गुवाहिटी- नेपालले दक्षिण एसियाली खेलकुद (साग) अर्न्तगत फुटबलमा बिहीबार समूह चरणको अन्तिम खेल बंगलादेशविरुद्ध खेल्दा विगतको गल्ति सच्याउने प्रशिक्षक राजुकाजि शाक्यले बताए। आइतबार भुटान माथि ५–० को सहज जित निकाले पनि प्रशिक्षक शाक्यले टालीमा सुधार आवश्यक रहेको प्रतिकृया दिएका हुन्। 'नेपालले सुधार गर्नुपर्ने केही स्थान छन्,' शाक्यले भने, 'बंगलादेशविरुद्धको खेल महत्वपुर्ण छ र यो विगतका गल्ति सुधार्ने राम्रो मौका पनि हो।'
समूह 'बी' मा नेपाल तीन अंकका साथ शिर्ष स्थानमा छ। भुटान र बंगलादेशले १/१ अंक जोडेका छन्। तथापी भुटान २ खेल खेलिसकेको छ।
गुवाहिटीको पल्टन बजार स्थित एसएआई सेन्टरमा बंगलादेश र नेपाल विचको नतिजाले समुह 'बी' को विजेता टोलीको टुंगो लाग्नेछ। त्यही खेलबाट नेपालसँगै सेमिफाइनल प्रवेश गर्ने अर्को टोलीको निर्णय हुनेछ।
यद्दपी बंगलादेशल र भुटान विच मंगलबार भएको खेल १–१ को बराबरीमा टुंगिएपछि नेपाल एक खेल अघि नै सेमिफाइनल पुगिसकेको छ।
टोली भारत प्रस्थान गर्नु केही दिन अघि मात्र नेपाल आईपुगेका प्राविधिक निर्देशक चियाकी तेकेडाले मिडफिल्ड रक्षापंक्ति विचको दुरी कम गर्नु पर्ने बताए।
'भुटानसँगको खेल हेर्दा रक्षापंक्ति र मिडफिल्डविचको अलि धेरै दुरी देखियो। यस्तो हुँदा विपक्षीले सजिलै रक्षापंक्तिलाई तोड्न सक्छन्। त्यसैले यो दुरीलाई कम गर्नु आवश्यक छ,' तेकेडाले भने, 'आफले बल गुमाएपछि खेस्ने प्रयासमा गएको देखिन। त्यो पनि सुधार्नु पर्नेछ। अर्को डाइगोनल मुभ पनि कम देखिन्छ। मोर्डन फुटबलमा गोलका लागि त्यो महत्वपुर्ण स्रोत हो।'
बुधबार भारतले माल्दिभ्सलाई ३–२ ले हराए पछि समुह 'ए'मा सेमिफाइनल पुग्ने टोलीको टुंगो लागेको छ। माल्दिभ्स समुह विजेता हुदाँ आयोजक भारत उप विजेता बनेको हो। तीनै टोलीको समान ३ अंक भए पनि गोल अन्तरको आधरमा श्रीलंका प्रतियोगिताबाट बाहिरिएको हो।
विहिवारै महिला टोलीले पनि सिलोङ स्थित जवाहरलाल नेहरु रंगशालामा आयोजक भारत विरुद्ध खेल्नेछ। यसअघि भएको दुई खेलमा नेपालले बंगालदेशलाई ३–० र भाल्दिभ्सलाई २–० ले पराजित गरिको थियो। महिला टोलीका प्रशिक्षक ध्रुव केसीले आफ्नो टोलीको मनोवल उच्च रहेको बताए।
'भारत बलियो टोली हो। हाम्रो पनि सन्तुलित टोली छ,' केसीले भने, 'महिलाहरुले उच्च प्रदर्शन गर्नेमा म विश्वस्त छु र हामी जित्नका लागि खेल्नेछौं।'
अंक तालिकामा ६ अंकका साथनेपाल शिर्ष स्थानमा छ। समान ६ अंक जोडेको बंगलादेश दो्स्रोमा छन् भने तेस्रो स्थानको भारतले ४ अंक जोडेकोछ। माल्दिभ्सको १ अंक छ भने श्रीलंकाले कुनै अंक जोडेको छैन। शिर्ष दुई टोलीले स्वर्ण पदकका लागि खेल्नेछन्।