आज नेपालले बंगलादेशको सामना गर्दैछ। नेपालले दक्षिण एशियाली प्रतिद्वन्दी बंगलादेशबिरुद्ध मैत्रीपूर्ण खेल खेल्न लागेको हो। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे शुरु हुनेछ।
नेपालले बंगलादेशबिरुद्ध हालसम्म २४ पटक प्रतिष्पर्धा गरेको छ। जसमा बंगलादेशले १२ खेल जितेको छ भने नेपालले ७ खेल मात्रै जितेको छ। ५ खेलमा बराबरी भएको थियो।
सन् १९८३ मा नेपालले बंगलादेशसँग पहिलो पटक खेलेको थियो। मर्डेका कपमा नेपाल बंगलादेशसँग १–० गोल अन्तरले पराजित भएको थियो। नेपाल र बंगलादेशको पछिल्लो पटकको भेट गत वर्षको असोजमा भएको थियो।