भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी काठमाडौंमा हुने अठारौँ सार्क सम्मेलन आउँदा नेपालका केही धार्मिक स्थलको भ्रमण गर्न चाहन्थे। नेपालमा धार्मिक पर्यटन प्रवर्धनका लागि मोदीको भ्रमण महत्वपूर्ण हुनेमा विवाद छैन। प्रधानमन्त्री मोदी राजधानीबाहिर मुक्तिनाथ, लुिम्बनी र जनकपुरको रामजानकी मन्दिर प्रधानमन्त्री मोदी भ्रमण गर्न चाहन्थे।जनकपुर त्रेतायुगमा राजा जनककी छोरी सीता र रामचन्द्रको विवाह नगरी हो। राम र सीता प्रणयसूत्रमा बाँधिएका विवाह पञ्चमीको तिथिमितिसँगै सार्क सम्मेलन जुरेको अवसरलाई संघ प्रचारक रहिसकेका मोदीले गुमाउन चाहेनन्। र जनकपुरलगायत अन्य धार्मिक स्थलमा मोदीको भ्रमण तय भयो।
नेपालको राजनीति बेग्लै छ। नेपाली नेताहरूलाई सबै विषयमा झगडा र राजनीति गर्ने रोग लागेको छ। विवाहपञ्चमीको पूजापाठ पछि रामजानकी मन्दिर प्राङ्गणमै भारतका प्रधानमन्त्रीले सम्बोधन गर्ने कि राजनीतिक सभा समारोह हुने बाह्रबिघा मैदानमा भन्ने जनकपुरमा सत्तापक्ष र विपक्षबीचको विवादले चरमरूप लियोे। अझ सत्तारुढा नेकपा (एमाले) यस प्रकरणमा विपक्षीजस्तै देखिन पुग्यो। जनकपुरमा उठेको यो विवादले कोइराला मन्त्रिपरिषद्समेत विभाजित भयो र झन्डै ७२ घन्टा नेपालको राजनीति यही विवाद र आरोप प्रत्यारोपमा अलमलियो। उता यही समय पश्चिम नेपालमा सडक दुर्घटनामा परेर करिब पचास यात्रुले जल समाधि लिए। यत्रो भयावह त्रासदी सामान्य घटनाजस्तो हुनपुगेको छ अहिलेको नेपालमा।
भारतका प्रधानमन्त्रीले जनकपुरमा सम्बोधन गर्ने ठाउँको विवाद मिलेन र नेपालका तीनवटै धार्मिकस्थल जाने उनको कार्यक्रम रद्द भयो। हुनत, भारत सरकारले भ्रमण रद्दको हुनुको दोष नेपालको राजनीतिक खिचातानीलाई दिन चाहेन र अमूर्त कारण अगाडि सारिदियो। कूटनीतिमा प्रयोग गरिने असन्तोष र असन्तुष्टिका वक्तव्य यस्तै नै हुनेगर्छन्। सत्तापक्ष र विपक्षबीच मोदीको भाषण स्थलमा मात्र विवाद रहेको होइन यही विषयलाई लिएर नेपालका नेताले क्षुद्र र स्वार्थी राजनीतिक खेल भएको पनि भारतीय पक्षबाट लुक्न सकेन।
नेपालको राजनीतिक दलका नेताको छुचोपन र दम्भी स्वभावका कारण मोदीको उपत्यकाबाहिरको धार्मिक भ्रमण रद्द हुनुलाई अस्वाभाविक ठान्नुहुँदैन। नेपालका नेतामा सहमतिबाट देश र जनताको छवि सुधार्ने हैसियत देखिँदैन। यही कारण संविधान निर्माणजस्तो कार्य पनि झन्डै आठ वर्षदेखि बेवारिस भएको छ। यसपटक भारतका प्रधानमन्त्री मोदी नेपाली राजनीतिमा हुर्केको असहिष्णु संस्कारको चपेटामा परे। यद्यपि मोदीको धार्मिक भनिएको भ्रमणमा राजनीतिक उद्देश्य लुकेको चाहिँ उनले जनकपुरको बाह्रबिघा मैदानमै त्यस भेगका जनतालाई सम्बोधन गर्न देखाएको इच्छावाट सजिलै बुु‰न सकिन्छ। अर्थात्, भारतीय प्रधानमन्त्री मोदी पनि सार्क सम्मेलनभन्दा बाह्रबिघाको सम्बोधनलाई नै बढी महत्व दिएको देखाउन चाहन्थे ।
सार्कको इतिहास तीन दशक लामो छ। तर यस संगठनले आफ्नो औचित्य अझै स्थापित गर्न सकेको छैन। विश्वमा सार्कजस्तो क्षेत्रीय स्तरको अप्रभावकारी संगठन बिरलै होला। धर्म, संस्कृति, सभ्यता, भाषा, पहिरन, आकार र अर्थतन्त्र धेरै विषयमा सार्क राष्ट्रबीच भिन्नता छ। त्यतिमात्र होइन सामरिक सोच र ऐतिहासिक सम्बन्धहरूमा पनि सार्क राष्ट्रबीच मिलन विन्दु भेट्न सहज छैन। पूर्वी एसिया , युरोप र ल्याटिन अमेरिकाको देखासिकी गरेर सार्कको स्थापना गरिएको थियो। नक्कलमात्रले संगठनले जीवन्तता पाउँदैन। सार्क राष्ट्रबीच साझा सोच र दृष्टिकोण चाहिन्छ। र, सार्क राष्ट्रमा यही सोच र विचार रहने हो भने जीवन्तता पाउन अझै एक सय वर्ष लाग्नसकिन्छ। अझ चीनले समेत सार्कमा प्रवेश गरेर र विस्तारित भूमिका खोज्न थालेकाले सार्क राष्ट्रहरू बिस्तारै चीन र भारतबीच धु्रवीकृत हुँदैजाने देखिन्छ। अर्थात्, सार्कको खासै राजनीतिक, आर्थिक र सामाजिक भूमिका तथा उपादेयता देखिँदैन।
भारतका प्रधानमन्त्री मोदीलाई सार्क शिखर सम्मेलनको उपदेयता र प्रभावकारिताको जानकारी नहुने कुरै भएन। सरकार प्रमुखहरू सार्कका नाममा एक ठाउँमा भेला हुन्छन्। भेटघाट र भलाकुसारी गर्छन्। केही अमूर्त घोषणा पनि गर्छन् र बिदा हुन्छन्। तर पनि किन हो कांग्रेस–एमालेको संयुक्त सरकारका पदाधिकारीलाई भने सार्क बारे अझै ठूलै भ्रम रहेको बुझियो, देखियो। त्यसैले त विगत दुई महिनादेखि सरकार काठमाडौं उपत्यकालाई सिंगारपटार गर्न लागिपरेको छ, अर्बौ रुपियाँ खर्च गरेर। यत्रो खर्चवाट भएको सिंगारपटार केही समय टिक्न सके देशभित्र र बाहिर बस्ने गरिब नेपाली जनताको करको सदुपयोग भएको मान्न सकिन्थ्यो। तर कामको गुणस्तर हेर्दा अवस्था उत्साहप्रद छैन।
एकातिर नेपाली जनताको करबाट उठेको पैसा सार्क देशका सरकार प्रमुखहरूलाई देखाउने नाममा उपत्यकामा जथाभावी खर्च भइरहेको छ अर्कातिर, सार्ककै नाममा सामान्य जनताले सास्ती पाएका छन्। यस्तो सास्ती एक्काइसौं शताब्दीको राष्ट्रमा कल्पना पनि गर्न सकिँदैन। तर हामी नेपाली नागरिक भने यस्तो सास्ती बेहोर्न वाध्य छौँ। दसैँ, तिहार र छठपर्वको लामो बिदाबाट मुक्ति पाएको विकास प्रशासनले अब विकास कार्यक्रममा बजेट खर्च सुरु गर्ला भन्ने अपेक्षा थियो, सार्क बिदाले त्यो अझ पर सर्योा। विद्यालय, विश्वविद्यालयमा बिदा, सडकमा नहिँड्न नगुड्न उर्दी, एउटैमात्र अन्तर्राष्ट्रिय विमानस्थल पनि नचल्ने अवस्थामा पुर्यायइएको छ। अर्थात्, देश नै ठप्प पारिएको छ। सार्क सम्मेलन गर्न लोकतन्त्र पुनर्स्थापनाको अढाइ दशकपछि उपत्यकालाई सर्वत्र ठप्प गर्नुपर्ने अवस्थामा पुग्नुपर्ने अवस्थाका लागि को जिम्मेवार हो?
काठमाडौं उपत्यका ठप्प हुँदा देशै ठप्प हुन्छ। किनभने नेपालमा केन्द्रीकृत शासन व्यवस्था छ। उता उपत्यकाबाहिर पनि मोदी भ्रमण रद्द हुनपुगेको कारण सप्तरीदेखि कपिलवस्तुसम्मका तराईवासीमा सरकारप्रति रोष उत्पन्न भएको देखिएको छ। प्रधानमन्त्री मोदी पनि पक्कै असन्तुष्टै होलान्। विश्वभर सार्वजनिक भाषण गरेर लोकप्रिय बन्दै गएका मोदीलाई नेपालमा 'ब्रेक' लाग्यो। एकातिर तराईका जनता रुष्ट भए अर्कोतिर भारतका प्रभावशाली प्रधानमन्त्रीले पनि अप्रशन्न मनले नेपालको धार्मिक यात्रा रद्द गरे। यस्तो अवस्था उत्पन्न हुनुको मूल कारण कोइराला सरकारको वैदेशिक कूटनीति हल्का हुनु नै हो। यसको परिणाम आगामी दिनमा पक्कै सहज हुनेछैन।
प्रधानमन्त्री मोदीलाई पहिलो नेपाल भ्रमणबाट तराईका नेताहरू खासगरी पहिचान र अधिकार पक्षधर भनिएको समूह प्रसन्न नभएको राम्रै थाहा थियो। मोदीले नेपालको संसद्मा सभासद्हरूलाई सम्बोधन गरेको केही सातापछि नै दिल्लीमा यस्तो अप्रशन्नताको सामना गर्नुपरेको सुनिएको छ। तराईको त्यही लबी मोदीलाई जनकपुर पुर्यााएर बाह्रबिघामा सम्बोधन गराई आफ्नो हैसियत बढाउन चाहन्थ्यो। यस प्रकरणमा नेपालको तराईका नेता र व्यापारी घरानाबीच मात्र होइन, उत्तर भारतको क्षेत्रीय राजनीतिमा हैसियत बनाएका आर्थिक र राजनीतिक शक्तिबीचसमेत गठबन्धन भयो। र, यही प्रभावमा मोदीलाई बाह्रबिघा मैदानमा भाषण गर्नैपर्ने भएको थियो। मोदी यस पटक तराईमा राजनीति गर्न आउँदै थिए। उनको राजनीतिबाट नेपालको संविधान निर्माणमा प्रक्रियाभन्दा सहमतीय पद्धतितर्फ उन्मुख हुने चर्चा राजनीतिक वृत्तमा भएको सुनिन्थ्यो । यसैको भित्री जानकारी पाएका कांग्रेस एमाले नेता मोदीको बाह्रबिघाको भाषण कार्यक्रमबाट तर्सिएका थिए।
प्रधानमन्त्री मोदीको जनकपुर भ्रमण रद्द हुँदा अहिले नेपालको सरकार र विपक्षी दुवैलाई विजय हासिल गरेको मानसिकता हुनसक्छन। नेपाल सरकार भारतका प्रधानमन्त्री आफ्नो प्रतिकूल सार्वजनिकरूपमा राजनीतिक टिप्पणी गर्लान् भन्ने त्रासबाट जोगिएको छ भने विपक्षीहरू मोदीलाई सरकारले बाह्रबिघामा सम्बोधन गर्नबाट रोकेका कारण आगामी दिनमा कमजोर र आलोचित हुने ठानेर रमाएका छन्। तर दलगत स्वार्थभन्दा माथि जनताको इच्छा रहन्छ र त्यस भेगका जनता प्रधानमन्त्री मोदीलाई खुला हृदयबाट स्वागत गर्न आतुर थिए भन्ने चाहिँ कसैले बु‰न चाहेनन्।
भारतमा भने प्रधानमन्त्री मोदीको जनकपुर भ्रमण रद्द भएसँगै नेपाल–भारत सम्बन्धलाई फेरी अनुदार कर्मचारीतन्त्रको जिम्मा दिनुपर्छ भन्ने चर्चा हुनथालेको सुनिएको छ। वास्तवमा भारतको कर्मचारीतन्त्र र सुरक्षा संयत्र नेपाल–भारत सम्बन्धमा मोदीले अगाडि बढाएको राजनीतिक आयामसँग सहमत हुनसकिरहेका थिएनन्। उनीहरू मौका पर्खेर बसेका थिए। र, यस्तो मौका जनकपुर भ्रमण प्रकरणबाट तिनले पाए। नेपालका नेताले छिमेकका प्रभावशाली प्रधानमन्त्री मोदीसँग कूटनीतिक व्यवहार गर्न नजान्दा भारतको कर्मचारीतन्त्र र गुप्तचर निकाय अगाडि सर्ने अवस्था आयो। यस प्रसंगबाट नेपालको राजतन्त्र यस्तै गलत कूटनीतिक व्यवहारबाट समाप्त भएको स्मरण हुन्छ।
आगामी दिनमा नेपालका नेताले भारतको कर्मचारीतन्त्र सामु झुक्नुपर्ने अवस्था पुनः उत्पन्न भएमा त्यसको दोष नेताहरू आफैँले लिनुपर्नेछ। सबै राजनीतिक दल मिलेर एउटा साझा अवधारणा तय गरेर भारतका प्रधानमन्त्रीलाई तीर्थाटन गराउन सकेको भए कोइराला सरकारले ठूलै जस पाउने थियो। त्यसबाट संविधान निर्माणमा समेत सहयोग पुग्नेथियो। अझ मोदीको भ्रमण रद्द हुँदा तराई र राज्यबीच नयाँ द्वन्द्व र अविश्वास उत्पन्न भएको छ। यसले मनोवैज्ञानिक दूरी बढाउने देखिन्छ। प्रधानमन्त्री सुशील कोइरालाले भारतका प्रमको धार्मिक भ्रमणमा अगुवाइ गर्नसक्थे र न्युयोर्कमा दुई प्रधानमन्त्रीबीच भेटघाटमा चिसिएको सम्बन्धलाई पनि न्यानो बनाउने अवसर पाउने थिए।
प्रधानमन्त्री कोइराला भारतसँग सम्बन्धको नयाँ आयाम निर्माण गर्न चुकेका छन्। नेपालसँग उदारभाव राख्ने भारतका प्रधानमन्त्री मोदीको कार्यकालमा पनि नेपाल–भारत सम्बन्धलाई नयाँ परिभाषा दिन सकिएन भने अर्को डेढ दशक नेपाल राजनीतिक अस्थिरताको चक्रमा घुमिरहन बाध्य हुनेछ। कोइराला सरकारको नेतृत्वमा संविधान निर्माण भएको हेर्न चाहने आशा नेपालीले अझै राखेका छन्। तर नेपाल सरकारमा राजनीतिक सतर्कता र सोचको अभाव भने सार्क सम्मेलनको प्रकरणमा पनि देखिँदैछ।
नेपाली जनता कोइरालाको लोकतन्त्रप्रतिको समर्पण र स्वच्छ छविसँग परिचित छन्। र, उनकोे व्यक्तित्वको सबल पक्ष पनि यही हो। तर यत्ति नेतृत्व क्षमता प्रकट हुनसत्तै्कन। कसरी बन्ला संविधान र कसरी भारत नेपाल सम्वन्धको नयाँ आयाम स्थापित होला जव प्रम प्रधानमन्त्री मोदीलाई रोक लगाउने, तराई असन्तुष्ट बनाउने र विपक्षी आन्दोलमा लाग्ने हो भने संविधान कसरी बन्ला र? लाग्छ, कोइराला सरकार घेराबन्दीमा पर्दैछ। यसबाट उम्कन प्रधानमन्त्री कोइरालासँग अब राजनीतिक चातुर्य र क्षमता देखाउनुको विकल्प छैन।