अनुत्तरित प्रश्न
०३ मंसिर २०६६
•
१२ मिनेट पाठ
अनुत्तरित प्रश्न
मुलुकमा देखिएका समस्यालाई बेवास्ता गरेर संगठन अघि बढ्न सक्तैन भन्ने मान्यता राखेर बीपीले सबै विषयमा धारणा राख्थे र अरू शक्तिले प्रतिक्रिया व्यक्त गर्थे। अहिले कांग्रेस प्रतिक्रियामा सीमित भएको छ।

हालै सम्पन्न महासमितिले विधानमा गरेको परिवर्तनपछि नेपाली कांग्रेस अरू दलभन्दा बढी समावेशी पार्टी बनेको छ। अब नीतिगत निर्णय गर्ने केन्द्रीय तहमा कम्तीमा ६ जना महिला, ५ जना दलित, ५ जना आदिवासी/जनजाति, २ जना मसलमानसदस्य अनिवार्यरूपमा निर्वाचित हुनेछन्। यो आरक्षित स्थानको संख्या हो। उक्त वर्ग र जातिका सक्षम कार्यकर्ता बाँकी पदमा पनि खुला प्रतिस्पर्धाबाट आउने त छँदैछ। यस किसिमको समावेशी केन्द्रीय नेतृत्व आफूलाई क्रान्तिकारी र आमूल परिवर्तनवादी भन्ने एनेकपा (माओवादी) वा नेकपा (एमाले) छैन। माओवादीको पोलिटव्यूरो वा केन्द्रीय सचिवालयमा एकजना पनि दलित छैनन्। महिलाको संख्या पनि अत्यन्त न्यून छ।

नेपाली कांग्रेस पूर्ण प्रजातन्त्रमा विश्वास राख्ने पार्टी भएकाले यसमा मुलुकका सबै समुदाय र वर्गको प्रतिनिधित्व अनिवार्य सर्त हो। कांग्रेस स्थापनाकालदेखि २००७ सालको जनक्रान्ति, ०१५ सालको चुनाव र ०१६ सालको वी.पी.को नेतृत्वको सरकारमा मधेशी, जनजाति, महिला र दलितलगायत सबै वर्ग र समुदायको प्रतिनिधित्व थियो। नेपालको शैक्षिक अवस्था, सामाजिक र राजनीतिक चेतना हेर्दा २०१०-११ सालतिर साक्षरता संख्या १० प्रतिशत पनि थिएन, स्नातकको संख्या डेढ दुई सय नाघ्दैनथ्यो। सर्वसाधारण जनतामा 'कालको ओखती छैन' र 'हुकुमको जवाफ हुँदैन' भन्ने भ्रमले जरो गाडेको थियो। त्यति बेलाको देशको सामाजिक, शैक्षिक परिवेशमा महामन्त्रीमा दलित नेता धनमान सिंह परियार र केन्द्रीय सदस्यमा देवब्रत परियारलाई राखेर कांग्रेसले क्रान्तिकारी चरित्र देखाएको थियो। महिलालाई मंत्रीपरिषद्मा पहिलो पटक स्थान दिने कांग्रेस नै हो। कांग्रेसको नेतृत्वमा भएको ०७ सालको जनक्रान्तिका मुक्तिसेनामा राई, लिम्बु, मगर, गुरुंगहरुको बाहुल्य थियो।

राजा महेन्द्रले २०१७ सालमा प्रजातन्त्रको हत्या गरेपछि भने मुलुकको राजनीति अत्यन्त कठोर भयो। राजाको राष्ट्रघाती कदमप्रति असहमत नेताहरू १०-१२ वर्षसम्म जेलमा थुनिए। राजाले आफ्नो निरंकुश शासनलाई निर्विकल्प घोषणा गरे। त्यसको विरोध गर्ने सयौं तरुण मारिए। हजारौंको जायजेथा जफत गरियो। राजनीति कठोर हुँदै गएपछि समाजको चेतनशील वर्ग अग्रस्थानमा रहेर निरंकुश व्यवस्थाविरुद्ध लड्न अगाडि सरे। त्यसले स्वाभाविकरूपमा नेतृत्वमा तिनैको वर्चस्व स्थापित भयो। निरंकुश पंचायत काल र त्यसपछि पनि मुलुकको राजनीतिमा सबै जातजाति र वर्गको समावेशी नेतृत्व बन्न सकेन। हुनत, प्रजातन्त्र पुनःस्थापनाको संघर्षमा कैयौं आदिवासी/जनजातिका नेता पनि जेल परे, सहिद भए।

महासमितिले विधान परिवर्तन गरेर आफ्नो स्थापनाकालको समावेशी स्वरूप पुनः कायम गरेको छ। त्यतिबेला समावेशी स्वरूप वाध्यता थिएन। नेतृत्वको उदार विवेकी चरित्रले संगठनले समावेशी रूप लिएको थियो। यस पटकको विधान परिवर्तनले भने समावेशी संगठन बनाउने वैधानिक वाध्यता सिर्जना भएको छ। कांग्रेसको इतिहास हेर्दा महासमितिको यस निर्णयलाई अग्रगामी फड्को वा टुटेको कडी जोड्ने प्रयास जसरी व्याख्या गरे पनि हुन्छ।

केन्द्रीय नेतृत्वको निर्वाचन हुने पद्धति विधानमा हुँदैमा कुनै राजनीतिक दल प्रजातान्त्रिक हुने होइन। आन्तरिक निर्वाचन नै पार्टीको प्रजातान्त्रिकता कसी हुँदो हो त कम्युनिष्ट पार्टीहरू सबभन्दा बढी प्रजातान्त्रिक मानिने थिए। प्रजातान्त्रिक हुन पार्टी संचालनमा आन्तरिक प्रजातन्त्र र प्रक्रिया, पद्धति र नीतिमा पनि स्पष्टता आवश्यक हुन्छ। नेपाली कांग्रेसले अब आन्तरिक प्रजातन्त्रलाई जति प्रोत्साहित गर्छ त्यसैमा उसको प्रजातानन्त्रिक चरित्र निर्भर हुन्छ। विगतको विधान एकल नेतृत्वको हुँदाहुँदै पनि वी.पी., गणेशमानजी र किशुनजीको नेतृत्वमा आन्तरिक प्रजातन्त्रको प्रश्नै उठेन। सबै जाति र वर्गको उचित प्रतिनिधित्व थियो। तर ११औं महाधिवेशनपछि आन्तरिक प्रजातन्त्र, संचालनमा पद्धति, निर्णय प्रक्रियाजस्ता विषयमा पार्टीभित्र मात्र होइन, सार्वजनिकरूपमै बहस र छलफल हुन थाल्यो। यस अवधिमा प्रजातन्त्रमाथि सर्वसत्तावादको नियोजित आक्रमण हुदाँ पनि ११औं महाधिवेशनपछि १२/१३ वटा केन्द्रीय विभागमध्ये एउटा बाहेक कुनै गठन भएनन्। परिवर्तित सन्दर्भमा पार्टीको नीति स्पष्ट पार्न प्रशिक्षणको माग देशव्यापी रूपमा हुँदा पनि त्यसप्रति नेतृत्व संवेदनशील भएन। ०७ सालको क्रान्तिले स्थापना गरेका संविधानसभाको चुनावलाई माओवादीले 'हाम्रो नारा हो' भनी एकतर्फी अपव्याख्या गर्दा पनि कार्यकर्ता त्यसको प्रतिवाद गर्नसक्ने अवस्थामा रहेनन्।

दल दर्तासम्बन्धी ऐनले राजनीतिक दलले आफ्नो वार्षीक आयव्यय अधिकार प्राप्त लेखापरीक्षकद्वारा लेखापरीक्षण गराई निर्वाचन आयोगमा बुझाउनुपर्ने वाध्यात्मक व्यवस्था गर्दा पनि कांग्रेसले आफ्नो आयव्यय व्यवस्थितरूपमा राख्ने कोषाध्यक्ष पदमा यो ५ वर्षमा कसैलाई नियुक्त गरिएन। पार्टीभित्रको यस्तै अप्रजातान्त्रिक चरित्रबाट आजित कार्यकर्ताले पार्टीको विधान समावेशी र बहुपदीय निर्वाचन पद्धतिमा जानुपर्ने आवाज उठाएका हुन्। महासमितिको गत बैठकमा बोल्ने ८० प्रतिशतबढीले विधान परिवर्तनको पक्षमा आफूलाई प्रस्तुत गरेका थिए।

महासमितिको निर्णयलाई उपलब्धिमूलक मान्दामान्दै पनि, संविधानसभा निर्वाचनमा पार्टीको लज्जास्पद पराजय, माओवादीले कब्जा गरेको घरजग्गा फिर्ता गर्ने विषय ( जुन बुँदामा प्रतिपक्षमा रहँदा कांग्रेसले संसद्को रोस्ट्रम घेरेको र तत्कालीन प्रधानमन्त्रीले फिर्ता गर्ने घोषणा गरेका थिए।)मा महासमितिमा गहन छलफल हुन सकेन। यस्तै संविधान निर्माणमा भएको ढिलाइ, राज्यको पुनःसंरचना, प्राकृतिक स्रोत साधनको बाँडफाँट, माओवादी आन्दोलन, तराई र पूर्वी पहाडमा क्रियाशील सशस्त्र समूहका गतिविधि, आन्तरिक मामिलामा विदेशीको अनावश्यक चासोलगायतका समसामयिक विषयमा कांग्रेसको स्पष्ट धारणा बनाउन गहन गर्न भने महासमितिले सकेन। मुलुकका सामु देखा परेका यी चुनौतीका बारेमा स्पष्ट धारणा लिएर महासमिति सदस्य आआफ्नो जिल्ला फर्कन पाएका भए कार्यकर्ता र पार्टीका शुभेच्छुक अझ उत्साहित हुने थिए।

संशोधित विधानले परिकल्पना गरेको चुस्त र परिवर्तनको संवाहक नेपाली कांग्रेस बन्ने अवसरको सदुपयोग गर्न नेतृत्व चुक्यो। अहिले सामान्य कार्यकर्ताका यक्ष प्रश्न यिनै हुन्। यी प्रश्नको सही उत्तर नखोजी कांग्रेस अगाडि बढ्न सक्दैन। मुलुकका सामु देखा परेका समस्यालाई छलेर वा बेवास्ता गरेर संगठन अघि बढ्न सक्तैन भन्ने वी.पी.ले स्थापित गरेको मान्यता र परंपरा पनि हो। देशका जल्दाबल्दा समस्यामा वी.पी. स्पष्ट धारणा राख्नुहुन्थ्यो। अरू दलले त्यसमा प्रतिक्रिया जनाउदथे। अहिले कांग्रेस अग्रसर नभए गलत तत्वले फाइदा उठाउँछन् भन्ने उदाहरण मधेश आन्दोलन हो। समयमै सही धारणा बनाउन नसक्दा भोट बैंकका रूपमा रहेको मधेश कांग्रेसको हातबाट गयो। मधेश र पहाडमा हाल देखा परेका समस्याप्रति समयमै स्पष्ट धारणा नबनाउने हो भने बाँकी पनि गुम्नेछ।
यति कमी कमजोरी रहँदारहँदै पनि महासमितिले गरेका निर्णय कांग्रेसको संगठनका लागि कोसे ढुंगा हुनेछ। व्यापक जनाधार भएको सबभन्दा पुरानो प्रजातान्त्रिक पार्टीको संगठनमा आन्तरिक प्रजातन्त्रको अभ्यास र संगठन समावेशी हुनुले मुलुकको समग्र राजनीतिमा गुणात्मक परिवर्तन ल्याउनेछ। अहिलेसम्म नेतृत्वको उच्च तहमा पुग्न नसकेका महिला, दलित आदिको उल्लेख्य समावेशसहित नयाँ ऊर्जाका साथ नेपाली कांग्रेस अघि बढ्न सक्यो भने नै मुलुकमा स्थायी शान्ति र प्रजातन्त्रको संस्थागत विकास हुनेछ।
अर्को समाचार
संसदमा अनुत्तरित नै रहे यी प्रश्न
१६ फागुन २०७५
•
२ मिनेट पाठ
संसदमा अनुत्तरित नै रहे यी प्रश्न
काठमाडौं – प्रतिनिधिसभाको १६ गते बिहीबार(आज) बस्ने बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीसँग प्रश्नोत्तर कार्यक्रम तय गरिएको थियो। पर्यटनमन्त्रीसँग ३ जना सांसदले मौखिक प्रश्न सोध्नका लागि नाम टिपाएका थिए। प्रमुख प्रतिपक्ष दल कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका साथै अन्तर्राष्ट्रिय उडानका लागि हवाई मार्ग थप गर्ने सम्बन्धमा के कस्तो प्रगति भएको छ भन्ने प्रश्न थियो।

उनले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको निर्माण कार्य कहिलेसम्म पूरा हुन्छ भन्ने प्रश्न पनि सोध्ने तयारी गरेका थिए। कांग्रेस कै सांसद दिलेन्द्रप्रसाद बडूले दार्चुला जिल्लाको गोकुलेश्वर एयरपोर्ट कहिलेदेखि पुनः सञ्चालन गर्ने कार्यक्रम छ भन्ने प्रश्न सोध्ने तयारीमा थिए।

कांग्रेस सांसद् रामबहादुर विष्टले प्रदेश ७ को पर्यटकीय क्षेत्र खप्तड वडिमालिका, रामारोशन र तितौडालाई विदेशी पर्यटकहरुलाई आकर्षित पार्नका लागि थप कार्ययोजना के छ भन्ने प्रश्न सोध्ने तयारी गरेका थिए। उनको अर्को प्रश्न अछाम जिल्लाको कमलबजार एयरपोर्ट सञ्चालन सम्बन्धमा सरकारको तयारी के छ भन्ने थियो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस