नयाँ शक्तिको चुनौती
१७ फागुन २०७१
•
१० मिनेट पाठ
नयाँ शक्तिको चुनौती
भारतमा अन्ना हजारेको भ्रष्टाचारविरोधी आन्दोलनको आरम्भसँगै नेपालमा पनि नयाँ शक्तिको चर्चा सुरु भयो। अन्नाकै आन्दोलनमा सहभागीहरूले आमआदमी पार्टी (आप) गठन गरे। तर सामाजिक अभियन्ता अन्ना त्यसमा सहभागी भएनन्। उनको उद्देश्य पार्टी खोल्नु थिएन, भ्रष्टाचारनियन्त्रणको अभियान चलाउनु थियो। अन्नाकै सहयोगी अरविन्द केजरिवाललगायतले आपको गठन गरेपछि यसको लोकप्रियता ह्वात्तै बढेर गयो। भूराजनीतिक हिसाबमा निकट छिमेकी नेपालमा त्यसको प्रभाव नपर्ने कुरै भएन। नेपालमा पनि भारतमा आपको उदयसँगै नयाँ शक्तिको बहस सुरु भयो। वर्षौंदेखि सत्ता र राजनीतिको स्वाद चाखिरहेका दलहरूप्रति जनतामा निराशा व्याप्त छ। भारतमा पुराना दलसँग जनताको निराशा र आफ्ना सशक्त एजेन्डाका कारण आपले दिल्ली विधानसभा निर्वाचनमा ऐतिहासिक बहुमत पनि ल्यायो। आधा शताब्दिभन्दा बढी सत्ताको स्वाद चाखेको कांग्रेसलाई चुनावी दौडमा निकै पछाडि छाडेको भारतीय जनता पार्टीका नेता तथा प्रधान मन्त्री नरेन्द्र मोदीलाई यसले भर्खरै ठूलो झड्का दियो। उनी जम्मा ३ सिटमा चित्त बुझाउन बाध्य भए। लोकतन्त्रको सबैभन्दा ठूलो सौन्दर्य यसैलाई मान्नसकिन्छ। जनता अघिपछि त चुप लाग्छन्, कहिलेकाहीँ असन्तुष्टि पनि पोख्छन् तर निर्वाचमा नबोलिकनै मै हुँ भन्नेलाई ठेगान लगाइदिन्छन्। यसको पछिल्लो उदाहरण भारतमा 'आप' बन्यो।

नेपालमा आपजस्तै वैकल्पिक शक्तिको उदय सम्भव छ? बहस तीव्ररूपमा भइरहेको छ। तर यो बहस केही पत्रपत्रिका र चिया गफमा मात्र सीमित छ। गफैले मात्र वैकल्पिक शक्तिको निर्माण हुँदैन। विश्वमा शक्ति निर्माणको सन्दर्भ हेर्दा त्यसले बोकेको एजेन्डाले नै प्रमुख भूमिका खेलेको देखिन्छ। फ्रान्समा नेपोलियन, रुसमा लेनिन, जर्मनीमा हिटलर र भारतमा अरविन्द केजरिवाल आफ्ना एजेन्डाकै कारण उदाएका हुन्। तर सबैका आफ्ना विधि भने फरक थिए। नेपालमा माओवादीलाई पनि जनताले विश्वास गरेर भोट दिएकै हो। माओवादी पनि नयाँ शक्तिको रूपमा उदाएको थियो। तर वैकल्पिक शक्ति बन्नसकेन।

नेपालमा वैकल्पिक शक्ति निर्माणको लागि एजेन्डा कस्तो हुनुपर्ला? यसको बहस थालिरहेका विद्धानहरूले यसबारे सोच्नु जरुरी छ। रेडियो, टेलिभिजन, पत्रपत्रिका र सामाजिक सञ्जालमा बहस चलाउँदैमा नयाँ शक्तिबारे जनताले बुझ्नसक्दैनन्। यसको पहुँचमा कति नेपाली छन्? अधिकांश जनता ग्रामीण क्षेत्रमा बसोबास गर्छन्। त्यहाँसम्म सामाजिक सञ्जालको कुरा त परै जाओस् सामान्य पत्रिका पनि पुग्दैन। वैकल्पिक शक्तिको निर्माण गर्न यस्ता सञ्जालजन्य घेराबाट बाहिर निस्कनु जरुरी छ। सहरिया जमातमा यी कुराले स्थान बनाउला, तर त्यसका आधारमा मात्र देशमा वैकल्पिक शक्ति बन्दैन। भारतमा पनि आपलाई बिजयी गराउन समान्य रिक्सावालाहरूकै प्रमुख भूमिका थियो। अहिले पनि नेपाली राजनीतिको निर्णायक शक्ति भनेका ग्रामीण जनसमुदाय नै हुन्। उनीहरूको सहभागिताबिना वैकल्पिक शक्ति सम्भव छैन। ग्रामीण मत कति महŒवपूर्ण छ भन्नेे पटकपटकका निर्वाचनले देखाइसकेको छ।

दिमागमा नयाँ शक्तिको सपना बोकेका सहरियाहरू के ग्रामीण जनतासँग साक्षात्कार गर्न जालान्? मानिस सदैव नयाँ खोजिरहन्छ। यो मानवीय स्वभाव हो, समाज विज्ञानको नियम हो। तर खोजेरमात्र पनि पुग्दैन। साथ दिनेहरू भएरमात्रै पनि हुँदैन। त्यसको लागि कुशल नेतृत्वको आवश्यकता पर्छ। यसको नेतृत्व गर्न उत्सुक व्यक्ति जनतामा भिज्नु जरुरी छ। कुशल नेतृत्व पटकपटक जनताको घरआँगनमा पुगेको हुनैपर्छ। तारे होटलमा वैकल्पिक शक्तिको बहस गरेर यो सम्भव छैन।

नेपालमा विकास र समृद्धि चाहिएको छ। यसका निम्ति अब नयाँ शक्ति आवश्यक छ। लिक्वान ले सिंगापुरलाई बनाए, मलेसियालाई डा. महाथिर मोहम्मदले विकासको नयाँ सिँडी चढाए। चीनमा कुनैबेला माओले कारबाही गरेका देङ सियाओ पिङ चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा पुगेर आधुनिक चीनको ढोका खोले। उनको दृष्टिकोणको जगमा आज चीन विश्वको पहिलो अर्थतन्त्र बनेको छ। कम्युनिस्ट पार्टीभित्रै संघर्ष गरेर आएका देङबाट पनि नेपालका नेताले सिक्नु जरुरी छ।

आर्थिकरूपले परिपूर्ण, राम्रो सामाजिक छवि र अध्ययन गरेको मानिसले मात्र नयाँ शक्तिको नेतृत्व गर्नसक्छ भन्ने तर्क पनि आइरहेको छ। तर हामीलाई थाहा छ, अभावकै बीचमा नेतृत्व जन्मने गरेको छ। नेपालमा पनि 'एलिट'हरू नेतृत्वमा कमै पुगेका छन्।

एउटा वस्तु वा कुरा पनि एकपटक मात्र नयाँ हुन्छ। एकपटक पुरानो भएको वस्तुलाई दोस्रो पटक नयाँ पार्न सकिँदैन। कुनै सिद्धान्त वा व्यक्तिको नक्कल गरेर पनि केही नयाँ हुँदैन। २००७ साल वरिपरि नेपाली कांग्रेस नयाँ थियो। २०६२ तिर आइपुग्दा नेकपा माओवादी नयाँ बन्यो। भारतमा अहिले आप नयाँ छ। समयले नयाँ कुरा पछ्याइरहन्छ। तर सधैँ नयाँ केही पनि रहँदैन। यो सामाजिक नियम हो। आम आदमी पार्टीको शैली नक्कल गरेर नेपालमा वैकल्पिक शक्ति बन्नसक्दैन। र, वैकल्पिक शक्ति निर्माणमा लाग्नेहरूले आफ्नो जागिरे मानसिकता र बौद्धिक भ्रम पालेर पनि नयाँ शक्ति बन्दैन। जनताका घरदैलोमा मकै–ढिँडो खाँदै तिनको चाहना अध्ययन गर्ने र बुझ्ने हिम्मत गर्नुपर्छ। नेपालको भूगोल नै यस्तो छ, सहरले मात्र सबै कुराको निर्धारण गर्नसक्दैन। निर्णायक शक्ति ग्रामीण भेगमा छ। ग्रामीण शक्तिको साथबिना नयाँ शक्ति जन्मिए पनि माथि उठ्न सक्दैन। त्यो कुनै टोलगाउँमा गठन गरिने सामान्य क्लबमा सीमित हुनपुग्छ।

दैनिक जनजिविकाको समस्यामा कतिपय नेपाली बाँचिरहेका छन्। समाज 'रेमिट्यान्स'ले चलायमान भएको छ। राज्य स्वदेशमै रोजगारी सिर्जना गर्नुभन्दा पनि रेमिट्यान्समै जोड दिइरहेको छ। बौद्धिक जनशक्ति पनि पलायन भइरहेको छ। प्लस टु सक्नेबित्तिकै युवाको सपना विदेश जाने हुनथाल्छ। यसले तत्कालका निम्ति देशलाई केही राहत त देला, तर भविष्य सुरक्षित हुँदैन। के नयाँ शक्तिका पक्षधरहरूले यस्ता समस्या नियन्त्रण गर्नसक्लान्? वैकल्पिक शक्तिको परिकल्पना गर्नेले प्रमुखरूपमा सोच्नुपर्छ। आर्थिक, सामाजिक र औद्योगिक विकास गर्ननसक्ने हाम्रै पुराना नेतृत्व हुन्। यथास्थितिमा रमाउने नेतृत्वको विकल्पमा नयाँ शक्ति आउनु आवश्यक छ। तर नेपालमा बसेर भारतको आपको सफलतामा रमाउँदैमा यहाँ नयाँ शक्ति बलियो हुँदैन। नेपाली जनताले यहीँको माटो, हावा, पानी र आवश्यकता बुझेको नयाँ शक्ति चाहेका छन्।
अर्को समाचार
'लोकप्रियतावादी शक्तिको उदय हुनु न्यायपालिकाका लागि चुनौती'
०५ असार २०७६
•
२ मिनेट पाठ
'लोकप्रियतावादी शक्तिको उदय हुनु न्यायपालिकाका लागि चुनौती'
नयाँ दिल्ली– भारतीय सुप्रीम कोर्टका मुख्य न्यायाधीश रंजीत गोगोईले लोकप्रियतावादी (पपुलिज्म) शक्तिको उदय हुनु न्यायपालिकाको स्वतन्त्रताको लागि चुनौती रहेको बताएका छन्।

सांघाइ सहयोग संगठन (एस.सी.ओ) का न्यायाधीशहरुलाई सम्बाेधन गर्ने क्रममा गोगोईले भने ‘लोकप्रियतावादीहरु न्यायालय र न्यायाधीशहरुमाथि आफ्ना उद्देश्यहरु यसरी लाद्न थालेका छन् कि हामीहरुलाई उनीहरुले निर्वाचित गरेका हुन्। हामीहरु यस्तो व्यवहारको विरूद्धमा जानु पर्छ र संवैधानिक मुल्य मान्यताको रक्षा गर्नुपर्छ।’

वर्तमान अवस्थामा बहुमत सरकारको निर्णयहरु उल्टीरहेको बताउदै उनले  यस्तो परिस्थितीको सामना दुनियाँभरका न्यायालयले गरेको र कयौ न्यायालय लोकप्रियतावादीको घेरामा परेको बताउदै,न्यायपालीकाको स्वतन्त्रता र यसको विश्वसनीयता जोगाउनकालागि न्यायपालीका सधै तयार रहनु पर्ने उनको धारणा छ।

निर्वाचित संस्थाले गरेको निर्णय कसरी गैर निर्वाचित संस्थाले उल्टाउन सक्छ भनेर भाजपाको अगुवाईमा एनडीए सरकारले न्यायलयमाथि प्रश्न गरिरहेको र जर्जहरुको नियुक्तिमा कार्यपालीकाको भूमिका हुनेपर्ने बहस चलिरहेको बेला न्यायधीश गोगोईको यो धारणा आएको हो।

गोगोईले भने ‘जर्जहरुको गैर राजनीतिक नियुक्तिबाट नै न्यायलयको स्वतन्त्रता सुनिश्चित गर्न सकिन्छ।’  
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस