पहिचान अर्थात् आत्मसम्मान
०३ मंसिर २०७१
•
१४ मिनेट पाठ
पहिचान अर्थात् आत्मसम्मान
यो जितः न जिगुः देश यो
तर, जि मखं जिगु देश ग्वः?
(मन पर्छ मलाई पनि मेरो देश
तर, मैले देखिनँ, मेरो देश खोइ?)
–दुर्गालाल श्रेष्ठआफ्नो उपस्थिति नभएको कुनै पनि कुरामा मान्छेले स्वामित्वबोध गर्न सक्दैन। मलाई प्रभावित गर्ने कुनै निर्णय प्रक्रियामा जब मलाई नै संलग्न गराइँदैन, त्यस्तो निर्णय खुसीसाथ मान्न म तयार हुन सक्दिनँ। आदिवासी जनजातिले पहिचान खोजेको त्यो निर्णय खुसीसाथ मैले पनि पालना गर्ने वातावरण बनाऊ, त्यसका लागि निर्णय प्रक्रियामा मलाई पनि संलग्न गराऊ भनेका हुन्। महात्मा बुद्धले भनेका छन्, आफ्नो नाथ तिमी आफैँ हौ। जनजातिले मलाई पनि आफ्नो नाथ आफैँ बन्न देऊ भनेका हुन्।
प्रश्न उठाइन्छ, त्यसो भए किन चाहियो राज्यको नाम नेवाः, लिम्बुवान, मगरात, किरात, मिथलिा, कोचिला? प्रश्न ठीकै हो। सारा अधिकारको ग्यारेन्टी हुने हो भने नामै सबैभन्दा ठूलो कुराचाहिँ होइन। तर, यो भाषा, संस्कृति र राज्य संरचनाका अंगहरूबाट इतिहासदेखि नै वञ्चित गरिएको घटनाको सामान्य क्षतिपूर्ति स्वरूप खोजिएको आत्मसम्मान हो। त्यसले अन्य समुदायलाई कुनै असर नपार्ने ग्यारेन्टी खोज्न सकिन्छ। त्यसो भए इतिहासदेखि वर्तमानसम्म सबैभन्दा पीडित दलितको अधिकार खोइ त? यस्तो प्रश्न पनि उठाइन्छ जुन अत्यन्त जायज छ। मलाई सोध्नुहुन्छ भने सकारात्मक विभेदका आधारमा मधेसी दलित महिलालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ। त्यसपछि पहाडी दलित महिला। त्यसपछि मधेसी दलित पुरुष र त्यसपछि पहाडी दलित पुरुष? सोच्नुस् त, यस देशमा दलित हुनु, त्यसमाथि मधेसी र महिला हुनु कति पीडादायक छ! स्मरणीय छ, पहिलो संविधान सभाले दलित, मधेसी र महिलाका पक्षमा परिवर्तनकारी प्रावधानहरू राखेको छ जसको स्वामित्व दोस्रो संविधान सभाले लिने भएको छ। मुख्य कुरा, ती अधिकारहरू कतै कटौती नहोऊन् न्यायप्रेमी सबै जना सचेत हुनुपर्छ। राज्य पुनर्संरचना आयोगले दलितका लागि गैरभौगोलिक प्रदेशको समेत परिकल्पना गरेको थियो। यो दलितका लागि स्वशासनको परिकल्पना हो। पहिचानको कुराचाहिँ अलि बढी भाषिक, सांस्कृतिक र शासन प्रक्रियामा संलग्नताका कुरा हुन्।
इतिहासको नीलडाम 
प्राध्यापक माणिकलाल श्रेष्ठका अनुसार १९९७ सालको काण्डमा पक्राउ पर्नेमा केही यस्ता व्यक्ति पनि थिए जसको संलग्नता राजनीतिसँग थिएन। नेपाल प्रजा परिषद्ले गरेको राणाविरोधी आन्दोलनका क्रममा कतिलाई जन्मकैद, कतिलाई फाँसी र कतिलाई देश निकाला गरियो। नेवार समुदायका केही व्यक्ति भने विशुद्ध भाषासेवाका कारण पक्राउ परेका थिए। नेपालभाषामा कविता संग्रह निकालेको निहुँमा चित्तधर हृदयलाई छ वर्ष कैद र नेपालभाषामै ‘वर्षा' शीर्षक आपत्तिजनक कविता लेखेको भन्दै सिद्धिचरण श्रेष्ठलाई १२ वर्ष कैद सजाय सुनाइयो। फत्तेबहादुर सिंहले त आफूले मात्र लेखेको नभई सबैको कविता जम्मा गरेर नेपालभाषामा कविता संकलन निकालेकाले जन्मकैद र सर्वस्वहरणको सजाय सुनाइयो।
