सरकारको नीति तथा कार्यक्रम संसद्ले पारित गरिसकेको छ। नीति तथा कार्यक्रमको मार्गनिर्देशनमा सरकार बजेटको तयारीमा छ। कार्यक्रमबाट यतिबेलाको समस्यालाई सम्बोधन गर्दै जनतामा ऊर्जा दिनुपर्ने कार्य भने हुन सकेन। नीति तथा कार्यक्रमका बारेमा सामान्य टिप्पणी 'यो कर्मकाण्डीमात्र भयो' भन्ने छ।अहिले भूकम्पबाट क्षतविक्षत राष्ट्रलाई नवनिर्माणको महाअभियानमा अघि बढाउने कार्यक्रम दिन सक्नुपर्थ्यो। यो विपत्तिमा सम्पूर्ण नेपाली एकजुट भएर संकटको सामना गर्न, आफ्नो तर्फबाट योगदान गर्न र स्वयंसेवकको रूपमा नवनिर्माणमा जुट्न अपिल गर्न सक्नुपर्थ्यो। जे भए पनि नीति तथा कार्यक्रम पारित भएको छ। अब बजेट बहस सुरु भएको छ।
नवनिर्माणको आधार वर्ष
यो वर्ष नेपालीको लागि दुर्भाग्य र विपत्तिको वर्ष बन्न पुग्यो। विनाशकारी महाभूकम्पले जनधनको ठूलो क्षति गर्योक। भूकम्पबाट क्षतिग्रस्त मुलुकलाई पुनर्निर्माण गर्नु छ। ध्वस्त भौतिक संरचना पुनर्निर्माण गर्नुपर्ने र ढलेका पुरातात्विक एवं ऐतिहासिक धरोहरलाई पहिलेकै अवस्थामा उभ्याउनु पर्नेछ। आजको विपत्तिलाई नवनिर्माणको अवसरमा बदल्नु हाम्रो प्रमुख दायित्व हो। अब नेपाललाई नयाँ ढंगले अघि बढाउने र राष्ट्रलाई नवजीवन दिने जिम्मेवारी हाम्रो काँधमा आएको छ। यसर्थ आगामी आर्थिक वर्ष नवनिर्माणको आधार वर्षको रूपमा रहनेछ। हामीले आज आरम्भ गरेर ५ वर्षभित्र पुनर्निर्माणको काम सम्पन्न गरिसक्नुपर्नेछ।
यस अवस्थामा अब आउने बजेटमा नवनिर्माणको लागि 'विशेष बजेट' शीर्षक राखेर पहिलो प्राथमिकतामा पार्नुपर्छ। नेपालको आन्तरिक स्रोतको ठूलो हिस्सा यसमा छुट्याउनुपर्छ। अन्तर्राष्ट्रिय सहयोग सम्मेलनमा आएको प्रतिबद्धताअनुसारको रकम पनि यस कार्यमा लगाउनुपर्छ। अत्यन्त पारदर्शी तरिकाले नेपालको हितमा सो सहयोगको पूर्ण सदुपयोग गर्नुपर्छ। तत्काल नवनिर्माण प्राधिकरण गठन गरी पुनर्निर्माणका काम अघि बढाउनुपर्छ। पुनर्निर्माणका लागि युवालाई निर्वाह भत्ता दिएर स्वयंसेवकका रूपमा परिचालन गर्नुपर्छ। बजेटमा भूकम्पका साथै बाढी–पहिरोलगायतका प्राकृतिक प्रकोपबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणको विषय पनि सम्बोधन हुनुपर्छ।
यस असाधारण अवस्थामा सरकारले साधारण खर्च कटौती गर्नुपर्छ। त्यसरी नै अनावश्यक विदेश भ्रमण, भोजभतेर, महँगा होटेलहरूमा कार्यक्रम गर्नेजस्ता फजुल खर्च नियन्त्रण गर्नुपर्छ। यसरी साधारण खर्च र फजुल खर्चबाट बचत भएको रकम पुनर्स्थापना र पुनर्निर्माणमा लगाउने व्यवस्था मिलाउनुपर्छ।
बजेट प्रस्तुति र आर्थिक वर्ष परिवर्तन
सरकारले संसद्मा बजेट पेस गर्ने, छलफल गर्ने र पारित गर्ने काममा एकरूपता छैन। त्यतिमात्र होइन बजेट पेस भइसकेपछि पनि बजेट पारित गरिसक्ने कुनै समयसीमा छैन। असारमा पेस भएको बजेट ताल मिल्दा साउनमै पास हुन्छ र विवाद हुँदा कात्तिकसम्म पनि पुग्छ! यसले गर्दा विकास योजना कार्यान्वयनमा ठूलो असर पर्छ।
यतिबेला पूर्वबजेट छलफल कर्मकाण्डीरूपमा सुरु गरिएको छ। दुईतीन दिन छलफल गराइन्छ, सकिन्छ। त्यो पनि बजेट निर्माण अन्तिम चरणमा पुगेको बेला गरिएको पूर्वबजेट छलफलबाट खासै प्रतिफल आउँदैन। बजेट पेस भइसकेपछि लामो कर्मकाण्डी छलफलको कुनै अर्थ छैन। त्यसकारण अब यो रुढीवादी, उपलब्धीविहीन र कर्मकाण्डी परम्परालाई तोड्नुपर्छ। बजेट प्रस्तुत गर्नुपूर्व व्यापकरूपमा छलफल गर्ने र बजेट पेस भएको निश्चित समयपछि अनिवार्य पारित हुने व्यवस्था गरिनुपर्छ। पूर्वबजेट छलफलमा सांसदहरूले उठाएका महŒवपूर्ण मुद्दाहरूलाई सरकारले अनिवार्यरूपमा सम्बोधन गर्ने परिपाटी बसाल्नुपर्छ।
यतिबेला संविधानमा नै प्रत्येक आर्थिक वर्षको वार्षिक आयव्ययको अनुमानित विवरण जेठ १५ गते संसद्मा पेस गर्ने बाध्यकारी व्यवस्था गरिँदैछ। जेठ १५ गते बजेट पेस गर्ने भएपछि त्यसैअनुसारको पूरै कार्यतालिका बनाउनुपर्छ। वैशाख १५ देखि अन्तिमसम्म पूर्वबजेट छलफल गर्ने, जेठको पहिलो साता सरकारको नीति तथा कार्यक्रम संसद्मा पेस गर्ने, केही दिन छलफल गरी जेठ १० गतेसम्म नीति–कार्यक्रम पारित गरिसक्ने र जेठ १५ मा बजेट आएपछि संक्षिप्त छलफल गरेर जेठ मसान्तसम्म पारित गरिसक्ने व्यवस्था हुनुपर्छ। बजेट पारित हुनासाथसम्बन्धित निकायमा स्वतः अख्तियारी जाने व्यवस्था पनि हुनुपर्छ। यसरी असार १ गतेदेखि नयाँ आव आरम्भ हुने, असार, साउन र भदौ ३ महिना टेन्डर–सम्झौताजस्ता आन्तरिक काम सक्ने, असोज, कात्तिकमा सार्वजनिक खरिदका काम गर्ने र मंसिरदेखि जेठसम्म विकास निर्माणका काम गर्नेगरी 'डेभलपमेन्ट क्यालेन्डर' बनाउनुपर्छ।
बजेटका प्राथमिकता
हाम्रो अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको कृषि क्षेत्रको विकास नगरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सकिँदैन। कृषि यतिबेलाको प्रमुख प्राथमिकता बन्नैपर्छ। कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को ठूलो हिस्सा ओगटेको कृषि क्षेत्रमा बजेटको सानो अंशमात्र विनियोजन गरिन्छ। कृषि क्षेत्र सरकारको प्राथमिकतामा परेको छैन। कृषिको विकासका लागि यसको व्यावसायिकरण र आधुनिकीकरण जरुरी छ। कृषिको विकास गर्नसक्दा रोजगारीका अवसर तथा उत्पादन बृद्धि हुने र राष्ट्रलाई समृद्धिको यात्रामा अघि बढाउन सहज हुनेछ। सरकारले यसपटकको नीति–कार्यक्रममा भनेजस्तै यथाशीघ्र वैज्ञानिक भूउपयोग नीति ल्याइ तत्काल कार्यान्वयन गर्नुपर्छ।
बजेटको अर्को प्राथमिकता 'पूर्वाधार' विकास हुनुपर्छ। कृषि वा अन्य क्षेत्रको विकासका लागि पनि पूर्वाधार विकास आधारभूत कुरा हो। काठमाडौँ–तराई 'फास्ट ट्रयाक', पूर्व–पश्चिम मध्यपहाडी लोकमार्ग, हुलाकी मार्ग, अन्तर्राष्ट्रिय विमानस्थलजस्ता ठूला आयोजनामा केन्द्रित भएर ती योजना निर्माणको लक्ष्य किटानीसहित काम अघि बढाउनुपर्छ। फास्ट ट्रयाक नेपालले आफ्नै लगानीमा ५ वर्षमा पूरा गर्नेगरी बजेटमा आउनुपर्छ। हिजोको 'आफ्नो गाउँ आफै बनाऔँ' कार्यक्रम जनताको मनमस्तिष्कमा अहिले पनि ताजै छ। सो कार्यक्रमलाई यो बजेटले अनिवार्यरूपमा सम्बोधन गर्नुपर्छ। स्थानीय तहमा सडक, खानेपानी, सिँचाइ, सामुदायिक भवन, पुल, शिक्षा, स्वास्थ्यको विकास गर्न स्थानीय निकायमा बजेट बृद्धि गरी प्रत्येक गाविसलाई एक करोडसहित नगरपालिकालाई पनि पर्याप्त बजेट व्यवस्था गर्नुपर्छ। त्यसरी नै ऊर्जाको विकास, शिक्षा, स्वास्थ्य, पर्यटन र उद्योग, सामाजिक सुरक्षाजस्ता विषय बजेटका प्राथमिकतामा पर्नुपर्छ।
निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम
निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमलाई यतिबेला बढी विवादास्पद बनाइँदैछ। निर्वाचन क्षेत्र विकास कार्यक्रम सबै सांसदले योजना छनौट गर्नेगरी १५ लाखका दरमा छुट्याइएको छ। तर, प्रत्येक निर्वाचन क्षेत्रमा १ करोडका दरले विनियोजित रकम सांसद कोषजस्तो कदापि होइन। सम्बन्धित क्षेत्रबाट निर्वाचित सभासद्को संयोजकत्वमा समानुपातिक सभासद्, स्थानीय विकास अधिकारीलगायत सदस्य रहेको योजना तर्जुमा समिति निर्माण हुन्छ। समितिले योजना छनौट गरिसकेपछि कार्यान्वयनदेखि फरफारकसम्मका सम्पूर्ण काम नियम र प्रक्रियाअनुसार जिविसले गर्छ। सर्वदलीय उपभोक्ता समिति वा टेन्डरबाट यी काम हुने गर्छन्। त्यसो भए यसलाई सभासद्का लागि पैसा बाँड्ने कार्यक्रम भनेर किन बद्नाम गर्ने? कुनै जिल्ला र क्षेत्रमा पहुँचका आधारमा धेरै र कुनै जिल्ला–क्षेत्र टुहुराजस्ता भइरहेको अहिलेको अवस्थामा कम्तीमा क्षेत्रीय सन्तुलन हुने यो कार्यक्रम उपयुक्त छ। अर्कोतिर सरकारले विकासबजेट आधा पनि खर्च गर्न नसकेको अवस्थामा यो रकम शतप्रतिशत खर्च भएको छ। निर्देशिकालाई थप व्यवस्थित गर्दै, अनियमितता गर्नेलाई कडा कारबाही गर्ने व्यवस्था गर्नु जरुरी छ। तर, कम्तीमा आगामी आवका लागि यो कार्यक्रमलाई हालको बजेटमा दोब्बर गर्नैपर्छ।
विकास खर्च बृद्धि
हाम्रो एउटा ठूलो समस्या भनेको बोलेका, निर्णय गरेका कुरा कार्यान्वयन गर्न नसक्ने हो। बजेट पनि जस्तो आउँछ त्यसलाई पूर्णरूपमा कार्यान्वयन गर्नसके प्रतिफल हात लाग्छ। त्यसकारण राम्रो बजेटका साथै त्यसको कार्यान्वयनमा राज्य सक्रिय हुन जरुरी छ। अर्को हाम्रो समस्या भनेको वर्षको अन्तिम समयमा अत्यधिक निकासा र खर्च गर्ने प्रवृत्ति हो। वर्षात्को समय असारमा अत्यधिक निकासा गर्ने र धेरै खर्च गर्ने कुराले एकातिर गुणस्तरीय काम हँुदैन भने अर्कोतिर ठूलो आर्थिक चलखेल हुन्छ। यो समस्या समाधानका लागि बजेट समयमा ल्याउने, समयमा कार्यान्वयन गर्ने, आर्थिक वर्ष परिवर्तन गर्ने, केन्द्रीयस्तरका आयोजना बहुवर्षीय बनाउने र बहुवर्षीय ठेक्का प्रणाली लागु गर्नुपर्छ।
यतिबेला सार्वजनिक संस्थानहरू समस्याग्रस्त छन्। निर्यात ६.६ प्रतिशतले ह्रास र आयात १०.५ प्रतिशतले बृद्धि भएको तथ्यांक छ। व्यापार घाटा बढेको अहिलेको अवस्थालाई सुधार गर्न आयात प्रतिस्थापन गरी निर्यात बढाउनु र व्यापार घाटा न्यून गर्दै आर्थिक बृद्धि दर बढाउनु जरुरी छ।
सामाजिक सुरक्षा
सामाजिक न्यायबिनाको आर्थिक विकास जनताको जीवनसँग जोडिँदैन। सामाजिक सुरक्षाका कार्यक्रमहरू परम्परा धान्ने हिसाबले मात्र होइन, अहिलेका आवश्यकतालाई समेट्ने गरी बृद्ध भत्ता, एकल महिला भत्ता, अपांग भत्ता बृद्धि गरिनुपर्छ। असहाय, बालबालिका, प्रारम्भिक अवस्थाका बालबालिकाको उत्थान र विकासका लागि पर्याप्त बजेटको व्यवस्था हुनुपर्छ। युवालाई राज्यले रोजगारीका अवसर सृजना गर्ने, रोजगारी दिन नसक्दासम्म निर्वाहका लागि बेरोजगार भत्ता दिएर स्वयंसेवी काममा लगाउने, जनता आवास कार्यक्रम र जनता पेन्सन कार्यक्रम अघि बढाउनेलगायतका सामाजिक सुरक्षाका कार्यक्रम यो बजेटमा समेटिनुपर्छ।
संविधान र स्थानीय निर्वाचन
हामी यतिबेला संविधान जारी गर्ने अभियानमा छौँ। यस वर्षको बजेट संविधान मैत्री हुनैपर्छ। बजेटले संविधान निर्माणको कामलाई हरतरहले सहयोग पुर्यानउनैपर्छ। सरकारले यस आवभित्र स्थानीय निकायको निर्वाचन गर्ने प्रतिबद्धता जनाएको छ। यो प्रतिबद्धता मूर्त छैन। स्थानीय निकायको राजनीतिक रिक्तताले आज विकासमा भ्रष्टाचार र जनताको सेवा–सुविधामा जेजति समस्या भोग्नुपरेको छ, त्यो संवेदनशीलतालाई ध्यानमा राखेर स्थानीय निकायमा जनप्रतिनिधिको उपस्थिति अनिवार्य छ। त्यसैले बजेटमा आगामी मंसिर महिनामा स्थानीय निकाय निर्वाचन गराउने र त्यसका लागि ठोसरूपमा बजेटको व्यवस्था अनिवार्यरूपमा गर्नैपर्छ।
समृद्धिको यात्रा
पराधीन र परनिर्भर अर्थतन्त्र होइन, राष्ट्रिय स्वाधीनतासहितको आत्मनिर्भर अर्थतन्त्र आजको आवश्यकता हो। हनुमानले सिंगै पहाड बोकेर ल्याए पनि सञ्जीवनी बुटी पत्ता नलगाएजस्तै यो बजेटले पनि अहिलेको चुरो समस्या पत्ता लगाउन सकेन भने चुनौतीको सम्बोधन हुनसक्दैन। पुँजीवादको विकास र समाजवादतर्फ अघि बढ्नु नै आजको हाम्रो मूल बाटो हो।
समृद्धितर्फको यात्राका लागि उत्पादन र रोजगारीमा बृद्धि हुनु अनिवार्य छ। संविधान निर्माणको 'फलामे गेट' पार गरिसकेपछि राष्ट्र सामाजिक–आर्थिक रूपान्तरणको खुला मैदानमा प्रवेश गर्नेछ। त्यसपछिको हाम्रो मार्गचित्र नवनिर्माण र समृद्धि नै हो। त्यसबेला हामी विकास निर्माणमा प्रतिस्पर्धी क्षमता विकास गर्नेछौँ, उत्पादन र रोजगारी बृद्धिका आधारहरूसहित आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नेछौँ, आर्थिक अनियमितता र भ्रष्टाचारलाई निर्मूल गर्दै सभ्यसमाजको निर्माण गर्नेछौँ। र, भूकम्पबाट क्षतविक्षत मुलुकलाई पुनर्निर्माण गरी माथि उठाउनेछौँ, आर्थिक–सामाजिक रूपान्तरणसहित नवनिर्माणको यात्रामा राष्ट्रिय एकताका साथ अघि बढ्नेछौँ र शान्तिपूर्ण, स्थिर र समृद्ध नयाँ नेपाल निर्माण गर्न सफल हुनेछौँ।
सभापति, व्यवस्थापिका–संसद् अर्थ समिति