कूटनीतिक गल्ती
०२ जेष्ठ २०७२
•
१४ मिनेट पाठ
कूटनीतिक गल्ती
विपत्तिमा व्यक्तिको मात्र हैन राज्यको पनि धैर्य र सुझबुझको परीक्षा हुन्छ। नेपालीहरू विपत्तिमा पनि व्यक्तिका रूपमा धीर, गम्भीर र उदात्त देखिने गरेका छन्। अहिलेकै विपत्तिलाई पनि नेपालीले निकै धैर्यपूर्वक सहेका छन्। बेलाबखत सामान्य आक्रोश प्रकट भए पनि नेपाली समाजले सुझबुझ गुमाएको छैन। दुर्भाग्य, राज्यको व्यवहार भने परिपक्व र सुझबुझपूर्ण हुनसकेको पाइएन। गर्नैपर्ने निर्णय गर्न ढिलाइ गर्ने तर गर्नै नहुने व्यवहार वा निर्णय गर्नेजस्तो मूर्खतापूर्ण शैली राज्य संयन्त्रले अपनाएको अनेकौं उदाहरण छन्। स्थानीय प्रकृतिका त्यस्ता निर्णय पछि सच्याएर वा खारेज गरेर पनि क्षति कम गर्न सकिन्छ। परन्तु, विदेशसँगको अझ त्यसमा पनि परम्परागत मित्रहरूको चित्त दुखाउने मूर्खताले भने मुलुकलाई ठूलै हानि हुन्छ। बेलायतको हेलिकप्टर सहायता अस्वीकार गरेर सरकारले त्यस्तै ठूलो गल्ती गरेको छ। सायद सरकारले गरेको सबैभन्दा ठूलो कूटनीतिक गल्ती हो यो।भूकम्पको विनाशबाट आत्तिएको सरकारले सबैसँग उद्धार र आकस्मिक सहायताका लागि अनुरोध गरेको थियो। मित्रहरूले पनि नेपालको आग्रहप्रति उदार हृदयले सद्भाव देखाए। सरकारले हामीलाई यो वस्तु, उपकरण वा साधन र जनशक्तिमात्र चाहिन्छ भन्न सकेको थिएन। यति व्यापक र ठूलो विपत्ति व्यवस्थापनको अनुभव पनि नभएकाले हुनसक्छ सरकारले के चाहिन्छ भन्नसक्ने अवस्था पनि थिएन। यसैले यस्तो विपत्तिमा जे उपयुक्त र आवश्यक ठान्यो त्यही लिएर मित्र राष्ट्रहरू नेपाल आए। कतिपय सहयोग खासै उपयोगी भएनन् होला, तर अधिकांश सहयोग निकै प्रभावकारी भएको देखियो। नेपालजस्तो भौगोलिक अवस्थिति भएको मुलुकमा हेलिकप्टर पनि उपयोगी साधन हो। सुरुमा यस्तो सहयोगको सरकारले राम्ररी समन्वय गर्न पनि सकेन। हाम्रो सबै राष्ट्रसँग मित्रतापूर्ण सम्बन्ध भएकैले पनि अपेक्षाकृत सहयोग आयो र प्रयोग भयो। सरकारले कसैलाई पनि खासै निषेध वा हस्तक्षेप गरेन। परन्तु, यही क्रममा उद्धार र आकस्मिक सहायता वितरणमा सहयोग गर्न नेपाल आउन लागेको बेलायतका उद्धारकर्मीको टोलीलाई भने उनीहरूले ल्याएको चिनुक हेलिकप्टर उपयोगी नहुने तर्क दिएर सरकारले आउन दिएन। यस्तो निषेध अरू कुनै मुलुक वा संस्थालाई गरिएन। यस अपमानले पक्कै पनि बेलायतको चित्त दुखाएको हुनुपर्छ। सबैभन्दा पुरानो मित्र र ठूलो विकास साझेदार राष्ट्रको अपमान निकै महँगो पर्नसक्छ।
अपेक्षाकृत शक्तिशाली चिनुक हेलिकप्टर विपत्तिका बेला उद्धार र सहायता आपूर्तिका लागि अहिले नेपालमा उडिरहेका धेरै हेलिकप्टरभन्दा बढी उपयोगी मानिन्छ। यसैले चिनुक उपयोगी नभएकाले ल्याउन नदिने भन्ने सरकारी तर्कमा कसैले पनि विश्वास गर्दैन। सबैलाई थाहा छ, नेपाली सेनाका एक जना उच्च अधिकारीमाथि द्वन्द्वकालमा यातना दिएको अभियोगमा बेलायतमा मुद्दा चलाइएको छ। बेलायतले अन्तर्राष्ट्रिय क्षेत्राधिकार प्रयोग गरेर उनीमाथि मुद्दा चलाएको हो। नेपाली सेना आफ्ना उच्च अधिकृतलाई पक्रेर बेलायतले मुद्दा चलाएकोमा क्रुद्ध हुनु अनुचित भए पनि अस्वाभाविक होइन। अहिलेको विपत्तिमा उद्धार कार्यमा अत्यन्त सराहनीय कार्य गरेर नेपाली सेनाले आफ्नो प्रभाव र लोकप्रियता बढाएको पनि छ। यसैले बेलायतलाई निषेध गर्ने कार्य सरकारले सेनाकै सल्लाहमा गरेको अनुमान लगाउन कठिन हुँदैन। तर राज्यको राजनीतिक नेतृत्वले यस्तो मामिलामा कूटनीतिक सुझबुझ र बुद्धिमत्ता देखाउन सक्नुपर्छ। नेपाली सेना राज्यको महत्वपूर्ण अंग हो तर सम्पूर्ण होइन। कूटनीतिक निर्णय सेनाले गर्ने पनि होइन। बेलायत सरकारले चाहेर पनि त्यहाँको अदालतमा हस्तक्षेप गर्नसत्तैmन। त्यसमाथि मानवीयताविरुद्धको अभियोगमा हस्तक्षेप गर्न कुनै पनि लोकतान्त्रिक देशको सरकार अगाडि सर्नै सक्दैन। स्वतन्त्र न्यायपालिकामा चलेको मुद्दाका लागि बेलायत सरकारलाई दोष दिनु अर्को मूर्खता हो। बेलायतसँगको दुई शताब्दी लामो सम्बन्धलाई अवमूल्यन गर्ने मूर्खता त गर्नै हुँदैन थियो।
कूटनीतिक अपरिपक्वता र राजनीतिक नेतृत्वको कमजोरीले बेलायतसँगको मित्रतामा आँच पुर्‍याउने गल्ती भएको छ। यसलाई बेलायतले पनि नेपालसँगको पुरानो मित्रता र नेपालीले बेलायतको रक्षामा बगाएको रगत सम्झेर सकेसम्म चाँडै बिर्सनुपर्छ। नेपालले पनि कूटनीतिक माध्यमबाट यो असमझदारी हटाउन अग्रसरता देखाउनुपर्छ। मित्रतामा प्रतिशोधलाई ठाउँ जो हुँदैन।विपत्तिमा व्यक्तिको मात्र हैन राज्यको पनि धैर्य र सुझबुझको परीक्षा हुन्छ। नेपालीहरू विपत्तिमा पनि व्यक्तिका रूपमा धीर, गम्भीर र उदात्त देखिने गरेका छन्। अहिलेकै विपत्तिलाई पनि नेपालीले निकै धैर्यपूर्वक सहेका छन्। बेलाबखत सामान्य आक्रोश प्रकट भए पनि नेपाली समाजले सुझबुझ गुमाएको छैन। दुर्भाग्य, राज्यको व्यवहार भने परिपक्व र सुझबुझपूर्ण हुनसकेको पाइएन। गर्नैपर्ने निर्णय गर्न ढिलाइ गर्ने तर गर्नै नहुने व्यवहार वा निर्णय गर्नेजस्तो मूर्खतापूर्ण शैली राज्य संयन्त्रले अपनाएको अनेकौं उदाहरण छन्। स्थानीय प्रकृतिका त्यस्ता निर्णय पछि सच्याएर वा खारेज गरेर पनि क्षति कम गर्न सकिन्छ। परन्तु, विदेशसँगको अझ त्यसमा पनि परम्परागत मित्रहरूको चित्त दुखाउने मूर्खताले भने मुलुकलाई ठूलै हानि हुन्छ। बेलायतको हेलिकप्टर सहायता अस्वीकार गरेर सरकारले त्यस्तै ठूलो गल्ती गरेको छ। सायद सरकारले गरेको सबैभन्दा ठूलो कूटनीतिक गल्ती हो यो।
भूकम्पको विनाशबाट आत्तिएको सरकारले सबैसँग उद्धार र आकस्मिक सहायताका लागि अनुरोध गरेको थियो। मित्रहरूले पनि नेपालको आग्रहप्रति उदार हृदयले सद्भाव देखाए। सरकारले हामीलाई यो वस्तु, उपकरण वा साधन र जनशक्तिमात्र चाहिन्छ भन्न सकेको थिएन। यति व्यापक र ठूलो विपत्ति व्यवस्थापनको अनुभव पनि नभएकाले हुनसक्छ सरकारले के चाहिन्छ भन्नसक्ने अवस्था पनि थिएन। यसैले यस्तो विपत्तिमा जे उपयुक्त र आवश्यक ठान्यो त्यही लिएर मित्र राष्ट्रहरू नेपाल आए। कतिपय सहयोग खासै उपयोगी भएनन् होला, तर अधिकांश सहयोग निकै प्रभावकारी भएको देखियो। नेपालजस्तो भौगोलिक अवस्थिति भएको मुलुकमा हेलिकप्टर पनि उपयोगी साधन हो। सुरुमा यस्तो सहयोगको सरकारले राम्ररी समन्वय गर्न पनि सकेन। हाम्रो सबै राष्ट्रसँग मित्रतापूर्ण सम्बन्ध भएकैले पनि अपेक्षाकृत सहयोग आयो र प्रयोग भयो। सरकारले कसैलाई पनि खासै निषेध वा हस्तक्षेप गरेन। परन्तु, यही क्रममा उद्धार र आकस्मिक सहायता वितरणमा सहयोग गर्न नेपाल आउन लागेको बेलायतका उद्धारकर्मीको टोलीलाई भने उनीहरूले ल्याएको चिनुक हेलिकप्टर उपयोगी नहुने तर्क दिएर सरकारले आउन दिएन। यस्तो निषेध अरू कुनै मुलुक वा संस्थालाई गरिएन। यस अपमानले पक्कै पनि बेलायतको चित्त दुखाएको हुनुपर्छ। सबैभन्दा पुरानो मित्र र ठूलो विकास साझेदार राष्ट्रको अपमान निकै महँगो पर्नसक्छ।
अपेक्षाकृत शक्तिशाली चिनुक हेलिकप्टर विपत्तिका बेला उद्धार र सहायता आपूर्तिका लागि अहिले नेपालमा उडिरहेका धेरै हेलिकप्टरभन्दा बढी उपयोगी मानिन्छ। यसैले चिनुक उपयोगी नभएकाले ल्याउन नदिने भन्ने सरकारी तर्कमा कसैले पनि विश्वास गर्दैन। सबैलाई थाहा छ, नेपाली सेनाका एक जना उच्च अधिकारीमाथि द्वन्द्वकालमा यातना दिएको अभियोगमा बेलायतमा मुद्दा चलाइएको छ। बेलायतले अन्तर्राष्ट्रिय क्षेत्राधिकार प्रयोग गरेर उनीमाथि मुद्दा चलाएको हो। नेपाली सेना आफ्ना उच्च अधिकृतलाई पक्रेर बेलायतले मुद्दा चलाएकोमा क्रुद्ध हुनु अनुचित भए पनि अस्वाभाविक होइन। अहिलेको विपत्तिमा उद्धार कार्यमा अत्यन्त सराहनीय कार्य गरेर नेपाली सेनाले आफ्नो प्रभाव र लोकप्रियता बढाएको पनि छ। यसैले बेलायतलाई निषेध गर्ने कार्य सरकारले सेनाकै सल्लाहमा गरेको अनुमान लगाउन कठिन हुँदैन। तर राज्यको राजनीतिक नेतृत्वले यस्तो मामिलामा कूटनीतिक सुझबुझ र बुद्धिमत्ता देखाउन सक्नुपर्छ। नेपाली सेना राज्यको महत्वपूर्ण अंग हो तर सम्पूर्ण होइन। कूटनीतिक निर्णय सेनाले गर्ने पनि होइन। बेलायत सरकारले चाहेर पनि त्यहाँको अदालतमा हस्तक्षेप गर्नसत्तैmन। त्यसमाथि मानवीयताविरुद्धको अभियोगमा हस्तक्षेप गर्न कुनै पनि लोकतान्त्रिक देशको सरकार अगाडि सर्नै सक्दैन। स्वतन्त्र न्यायपालिकामा चलेको मुद्दाका लागि बेलायत सरकारलाई दोष दिनु अर्को मूर्खता हो। बेलायतसँगको दुई शताब्दी लामो सम्बन्धलाई अवमूल्यन गर्ने मूर्खता त गर्नै हुँदैन थियो।
कूटनीतिक अपरिपक्वता र राजनीतिक नेतृत्वको कमजोरीले बेलायतसँगको मित्रतामा आँच पुर्‍याउने गल्ती भएको छ। यसलाई बेलायतले पनि नेपालसँगको पुरानो मित्रता र नेपालीले बेलायतको रक्षामा बगाएको रगत सम्झेर सकेसम्म चाँडै बिर्सनुपर्छ। नेपालले पनि कूटनीतिक माध्यमबाट यो असमझदारी हटाउन अग्रसरता देखाउनुपर्छ। मित्रतामा प्रतिशोधलाई ठाउँ जो हुँदैन।
अर्को समाचार
कूटनीतिक सन्देश आदानप्रदानमा किन दोहोरिन्छ त्रुटि
१० साउन २०७६
•
६ मिनेट पाठ
कूटनीतिक सन्देश आदानप्रदानमा किन दोहोरिन्छ त्रुटि
काठमाडौ - प्रधानमन्त्री केपी शर्मा ओलीको ट्विटर ह्यान्डलबाट बिहीबार बेलायतका नवनिर्वाचित प्रधानमन्त्री बोरिस जोन्सनलाई बधाई दिने क्रममा एकैपटक दुईवटा गल्ती भएका छन्। प्रधानमन्त्री ओलीको ट्विटर ह्यान्डलमा मेन्सन गरिएको ट्विटर अकाउन्ट बेलायती प्रधानमन्त्री जोन्सनको थिएन।

यतिमात्र होइन, ट्विटरमा प्रयोग गरिएको भाषामा पनि अशुद्धता देखिएको छ। ट्विटरमा प्रयोग गरेको अंग्रेजी शब्द अजुम्सनको हिज्जे गलत लेखिएको थियो। पहिलो ट्विटमा गल्ती देखिएपछि तत्काल त्यसलाई मेटेर दोस्रो ट्विटमार्फत बेलायती प्रधानमन्त्रीलाई बधाई व्यक्त गरिएको छ। तर दोस्रो ट्विटमा पनि हिज्जे गलत लेखेपछि तेस्रो ट्विटमार्फत सच्याइएको छ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल तथा मिडिया हेर्न आधा दर्जन व्यक्तिलाई विज्ञका रुपमा नियुक्ति दिएर राखेका छन्। यिनै विज्ञका कारण यस्ता गल्ती दोहोरिने गरेका छन्। यसै कारण विदेशी सरकार प्रमुखलाई दिइएको बधाईसमेत खल्लो बन्न पुगेको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्याल यसलाई मानवीय त्रुटी भन्छन्। ‘मैले हतारमा टाइप गर्दा गल्ती भयो, कहिलेकाहीं मानवीय त्रुटि हुन्छ,’ उनले भने। अर्यालका अनुसार यो घटनाले उनलाई आगामी दिनका लागि पाठ सिकाएको छ।

सरकारका विभिन्न निकायमा हुने व्यक्तिको हेलचक्र्याइँ र कतिपय अवस्थामा उनीहरुको अक्षमताका कारण गल्ती दोहोरिने गरेका छन्।

कूटनीतिक क्षेत्रमा भाषाको निकै ठूलो महत्व हुन्छ। तर नेपालमा सरकारी तहबाट हुने यस्तो गल्ती नौलो होइन। यसअघि डिसेम्बर २६ मा राष्ट्रपतिले इन्डोनेसियामा सुनामीमा परी ज्यान गुमाएकाप्रति सम्बोधन गर्दै समकक्षी जोको विड्डोलाई समवेदना पत्र पठाएको भन्नुपर्नेमा परराष्ट्र मन्त्रालयले मिडियालाई पठाएको पत्रमा बधाई सन्देश पठाएको उल्लेख गरिएको थियो। पछि मन्त्रालयले विज्ञप्ति निकालेर गल्ती भएको भन्दै माफीसमेत मागेको थियो। उक्त विषयमा छानबिन गरी गल्ती गर्नेलाई कारबाहीको दायरामा ल्याउने मन्त्रालयले जनाएको थियो।

गत मार्चमा भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतीय राष्ट्रपति रामनाथ कोविन्दलाई ओहदाको प्रमाणपत्र बुझाएपछि दूतावासले जारी गरेको विज्ञप्तिमा राष्ट्रपति र प्रधानमन्त्री दुवैजनालाई सम्माननीय राष्ट्रपति भनेर उल्लेख गरिएको थियो। दूतावासको विज्ञप्तिमा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी र सम्माननीय राष्ट्रपति केपी शर्मा ओली लेखिएको थियो।

२०७५ माघ १० गते स्पेनको मेड्रिडस्थित नेपाली दूतावासको लेटरहेडमै नेपालको हिज्जे गलत भएको दस्तावेज एकराज गिरीले सामाजिक सञ्जाल फेसबुकमा राखे। उनले नेपालको स्पेलिङ कुन ठीक हो भनेर स्पेनिसले सोधेको भन्दै उक्त लेटरहेडसहितको स्टाटस फेसबुकमा राखेका थिए। सामाजिक सञ्जालमा नेपालको गलत स्पेलसहितको लेटरप्याड सार्वजनिक भएपछि मेड्रिडस्थित दूतावासले छापाखानाका कारण गल्ती भएको भन्दै विज्ञप्ति जारी गरेको थियो।

माथि उल्लेख गरिएका विषय प्रतिनिधि घटना हुन्। सरकारका विभिन्न निकायमा हुने व्यक्तिको हेलचक्र्याइँ र कतिपय अवस्थामा उनीहरुको अक्षमताका कारण यस्ता गल्ती दोहोरिने गरेका छन्। कूटनीतिक मामिलाका जानकार एवं तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र शेरबहादुर देउवाको विदेश मामिला सल्लाहकारका रुपमा काम गरिसकेका डा. दिनेश भट्टराई प्रधानमन्त्रीसँग सम्पूर्ण राज्य संयन्त्र र विज्ञको टोली हुने भए पनि उनीहरु संवेदनशील नहुँदा यस्ता गल्ती हुने गरेको बताउँछन्। ‘यस्ता विषयले एकातिर हाम्रो विश्वसनीयतामाथि प्रश्न उठाउँछ, अर्काेतर्फ हाम्रो संयन्त्र कति कमजोर छ भन्ने कुरा पनि देखाउँछ,’ उनले भने।

भट्टराईले यस्ता विषय साना भए पनि कूटनीतिक क्षेत्रमा ठूलो अर्थ राख्ने बताए। ‘यस्ता घटनाले हाम्रा संस्थाहरु कसरी क्षयीकरण हुँदै गएका छन् भन्ने देखाउँछन्, यो राम्रो संकेत होइन,’ भट्टराईले भने। यस्ता विषयमा धेरै हतार गर्नुभन्दा दोहो¥याएर जाँच गर्ने हो भने गल्ती हुने सम्भावना कम हुने उनले बताए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस