पाँच जिल्लाको विवाद
१७ चैत्र २०७१
•
१३ मिनेट पाठ
पाँच जिल्लाको विवाद
संविधान निर्माणका क्रममा विवाद बाँकी रहेका मुख्य ४ विषय – निर्वाचन प्रणाली, शासकीय स्वरूप, न्याय प्रणाली र संघीयतामध्ये अघिल्ला तीन विषयमा सबै प्रमुख राजनीतिक दलबीच सहमतिजस्तै भइसकेको छ। अब संघीयताको विषय बाँकी रहेको छ। त्यो पनि खुम्चिएर पूर्वका ३ र सुदूरपश्चिमका २ जिल्ला गरी ५ वटा जिल्लाको मात्रै विवाद बाँकी रहेको बताइएको छ। झट्ट हेर्दा र सुन्दा जोसुकैलाई पनि लाग्दो हो – त्यत्रा ठूला ठूला विवादित विषयमा सहमति भइसकेको रहेछ भने अब यति सानो विषयमा किन अल्भि्करहेका होलान्?सहमतिका लागि भनेर गत माघ २८ गते संविधान सभाको वैठक स्थगित गरिएको थियो। झन्डै २ महिना नाघीसक्दा पनि सहमति भने हुन सकेन र हुने लक्षण पनि देखिएको छैन। यसैबीच ‘जनादेश' र ‘मतादेश'को अनावश्यक बखेडा झिकेर आफ्नो स्वार्थ अनुकूल व्याख्या सुरु भएको छ। जनता आफूले दिएको मतको यति छिटै र यति धेरै अवमूल्यन हुँदा जनता टुलुटलु हेर्न बाध्य भएका छन्। सहमतिका लागि कुनै समयसीमा नभएकोले संविधान सभाका अध्यक्षले आगामी चैत्र २३ गतेका लागि संविधान सभाको बैठक बोलाएका छन्। मधेसकेन्द्री दलहरूको असहमति हुँदाहुँदै पनि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड'को पहलमा ३० दलीय मोर्चाले आफ्ना १७ गते देखि २३ गतेसम्मका विरोधका कार्यक्रम स्थगित गरेको छ। यद्यपि, चैत्र २४, २५ र २६ गते तीन दिनको आम हडतालमा केन्द्रित हुन अगाडिका आन्दोलन फिर्ता लिइएको भनिएको छ।  

दलसँग सम्बन्धित प्रशिक्षार्थीलाई ‘समस्याको पहिचान कसरी गर्ने?' भन्ने विषयमा प्रशिक्षण दिँदा प्रशिक्षकहरूले पानीमा तैरिइरहेको बरफको उदाहरण दिने गर्छन्। बरफको सानो टुप्पोमात्र पानी बाहिर देखिएको हुन्छ, विशाल भाग त पानीभित्रै अदृश्य रूपमा रहेको हुन्छ। सत्तारुढ र प्रतिपक्षी दलहरूले पनि यिनै ५ जिल्लाका पछाडि आफ्ना अन्य विवादका विषय लुकाएकाले नै सहमति हुन नसकेको हुनुपर्छ श्र प्रतिपक्षी ३० दलीय मोर्चाभित्र रहेका मधेसकेन्द्री दलहरूले यी ५ वटा जिल्लालाई मधेस प्रदेशभित्र समावेश गर्नुपर्ने अडान के कति कारणले नछाडेका हुन् भन्ने पूर्णरूपमा स्पष्ट हुनसकेको छैन। त्यस्तै मोर्चाको नेतृत्व गरिरहेको एनेकपा (माओवादी) पनि मधेसकेन्द्री दलहरूको यही अडानका आडमा विवादहरू बल्झाई राखेर आफ्नो विभाजित दललाई पुनः एकीकृत गर्ने जमर्कोमा लागेको देखिएको छ।
नेपालको राजनीतिमा समावेशिता र गणतन्त्रलाई स्थापित गराउन माओवादीको दस वर्षे सशस्त्र विद्रोहको नै प्रमुख भूमिका रहेको थियो। निर्वाचित जनप्रतिनिधिहरूद्वारा संविधान निर्माण लगायतका उपलब्धिमा पनि त्यसको महत्वपूर्ण स्थान रहेकोमा कसैले पनि मत बझाउनु पर्दैन। त्यस्तै संघीयतालाई मधेस विद्रोहले स्थापित गरेको भन्ने विषयमा पनि कुनै शंका छैन। बाह्र बँुदे सम्झौतादेखि मधेस आन्दोलनसम्मका भावनालाई अन्तरिम संविधानले समेटेको छ। संविधान सभाको प्रथम निर्वाचनमा माओवादी र मधेसकेन्द्री दलहरूलाई जनताले यो युगान्तकारी परिवर्तनको जस दिएर संविधान सभामा दुई तिहाइ बहुमत पुग्नेगरी विजयी गराएकै हुन्। शासन गर र संविधान बनाएर जारी गर भनेर जिम्मेवारी पनि दिएकै हुन्। अर्कातिर, अपरिपक्व व्यवहार र सत्ता उन्मादका कारण शासन गर्न र संविधान बनाउन उनीहरू असफल पनि भएकै हुन्। उनीहरूको यही अक्षमता देखेर तिनै जनताले संविधान सभाको दोस्रो निर्वाचनमा उनीहरूलाई दण्डित पनि गरेकै हुन्।
विवादका महत्वपूर्ण विषयमा सहमतिको स्थिति हुँदाहुँदै पनि ५ वटा जिल्लामात्रका कारणले संविधान बनाउन नदिने, आफैँले संघर्ष गरेर ल्याएको संविधान सभालाई अर्धमूर्च्छित अवस्थामा राख्न चाहने र उल्टै नेपाल बन्दलगायतका सडक आन्दोलनजस्ता जनताका लागि अरुचिकर विरोध कार्यक्रमले गर्दा ३० दलीय मोर्चाको नेतृत्वमा रहेको एनेकपा (माओवादी)ले जनतामा तीव्ररूपमा आफ्नो साख गुम्दै गएको कहिले बुझ्ने हो? समावेशिता र गणतन्त्रजस्ता चिरप्रतीक्षित राजनीतिक उपलब्धिलाई संस्थागत गर्ने जस अब उसैका कारणबाट सत्तारुढ दलहरूले पाउन लागेका छन् भन्ने किन बुझ्न नसकेको हो? त्यस्तै मधेसकेन्द्री दलहरूको संघर्षबाट स्थापित संघीयताको जस पनि अब उनीहरूको भागबाट गुम्दैछ भन्ने तिनले बुझ्न सकेको देखिएन।
एमाओवादीलगायत ३० दलीय मोर्चाले बुझ्न अत्यन्त जरुरी छ – सम्पूर्ण विषय मिलिसकेर पनि ५ वटा जिल्लाको विषयलाई मात्र लिएर व्यापक सडक आन्दोलन गर्ने हो भने जनताको बचेखुचेको समर्थन पनि गुम्नेछ। जनताले अब सहमति भइसकेका विषय समेटेर संविधान सभाबाट प्रक्रिया वा सहमति जसरी भएपनि संविधान आओस्, देशमा संक्रमणकालको अन्त्य होस्, नयाँ संविधानअनुसार निर्वाचित स्थिर सरकार बनोस् भन्ने तीव्र चाहना नेपाली जनताले राखेको देखिन्छ।
स्वायत्त मधेस प्रदेशको मागअन्तर्गत तराईका सबै जिल्ला मधेस प्रदेशमा राख्नुपर्ने एकथरीको माग छ भने, हिमाल पहाड र तराई मिलाएर बनाएको प्रदेशमात्र सबै अर्थमा सक्षम हुनसक्ने भनाइ अर्को पक्षको छ। अझ एकथरी अर्को पक्ष पनि छ – जो मुलुकले संघीयता नै धान्न नसक्ने हुनाले नेपालमा लागि उपयुक्त हुँदैन भन्ने। विभिन्न पक्षमा विभाजित जनमतका बीचमा पनि संविधान सभाको दुई तिहाइ बहुमतबाट हाल सत्तारुढ पक्षबाट प्रस्तावित ७ प्रदेशको अवधारणासहितको संविधान  पारित गराएर सत्तारुढ दलहरूले नयाँ संविधानअनुसार निर्वाचनसमेत घोषणा गराएमा ३० दलीय मोर्चाले निर्वाचनमा भाग लिने कि नलिने?
चैत्र १५ गते आइतबार सत्तारुढ दल र एमाओवादीसहितको ३० दलीय मोर्चाबीच भएको वार्तामा ५ वटा जिल्लाका विषयलाई लिएर भएको छलफलमा सत्तारुढ पक्षले दुईवटा विकल्प प्रस्तुत गरेका थियो – पहिलो, पूर्वका झापा, मोरङ र सुनसरी तथा सुदूर पश्चिमका कैलाली र कन्चनपुर गरी पाँच जिल्ला पहाडी जिल्लाहरूमा नै समावेश गरी उत्तर – दक्षिण प्रदेशमा राख्ने र ती जिल्लाका पछाडि परेका समुदायको समुचित विकासका लागि विशेष संरक्षित क्षेत्र बनाउने। दोस्रो, पाँचै जिल्लामा तराई मधेसको प्रदेश वा उत्तर–दक्षिण प्रदेश कुनमा रहने भन्ने विषयमा त्यहाँका जनताको मत संग्रह गरी उनीहरूको निर्णयअनुसार गर्ने। यी दुवै विकल्पलाई अस्वीकार गर्दै एमाओवादीले यी ५ जिल्ला हाललाई कुनै पनि प्रदेशमा समावेश नगराई उच्चस्तरीय संघीय आयोग बनाई जिम्मा दिने विकल्प अघि सार्यो । भनिन्छ, सत्तारुढ नेपाली कांग्रेस, नेकपा (एमाले)ले एमाओवादीको यस संघीय आयोगको प्रस्तावलाई अस्वीकार गरे। फलस्वरुप वार्ता विना निष्कर्ष टुङ्गियो। तर एमाओवादीले पाँच जिल्लालाई संघीय आयोगको जिम्मा दिने प्रस्ताव इमानदारीका साथ गरेको हो भने सत्तापक्षले त्यसलाई स्वीकार गरेर संविधान निर्माणमा देखिएको गतिरोधको गाँठो फुकाउनेतिर लाग्नु नै बुद्धिमानी हुनेछ।  
गणतन्त्र, समावेशिता र संघीयताजस्ता विषय जननिर्वाचित प्रतिनिधिबाट निर्मित हुने संविधानमा लिपिबद्ध भएर नेपाली राजनीतिको मूलधार हुनमात्र बाँकी छ। यी विषयमा सहमति हुने र नयाँ मिश्रित निर्वाचन व्यवस्थाबाट यसलाई जनस्तरमा स्थापित गरेपछि मुलुक एक सर्वाधिक नौलो चरणमा प्रवेश गर्नेछ। नयाँ निर्वाचनद्वारा समावेशी प्रदेश सभा  र सरकारहरू गठन हुनेछन्। त्यसैगरी नयाँ समावेशी केन्द्रीय संसद् र सरकार गठन हुनेछ।  शिक्षा, स्वास्थ्य, यातायात, खानेपानीजस्ता जनताका आधारभूत आवश्यकता पूर्तिका लागि भइरहेका सरकारी र निजी क्षेत्रका काठमाडौं केन्द्री लगानीलाई अब प्रदेश सभा र सरकारले केन्द्र सरकारबाट खोसेर आआफ्ना प्रदेशमा लग्नेछन्। सिटामोलको अभावमा दूरदराजका जनता मर्नुपर्ने अवस्थाको अन्त्य सुरु हुनेछ भने समानुपातिक र समावेशी विकासको नयाँ चरण प्रारम्भ हुनेछ।
हिन्दुस्तानमा नीतिश कुमारको बिहार सरकार र नरेन्द्र मोदीको गुजरात सरकारबीचमा प्रतिस्पर्धा भएजस्तै प्रादेशिक सरकारहरूका बीचमा समावेशी विकासका विषयमा प्रतिस्पर्धा हुनेछ। मुलुक हाँक्ने नयाँ प्रधानमन्त्रीको पनि आआफ्नो प्रदेशमा के कस्ता उपलब्धि गरे भन्ने आधारमा योग्यता र क्षमताको मापन हुनेछ। गाविस र नगरपालिकाजस्ता स्थानीय निकायको निर्वाचन भई विकेन्द्रित र स्वायत्त ढङ्गबाट सञ्चालित हुन थाल्नेछन्। दलका केही सीमित नेताको हातबाट राजनीति लाखौं कार्यकर्ता माझ पुग्नेछ। ती कार्यकर्ता स्थानीय निकाय वा प्रदेश सभासम्म पुग्न विद्युतीय गतिमा चलायमान हुनेछन्। मुलुकले लोकतन्त्र र समावेशी विकासको नौलो चरणमा छलाङ मार्नेछ। भविष्यको यो स्वर्णीम परिदृश्यलाई पाँचवटा जिल्लाको विवादले ओझेलमा पार्नु हुँदैन।

खास व्यक्ति वा समूहको व्यावसायिक महत्वाकांक्षा र लगानीको सुरक्षा गर्न खोलिने कुनैपनि मेडिकल कलेजको तात्विक महत्व हुँदैन।
अर्को समाचार
सुल्झिएन दुई गाउँपालिकाको सडक विवाद
०२ जेष्ठ २०७६
•
४ मिनेट पाठ
सुल्झिएन दुई गाउँपालिकाको सडक विवाद
बेनिघाट रोराङ गाउँपालिकातर्फ खनिएको सडक। तस्बिर : सरिता/नागरिक
धादिङ - सडकको विषयलाई लिएर स्थानीयबिच भएको विवाद अझै टुंगोमा पुग्न सकेको छैन। जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–२ स्थित ताल्तीमा निर्माण चरणमा रहेको ह्वासिन नारायणी सिमेन्ट उद्योगका लागि निर्माणाधीन सडकको विषयलाई लिएर गजुरी गाउँपालिका र बेनिघाट रोराङ गाउँपालिकाका स्थानीयबिच दुई महिनाअघिदेखि विवाद हुँदै आइरहेको छ। दुई गाउँपालिकाको विवाद सुल्झाउन पटकपटक छलफल भइरहे पनि समाधान भने हुन सकेको छैन।

पहिले सञ्चालित सडक गजुरी गाउँपालिकामा पर्ने र सिमेन्ट उद्योगका लागि बेनिघाट रोराङतर्फ हाल खनिएको सडकका कारण खेतीयोग्य जमिन खोलाले कटान गर्ने तथा प्राकृतिक सम्पदा दोहन हुने भन्दै गजुरीका स्थानीयले विवाद गर्दै आइरहेका छन्। खोलाको बिचबाट सडक खनिएकाले खोलाले धार परिवर्तन गरी गजुरीतर्फका स्थानीयलाई असर पार्ने गजुरीका भूमि कँडेलले बताए। ‘भइरहेको सडक छाडी खेतीयोग्य जमिन क्षति हुने गरी सडक निर्माण भइरहेको छ,’ कँडेलले भने, ‘२०४१ र २०५० सालको भेलले मलेखुमा पुलसमेत बगाएको थियो, अब यस्तै प्राकृतिक विपत्ति नआउला भन्न सकिन्न।’

गजुरीका स्थानीयले बेनिघाट रोराङ गाउँपालिकातर्फको सडक निर्माण भइरहँदा वर्षामा खोलाको भेल आई खेतीयोग्य जमिन बगाउने भन्दै उचित प्रबन्ध मिलाइदिन माग गरेका छन्।

सिमेन्ट उद्योग निर्माणले गाउँकै विकास हुन्छ तर त्यसले पार्ने प्रभावबारे स्थानीयसँग छलफल गर्नु जरुरी रहेको गजुरीका स्थानीयको भनाइ छ। उनीहरूले बेनिघाट रोराङ गाउँपालिकातर्फको सडक निर्माण भइरहँदा वर्षामा खोलाको भेल आई खेतीयोग्य जमिन बगाउने भन्दै उचित प्रबन्ध मिलाइदिन माग गरेका छन्। निर्माणाधीन उद्योगको विरोधमा भन्दा पनि सडकको विषयलाई लिएर आफूहरूले अवरोध गरेको स्थानीयले बताएका छन्।

यसअघि सञ्चालन भइरहेको सडकलाई नै चौडा गरी सोही सडक नै प्रयोग गर्न गजुरीका स्थानीयको माग छ तर सिमेन्ट उद्योगका प्रतिनिधि डिल्ली पोखरेलका अनुसार यसरी सडक चौडा गर्दा बस्ती धेरै भएको र खेतीयोग्य जमिन सडकमा पर्ने भएकाले अन्यन्त्रै सडक निर्माण थालिएको सिमेन्ट उद्योगले जनाएको छ। दुई गाउँपालिकाको विवादको विषयमा उजुरी परेपछि एक साताअघि सार्वजनिक लेखा समितिको उपसमिति टोलीले छानबिनका लागि दुई गाउँपालिकाको सडक र निर्माण हुँदै गरेको उद्योगको निरीक्षण गरेका छन्। दुई गाउँपालिकाको सडक विवादको यथार्थ विषय जे छ, त्यो अध्ययन गर्ने उपसमिति संयोजक लेखराज भट्टले बताए। ‘दुई गाउँपालिकाको विवादको विषय जायज छ, छानबिन गरेर प्रतिवेदन तयार भएपछि सार्वजनिक लेखा समितिको पूर्ण समितिमा छलफल हुने र आवश्यक निर्देशन सरकारलाई दिन्छौं,’ उनले भने, ‘विकास भनेको जनताको जीवनसँग जोडिएकाले जनताकै पक्ष र विकासकै पक्षमा निर्णय हुन्छ।’
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस