भारतीय वित्त मन्त्री अरुण जेट्लीले आउने वर्षको बजेट दोस्रो पुस्ताको सुधारको पूर्ण प्याकेज हुने घोषणा गरे जसका लागि चालु वर्षको बजेटले प्रस्तावित सुधारका केही महत्वपूर्ण आधार सुरुवात गरिसकेको पनि छ। दोस्रो पुस्ताको सुधारका लागि कोइला अध्यादेश, प्राकृतिक साधनको विवेकशील प्रयोग, कर प्रणालीमा सुधार र जग्ग्ाा प्राप्ति व्यवस्थाले विशेष आधार दिनेछन्। गत वर्षको संघीय बजेट कार्यक्रम प्रस्तुत गर्ने क्रममा वित्त मन्त्री पि चिदाम्बरमले पनि सन् २०४३ सम्म भारतलाई विश्वको तेस्रो आर्थिक शक्ति बनाउने दीर्घकालीन सोच योजना संसदमा प्रस्तुत गरेका थिए। सरकार परिवर्तन भए पनि आर्थिक समृद्धिका लागि लिइने नीतिमा खासै परिवर्तन हुनुहुन्न भन्ने सङ्केत पनि यसले दिएको छ। साथै राजनीतिक दलहरु सत्तामा जाने र जनविश्वास जित्ने आधार पनि सुधार र समृद्धिका योजनासिवाय केही होइन भन्ने निष्कर्ष पनि यी घटनाले देखाएको छ। त्यसैले विपरीत वैचारिक धारको प्रतिनिधित्व गर्ने वित्त मन्त्रीहरुको उद्देश्य भने एउटै रहेछ– भारतीय अर्थतन्त्रलाई पूर्ण खुला र स्थिर नीति वातावरणमा गतिशील बनाउने।नेपालमा पनि गत वर्षदेखि दोस्रो चरणको सुधारको आवश्यकताका विषयमा चर्चा चल्दै आएको छ। तर पहिलो चरणको सुधार के हो र दोस्रो चरणको सुधार किन आवश्यक भयो भन्ने विषयमा भने त्यति चर्चा गरिएको छैन। साठीको दशकदेखि नै विपन्न मुलुकको आर्थिक–सामाजिक रूपान्तरणका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक, राष्ट्रसंघीय विकास कार्यक्रमलगायतका विश्व संस्थाहरुले सुधार प्रस्ताव अघि सार्दै आएका हुन्। अन्तर्राष्ट्रिय मुद्रा कोषका अर्थशास्त्री जोहन विलियम्सनले सन् १९८९ मा अघि सारेका दश बुँदे सुधार रणनीतिबाट प्रथम चरणको सुधार कार्यसूची तयार भएको थियो जसलाई ‘वासिङ्टन सहमति′ पनि भनिन्छ। वित्त सुधार, सार्वजनिक खर्च व्यवस्थापनमा सुधार, कर प्रणाली सुधार, ब्याज दर सुधार, प्रतिस्पर्धात्मक विनिमय दर, व्यापार उदारीकरण, वैदेशिक लगानीका लागि नीति सुधार, निजीकरण, वित्तीय क्षेत्र सुधार र सम्पत्ति अधिकारको सुनिश्चितता प्रथम चरणका सुधारका कार्यसूची थिए। प्रथम चरणको सुधार कार्यक्रमबाट विकासशील मुलुकहरुले अर्थतन्त्रलाई खुला र उदार बनाई केही महत्वपूर्ण उपलब्धि पनि हासिल गरे। प्रथम चरणको सुधारको सिफारिस गरिएको करिव साढे दुई दशकपछि अन्तर्राष्ट्रिय मुद्रा कोषले नै दास्रो चरणको सुधार कार्यक्रममार्फत विपन्न मुलुकलाई विश्वव्यापीकरणको अवसर हात पार्ने रणनीति अघि सारेको छ। दोस्रो चरणको सुधारको उद्देश्य बजार अर्थतन्त्रमा राज्यको क्षमता विस्तारसहित सामाजिक वस्तु तथा अवसरहरुको सुनिश्चितता हो। जसका लागि वित्तीय क्षेत्रको सुदृढीकरण, सवल सुशासन, सार्वजनिक लगानीको सामाजिकीकरण र घनीभूत संरचनात्मक सुधार आवश्यक मानिन्छन्।
प्रथम चरणको सुधारले विकासशील मुलुकको अर्थतन्त्रलाई ‘ओपन अप′ गरे पनि आन्तरिकरूपमा सामाजिक प्रगति र बाह्यरूपमा प्रतिस्पर्धा क्षमता विकास गर्न सकेन। परिणामतः मुलुकभित्र ठूलो सामाजिक वर्ग सीमान्तीकरणमा पर्न गए भने अन्तर्राष्ट्रिय बजारमा विपन्न मुलुकहरु सीमान्तकृत हुन पुगे। त्यसैले केवल संरचनात्मक सुधारले अल्पकालमा केही उपलब्धि हासिल गर्न सजिलो भए पनि त्यसलाई संस्थातगत र आन्तरिकीकरण गर्न थप प्रयासलाई निरन्तरता दिनु जरुरी ठानिएको छ। पहिलो र दोस्रो चरणका सुधारमा कतिपय कुरा भने समान रहन्छन् तर एकै भने होइन। पहिलो चरणमा मुद्रास्फीति नियन्त्रण र आर्थिक वृद्धिलाई प्राथमिकतामा राखिन्छ, दोस्रोमा सामाजिक अवस्था सुधार, बाह्य प्रतिस्पर्धा क्षमता विकास र समष्टिगत आर्थिक स्थिरतालाई। पहिलो चरणका सुधार रणनीति कानुन तथा नीति परिवर्तन र राज्यको कार्य आयतन घटाउनु हो भने दोस्रो चरणमा उपयुक्त संस्थागत आधार, सामाजिक सेवा विस्तार र अन्तर्राष्ट्रिय आर्थिक आबद्धतामा केन्द्रित रहन्छन्। पहिलो चरण सुधार संयन्त्रमा बजेट कटौती, लगानी उदारीकरण, सामाजिक बिमा कोष र निजीकरणलाई लिइएको थियो भने दोस्रो चरणका सुधार संयन्त्रमा राज्यको पुनर्संरचना, निजामती सेवा सुधार, सेवा प्रणालीको पुनर्संरचना, निर्यात प्रबर्द्धन र नियमन संयन्त्रको सवलीकरण पर्छन्। पहिलो पुस्ताका सुधार पात्र सीमित र दोस्रोमा राज्य प्रणालीभित्र र बाहिरका पात्र समेटिन्छन्। पहिलो पुस्ताका सुधारको नतिजा र प्रभाव तत्काल देखिन्छन् भने दोस्रो पुस्ताको सुधारका प्रभाव देखिन मध्यम र लामो अवधि पर्खनुपर्छ। तर के भुल्नुहँुदैन भने पहिलो पुस्ताको सुधार दोस्रो चरणको सुधारका लागि आधार हो।
नेपालले पनि प्रजातन्त्र पुनर्स्थापनासँगै नब्बेको दशकमा पहिलो चरणको सुधार सुरु गरेको थियो। प्रथम निर्वाचत सरकारले बडो महत्वका साथ एकैचोटी उदारीकरणको नीति अख्तियार गरेको थियो। उदारीकरणका नीतिअनुरूप थुप्रै संरचनागत परिवर्तन गरिएका थिए। थालिएका सबै संरचनागत परिवर्तनले अर्थतन्त्रलाई खुला र उदार बनाइ निजी क्षेत्रको भूमिका मनग्गे विस्तार गर्न पुग्यो। ज्याला, मूल्य, ब्याज, विनिमय, लगानी, व्यापार, रोजगारी जस्ता आर्थिक विषय बजार संकेतबाट निर्देशित भए भने सरकारको कार्यक्षेत्रलाई लक्षित वर्ग र सामाजिक न्यायमा निर्दिष्ट गरियो। यसबाट सरकार छरितो एवम् प्रभावकारी र सरकारबाहिरको क्षेत्र कार्यकुशल देखियो। सुधारका लागि लिनुपर्ने नीति संरचनाका क्षेत्रमा सहयोग पुर्यारउन प्रधान मन्त्रीको संयोजकत्वमा उच्चस्तरीय प्रशासन सुधार आयोग गठन भएको थियो। तत्कालीन अर्थ मन्त्री महेश आचार्य, योजना आयोगका उपाध्यक्ष रामशण महत, सचिवद्वय भोलानाथ चालिसे र दीपेन्द्रपुरुष ढकाल एवम् अर्थविद् प्रवीण दीक्षितको समूहले सुधारशिल्पीको भूमिका निर्वाह गरेका थिए। आठौँ योजना अवधिमा थालिएका सुधारका प्रयासहरु विलिम्सनका सिफारिससँग तदात्म्यता राख्नेखालका थिए। निजीकरण, वित्तीय क्षेत्र उदारीकरण, कर प्रणालीमा सुधार, सार्वजनिक खर्च व्यवस्थापनलगायतका सुधार कदमले अर्थतन्त्रमा तत्कालीन परिणाम देखिए। यी प्रयासबाट निजी क्षेत्र एकदमै उत्साही देखिए। वस्तु तथा सेवा उत्पादन ह्वात्तै बढ्न गयो भने व्यापार उदारीकरणका कारण सहजरूपमा अन्तर्राष्ट्रिय तहमा उत्पादित वस्तु/सेवा उपयोग गर्ने अवसर नेपाली उपभोक्ताले पाए। नेपाली आकाशमा धेरै वायुसेवा सञ्चालक देखिए, बैंक तथ वित्तीय मध्यस्थता सेवा विस्तार भयो, विद्यालय र उपचार केन्द्रहरु पनि मनग्गे खुले भने सूचना प्रविधि सेवाले अन्य क्षेत्रलाई आपसमा आबद्धीकरणमा लग्यो। जलविद्युत्बाहेक पूर्वाधार संरचना पनि आशालाग्दो परिणाम देखिएको छ। तर उत्पादन उद्योगहरु भने विस्तार हुन सकेनन्। दशक लामो द्वन्द्वका बाबजुद पनि नेपाली अर्थतन्त्रले विस्तारको चरण पूरा गर्योक। सुधार अभियानको एक दशकमा नेपाली अर्थतन्त्र यस क्षेत्रकै उदार अर्थतन्त्रका रूपमा चिनिन पुग्यो।
तर दशक लामो द्वन्द्व र त्यसपछि देखिएका गैरआर्थिक कारणबाट सुधार अभियानले समाउनुपर्ने गति पाएन, पहिलो चरणका सुधार उपलब्धि कायम राख्न पनि कठिन देखिएको छ। रोजगारी सिर्जना, उत्पादन क्षेत्रको विस्तार र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा क्षमता विकास नगरी उदारीकरणको फाइदा लिन सकिँदैन। उदीयमान छिमेकी अर्थतन्त्रहरुको छायाँमा मात्र पर्यौँ भने आउने दशक पनि गुम्नेछ। यो शताब्दी एसियाको बन्दैछ। राजनीति पूर्ण लिकमा आएपछि थप प्रयास गरांैला भन्ने सोच राखिए पनि अर्थतन्त्र पछि पर्नेछ। सुधार गर्न सकिन्न भन्ने सोच वृत्ति र तत्काल नतिजा नदेखिए हतास हुने प्रवृत्ति पनि सुधारका बाधक हुन्। सन् १९९८ मा बेइजिङ विश्वविद्यालयमा वक्तव्य दिने क्रममा विश्व बैंकका उपाध्यक्ष एवम् प्रमुख अर्थशास्त्री जोसेफ स्टिग्लिजले आर्थिक–सामाजिक रूपान्तरण र समृद्धिका लागि परम्परागत सम्बन्ध प्रणाली आन्दोलन, परम्परागत सोचविरुद्ध आन्दोलन, परम्परागत शिक्षाविरुद्ध आन्दोलन र परम्परागत उत्पादन प्रणालीविरुद्ध आन्दोलन गरेर नै चीनले प्रगतिको यात्रा पक्डेको औल्याएका थिए। सामाजिक रूपान्तरणका लागि व्यावहारिक ज्ञान र सिप आवश्यक छ। विश्वविद्यालय र अन्य शैक्षिक प्रतिष्ठानहरु व्यावहारिक ज्ञान, सिप र कार्यसंस्कृति सुधारका केन्द्र बन्नुपर्छ। भोको पेट (गरिबी), निस्त्रि्कय श्रम (बेरोजगारी) र कोरा शिक्षा (तर्क गर्न सक्ने तर सिप नदिने) ले कुनै पनि व्यवस्थालाई अस्थिर गराउँछ। अपार सम्भावना भएको युवाशक्ति, अव्यावहारिक शिक्षा र नकारात्मक सोचका कारण जनमत नभएका राजनीतिक दलका पक्षमा उपयोग भएका हुन्। हामीले गम्भीर भएर सोच्नुपर्छ– खोइ हामीले जीवनमुखी शिक्षा दिएको? त्यसैले जति उच्च शिक्षा दिइन्छ, व्यक्ति कामबाट त्यति नै विमुख हँुदै गएको छ। पूर्वाधार र नीति संरचना परिवर्तन त गर्यौँन तर खोइ यसलाई उत्पादन प्रक्रियासँग जोड्न सकेको? समस्या कार्यसंस्कृति र व्यवहारमा भए पनि उपचार संरचनाबाट खोज्ने परिपाटी हटेको छैन। त्यसैले मानव पुँजी निर्माण गरी अहिलेसम्म ‘भर्जिन′ रहेका प्राकृतिक स्रोतहरुको उपयोग गरेर नेपाली अर्थतन्त्र उकास्न सकिन्छ। चीन तथा दक्षिण कोरिया पनि तीन दशकअघिसम्म झण्डै हाम्रै अवस्थामा थिए। अहिले दोस्रो चरणको सुधार कार्य यस कारण पनि सजिलो छ कि नब्बेको दशकका सुधारशिल्पीहरु अहिले सरकारमा छन्, त्यही समय सुधार नेतृत्व गर्ने राजनीतिक दल नै सरकारको नेतृत्वमा छ र त्योभन्दा पनि ठूलो अवसर आर्थिक–सामाजिक रूपान्तरणको विषय साझा मुद्दा बनेको छ। विकासप्रति सर्वसाधारण अधैर्य छन्, युवा कामका लागि आतुर छन्, लगानीकर्ता उपयुक्त वातावरण खोजिरहेका छन्। बहुराष्ट्रिय कर्पोरेट गुरिल्लाहरु सहकार्यमा तम्सिएका छन्। फगत खाँचो दरिलो इच्छाशक्ति र सुधार कार्यको निरन्तरताको हो। जसका लागि राजनीतिज्ञले अर्को चुनावभन्दा पर नदेख्ने, प्रशासनले वृत्तिसीमा मात्र देख्ने र निजी क्षेत्र शीघ्र नाफामा मात्र रमाउने प्रवृत्तिविरुद्ध सचेत नागरिकहरुको निष्पक्ष पहरेदारी भए त्यो खाँचो पनि पूरा हुनेछ।