'मध्यमार्गी' बाटो
१३ मंसिर २०६६
•
४ मिनेट पाठ
'मध्यमार्गी' बाटो
अन्योल र गतिहीनताको भुमरीबाट राजनीतिलाई उम्काउन सहमतिको खोजी भइरहेको छ। 'जनविद्रोहलाई घनीभूत बनाउँदै राजतन्त्रका अवशेषहरूलाई निर्मूल पारी राज्यसत्ता कब्जा गर्ने' रणनीति अपनाएको माओवादी र 'जनताको साथ नपाएपछि आफ्नाअगाडि लच्किएर आउने' विश्वास पालेका अन्य दल बीचको बाटो खोज्ने प्रयासमा छन्। राष्ट्रपतिलगायत कसैको पनि 'मान मर्दन' नगरेर निकास खोज्न एकातिर गिरिजाबाबुल 'युवा जोस' देखाइरहेका छन् भने अर्कातिर त्यस प्रयासमा सहभागी हुँदाहुँदै पनि माओवादीले आफ्ना 'युवा'लाई सडकमा उतार्न छाडेको छैन।




निकास सहमतिबाटै निस्कन सक्छ। त्यस्तै त्यो निकास लोकतान्त्रिक विधिमा आधारित हुनु पनि महत्वपूर्ण हुन्छ। लोकतान्त्रिक प्रक्रिया र विधिलाई बेवास्ता गरेर सहमतिका नाममा अनुहारमात्र हेरियो भन त्यसले अर्को दुर्घटना निम्त्याउन सक्छ। ने तथ्यलाई कसैले बेवास्ता गर्नुहुदैन। पञ्चायती व्यवस्था बारे बीपी कोइरालाले भनेका थिए 'मलाई नामको प्रजातन्त्र चाहिएको होइन, प्रजातन्त्रको गुण चाहिएको हो....।' अहिले पनि लोकतन्त्रको गुण चाहिएको छ।

संवादको निरन्तरता र त्यसले निकालेको निष्कर्षको कार्यान्वयन लोकतन्त्रको विशेषता हो। त्यस्तै अरूको अस्तित्व स्वीकार र सम्मान लोकतन्त्रको गुण हो। घृणा र द्वेष लोकतन्त्रका चरित्र हैनन्। यही भएकाले लोकतन्त्र साझा पद्धति हुन सकेको हो।

अहिलेको समस्या माओवादी नेतृत्वको सरकारले गरेको सेनापति हटाउने निर्णय र त्यसलाई कार्यान्वयनबाट रोक्ने राष्ट्रपतिको निर्देशन हुन्। यी दुवै विषयलाई सँगै राखेर छलफल गर्ने र दुवै पक्षले जुँगाको लडाइ नबनाउने हो भने सहमति निकाल्न कठिन नहुनु पर्ने हो। लोकतन्त्र कार्यकारीको स्वेच्छाचारिता होइन भन्ने माओवादीले बुझ्नुपर्छ। सरकार तथा अन्य दलमा 'संवाद प्रक्रिया अवरुद्ध गरेर लोकतन्त्र संस्थागत गर्न सकिन्छ' भन्ने भ्रम हट्नुपर्छ।

समाधान खोज्ने नै हो भने दुवै पक्षले गल्ती स्वीकार गर्ने र कसैले पनि हारेको ठान्नु नपर्ने भाषा र शब्दमा प्रस्ताव तयार गरी संसद्बाट पारित गर्नु उपयुक्त हुनेछ। त्यस्तो प्रस्तावमा 'सत्ता साझेदार दलहरूसमेतको असहमति तथा सेनापतिको नियुक्ति तथा बरखास्तगर्ने प्रक्रियामा राष्ट्रपतिको भूमिकालाई ख्याल नगरी माओवादी नेतृत्वको सरकारले गरेको सेनापति हटाउने निर्णय, र त्यस निर्णयविरुद्ध १८ दलको आग्रहमा राष्ट्रपतिले उठाएका कदम दुवै गल्ती भएको स्वीकार गर्नुपर्छ। त्यसपछि उत्पन्न विवादले अबिश्वास र अन्योललाई बढाएको र शान्तिप्रक्रियामा समेत नकारात्मक प्रभाव पारेको प्रस्तावमा उल्लेख गर्नुपर्छ।

नागरिक सर्वोच्चता र सेनाको लोकतन्त्रीकरणमा प्रतिबद्धता दोहोर्‍याएर राष्ट्रपतिको भूमिका थप स्पष्ट बनाउन संसदबाटै आवश्यक प्रक्रिया थाल्ने प्रतिबद्धता सबै दलले व्यक्त गरेर समाधान निकाल्नु बेस हुनेछ।
अर्को समाचार
शेखर कोइरालाको आग्रह : कांग्रेस विभाजन रोकौँ, मध्यमार्गी समझदारी खोजौँ
०१ असोज २०८३
•
६ मिनेट पाठ
शेखर कोइरालाको आग्रह : कांग्रेस विभाजन रोकौँ, मध्यमार्गी समझदारी खोजौँ
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन रोक्दै मध्यमार्गी र विवेकपूर्ण समझदारीको बाटो खोज्न आग्रह गरेका छन्।




आज जारी प्रेस वक्तव्यमार्फत कोइरालाले यस्तो आग्रह गरेका हुन्। उनले कांग्रेसको आन्तरिक जीवनमा आएको विभाजनप्रति आफू पीडित भएको उल्लेख गर्दै पार्टी एकढिक्का भएर राष्ट्र निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए।

उनले कांग्रेसको आसन्न दुई महाधिवेशनले नेपालको राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा आघात पुग्न सक्ने भन्दै त्यसलाई रोक्नुपर्ने भनाइ राखे। ‘मध्यमार्ग कठिन मार्ग भए पनि यही सत्यको बाटो र कांग्रेसको मार्ग हो,’ उनले भनेका छन्।

कोइरालाले प्राकृतिक विपत्तिबाट रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा भएको जनधनको क्षतिप्रति कांग्रेस संवेदनशील बन्न नसकेको भन्दै प्रश्नसमेत गरे। चाडपर्वको मुखमा परिवारका सदस्य तथा आफन्त गुमाएका नागरिकको पीडा बुझ्दै पार्टीले सहमति, सहकार्य र एकताबद्ध भएर उनीहरूको घाउमा मल्हम लगाउनुपर्ने उनको भनाइ छ।

उनले कांग्रेसको इतिहास त्याग, संघर्ष, बलिदान, निष्ठा, आदर्श र नैतिक शक्तिमा आधारित रहेको स्मरण गर्दै अहिले पार्टी विभाजित र दिशाहीनजस्तो देखिएको बताएका छन्। ‘कांग्रेसमा कोही हार्ने र कोही जित्ने अनि विजयी कांग्रेस भन्दै उत्सव मनाउन सकिँदैन,’ कोइरालाले भने, ‘यो कांग्रेसको संस्कार र संस्कृति भन्दा भिन्न कुरा हो।’

उनले आफू कसैप्रति आरोप–प्रत्यारोप गर्न नचाहेको स्पष्ट गर्दै पार्टीको सफलता सबैको एकताबद्ध प्रयासबाट मात्रै सम्भव हुने बताएका छन्।

कोइरालाले कांग्रेस कार्यकर्ताको विवेक मरेको आफूले विश्वास नगरेको भन्दै ‘हामी उठ्छौं, जुट्छौं र जित्छौं’ भन्ने विश्वास व्यक्त गरेका छन्। पार्टीलाई एकताबद्ध राख्ने अभियानमा गाउँ–टोलदेखि केन्द्र र विदेशमा रहेका कांग्रेसका नेता–कार्यकर्तालाई दृढ संकल्पका साथ जुट्न पनि उनले आग्रह गरे।

प्रेस वक्तव्य:

प्रिय साथीहरू,

जय नेपाल।

अत्यन्त गम्भीरतापूर्वक साथीहरू माझ म पत्रमार्फत वर्तमान देशको अवस्था र नेपाली कांग्रेसको आन्तरिक जीवनमा आएको विभाजनबारे आफ्नो विचार संक्षिप्तमा राख्न गइरहेको छु।

साथीहरू,

कुनै पनि राष्ट्रको जीवनमा अनेकन् उतार–चढाव र सफलता–विफलता आउँछन्। नेतृत्वले समझदारीपूर्वक सहमति र सहकार्यबाट अगाडि बढे राष्ट्र जोगिन्छ, नत्र कैयौँ राष्ट्रले आफ्नो अस्तित्व गुमाएको इतिहास हामी सबैलाई विदितै छ। नेपाल आज त्यही चौबाटोमा उभिएको छ। मुलुकको भविष्य र अस्तित्व कहाँ पुग्ने हो भन्ने चिन्ता सिर्जना भएको छ।

हामी नेपाली एकाकार भएकै कारण कहिल्यै कसैको अधीनमा बस्नु नपरेको गौरवशाली इतिहास निर्माण गर्न सकेका छौँ। त्यस्तै नेपाली कांग्रेसको पनि आफ्नै गौरवशाली इतिहास छ।

कांग्रेसले कहिल्यै कसैको गोटी भएर देशको स्वाधीनता र लोकतन्त्रसँग सम्झौता गर्न चाहेन। पद, प्रतिष्ठा र प्रलोभनमा नपरी विगतमा हाम्रा संस्थापक नेताहरूले हामीलाई निष्ठा, आदर्श र नैतिक शक्तिसहितको कांग्रेस छाडेर गएका छन्। यसको इतिहास संघर्ष, त्याग र बलिदानले मात्र भरिएको छैन, नेपाललाई आधुनिक राष्ट्र बनाउन र नागरिकको सर्वोच्चता कायम गर्न गरेको कार्य हामी सबैका लागि प्रेरणादायक छ।

सबैका प्रणेता र मूर्धन्य नेता बीपी कोइरालालगायत यस पार्टीका संस्थापक नेताहरूको राजनीतिक, नैतिक, सामाजिक र सांस्कृतिक जीवनदर्शनले सदासर्वदा हामी तमाम कांग्रेसजनका लागि मात्र होइन, सम्पूर्ण नेपाली जनतालाई गौरवान्वित बनाइरहने छ।

दुःखका साथ भन्नुपर्छ, यतिखेर नेपाली कांग्रेसको पटकथा कहाँबाट, कसले, कसरी लेखिरहेका छन्, मलाई थाहा छैन। मलाई यसबाट पीडा छ र मेरो पीडासँग तमाम कार्यकर्ता साथीहरूको भावना जोडिएको छ, जो कांग्रेस एकढिक्का भएर राष्ट्र निर्माणमा यो पार्टीको नेतृत्वदायी भूमिका होस् भन्ने चाहन्छन्।

मेरो पीडा कांग्रेसको आसन्न घोषित दुई महाधिवेशनबाट यो देशको राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा पर्ने आघात हो। यो रोकौँ, एउटा मध्यमार्गी र विवेकपूर्ण समझदारीको बाटो खोजौँ। मेरो प्रयत्न विगतमा पनि र अहिले पनि यसैमा केन्द्रित छ र रहनेछ। हामी जो आफूलाई कांग्रेस भन्छौँ र कांग्रेस हुनुमा गौरव पनि अनुभव गर्छौं, किमार्थ पनि मानसिक रूपमा यति कमजोर र निरीह नहुनुपर्ने हो, जति आज छौँ। हामीले विरासतमा पाएको कांग्रेस क्यानभास चमकदार मात्र थिएन, अजेय पनि थियो। दुःखका साथ भन्नुपर्छ, आज हामी न अजेय छौँ, न विजय नै छौँ। हामी विभाजित, विघटनकारी र समुद्रमा गन्तव्य हराएको माझीजस्तै भएका छौँ।

हामी किन यस्तो छौँ? किन हामीलाई रसुवा, नुवाकोट, धादिङलगायत स्थानमा भएको विपत्तिले पीडा दिँदैन? किन हामी आज प्राकृतिक प्रकोपका कारण अभाव र वञ्चनामा परेका र जीवन गुमाएकाहरूसँग संवेदनशील हुन सक्दैनौँ? नेपाली जनता रोइरहेका छन्, सर्वसाधारणहरू चाडपर्वको मुखमा परिवारका सदस्य र आफन्त गुमाएर चेतनाशून्य भएर बसेका छन्। उनीहरूको दर्द र पीडा किन हामी बुझ्न सकिरहेका छैनौँ? हामी के गर्दैछौँ? हामी किन कानुन र विधानका धाराहरूबाट बाध्यझैँ पारिएर मानवीय संवेदनासँग खेलवाड गर्दैछौँ?

किन सहमति, सहकार्य र एकताबद्ध भएर चहराइरहेको घाउको मलम बन्न हामी सकिरहेका छैनौँ र कांग्रेस यसरी आफ्नो राष्ट्रिय दायित्वबाट विमुख भइरहँदा भावी पुस्तालाई कसरी आफूसँग जोड्न सक्छौँ?

मैले मेरा परिवेश, पृष्ठभूमि र प्रशिक्षणबाट सिकेका न्यूनतम मान्यताहरूबाट कांग्रेस विचलित हुँदा स्वाभाविक छ, मेरो मन पनि उद्वेलित हुन जान्छ। म कांग्रेस विभाजनबाट रोमाञ्चित हुनै सक्दिनँ। म को ठीक, को बेठीक भनेर वकालत कसरी गर्न सक्छु? कांग्रेस हुँ भन्ने तर आफ्नै साथीभाइमाथि असुरक्षा, अपमान र घृणा पैदा गरेर निर्माण गरिने कांग्रेसको महलमाथि म बस्न सक्दिनँ। कांग्रेसमा कोही हार्ने र कोही जित्ने अनि विजयी कांग्रेस हुँ भनेर कसरी उत्सव मनाउन सकिन्छ होला? यो कांग्रेसको संस्कार र संस्कृतिभन्दा भिन्न कुरा हो, मेरो चेतनाको कांग्रेस पाठशाला पृथक छ।

विश्व राजनीतिको गहिरो प्रभाव नेपालमा परिरहेको सन्दर्भमा म कांग्रेस नेता बीपी कोइरालालाई स्मरण गर्न पुग्दछु र सोच्छु, आफ्नो ज्यानको प्रवाह नगरी यो देशको अस्मिता जोगाउने ती महामानवलाई साक्षी राखेर हामी किन एकताबद्ध हुन नसकेको होला।

मलाई थाहा छ, मध्यमार्ग कठिन मार्ग हो, मलाई यो पनि थाहा छ, यही मार्ग सत्यको बाटो हो। यही मार्ग कांग्रेसको मार्ग हो र यही मार्ग कांग्रेसको जीवनदर्शन हो। म आरोपित भएर, भइरहेको पनि छु, कांग्रेस र देशको लोकतन्त्र सफल भएको हेर्ने कांग्रेस सिपाही हुँ।

साथीहरू,

म कसैप्रति आरोप–प्रत्यारोप गर्न चाहन्नँ। हामी सफल हुन्छौँ भने सबैको एकताबद्ध प्रयत्नबाट मात्र यो सम्भव छ। हाम्रो विवेक मरेको छ भन्ने कुरामा म किमार्थ विश्वास गर्दिनँ। हामी उठ्छौँ, जुट्छौँ र जित्छौँ।

यही भरोसा र विश्वासबाट साधारणभन्दा साधारण कांग्रेस पनि असाधारण र राष्ट्र निर्माणमा जुट्न सक्छ। यस अभियानमा म गाउँ–टोलदेखि केन्द्र हुँदै विदेशसम्म बस्ने साथीहरूलाई पार्टीलाई एकताबद्ध राख्न दृढ संकल्पका साथ यस अभियान (पार्टी एकता) मा जुट्न हार्दिक अनुरोध गर्दछु। कांग्रेस एकता र राष्ट्र निर्माणको अभियानलाई म फरक रूपमा बुझ्न सक्दिनँ। म यस्तै र यिनै संवाद लिएर कांग्रेस एकतामा जुटिरहने छु, तपाईँहरूसँग भेट्न गाउँघर आइरहने छु।

जय नेपाल।

मिति : असोज १, २०८३
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस