गर्ने गरी 'प्रोजेक्ट रिभ्यु प्यानल' को व्यवस्था गरिएको छ जसको कार्यविवरण 'टिओआर' समेतको स्पष्ट व्यवस्था छ। जसनुसार यसको मुख्य काम आयोजनाको डिजाइन र निर्माण प्रविधिबारे निरन्तर अनुगमन गर्ने तथा आवश्यक निर्देशन दिने हो। यसले परियोजनाको दिगोपन, निर्माणमा स्तरीयता र कार्यान्वयन शिघ्रतामा विशेष जोड दिनेछ।

पा"च, यस आयोजनाको तल्लो र माथिल्लो तटीय क्षेत्रमा कुनै आयोजना निर्माण गर्न 'जिएमआर' को स्वीकृति लिनुपर्छ, यस आयोजनाको पिडिएसँगै कर्णाली नदीको क्षेत्रमा भारतीय एकाधिकार कायम भएको छ वा तल्लो तटीय क्षेत्रमा निर्माणाधीन अन्य जलविद्युत् परियोजना र सि"चाइ आयोजनालाई यसले नकारात्मक असर पार्छ भन्ने टिप्पणी पनि सुनिएको छ। तर यी सबै कुरा परियोजना विकास सम्झौता (पिडिए) को राम्रो अध्ययनपश्चात् सत्य होइनन् भन्ने थाहा हुन्छ। तल्लो तटीय क्षेत्रका कुनै पनि परियोजनालाई प्रतिकूल प्रभाव पार्न नहुने र त्यस्तो प्रभाव पर्ने भएमा सो रोक्नका लागि विकासकर्ताले आफ्नै खर्चमा 'रिरेगुलेटिङ ड््याम' निर्माणलगायतका अन्य उपाय अपनाउनुपर्ने पिडिएमा स्पष्ट लेखिएको छ।

यसरी यी र यस्ता कतिपय कुरामा बुझी वा नबुझी टिप्पणी भएका छन्। कतिपय विरोध 'एमओयु' का आधारमा गरिएका छन् तर पिडिए भइसकेपछि 'एमओयु' निष्त्रि्कय भइसकेको बु‰न जरुरी छ। हो, सबै विषयमा सबैको मतैक्यता नहुन सक्छ, एउटै विषयलाई फरक–फरक व्यक्तिले फरक ढंगले सोच्न, त्यसप्रति धारणा बनाउन र व्याख्या गर्न पनि सक्छन्। यस परियोजनाका सन्दर्भमा पनि यही कुरा लागु हुन्छ र यो सर्वस्वीकार्य बनेको पनि छैन होला। तर बु‰नुपर्ने र सबैले मान्नैपर्ने कुरा के हो भने सन् २००८ मा यसको प्रारम्भिक सम्झौता (एमओयु) गर्दाका बखत भएका कतिपय गम्भीर गल्ती यस पिडिएले सच्च्याएको छ। यसका लागि हाम्रो वार्ता टोलीका संयोजक र सदस्यहरुलाई हामीले धन्यवाद दिन कन्जुस्याइ" गर्नुहु"दैन।

उपसचिव, लगानी बोर्ड
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस