निर्वाचित जनप्रतिनिधिद्वारा संविधान निर्माण गर्ने सहमति २००७ सालको जनक्रान्तिलाई पूर्णता दिने क्रममा पनि भएको थियो। त्यसले कहिल्यै पूर्णता पाउन सकेन। जनताको संप्रभुताको आन्दोलनले २०४७ सालको संविधानपछि विश्राम पाउने आशा धेरैले लिएका थिए। तर २०४७ सालको संविधान चक्रब्यूहमा फसेर अरू संविधानभन्दा सजिलै समाप्त भयो। माओवादी सशस्त्र विद्रोहपछि कांग्रेस र एमालेले स्वीकार गरेकाले निर्वाचित संविधानसभाबाट संविधान बनाउने प्रस्ताव राष्ट्रिय एजेण्डा बनेको हो।
जननिर्वाचित प्रतिनिधिले संविधान बनाउने अवधारणा कम्युनिस्ट मान्यताविपरीतको विषय हो। फलतः माओवादीलाइ अहिले संविधानसभा 'नखाउँ भने दिनभरीको सिकार खाउँ भने कान्छा बावुको अनुहार'जस्तै भएको देखिन्छ। अर्कोतर्फ कम्युनिस्टहरूको खहरे बाडीले संविधानसभाबाट बन्ने संविधानमा लोकतान्त्रिक मूल्य, मान्यता र संस्कारसमेतलाई बगाउने हो कि भन्ने आशंकामा लोकतन्त्रवादीले पनि संविधान निर्माणको आँट गर्न नसकेको देखिएको छ। राजनीतिक पार्टीहरूको यही द्वैध मनस्थितिले संविधान निर्माण प्रक्रिया बेवारीस बन्ने संकेत देखा पर्न थालेको छ।
तोकिएको मिति २०६७, जेठ १४ गतेसम्म संविधान बनेन भने नेपालको अन्तरिम संविधान, २०६३ विफल हुनेछ। अन्तरिम संविधानबाहिरबाट समाधान खोज्नुपर्ने अवस्था धेरै टाढा नरहेकेा संकेत राजनीतिक दलका नेताहरूले देखाइसकेका छन्। मुलुक संविधानवाद छाडेर अभियानवादहुँदै अधिनायकवादको पनि दुगर्म बाटो जातिवादतर्फ डोरिने खतरा राजनीतिक यथार्थ हुन लागेको छ।
संविधानसभाबाट सबैलाई मान्य लोकतान्त्रिक मूल्य मान्यतामा आधारित शासन व्यवस्था स्थापना हुने विश्वास धेरैले लिएका छन्। कम्युनिस्ट पार्टीहरूले लोकतान्त्रिक पद्धतिप्रति व्यक्त गर्ने प्रतिबद्धता उनीहरूको पार्टीको विधान र कम्युनिष्ट घोषणापत्रप्रतिको प्रतिबद्धताभन्दा माथि छ भनेर विश्वास गर्न सकिने आधार छैन। कुनै पनि दिन शान्ति वा स्थायित्वका नाममा गरिएका यी सबै प्रतिबद्धता र दस्तावेज रणनीति मात्र थिए भनेर रुसमा लेनिनले रोजेजस्तै उनीहरू आफ्नै बाटोमा हिड्दैनन् भन्ने विश्वास गर्ने परिस्थिति निर्माण हुनसकेको छैन। संविधानसभा लोकतान्त्रिक मूल्य र मान्यताको पक्षमा उभिने की साम्यवादी धारमा उभिने भन्ने महत्वपूर्ण विषय हो। तर बिस्तारै संविधानसभा यी दुवै धार छोडेर जातीवादतर्फ उभिन लागेको आशंका उत्पन्न हुँदैछ।
जवाफदेही सहितको सिद्धान्त, मूल्य, मान्यतालाई आफ्नो जनआधारको जग बनाउनु सट्टा जातीयता, क्षेत्रीयता र वर्गीयताभित्र पार्टीहरु बाँधिदै गएको देखिन्छ। केही राजनीतिक पार्टीको उद्देश्य नै जातीय राज्यको स्थापना र जातीय राज्यको परिचालनका नाममा आफ्नो राजनीति चलाउनु होला तर नेपालको विकासमा जिम्मेवारी बोध गर्ने राजनीतिक पार्टीले जात, भात र कपालको नाममा हुँदै गरेको राजनीतिलाई समयमा नै व्यवस्थित गर्न नसके सबै पार्टी तिनैमा बाँधिने छन। त्यसबाट देशलाई बाहिर निकाल्न ठूलो बलिदान र तपस्या गर्नुपर्नेछ।
कम्युनिस्टको बहुमत भएको संविधानसभाबाट अधिनायकवादी संविधान आयो भने लोकतन्त्रको लडाई नेपाली जनताले फेरि लड्नुपर्ने हुन्छ। कम्युनिस्ट सिद्धान्त र विश्वास गर्नेको बहुमत रहेको संविधानसभाबाट लोकतान्त्रिक मूल्य र मान्यतासहितको संविधान निर्माण गर्ने चुनौती र अवसर सरकारको नेतृत्व गरेको नेकपा (एमाले) पाएको देखिन्छ। संविधानसभाको तेस्रो शक्ति एमालेले यथार्थमा महत्वपूर्ण भूमिकामा छ। तर एमालेभित्रको अधिनायकवादी र लोकतान्त्रिक धारबीचको संघर्ष संविधान निर्माणमा पनी बाधक बन्न सक्ने खतरा छ।
संविधानसभाबाट लोकतान्त्रिक मूल्य र मान्यतासहितको संविधान बन्यो भने नेपालमा राजनीतिक विवाद अन्त्य हुन पनि सक्छ। संविधानसभामा सैद्धान्तिकरूपमा लोकतन्त्र पक्षधरले बहुमत प्राप्त गर्न नसक्ता लोकतान्त्रिक व्यवस्था स्थापित हुने संभावना बलियो देखिएको छैन। सिद्धान्ततः कम्युनिस्ट र व्यवहारमा जातिवादी शक्तिले संविधानसभामा निर्णायक स्थान प्राप्त गरेकोले कम्युनिस्ट अधिनायकवादी व्यवस्थातर्फको आशंका बलियो हुँदै गएको हो। तर, कम्युनिस्ट अधिनायकवादी सिद्धान्त र जातीय आधारमा संविधान निर्माण गरिए राजनीतिक स्थायित्व प्राप्त हुने छैन। अहिलेको विवाद बाहिर हेर्दा सत्ता संघर्षमात्र देखिए पनि यथार्थमा लोकतान्त्रिक की अधिनायकवादी धार भन्ने नै हो। कम्युनिस्टहरू संविधानसभामा आफ्नो दरो उपस्थिति भएपनि कम्युनिस्ट सिद्धान्त संविधानको मूल जग बन्न नसक्ने देखेपछि बिस्तारै जातिवादी हुँदै गएका छन्। परन्तु, यी दुवै धारले नेपालको सुदूर भविष्यको नेतृत्व भने गर्नसक्ने अवस्था छैन।
(लेखक नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसनका अध्यक्ष हुन्।)