जनता कसरी 'ढुक्क' हुने?
१३ असार २०७२
•
११ मिनेट पाठ
जनता कसरी 'ढुक्क' हुने?
'ढुक्क हुनुस्, असार मसान्तसम्म संविधान आउँछ।' चारमुखे ब्रáा सुशील, प्रचण्ड, केपी तथा विजयले १६ बुँदेमा दस्तखत धस्काएलगत्तै मुसुमुसु हाँस्दै च्युँडो मुसार्दै ओलीले जनतालाई आश्वस्त बनाउन भनेको महावाणी यही थियो।ओलीले ढुक्क हुनुस्भन्दा पनि सामान्यजन भने ढुक्क भएका देखिएनन्। यिनका सहमति असहमति तात्कालिक अवधिका लागि कुनै दीर्घकालीन स्वार्थ पूरा गर्नबाहेक अन्य केहीका लागि हुँदैहुँदैन भन्ने धारणा जनतामा छ। गिरिजाप्रसाद कोइरालाका शरीरमा सुशीलको र माधवका शरीरमा केपीका अनुहारमात्र बदलिएको हो। प्रचण्ड उनै हुन्। मधेसी दलका प्रतिनिधिमा उपेन्द्रका ठाउँमा अहिले विजय पुगे पनि प्रवृत्ति समान हो। अर्थात् आन्दोलनदेखि आजसम्म यिनले गरेका हरेक निर्णयले जनतालाई 'तात्कालिक ढुक्क' मात्र बनायो। अन्ततः हरेक 'ढुक्क त थुक्क'मै बदलिए जनताका लागि भने। पचासौँपटक बुँदाका सयौँ बुँद झरे। जम्मा गरेका भए ती बुँंद अर्थात् थोपाबाट नेपाल १७ चोटी डुबाउने समुद्रै बनिसक्ने थियो। तर, नेपाली जनताको प्यास मेट्न भने एक बुँद बुँदा पनि काम लागेन।

हुन त समुद्रबीच बस्दा पनि नुनिलोका कारण पानी खान हुँदैन र प्यासले मरिन्छ भनेजस्तै भएका बुँदाहरूको समुद्रमा यो १६ बुँदेले ४ जनालाई भने ढुक्कै पार्योि। विस्थापित प्रचण्डको गुमिसकेको फिल्म डाइरेक्टर पद पुनः स्थापित भयो। कांग्रेस – एमाले गठबन्धन तोड्नु थियो, ओलीको प्रधानमन्त्री तथा सुशीलको राष्ट्रपतिको माछोलाई बल्छीमा हालेर तोडिहाले। यस अर्थमा सबैभन्दा ढुक्क त भूमिकाविहीन रहेका प्रचण्डै भए। अब प्रचण्डको भूमिका तत्कालै कसैले पनि अवमूल्यन गर्न सक्दैन। आगामी सरकारमा छानीछानी चाहेको मन्त्रालय झ्याप्पै। यता केपीको प्रधानमन्त्री हुने बाटोमा त झन अब कसैले तगारा हाल्नै सक्दैन। तसर्थ, सबैभन्दा ढुक्क स्वयं केपी नै भएकाले कुनै उखानटुक्कै उपयोग नगरी सिधा बोल्न पुगे, 'ढुक्क हुनुस्'।

यता सुशील त झनै ढुक्क। जिन्दगीभर प्रशासन र शासन एक किलो पनि नबोकेका उनलाई यो सरकारी भारी एक लाख टन भइरहेको थियो। 'गाँड झिक्दे भन्दा थप्दे' भनेजस्तै गरी झन् 'इन्डियन प्लेटले चाइनिज प्लेटमा' जोडदार धक्का दिएपछि त निल्नु न ओकल्नु भइरहेको भए पनि यो कुर्सी छाड्न आफन्तजनले दिने नै थिएनन्। भाग्न मन पनि छ तर संविधान जारी गरेको भनेर इतिहासमा लेखाउन लोभ पनि छ। अब केपीको चाहना र प्रचण्डको बहाना तथा विजयको तरानाले सुशीललाई ढुक्क बनाइदियो। झन् राष्ट्रपतिको सम्भावनाको आँप टाउकैमा झर्ने वातावरण पनि मिल्दै आयो। प्रजातान्त्रिक विश्वमै नभएका कार्यकारिणी प्रमुख भएपछि अलंकारिक प्रमुख पनि हुनेे चलन र अप्रजातान्त्रिकता अब सबै पूर्व प्रधानमन्त्रीका मनमा उब्जिसकेका छन्। सुशीलमात्रै अपवाद किन बन्लान्?

अब आयो चौथो ढुक्क हुने अवसर विजय गच्छेदारको। पहाडिया तराईबासीलाई पाकिस्तानबाट हिन्दु लखेेटेझैँ हिंस्रकरूपमा लखेट्ने नायक तराईबासी मधेसी नेता उपेन्द्रलगायतका एकसेएक महानायकको एकमात्र ३ दल घोषित प्रतिनिधि भएका विजय त यस विषयमा ढुक्क भई नै हाले। सभासदहरूको संख्या नगन्य भए पनि चौथो मुख्य दल भनी नभएको पगरी पनि लिखित पाइसके, राप्रपा नेपाल हुँदाहुँदै पनि! झन् अर्को सरकारमा फेरि गृहसहितको वरिष्ठ उपप्रधानमन्त्री अनि मधेसी नेताहरूबाट कसलाई उपराष्ट्रपति र मन्त्री दिने त्यसको पनि अधिकार आफूमा आउने र बत्तिमा झुम्मिएर सत्ता पुतलीहरू आउने विषय ढुक्कै भएर भर्खरै फटाफट नयाँ मधेसी मोर्चाको घोषणा पनि गरिहाले। तसर्थ, धेरै दृष्टिकोणले विजय गच्छेदार केपीको महावाणीझैँ ढुक्क छन्। संविधान सभासद् ६०१ जना त संघीयता लागु भएर अर्को चुनाव नभएसम्मका लागि महाढुक्क हुने नै भए।

ढुक्क नभएका कोही देखिन्छन् भने ती जनता हुन्। हुन त जनताबाट ढुक्क र नढुक्कको कुनै लक्षणै देखिएन। जनता यस ढुक्कमा निरपेक्ष देखिए। केहीअघिसम्म देशको राजनीतिक चलचित्रका हरेक दृश्यको चासो र गुनासोमा संलग्न जनसाधारणले यसपटक भने ध्यानै दिएका छैनन्! संविधान बनेन भन्दाभन्दै अचानक बन्ने वातावरण बन्दा पनि 'न खुसी न गम'को मनःस्थिति जनतामा देखिनुले 'भयानक लक्षण' को संकेत गर्दैन र? 'अति दुःखमा रोएन भने र सुखमा हाँसेन भने 'मेडिकल साइन्स'ले भयानक आत्मघाती तथा आक्रामक सम्भावनाको संकेत गर्छ। निरपेक्ष मौनको आवाज झनै ठूलो हुन्छ। यसपटक भने ठीक त्यही नै भइरहेको छ। असारमा संविधान बन्ने हर्षबढाइँ या ढुक्कको संकेत कतै छैन जनतामा न त छ अदालती फैसलापछि नै हुँदैनको चिन्ता! भन्लान् कसैले भूकम्पको प्रभाव हो। हो, भूकम्पकै प्रभाव हो, परन्तु यो जमिन हल्लेर होइन, ४६ साल, माओवादी जनयुद्ध, जनआन्दोलन, राजसंस्थाखारेजी, धर्म निरपेक्षका नाममा जनजातिको क्रिस्चियानीकरण, जातीय राज्यको अवधारणा तथा नेताहरूको सत्ता स्वार्थ र हाडमा मारामार, भ्रष्टाचार तथा बजार लुटको राजनीतिक संरक्षण, अनियन्त्रित तथा अवैज्ञानिक महँगी र युवाशक्तिको बाध्यकारी विदेश पलायनलगायत भूकम्पीय कम्पन र परकम्पनहरूको समिश्रित प्रभाव हो। जनआन्दोलन तथा राजतन्त्र हटेपछिको परकम्पनभन्दा हुन्छ यसलाई।