श्रेष्ठका अनुसार पञ्चायतकालमा ०२६–०२७ सालतिर राजदरबारबाट रेडियो नेपाललाई एउटा आदेश आयो, अबदेखि नेवारी र मैथिली भाषाका विज्ञापनहरू प्रसारण नगर्नू। त्यसको पालना गर्दै होन्डाको नेपाली एजेन्ट ज्योति ब्रदर्सबाट आएको नेवारी विज्ञापन ‘दिन मिल्दैन' भनेर फर्काइयो। त्यसअघि जापानी भाषामा आउने त्यही विज्ञापन वषर्ौँदेखि रेडियो नेपालमा बजिरहेको थियो। यसरी रेडियो नेपालमा विदेशी भाषाका विज्ञापन बजिरहे, नेपालभाषा र मैथिलीका विज्ञापनमाथि प्रतिबन्ध लाग्यो। विसं २०४२ सालमा लोकसेवा आयोगका राजपत्रांकित कर्मचारीहरू माथिल्लो श्रेणीमा पदोन्नति हुँदा एमए र पीएचडी गरेबापत अंक थपिन्थ्यो। यो सुविधाबाट नेपालभाषा र मैथिलीमा एम र पीएचडी गर्नेलाई वञ्चित गरियो। संसारकै ठूला मानिएका एक जना भाषाविद् सुनीतिकुमार चटर्जीले लेखेका रहेछन्, ‘काठमाडौँ उपत्यकामा नेवारी भाषा १९०० वर्षअघिदेखि बोलिएको प्रमाण छ। त्यसअघि सायद तामाङ र नेवारी भाषाको एउटै पूर्वज थियो।' यही भाषालाई लिच्छवी कालमा मान्यता दिइएन।
पृथ्वीनारायण शाहको शासनकाल १८२५ देखि १९६२ को चन्द्रशमशेरको शासन रहेको १९६२ अर्थात् १३७ वर्षसम्म कानुनी कागजात नेपालभाषामा लेख्ने चलन थियो। चन्द्रशमशेरले १९६२ सालमा आदेश दिए, ‘अबदेखि नेवारीमा लेखिएका तमसुक र बडापत्रहरू अदालतमा प्रमाण नलिनू।' यसको केही वर्षपछि उनै चन्द्रशमशेरले अर्को आदेश फर्मान गरे, ‘नेवारलाई सेनामा नछिराउनू, तामाङलाई सेनामा पिपाबाहेक अरु जागिर नदिनू।' २०१५ सालको संविधान आइनसक्दै तत्कालीन काठमाडौँ नगरपालिकामा नेपालभाषालाई म्युनिसिपल भाषाका रूपमा प्रयोग गर्दा कुनै बाधा भएन। २०५६ सालमा काठमाडौँ महानगरपालिकाले नेपालभाषालाई र राजविराज नगरपालिका तथा धनुषा जिविसले मैथिलीलाई कामकाजको भाषाका रूपमा प्रयोग गरे। स्मरणीय छ, तिनले ती भाषा नजान्नेलाई नेपाली प्रयोगमा कुनै रोक लगाएका थिएनन्। तर, सवोच्च अदालतले २०५६ जेठ १८ गते नेपालभाषा र मैथिली प्रयोग नगर्नू भनी रिट आदेश जारी गर्योस। परराष्ट्रलगायत कतिपय मन्त्रालयले अंग्रेजी भाषालाई पनि निर्बाध कामकाजको भाषा बनाएका छन्। कतिपय सरकारी विज्ञापन अंग्रेजीमा छापिन्छन्। तर, ०४७ को संविधानले राष्ट्रिय भाषाको मान्यता दिएका भाषाहरूमाथि किन यस्तो होचोअर्घेली? यसको जबाफ आजसम्म कतैबाट आएको छैन। 
जुद्ध शमशेरले १९९७ सालमा भाषासम्बन्धी सर्भे गराए। म्याकमिलनले गरेको त्यस सर्भेअनुसार नेपालमा सबैभन्दा बढी तामाङभाषी, त्यसपछि मैथिलीभाषी बल्ल नेपालीभाषी थिए। जाति र धर्ममा नबाँडिएका तामाङहरू जुर्मुराए भने राजधानी खत्तम गर्न सक्छन्, यिनीहरूलाई उठ्न दिनु हुँदैन भनेर राणाहरूले दमन नीति लिएका थिए। राणाहरूले भीमफेदीदेखि काठमाडौँसम्म मोटर बोकाएर ल्याउँदा तामाङहरूलाई खानाबाहेक ज्याला दिइन्नथ्यो। उनीहरू आफ्नो दरबारबाट भरसक राम्री तामाङ, नभए मगर युवतीलाई बेच्थे। जंगबहादुर राणाले ल्हासाको वकीललाई लेखेको एउटा चिठी यस्तो थियो, ‘दुई जना केटी पठाइएको छ। सकभर तिनीहरूलाई ल्हासाबाहिर बढी पैसा आउने ठाउँमा बेच्नू, नभए ल्हासामा बेचेर पैसा पठाइदिनू।'
जनजाति अधिकारकर्मी दुर्गाहाङ याख्खा राईका अनुसार जंगबहादुर राणा प्रधान मन्त्री बनेपछि गैरहिन्दु किरात समाजका अगुवा रामलीहाङ र रिदामाको हत्या गरी त्यही समाजमा जबर्जस्ती दसैँ मान्न लगाइयो। युवा समाजशास्त्री सुरेश ढकालका अनुसार पृथ्वीनारायणले काठमाडौँ जितेपछि गोरखाली राज्यको शान भरथेग गर्न विशेष राजनीतिक महत्वसाथ दसैँ भित्र्याइएको हो। हनुमान ढोकामा भित्र्याउन गोरखा दरबारबाट फूलपाती ओसार्ने र बढाइँ गर्ने चलनले यसैलाई पुष्टि गर्छ। गोरखाली शासकले लिम्बुवान कब्जा गरेपछि लिम्बूले पनि दसैँ मान्नुपर्ने, देवीलाई बलि दिनुपर्ने अन्यथा राजाज्ञा उल्लंघन गरेको ठहरिन्थ्यो। दसैँ मानेको प्रमाणस्वरूप लिम्बूहरूले बलि दिइएका पशुको रगतको पञ्जाछाप भित्तामा राख्नुपर्थ्यो। सरकारी बडाहाकिमहरू निरीक्षणका बेला आउँदा देखाउन यस्तो चलन चलाइएको थियो। खोज्दै जाने हो भने अन्य जनजातिमाथि भएका यस्ता दमनको सूची अनेक भेटिन्छन्। 
नामबाट क्षतिपूर्ति
खस क्षत्री–बाहुनहरूले शासकबाट यस्तो दमन भोग्नु परेन। यो सौभाग्य हो। त्यसले गर्दा उहाँहरूको भाषा सबै नेपालीको भाषा र संस्कृति सबै नेपालीको संस्कृति हुन पुगे। शासन प्रक्रियामा त ऊ बेलैदेखि उहाँहरू संलग्न हुनुहुन्थ्यो। साझा भाषा र साझा संस्कृतिको सुविधाले उहाँहरू शिक्षा र अन्य प्रतिस्पर्धामा अगाडि पर्नु स्वाभाविक भयो। अनि उहाँहरूको प्रभुत्व उत्तराधिकारकै रूपमा कायम रह्यो। आफ्ना मातृभाषामा अभ्यस्त भएर खस–नेपाली भाषामा शिक्षा लिनुपर्दा जनजातिहरू परिणाममा पछाडि परे। शिक्षामा पछाडि परेपछि त्यसको प्रतिच्छायाँ प्रशासन र राज्य संरचनामा देखिने नै भयो। 
आदिवासी जनजातिले इतिहासमा भएको दमनको प्रतिशोध लिन खोजेका होइनन्। उनीहरूले भनेको यति हो, ‘हामी तपाईँलाई हटाउन होइन, तपाईँसँगै उभिनमात्र आएका हौँ। इतिहासमा हामीमाथि भएको अन्यायको सामान्य क्षतिपूर्ति स्वरूप हाम्रो बाहुल्य भएको ठाउँमा हाम्रै जातिको नामबाट राज्यको नाम रहन दिनुस्, तपाईँको बाहुल्य भएको ठाउँमा त्यहीअनुसारको नाम रहोस्। अब हामीलाई नपन्छाउनुस्।' कांग्रेस, एमाले र खस समुदाय शंकित भएको विषय हो, अग्राधिकारको व्यवस्था। त्यसलाई हटाइदिए फरक पर्दैन। सम्बन्धित राज्यमा अन्य जातिको बसाइँ सराइलाई निषेधित नगर्ने ग्यारेन्टी पनि पहिल्यै गरिदिए हुन्छ। यति हुँदा पनि नाम स्वीकार्न नहुने के छ? नेवारहरूको बिस्केट जात्रा, गाईजात्रा, पुलुकिःसी, ये याँ, पाहाँचह्रे हेर्न रमाइलो हुने, ऐला, छोयला, समयबजी, तखा, सन्या खुन्या, पन्च क्वा स्वादिलो मान्न सकिने तर राज्यको नाम नेवाः स्वीकार्न केले छेक्छ? के यो ज्यापुको बाहुल्य भएको ठाउँलाई ज्यापुगाउँ, बस्नेतको बाहुल्य भएको ठाउँलाई बस्नेत गाउँ भनेजस्तै होइन र? मनको ढोकालाई अलि उदारतापूर्वक खोलेर उनीहरू पनि मसरह हुन् भन्ने आत्मसात गर्न सके यो अत्यन्त सामान्य कुरा हो। कांग्रेस–एमालेले शान्ति प्रक्रियाअन्तर्गतका सारा सम्झौता पाखा लगाएर के गर्न खोजेका हुन्?
अर्को समाचार
थरुहट आन्दोलनमा सरकार मौन
१२ भदौ २०७२
•
७ मिनेट पाठ
थरुहट आन्दोलनमा सरकार मौन
आत्मसम्मान, पहिचान, न्याय र अधिकारका लागि थरुहट/थारुवान संयुक्त संघर्ष समितिको आह्वानमा भइरहेको संघर्षको कार्यक्रम तेस्रो सातामा प्रवेश गरिसकेको छ। अनिश्चितकालीन आमहडतालले थरुहट तराईको जनजीवन निकै कष्टकर बनाउँदै गएको छ।आन्दोलन चरम उत्कर्षमा पुगिसकेको देखिन्छ तर राज्य सरकार उनीहरुको मागप्रति मौन छ। कैलाली मुनुवाको चिलिम चौराहामा भएको अत्यन्तै दुःखदायी घटनाले मुलुकलाई शोक स्तब्ध बनाएको छ। यो घटना के/कसरी भयो? निश्पक्ष छानबिन तथा अनुसन्धान भयो भने सत्यतथ्य आउने नै छ। आउँदा दिनमा यसप्रति सबैले संवेदनशील भई उच्च सतर्कता अपनाउन जरुरी छ। यस घटनालाई आधार बनाएर सरकारले तराईका केही जिल्लालाई दंगा क्षेत्र घोषणा गरी निषेधाज्ञा जारी गर्दै सेना परिचालन गरेको छ। यो कदम समस्याको स्थायी समाधान होइन। '.अधिकारका लागि उत्रिएकामाथि सरकारको यस किसिमको अदूरदर्शी निर्णयले मुलुकलाई झनै हिंसात्मक एवं द्वन्द्वात्कम मुठभेडको अवस्थामा लैजादै हुन सक्छ।

यस्तो अवस्थामा अझै पनि विभिन्न व्यक्तिको घर, व्यापारिक केन्द्रहरु छानी/छानी तोडफोड एवम् आगजनी भइरहेको छ। सम्पत्ति लुटपाट गरिँदैछ। सर्वसाधारण बर्बर दमनबाट त्रसित छन्। पहिचान विरोधी अराजक तत्वहरुबाट भएका यस्ता घटना बढ्दो छ। मानिस एकअर्काप्रति भयभित छन्। एवम् त्रसित वातावरणमा छन्। चयनसँग सुत्न सकेका छैनन्। कतिपय त विस्थापितसमेत हुनुपरेको छ। मानव अधिकारवालाको ध्यान पनि पुग्न सकेको छैन।

थारुहरुको आन्दोलन भड्काउन, कमजोर बनाउन, निश्तेज पार्न शासकहरु तथा नेताहरु नै लागेका आरोप पनि छन् तर यसको न पुष्टि हुन्छ न त आरोपीले स्पष्टीकरण नै दिएका छन्। अपुष्ट, तथ्यहीन, निराधार कुराहरुलाई प्रचारात्मक शैलीमा प्रस्तुत गरेर घटनालाई अतिरञ्जित बनाउनु गृह प्रशासनको शोभनीय कदम कदापि हुँदैन। नेताहरुले सामाजिक सद्भावमा खलल पुग्नेगरी बोल्ने शैली अविलम्ब बदल्नुपर्छ। थारुले उठाएका माग कुनै नया" नभएको र विगतमा थरुहट आन्दोलनकर्मीसँग सरकारले सहमति पनि गरिसकेकाले यो माग पूरा गर्न हिच्किचाउनुपर्ने कारण देखिन्न।

थारुहरुले तीन दलका शीर्ष नेताहरुको अपवित्र सहमतिको घोर विरोध गर्दै पश्चिमको थरुहट/थारुवान जिल्ला कञ्चनपुर, कैलाली थरुहट प्रदेशमा हुनुपर्ने, थरुहट तराईका सबै जिल्लासहित चुरे क्षेत्र समेटेर प्रदेश निर्माण गरिनुपर्ने, हिमाल, पहाड, तराईको भूगोल समेटेर बनाइएको सात प्रदेश कुनै पनि हालतमा स्वीकार नहुने, जातीय जनसंख्याका आधारमा संघीय व्यवस्थापिका र प्रदेश सभाको सदस्य संख्या एवं निर्वाचन क्षेत्र निर्धारण गरिनुपर्ने, अन्तिरम संविधान २०६३ को धारा १३८ मा भएको व्यवस्था, संविधान सभाले निर्धारण गरेको पहिचानका पाँच र सामर्थ्यका चार आधार, जसलाई दोस्रो संविधान सभाले सर्वसम्मतिले स्वामित्व ग्रहण गरेको, चार शीर्ष नेताहरुले गरेको सोह्र बुँदे सहमतिमा उल्लिखित प्रदेश सीमाङ्कनको आधारमा राज्यकको पुनर्संरचना हुुनुपर्ने माग अघि सार्दै आएका छन्। ऐतिहासिक जातीय पहिचानमा आधारित संघीय राज्यको पुनर्संरचना गरी उत्पीडितहरुको जातीय स्वशासन, स्वायत्तता, आत्मनिर्णयको अधिकार, पूर्ण समानुपातिक समावेशी प्रतिनिधित्व र रोजगारीको सुनिश्चित्तता, धर्म निरपेक्षतालगायत विगतमा सरकारले थरुहट आन्दोलनकर्मीसहित पहिचान पक्षधरहरुसँग गरेका विभिन्न सहमति सम्झौतालाई संघीय नया" नेपालको संविधानमा संवोधन गरिनुपर्ने माग पनि उनीहरुको छ।

उनीहरुले उठाएको ऐतिहासिक पृष्ठभूमिका आधारमा जातीय पहिचानसहित अधिकार सम्पन्न थरुहट स्वायत्त प्रदेशको मागलाई कमजोर बनाउन पहिचान विरोधीहरुले सुनियोजितरुपमा .'जातीय राज्य' बनाउन खोज्ने, उक्साहट र परिचालित आन्दोलन हो भन्ने जस्ता दुष्प्रचार गरिरहेका छन्। वास्तवमा पहिचानसहितको संघीयता भनेको जातीय राज्य होइन, यो त सदियौं वर्षदेखि उत्पीडनमा पारिएका जाति/समुदायको अधिकार र मुक्तिको कुरा हो। नेपालमा सदियौं वर्षदेखि चल्दै आएको एकल जातीय राज्यलाई सबै जातिको साझेदारी भएको सङ्घीय राज्यमा बदल्ने र उत्पीडित राष्ट्रियताहरूलाई कदर गर्ने र बलियो पार्ने कुरा हो। यसर्थ अहिले भइरहेको आन्दोलन जातीय नभई राष्ट्रिय मुक्ति आन्दोलन हो। यसबारे स्पष्ट हुन जरुरी छ।

सरकारले अहिले शान्ति सुरक्षाको नाममा दंगा क्षेत्र घोषणा गर्दै सेना परिचालन गर्ने तथा निषेधाज्ञा जारी गर्नु अन्तरिम संविधान र लोकतान्त्रिक मूल्य/मान्यताको पूर्ण उपहास गर्दै मानव अधिकारसम्बन्धी राष्ट्रिय/अन्तर्राष्ट्रिय सन्धि सम्झौताले प्रदत्त गरेको अधिकार विपरित छ। अधिकारका लागि आमनेपाली जनसमुदायले सभा, जुलुस, आमसभा, विरोध सभा, धर्ना, र्याेली गर्न पाउनु मानव अधिकारको नैसर्गिक अधिकार नै हो। त्यसैले सेना फिर्ता बोलाएर थारुका माग पूरा गर्नुपर्छ।

सचिव, थरुहट तराई पार्टी नेपाल
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस