कसैले चाहे पनि नचाहे पनि नेपाल अब संघीयतामा जाने पक्कापक्की भएको छ। राज्यको पुनर्संरचना वा संघीयताको निर्माण एक वा केही व्यक्तिको लहड वा भावनामा गर्ने कुरा होइन।यो त देशलाई दीर्घकालसम्म हुने नाफा–घाटा, उन्नति–अवनति र सकारात्मक–नकारात्मक पक्ष केलाई प्राविधिक तथा विशेषज्ञसमेतको सल्लाहसुझाव लिई गरिनुपर्ने अत्यन्तै महत्वको कार्य हो। यो अधिकार पाएकाहरूको अधिकार खोस्ने वा विगतमा कुनै कारणले पछाडि परेका वा पारिएकाले अब आएर अर्को वर्गसँग बदला लिने व्यवस्था होइन। विगतमा कोही पछाडि पर्नु वा पारिनुका कारण खोजेर तिनको निराकरण गर्ने र भविष्यमा त्यसरी कसैले पनि पछाडि पर्नु वा ‘डिसएड्भान्टेज्ड' हुनुनपर्ने अवस्थाको सिर्जना गर्ने परिपाटी हो यो।
हाल नेपालका केही दल र तिनका नेता बढीमा ७ प्रदेशसम्म जानसक्ने र अन्य केही १० प्रदेशभन्दा पछाडि फर्किननसक्ने अडानमा रहेको देखिएको छ। संघीयतामा जाँदा सकेसम्म कम प्रदेश बनाएको खण्डमा नै समग्र देश र जनताको हित हुनेमा दुईमत छैन। बुद्धिजीवी वर्ग, सञ्चारमाध्यम र सचेत नागरिकले समेत धेरै प्रदेश वा ‘एक मधेस एक प्रदेश' वा ‘समग्र तराई एक प्रदेश' को पक्षमा होइन दिगो तथा धान्नसकिने विकल्पको बारेमा बहस चलाउनुपर्ने, संविधानसभा सदस्यलाई जागरुक गराउनुपर्ने, आमजनतामाझ सही सूचना सम्प्रेषण गरिनुपर्ने र देशभक्तिपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बेला आएको छ। किनभने धेरै प्रदेश, जातजातिका नाउ“का प्रदेश, देशको कुनै भूभागलाई अन्य क्षेत्रबाट पूर्णतया अलग गरी वा प्रचलित प्रशासकीय सुगमताविपरित प्रदेशको संरचना गरेर संघीयतामा जानु हानिकारक हुन्छ। उत्तर–दक्षिण जोड्नेगरी पञ्चायतकालमा नै गरिएको प्रशासकीय विभाजनलाई आधार मानेर भूगोल र जनसंख्याका आधारमा सुहाउ“दो बनाउने भए ३ प्रदेश र नसकिएमा बढीमा ५ प्रदेशसम्ममा जा“दामात्र संघीयता र समग्र राष्ट्रलाई नै सफल बनाउन सकिन्छ। राम्रा काम जसले वा जुन शासनव्यवस्थाको अनुयायीले गरेको भए पनि अनुसरण गर्न हिच्किचाउनु हु“दैन।
कतिपय जिम्मेवार व्यक्तिले कुनै विशेष वर्ग, धर्म वा जातका विरुद्धमा तथानाम आरोप लगाउ“दै समाजमा तीक्तताको बीजारोपण गर्दै हि“डेको देखिएको–सुनिएको छ। यसले हाम्रो समाजमा विद्यमान सामाजिक सद्भाव र सहिष्णुतामाथि मात्रै प्रहार गर्दैन, समग्र राष्ट्रिय एकता र अखण्डतामाथि नै प्रश्नचिह्न उठाउनसक्छ। यो १२५ जाति, १२३ भाषाभाषी र १० भन्दा बढी धर्मावलम्बीको बासस्थान, विविध संस्कृति र रीतिरिवाजको संगमस्थल तथा ‘सांस्कृतिक बहुलता' युक्त मुलुक हो। यहा“ उत्तर भोटदेखि दक्षिण भारतको सीमानासम्म बसोबास गर्ने सबै समुदायका मानिसमा आत्मीय एकता छ, भाइचाराको सम्बन्ध छ। राज्यले ती सबैलाई संविधान र कानुनतः मान्यता पनि दिएको छ। धर्म–संस्कृति–परम्परा आआफ्नै छन्, तर तिनमा सबै समुदायको शुभेच्छा छ, सहभागिता छ र समान अपनत्व पनि छ। कुनै तेरोमेरोको भावना छैन। वास्तवमा यही ‘कल्चरल प्ल्युरालिज्म' नै त हो हाम्रो सुन्दरता, नेपालीत्व र नेपाली हुनुको महानता तथा पहिचान। भावी समृद्ध नेपालको तस्बिर कोर्छौं भन्नेले वा त्यसको नेतृत्व, स्वामित्व तथा जस लिन चाहनेले नेपालको यो अमूल्य सम्पत्तिमाथि कुनै पनि हालतमा दागा धर्न पाइ“दैन, धाबा बोल्न पाइ“दैन। भविष्यका पुस्ताले धिक्कार्ने यस्ताखाले काम हाम्रा आदरणीय राष्ट्रवादी नेताको हातबाट भइहाल्ने त्यो भयानक परिस्थितिको कल्पनासम्म गर्न पनि सकिँदैन।
हामीलाई थाहा छ, विगतको पुस्ताले गरेको कुनै किसिमको गल्तीको सजाय वर्तमान वा भावी पुस्तालाई दिइनुहुँदैन। पुर्खाको कमजोरीको भार वर्तमान वा भावी पुस्तामाथि थोपर्नु न्यायोचित हुँदैन। यदि त्यसो गरियो भने क्षणिक हिसाबले गर्व गर्ने वातावरण बने पनि भविष्यमा यसले पुनः यही समाजमा उल्टो विभेद (रिभर्स डिस्त्रि्कमिनेसन) जन्माउँछ र विभेदको कहिल्यै नपुरिने खाडलको निर्माण गर्दछ। त्यसैले हिजो बनेका खाडलहरू पुर्दैजाने र भावी सन्ततिले यस किसिमका विभेद, विखण्डन र वञ्चितिका कुरा सुन्ननपर्ने, तिनका विरुद्धमा आवाज उठाउनुनपर्ने अवस्थाको सिर्जना गर्नेतर्फ सबैले सचेत भएर लाग्ने बेला आएको छ।
यो देश हिमाल, पहाड र तराईको सम्मिश्रणको अनुपम नमुना हो। भौगोलिक विविधताका यी ३ क्षेत्र यति दरिलो बन्धनमा बा“धिएका छन् कि, हिमालबाट बगेर आउने नदीनाला पहाडमा आएर जलविद्युत्मा परिणत हुन्छन् र त्यो जलविद्युत्ले तराईको गर्मी तथा हिमालको चिसो भगाउन मद्दत गर्छ। तराईबाट संकलन हुने राजस्व र नगदे बालीले पहाड र हिमालको भरथेग गर्दछ भने पहाडको अनुपम मौसम, जैविक विविधता, प्राकृतिक साधन–स्रोत, खनिज, जडिबुटी, नगदे बाली जीवन यापन र समृद्धिका सहायक हुँदै आएका छन्। यी सबैको बुद्धिमत्तापूर्ण प्रयोग र समायोजनबाट मात्र राष्ट्रिय एकता सुदृढ हुनसक्छ। त्यतिमात्र होइन, विश्वकै दुई ठूला उदीयमान शक्ति, राष्ट्र भारत र चीनलाई छोएको हाम्रो देशको आर्थिक, व्यापारिक र सामरिक हिसाबले ठूलो महŒव छ। यी दुवैसँगको अटुट सम्बन्धलाई कायम राखिरहन पनि उत्तर–दक्षिण जोडिने खालको संघीयताको कुनै विकल्प छैन। त्यसैले नेपालका सबै क्षेत्रलाई उत्तर–दक्षिण जोडिएको राज्यको लाभ लिनबाट रोक्नु हु“दैन।
संघीयतामा जानुपर्नाका अनेकथरि मान्यतामध्ये जनतालाई सबैभन्दा नजिकको सरकारबाट सेवाप्रवाह गरिनुपर्छ भन्ने मान्यता पनि एक हो। यसअन्तर्गत प्रशासनिक सुगमता, आर्थिक–सामाजिक सम्बन्ध र अन्तरनिर्भरता पनि पर्दछन्। यस हिसाबले कुनै क्षेत्रका जनताले खाइपाइ आएको सुविधाको हरण गर्नेगरी, प्रशासनिक हिसाबले अपायक पर्ने ठाउ“मा कारोवार गर्न जानुपर्ने अवस्थाको सिर्जना गरी र उत्तर–दक्षिणका दुई मुलुकसँग जोडिने स्वर्णिम अवसरसमेत गुमाउनेगरी संघीयताको निर्माण गरिनु सर्वथा अनुचित हुन्छ। यसैले विगतमा अखण्ड सुदूरपश्चिमको पक्षमा अभिव्यक्त भएको जनमतका आधारमा हेर्दा कम्तीमा पनि विगतमा विभाजन गरिएका विकासक्षेत्रलाई नै राज्यको रूप दिनु उपयुक्त हुने देखिन्छ।
संघीय हिसाबले राज्यको पुनर्संरचना गर्दा विचार पुर्याकउनुपर्ने कुरा केवल ‘जातीय पहिचान' वा भौगोलिक बनावट मिलेको क्षेत्रमात्र होइन। भौगोलिक विविधता र प्रशासनिक सुगमता, आर्थिक सक्षमता र पूर्वाधार विकासको अवस्था, भाषिक र सांस्कृतिक एकरूपता आदि कुरामा पनि विचार पुर्यााउनैपर्ने हुन्छ। यसका साथसाथै सबैभन्दा महत्वपूर्ण त कसैका भावनामा ठेस नपुग्ने, भोलि ‘रिभर्स डिस्त्रि्कमिनेसन' को अवस्था सिर्जना नहुने, देशले थेग्नसक्ने गरी प्रदेशको संख्या निर्धारण, नामांकन र सीमांकन गरिनु जरुरी छ। यसो भन्दै गर्दा धेरै संख्या बनाउन चाहनेलाई हिजो जिल्लाको संख्या धेरै भएर विकेन्द्रीकरण प्रभावकारी हुननसकेको यथार्थताप्रति विचार गर्दै, डा. हर्क गुरुङले सकेसम्म कम जिल्ला बनाउन गरेको सिफारिसलाई मनन गर्न र अहिले भावनामा बगेर वा प्रतिष्ठाको विषय बनाएर धेरै प्रदेश बनाउनेतर्फ नलाग्न अनुरोध गर्नु सबैको कर्तव्य हो। र, देशको दीर्घकालीन आर्थिक सक्षमता, अटुट, दीर्घकालीन र भावनात्मक राष्ट्रिय एकताको निमित्त उत्तर–दक्षिण जोडिनेगरी केन्द्र शासित एक ‘राजधानी प्रदेश' र अन्य ३ गरेर जम्मा ४ वा बढीमा ५ प्रदेशसम्मको संघीय गणतन्त्रात्मक नेपालको संरचनासहितको संविधान तोकिएकै मिति (आगामी माघ ८ गते) घोषणा गर्नेतर्फ लाग्न राजनीतिक दलहरूलाई सचेत गराउनु देशवासी सबैको जिम्मेवारी हो।