केपीहरू ढुक्क भइरहेको यस अवस्थामा अचानक सर्वोच्चको फैसलाले भने ढुक्क नहुनुस् भनेर सचेत गराइदिएपछिमात्र दृश्य बदलिएको छ। सर्वोच्च अदालतले फैसला नगरिदिएको भए, ४ नेताका १६ बुँदे कार्यान्वयन हुने, अधुरो संविधान जारी हुने र चारै नेताले खोजेका पदको बाँडफाँट हुने विषयमा ढुक्क नै थिए। तर, संविधान जारी गरेर संविधानसभा विघटन भइसकेपछि पनि अधूरो संविधान खारेज हुनसक्ने कानुनी अवस्था आउने नै थियो। कि ४ नेता मिलेर अब संविधानमै फटाफट संशोधन गरेर प्रदेशसभामा हस्तान्तरणको अधिकार दिएर ढुक्क हुनुपर्यो,! अदालतले राजनीतिक विषयमा हस्तक्षेप गर्न नपाउने तर्क दिइएझैँ ४ नेतालाई संविधानका किटानी धारा र बुँदाहरूको मनोमानी गर्ने अधिकार पनि नभएको तथ्यबारे कुनै कानुनची बोलिरहेकै छैनन्। संविधान ठूलो हो कि नेता विशेषको सहमति? संविधान सभामै नपसेको खेस्रा १६ बुँदे देशको संरचना बनाउने संवैधानिक दस्तावेज कसरी बन्यो? ढुक्कसँग यसैलाई ४ दल र कानुनची तथा लेखकहरूले संवैधानिक दस्तावेज मान्दैमा हुने होइन। प्रत्येक बुँदाबुँदा दर्ता, टेबुल तथा दुईतिहाइ मतबाट पारित हुनुपर्छ। पास गर्न तथा टेबुल गर्न पनि संविधानकै नियमानुसार हुनुपर्छ। अन्यथा, त्यो अवैध हुन्छ। अनि त्यसको सुरुआतै नभई हामी किन अदालतलाई राजनीतिक अधिकार छैन भनिरहेका छौँ? संविधान सभाले पास गरेपछिमात्रै विवादको स्थिति आउला। अहिले त संविधान सभाले चिनेकै छैन यो १६ बुँदे! तैपनि, सर्वोच्च अदालतको यो फैसलाले 'धेरैलाई ढुक्क नहुनुस्' भनेकोले यो हाहाकार र हडकम्प मच्चिएको हो। परन्तु, अचम्म त के भने जसरी 'ओलीले ढुक्क हुनुस्भन्दा जनताले ध्यान दिएनन्, अहिले ढुक्क नहुनुस् भनेर अदालतले भन्दा पनि जनताले खासै वास्ता' गरेको देखिएन। यसलाई कसैले ध्यान दिइरहेको छ? विभिन्न दृष्टिकोणले आफ्नै अस्तित्व गुम्ने खतराको अन्तिम बिन्दुमा पुगिरहेका आशंकाग्रस्त सर्वसाधारण यसरी दुवै घटनाप्रति रत्तिभर पनि चासो या गुनासोको स्थितिमा रहँदा को कसरी ढुक्क हुने ओलीले ढुक्क हुनुस् भन्दैमा?
अर्को समाचार
शासक ढुक्क, जनतालाई दुःख
३० वैशाख २०७८
•
६ मिनेट पाठ
शासक ढुक्क, जनतालाई दुःख
कोरोना महामारीले विश्व आक्रान्त छ। यद्यपि धनी राष्ट्रहरूले आफूसँग भएको स्रोत र साधनको उचित परिचालन गरेर महामारीलाई नियन्त्रणमा राखिसकेका छन्। तर नेपाल जस्ता गरिब राष्ट्रहरू भने अझै पनि महामारीबाट आक्रान्त छन्। अझ महामारीको दोस्रो लहरले थप प्रभावित भइरहेका छन्। कोरोना महामारकिो दोस्रो लहर नियन्त्रण भन्दा बाहिर जाँदैछ। संक्रमण र मृत्यु दरसमेत उच्च बन्दैछ। कोरोना महामारीको दोस्रो लहरबाट बढी प्रभावित हुनेमा एशियाली मुलुक भारत र नेपाल अग्रपंक्तिमा देखिएका छन्।  

महामारीका बेला प्रत्यक्ष प्रभावित हुने क्षेत्र भनेका स्वास्थ्य र रोजगारी हुन्। अहिले स्वास्थ्य क्षेत्रमा संकटकालकै अवस्था छ। तर सरकारसँग स्पष्ट दूरदृष्टि र योजना नहुँदा स्वास्थ्यसेवामा निकै अलमल देखिएको छ। महामारीबाट प्रभावितहरूलाई अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गर्ने र महामारी नियन्त्रणमा चाल्नुपर्ने कदममा सरकार अलमलिएको देखिन्छ। सरकारले न पर्याप्त स्वास्थ्य सेवा प्रदान गर्न सकेको छ न त महामारी नियन्त्रणमा नै कुनै प्रभावकारी कदम चाल्न सकेको छ। सरकारसँग कोरोना महामारी नियन्त्रणका लागि निषेधाज्ञाबाहेक अरू कुनै ठोस योजना भए जस्तो देखिएको छैन। निषेधाज्ञालाई पूर्णरूपमा पालना गराउन पनि सरकार असफल भएको देखिन्छ।  

स्वास्थ्यपछि महामारीको प्रत्यक्ष असर पर्ने क्षेत्र रोजगारी नै हो। एकातिर स्वयं मानिस संक्रमणको सिकार हुनु र अर्कोतिर संक्रमणकै भयका कारण आर्थिक क्रियाकलापहरू बन्द हुँदा तत्कालीन रोजगारीको अवसर गुमेको छ। यसले गर्दा विशेषतः दैनिक कमाएर खाने वर्ग प्रत्यक्षरूपमा प्रभावित भएका छन्। दैनिक ज्याला मजदूरी गर्ने, ठेला र रिक्सा चलाउने, भारी बोक्ने, गिट्टी कुट्ने, सडकपेटीमा बसेर सानातिना व्यापार गर्ने वर्ग घोािषत निषेधाज्ञाबाट प्रत्यक्ष प्रभावित भएका छन्। यसबाहेक संक्रमण नियन्त्रण हेतु लागु गरिएको निषेधाज्ञा लम्बिँदै जाँदा रोजगारीको क्षेत्रमा दूरगामी असरसमेत पर्ने निश्चित छ। तत्काल रोजगारीको अवसर गुम्दा दैनिक कमाएर खाने वर्गको चुलोमा सिधा असर परेको छ। कोरोनाले भन्दा भोकले मरिने हो कि भन्ने डर बढेको छ।  

लामो समयको द्वन्द्व र उतारचढावपछि राजनीति अलिकति स्थिरताउन्मुख भएको र आर्थिक क्रियाकलापले विस्तारै गति लिन लागेकै बेलामा कोरोना महामारीले फेरि समग्र आर्थिक क्रियाकलाप प्रभावित भएको छ। कोरोना महामारी जस्तै रोजगारदाता मुलुकभित्रको आन्तरिक कलह, विश्वव्यापी आर्थिक मन्दी आदि कारणले वैदेशिक रोजगारीमा पनि उतारचढाव आउने गरेको छ। यस्तो अवस्थामा रोजगारदाता मुलुकले कामदारको माग अथवा कामदारको संख्या कटौती गर्ने गरेका छन्। उल्लेख्य संख्यामा कामदारको माग घटेको अवस्थामा कामदारहरू आफ्नै देश फर्कनुको विकल्प छैन। तर यसरी फर्केका कामदारले आफ्नै देशमा तुरुन्त रोजगारी पाउन सक्ने अवस्था अवश्य छैन। यसरी ठूलो संख्यामा वैदेशिक रोजगारीबाट कामदार फर्केका अवस्थामा देशभित्रको बेरोजगारीको अवस्था थप भयाबह हुने प्रबल सम्भावना हुन्छ।  

पहिलो लहरको कोरोना महामारीको अवस्था सामान्य बन्दै गरेसँगै देशको अर्थ–सामाजिक प्रणाली पनि सामान्योन्मुख नै थियो। तर एक्कासि नै आएको कोरोना महामारीको दोस्रो लहरले सामान्योन्मुख अर्थ–सामाजिक प्रणालीलाई फेरि गम्भीर असर पारेको छ। अर्थ–सामाजिक प्रणाली नै अवरुद्ध हुन पुगेको छ। परिणामतः आर्थिक क्रियाकलापमा ह्रास आइ रोजगारीको अवसर गुमाउनेहरूको संख्या बढिरहेको छ। स्वदेशमै रोजगारी गुमाउनेहरूको संख्या बढिरहेको अवस्थामा वैदेशिक रोजगारी गुमाएर फर्कनेहरूको संख्यासमेत थपिँदा मुलुकमा बेरोजगारहरूको संख्या ह्वात्तै बढेको छ। कोरोना महामारीका कारण पछिल्लो एक वर्षमा विभिन्न ६० रोजगारदाता मुलुकबाट ४ लाख ५३ हजार ८ सय ४७ नेपाली कामदार रोजगारी गुमाएर स्वदेश फर्केको कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रले जनाएको छ। तर तिनको उचित व्यवस्थापन हुन नसक्दा अर्थ–सामाजिक समस्या चर्किएको छ। कोरोना महामारी तत्काल नियन्त्रणमा नआए अथवा यसको विश्वव्यापी असरमा कमी नआए थप नेपाली कामदारले रोजगारी गुमाउने र नेपालको रेमिट्यान्स आप्रवाहमा कमी आइ अर्थतन्त्र गम्भीर समस्यामा पर्न सक्ने खतरा छ।

अहिलेको परिस्थितिलाई हृदयंगम गर्दा वैदेशिक रोजगारीमा देखिएको समस्या तत्काल सम्बोधन गर्नैपर्ने चुनौती देखिएको छ। यसलाई बेलैमा सम्बोधन गर्ने प्रयत्न गरिएन भने यसले नेपालको सामाजिक तथा आर्थिक क्षेत्रमा तत्कालीन र दूरगामी असर पार्ने निश्चित नै छ। परिस्थितिवश बेरोजगार बन्न विवश युवाको मनमा उत्पन्न हुने निराशा, कुन्ठा, आक्रोश र विद्रोह समाज र देशका लागि पनि घातक बन्न सक्छ। नेपाली घर÷परिवारको मात्रै होइन, देशकै लाइफलाइन बनेको रेमिट्यान्स आप्रवाहमा उल्लेख्य कमी आउने सम्भावना बढ्दै गर्दा अर्थतन्त्र धान्ने विकल्प खोज्नैपर्ने आवश्यकता पनि टड्कारो देखिएको छ।  

विडम्बना नै भन्नुपर्छ, अझ आमनेपालीको दुर्भाग्य नै भन्नुपर्छ, कोरोना महामारीले गर्दा देशको अर्थ–सामाजिक प्रणाली नै ठप्प भएको अवस्थामा पनि सरकार भने राजनीतिक अभीष्टले मात्रै परिचालित छ। कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढेसँगै मुलुकको स्वास्थ्य प्रणाली नै खलबलिन पुगको छ। अस्पतालहरूमा शैया अभाव र उपचारमा समस्या बढेको छ। कोरोना उपचारमा अत्यावश्यक औषधि र अक्सिजनको अभाव चर्किएर कालोबजारी मौलाएको छ। अक्सिजनको अभावमा कोरोना संक्रमितले अकालमा ज्यान गुमाइरहेका छन्। कुकुर–बिरालो मरेझैँ कोरोना संक्रमितहरू उपचार नपाएर र अस्पतालसम्म पनि पुग्ने व्यवस्था नभएर सडकमै मरेका हृदयविदारक दृश्य देख्नुपरेको छ।

विषम परिस्थितिमा पनि शासकचाहिँ कसैले उपचार नपाएर मर्नुपर्ने छैन, नेपालमा कोरोना नियन्त्रणमा छ भन्दै देशवासीका नाउँमा सम्बोधन गरेर बस्छन् र आफ्नो जिम्मेवारी पूरा भएको ठान्छन्। शासकसँग सबथोक छ। त्यसैले ऊ ढुक्क छ। जनतासँग केही छैन। त्यसैले जनतालाई भने दुःखैदुःख छ। कोरोना त्रासले जनता त्रसित र भयभीत छन् तर शासक निश्चिन्त छ।  

कोरोना संक्रमितको उपचारका लागि सरकारी अस्पतालमा शैया र जनशक्ति अभाव छ। उता निजी अस्पतालहरूमा उपचार निकै महँगो भएको छ। जनताले बेहोर्नै नसक्ने शुल्क निर्धारण गरेका छन् निजी अस्पतालहरूले। उपचार महँगिएसँगै जनता ‘अस्पताल नगए ज्यान रहँदैन र अस्पताल गए फर्कंदा घर रहँदैन’ को स्थितिमा पुगेका छन्। तर सरकारी अनुगमन शून्य छ। त्यसलाई नियन्त्रण गर्ने आवश्यकता ठानेको छैन सरकारले। बरु अत्यावश्यक औषधिमा पनि कमिसनको खेल खेलिरहेको छ। निजी क्षेत्रलाई रिझाएर सत्तासीन राजनीतिक पार्टी चुनावका लागि आर्थिक सहायताको बाटो खुला गरिरहेको छ।  

निषेधाज्ञाले गर्दा दिनहुँ कमाएर खाने वर्ग गम्भीर समस्यामा परेका छन्। भोकभोकै बसेका छन्। भोकले रुँदै गरेका छोराछोरीका लागि खानेकुराको जोहो गर्न हातमा नाम्लो बोकेर सडकमा निस्केका भरिया र कामदारलाई प्रहरीले लठ्ठीले हानेर लखेटिरहेका छन्। होल्डिङ सेन्टरमा उभ्याइरहेका छन्। तर सरकारले गरिब र न्यून आय वर्गका जनताको समस्या बुझ्ने प्रयास गरेको छैन। निषेधाज्ञा घोषणा गर्दैमा सरकारको दायित्व पूरा हुँदैन। यसको तत्कालीन र दूरगामी अर्थ–सामाजिक असरको आकलन सरकारले गरेको छैन र त्यसको समाधानको खोजीमा पनि चासो दिएको छैन। बरु कोरोना महामारीले गर्दा जनता रोग र भोकले छटपटाइरहेका अवस्थामा पनि सरकार अत्यन्तै असंवेदनशील भएर सत्ताको खेलमा लागिरहेको छ। जनताप्रति जिम्मेवार राजनीतिक पार्टीहरू पनि सत्ता समीकरणकै खेलमा सहभागी भइरहेका छन्। उनीहरूको प्राथमिकतामा पनि जनताका दुःख र समस्या परेका छैनन्। उनीहरूले आफ्नो राजनीतिक भविष्य निर्धारणमा जनताको भूमिकालाई चटक्कै बिर्सेका छन्। सार्वभौम जनतालाई निरीह ठानिरहेका छन् र निरीह बनाइरहेका छन्। यसले लोकतन्त्रकै उपहास गरिरहेको छ।

कोरोना महामारीको तेस्रो, चौथो लहर पनि आउने र त्यसपछि पनि आइरहने आकलन गरिँदैछ। विगतका महामारीको प्रवृत्ति हेर्दा कोरोना महामारीबाट अझै धेरै मानवीय क्षति हुन सक्ने सम्भावनालाई नकार्न सकिने स्थिति छैन। कोरोनाको लहर हेर्दा यसले आगामी दिनमा स्वास्थ्य र रोजगारीको क्षेत्रमा थप प्रभाव पार्न सक्ने हुँदा सरकारले बेलैमा आवश्यक नीति तथा कार्ययोजना बनाइ लागु गर्नुपर्ने खाँचो टड्कारो भएको छ। थप स्वास्थ्य सुविधा र थप रोजगारी सिर्जना नभए मुलुकको स्वास्थ्य र अर्थ–सामाजिक क्षेत्रमा ठूलो संकट उत्पन्न हुने निश्चित छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस