भोको पेट, नाङ्गो आंग र खाली खुट्टा भएका जनतालाई संविधान कस्तो आउँदैछ र संघीयताका नाममा देशलाई कति चिरा पारिदैँछ भन्ने के थाहा? अधिकारका दृष्टिले प्रधानमन्त्री ठूलो कि राष्ट्रपति?स्वतन्त्र न्यायपालिका कि न्यायपालिका मात्र? यी विषय बाठाटाठाका लागि पेसा र व्यवसाय भएको होलान्। देशको अर्थतन्त्रभन्दा ठूलो अर्थतन्त्र चलाउने गैसस कर्मीलाई संविधान बन्नुभन्दा नबन्दा फाइदा होला। विदेशी पैसाले नेपालीलाई गाली गर्न र दोष लगाउन पाइने र देशको बेइज्जत गर्न न्युयोर्क र ब्रसेल्स जान पाउँछन्। राज्यलाई गाली गरे बापत न कर तिर्नुपर्छ न सम्पत्ति छानबिन हुने डरै मान्नुपर्छ।
‘माघ ८ गते संविधान ल्याउनुपर्छ' सबैको थेगो बनेको छ। कस्तो संविधान? राजनीतिका रंगकर्मीहरु मार्गचित्र प्रस्तुत गर्दैनन्। सबै नेतालाई अतिथि बनाउने खेलमा लागेकासँग कसरी हुन्छ संविधानको तिथि? गैैससले गरेको गाली तिनले खुवाएको डिनर पछि बिर्सने हाम्रा राजनीतिक कर्मीकोे जमात इख र विष नभएको समाजमा परिणत जो हुँदै छ।
आजकल पापड र युवा सभासद् संविधान ल्याउने भन्दै नेताकहाँ स्तुति गर्दै हिडेको देखिन्छ। न पापडले न युवा सभासद्ले नेपालको प्रदेश न उत्तर दक्षिण हुनुपर्छ भन्छन्। न पूर्व पश्चिमै भनेका छन्। कुनै मानचित्र छैन। कार्यकारी को हुने राष्ट्रपति कि प्रधानमन्त्री? युवा सभासद् भन्न सक्छन् एकै स्वरमा? निर्वाचन प्रणालीको विकल्प दिन खोज्ने समाजका अभिनेता भोलि संसद्लाई प्लास्टिकका फूलगुच्छाले भर्न खोज्दैछन्। न प्रकृतिको सुवास हुन्छ, न मौलिकता। संसद् भन्दैमा संसदजस्तो त हुँदैन। युवा सभासद् वा अरू सबैको नेतासँग कुम जोडाउँदै टीभीको समाचारमा देखिने रहर गर्दागर्दै समय बितेको छ। संविधान सभामा संविधानको अक्षर कोर्ने रहर गर्ने कोही पाइदैनन्। भोगीसँग योगीको कर्म कहाँ हुन्छ र? नेपाली नेता, सरकारी जागिरका रूपमा सभासद् र संवैधानिक पदलाई लिन्छन्। अवधिका हिसावले जागिरमाभन्दा बढी समय ओगटिसकेको शासनको बागडोर अझै सुविधाको ठाउँ र बाटोबाट संविधान सभा या संसद्मा पुग्ने अवस्था खोज्दैछन्। विचारको बहस कहाँ भइरहेको छ र? झन्डा र विधानमा लोकतन्त्रको नामै लिननसक्नेहरू मुखले सजिलै लोकतन्त्रवादी हौँ भन्छन्। कति कमजोर छ यो लोकतन्त्र? संसद् भित्रका नेता र पापड भित्रका नेतामा केही फरक छैन। निर्वाचनमा एकातिर, निर्वाचन जितेपछि अर्कोतिरको कुरा गर्ने चरित्रमा हुर्केका पापडका अभिनेता संविधान निर्माणमा हाम्रो पनि योगदान छ भन्ने देखाउन आगोमा हैन आकाशमा फुकेर संविधान लेख्न मद्दत गर्दैछन्!
सरकारी कर्मचारीको संस्कार बोकेका पापडका नेता खुला समाजको नेता हुन खोज्दा कहाँ उभिन सक्छन् योगी झैँ? सञ्चारकर्मी र कानुन व्यसायीबाहेक पापडका सदस्य संस्थामा सरकारी कर्मचारीकैे बाहुल्य छ। यतिमात्र हैन बहुमतमा रहेका कर्मचारीको बाहुल्य भएको नागरिक समाजको मञ्चबाट खुल्ला संस्कारको राजनीति कहाँ हुर्कन सक्छ? ज्ञापनपत्र बुझाउन जति सजिलो छ, विवादित विषयमा एकमत भएर आउन त्यति नै कठिन पनि छ। नेताले मिलाएनन् विवाद भन्नेहरूलाई अहिले देखिएको विवादमा एकमतको राय पापडसँग माग्यो भने पापडका सदस्य संख्याभन्दा बढी राय बोक्दै हिड्नुपर्ने अवस्था हुनेछ। हाम्रो समाजले काम्लोमा पनि सातु मुछ्न सकिन्छ भने कसैले सोझै नराम्रो भन्दैनन्। सबैलाई सबैसँग जाति हुनु छ। पुस्तौँपुस्तासम्म सन्ततिले अभिवादन गर्ने संविधान बनाउनेभन्दा नजिकका मान्छेले अभिवादन गर्दैनन् कि भन्ने चिन्ता छ हाम्रा नेतालाई। त्यही संस्कारबाट हुर्केका हाम्रो नागरिक समाजका अगुवा पनि कठोर बोल्दैनन्। व्यवसायी धरातलमा कस्ले के गरे भनी सोध्ने बेला नभएर होला नेतालाई गाली गर्दा आफूले नेतृत्व गरेको जमातले पनि आफूलाई तिनै नेतालाई झैँ गाली गरेको थाहै हुँदैन। पत्रकार महासंघ होस् या वार, डाक्टर हुन् या इन्जिनियर हामी सबैले फर्केर अआफ्नो समाजलाई हेरौँ त! कतै हामी नेताभन्दा पनि कमजोर त छैनौ? शिक्षक र प्राध्यापकलाई त नसोधे नै हुन्छ। सबैको मूल नै शिक्षा हो। धमिलो पानीमा माछा मार्न सिकाउने हाम्रो शिक्षा जुन ठाउँमा गए पनि उस्तै फल्ने त हो। माटो र बीउभन्दा फरक फल फल्दै फल्दैन पृथ्वीमा।
बोलीचालीमा ‘बच्छी–बच्छी' अंग्रेजीमा ‘विन–विन' अवस्था रहेको नेपाली राजनीतिक विचार र त्यस्कोपछाडि रहेको जनमत आफैँमा विकासको बाधक त भएन? दुवै सधैँ यही हैसियतमा रहन त नपर्ने हो। हार्न त एउटाले हार्ला नै। लोकतन्त्रले हार्योु भने फेरी लोकतन्त्रको लागि आन्दोलन पक्कै हुन्छ। लोकतन्त्रले अस्थायी हार व्यहोर्नुपर्ने अवस्था आइपरेको त छैन? हार्नुपर्नेले हार्योद र जित्नु पर्नेले जित्यो भने सबैको जित हुनेछ। संसारकै अनौठो परीक्षण नेपालमा गर्न खोजिँदै छ। परीक्षण र प्रयोगको धर्ती बनाउन युवादेखि बृद्धसम्म एउटै मञ्चमा देखिन्छन्। आफू जित्नुभन्दा पनि अरूलाई हराउन पाए ठूलो विजय ठान्ने हाम्रो मनोवृत्ति समाजकै प्रवृत्ति मानिन्छ।
विचारविनाको राजनीति हुर्काएको हाम्रो समाज खहरे खोला झै गर्जिन्छ। अगिल्लो संविधान सभामा एउटा पाटी गर्ज्यो। अहिले अरू गर्जेका छन्। विचार एउटा विषय रहेछ, व्यवस्थापन अर्को कुरा। समन्वय बीचमा बसेको मियो पो हुँदो रहेछ। राजनीति नेता न मियो भए न विचार। मियो र विचार नै नभएकाले के समन्वय गर्लान्? समन्वय गर्न खोज्ने हाम्रो समाज सप्तरंगी छ। सातै रंग देख्दा नराम्रो त कसरी होला? इन्दे्रणीको कुन रंग कहाँबाट सुरु भएर कहाँ सकिन्छ छुट्याउन नसक्ने झैँ पापडभित्र पनि रंग छुट्याउन गाह्रो छ । कुरा गर्छन् लोकतन्त्रका काम गर्छन् आआफ्नै संस्कारका। विचार र व्यवहारमा एउटै नभए पनि चल्दो रहेछ हाम्रो समाज। गाउँघरको सामन्त, लोकतन्त्रवादी र कम्युनिस्टमा बाँडिन पाउने हाम्रो समाजको सुविधाले पार्टीलाई पनि सामन्ती बनाइसकेको थाहा छैन राजनीतिक नेतालाई।
राजनीतिको व्यापारीकरण, व्यापारमा अपराधीकरण र अपराधको राजनीतिकरण भएको हाम्रो समाजले कस्तो भविष्य देला हाम्रा सन्ततिलाई? भविष्यका लागि फोहर नथुपारिदिएमात्र पनि पुग्ने थियो। आफ्नै संस्कारलाई संरक्षण गरेको भए अहिले फिरन्ते हुनुपर्ने थिएन। घर चलाउनेले देश चलाउँछन्। संस्कृत पढ्नेले अंग्रेजी पढ्न सजिलै सक्छन् तर अंग्रेजी पढ्ने सबैलाई संस्कृत पढ्न सजिलो हुँदैन। ज्ञान, कर्म र उपासनाबाट प्राप्त हुने ज्ञान नै विज्ञान भन्ने गीता त्यसै संसारका लागि अद्भूत ग्रन्थ भएको हो र?।
सुन्दै नसुन्नेलाई कति भन्ने? मञ्च बाहिर पनि अभिनय गर्नेको कति भर पर्ने? समाजले आफ्नो रूप आफैँ परिवर्तन नगरुन्जेल लोकतन्त्र हुर्कँदैन। लोकतन्त्र हुर्काउन सारोगारो परेको अवसरको फाइदा देशीविदेशी सबैले लिन खोज्छन्। अस्थिरताको अन्त्यकै लागि त संस्कार, व्यवहार र विचारले सच्चा लोकतन्त्रवादी बन्नुपर्छ।