'आत्मनिर्भर कृषि' बन्ने योजनामा स्थानीय सरकार
३१ वैशाख २०७७
•
१० मिनेट पाठ
'आत्मनिर्भर कृषि' बन्ने योजनामा स्थानीय सरकार
विराटनगर- कोरोना कहर र लामो लकडाउनले अर्थतन्त्र शिथिल बन्दै गएका बेला स्थानीय सरकार 'आत्मनिर्भर कृषि' को योजना बनाउन जुटेका छन् । नयाँ आर्थिक वर्षको बजेट तयारी चल्दै गर्दा कृषिलाई उच्च महत्व दिने ठहरमा पुगेका प्रदेश १ का अधिकांश स्थानीय तहले सोही अनुसार सहयोग गर्न संघ र प्रदेश सरकारसँग माग गरेका छन् ।  




हाल भइरहेको खेतीपातीलाई निरन्तरता दिने, नयाँ विकल्पहरु खोज्ने, किसानलाई सघाउने खालका कार्यक्रम ल्याउने र बाँझो रहेका जमिनलाई उपयोग गर्ने विषयमा आफ्नो ध्यान रहेको स्थानीय तहको भनाइ छ । प्रदेश १ मा हाल ७१५ हजार हेक्टर जमिनमा खेतीपाती हुँदै आएको छ भने ८५ हजार हेक्टर खेतीयोग्य जमिन बाँझै रहेको कृषि विकास निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

लकडाउनकै अवधिमा कृषि मन्त्री घनश्याम भुसालले स्थानीय तहहरुलाई कृषि योजनाबारे तयारी थाल्न पत्राचार गर्दै सुझाव पनि मागेका थिए । प्रदेशका अधिकांश स्थानीय तहले संघमा आफ्नो प्राथमिकता, समस्या, योजना र अपेक्षा समेटिएको सुझाव पठाइसकेका छन् । केहीले पठाउने तयारी गरिरहेका छन् । स्थानीय तहले पठाएका सुझावमा समेटिएका अधिकांश बुँदा साझा समस्याका छन् भने केहीका आफ्ना अलग्गै योजना पनि ।

योजना मात्रै बनाउने, कार्यान्वयनमा ध्यान नदिने कार्यशैलीका कारण  तीन वटै तहका सरकार आलोचनाको केन्द्रमा पर्दै आएका छन् । अझ कृषिक्षेत्रलाई त सबै तहले नाराको गुलियोमा भुलाउने गरेको बुझाई सर्वत्र छ । यसपटक कृषिको महत्व 'वास्तवमै बोध गरेको' छनक दिने गरी तयारी गरिरहेका स्थानीय तह योजना कार्यान्वयनमा कति इमान्दार रहन्छन् ?

स्थानीय सरकारका प्रमुखहरु कोरोना कहरले कृषि क्षेत्रको सुधारको विकल्प नै नभएको प्रमाणित गरेको बताउँदै भन्छन्  'सबल कृषि क्षेत्रले मात्रै अहिलेको आर्थिक संकटको सामना गर्ने ऊर्जा दिनेछ ।' नयाँ बजेट र नयाँ योजना पनि सोही अनुसारकै तयारी भइरहेको उनीहरु बताउँछन् ।

इलामको सूर्योदय नगरपालिकाले केन्द्र सरकारलाई अनुदानबारे पुर्नविचार गर्न सुझाव दिएको छ । साथै, नगरलाई कृषि जोन बनाउने प्रस्ताव गर्दै सहयोगका लागि माग पनि गरेको छ । 'अनुदान योजनाका आधारमा होइन, उत्पादनका आधारमा दिने व्यवस्था गरिनुपर्छ', सूर्योदयले संघको कृषि मन्त्रालयलाई पठाएको सुझावमा भनिएको छ 'उत्पादन हेरेर अनुदान दिने व्यवस्था गरे मात्रै यसको सदुपयोग हुनेछ ।' तरकारी, चिया, अलैँची, अदुवा उत्पादन र पशुपालनका लागि चिनिएको यो नगरले चियाको क्लोन स्थापित गर्न, इस्कुसको प्राविधिक अध्ययनमा सघाउन केन्द्रसँग माग गरेको छ । त्यस्तै चिया र तरकारीलाई तेस्रो देशको बजारमा पुर्याउने प्रबन्ध गर्न माग गरेको नगर प्रमुख रणबहादुर राईले बताए ।

झापाको दमकले पनि अनुदान उत्पादनका आधारमा प्रदान गर्न केनद्रसँग माग गरेको छ । ुरोजगारी, उत्पादन वृद्धि तथा अन्य उद्यमहरुलाई पनि कृषिसँगै जोडेर अघि बढ्ने योजना हामी बनाउँदैछौुं, झापा दमकका नगर प्रमुख रोमनाथ ओलीले नागरिकसँग भने 'अबको हाम्रो प्राथमिकता कृषि र स्वास्थ्य नै हुनेछ ।' कोरोनाले निम्त्याएको विश्वव्यापी संकटकले सबैलाई आफ्ना नीति–कार्यक्रमहरुबारे पुर्नविचार गर्न बाध्य तुल्याएको उनको ठहर छ । 'लकडाउनको लामो समयलाई हामीले कृषि क्षेत्रका जानकारहरुसँगको अन्तरक्रिया, आन्तरिक अध्ययन र छलफललाई घनिभूत पारेका छौ', उनले भने 'यसले कृषि क्षेत्रलाई रोजगारमुखी बनाउने, कृषि उद्यमशीलतामा युवा वर्गलाई प्रोत्साहित गर्ने, कृषि उपजको विविधिकरण गर्ने, पशुपालनलाई प्राथमिकता दिने निचोडमा हामी पुगेका छौं ।' दमक पशुपालन र धान खेतीका लागि कहलिएको स्थानीय तह हो ।

तरकारी र फलफूल उत्पादनका लागि प्रदेश १ को केन्द्र मानिन्छ धनकुटाको छथर जोरपाटी गाउँपालिका । यो गाउँपालिकाले कृषि उत्पादन वृद्धि गर्ने योजनालाई उच्च महत्व दिँदै केही ठोस कार्यक्रम तयार पारेर लागु गर्ने तयारी गरेको छ । अध्यक्ष शेरबहादुर लिम्बूका अनुसार कृषि उद्यमीहरुलाई लक्षित गरेर गाउँपालिकाले 'कृषि प्रवद्र्धन कोष' खडा गरेको छ । यो कोषबाट कृषि उद्यमीहरुलाई बिना धितो र बिना ब्याज सोधभर्ना सापटी दिइनेछ ।

'पहिला कृषि उद्यमीको उद्यमको प्राविधिक अध्ययन मूल्यांकन गरिनेछ', उनले भने 'उक्त मूल्यांकनको  ५० प्रतिशतसम्म सोधभर्ना सापटी दिइनेछ । यो कार्यक्रम अब केही दिनभित्रै सुरु गरिनेछ ।' यसबाहेक हरेक टोल विकास संस्थाहरुलाई फलफूलका विरुवा, प्राविधिक र विषादी नि:शुल्क उपलब्ध गराएर गाउँपालिकाले फलपूmलखेती प्रर्वद्धनको लक्ष्य लिएको छ । यो कार्यक्रम पनि सञ्चालनको तयारीमा रहेको  छ । आँप, लिची, एभोकाडो, सुन्तला, जुनार र कागती खेती गर्ने किसानलाई अनुदानमा यी सुविधा दिइने अध्यक्ष लिम्बूले बताए ।  

सुनसरीको कोशी गाउँपालिकाकाले  २०६५ को कोशी बाढीले बगरमा परिणत गरेको गाउँपालिकाको ३ हजार १ सय विघा जमिन उपयोग गर्ने योजना बनाएको छ । संघीय सरकारलाई पठाएको पत्रमा गाउँपालिकाले सो जमिनको उपयोगमा सघाउन पनि माग गरेको छ । 'अहिले हामीले चार विघामा कागती खेती गरेका छौं, यसलाई छिट्टै १० विघामा विस्तार गर्दैछौं । यसबाहेक यही जमिनमा बयरको खेती पनि थाल्ने योजना छ' गाउँपालिका अध्यक्ष अयुब अन्सारीले भने 'उपयोगहीन रहेको जमिनलाई खेतीयोग्य बनाउन माटो सम्याउने काम सुरु भइसकेको  कागती खेती भइरहेको छ ।'

धान, मकै, गहुँ लगायतका बालीका लागि कहलिएको झापाको गौरादह नगरले किसानलाई सिञ्चाइका लागि सहयोग गर्ने उपकरण  उपलब्ध गराउने योजना अघि सारेको छ । 'सिञ्चाईको समस्या उच्च छ । कृषि प्राविधिकको अभाव छ, यही अभाव पूर्ति गरिदिन संघीय सरकारलाई भनेका छौ', प्रमुख रोहित साहले भने ;आन्तरिक सोत परिचालन गरेर पशुपालक किसानलाई प्राविधिक तालिम दिने, मल बीऊमा सकेसम्म सहयोग गर्ने नीति बनाउँदैछौं ।'

कृषि विज्ञहरु भने योजना मात्रै हेरेर भर गर्न नसकिने बरु कार्यान्वयनको पाटो हेरेर मूल्यांकन गर्न सकिने बताउँछन् । 'अहिले सबैलाई कृषिको महत्वका बारे बोध भएको छ, ढिलोचाँडो यो हुनु नै थियो,' कृषिविज्ञ मदन राई भन्छन् 'तर, योजना मात्रै बनाउने, कार्यान्वयनमा सिन्को नभाँच्ने समस्या तलदेखि माथिसम्मै छ ।' उनका अनुसार कृषिका योजना वडा तहले बनाउनु पर्ने, वडा तहकै निर्णयमा बजेटहरु परिचालन हुने अवस्था नआएसम्म संघीयताको साँचो अभ्यास पनि नहुने, परिणाममुखी काम पनि नहुने अवस्था आउँछ । ;माथिल्लो तहमा बनेका योजना किसानको खेतसम्म पुग्नै पाउँदैनन्ु, राईले नागरिकसँग भने ुत्यसैले तल्लो इकाईमै योजना बनाउने र कार्यान्वयन गर्ने अभ्यास नभएसम्म उपलब्धि राम्रो हुँदैन ।;
अर्को समाचार
उपत्यकामा फेरि कोरोना, १२ जनामा पुष्टि
१४ चैत्र २०८०
•
२ मिनेट पाठ
उपत्यकामा फेरि कोरोना, १२ जनामा पुष्टि
काठमाडौं उपत्यकामा मौसमी फ्लु भनी अनुमान गरिएका केही बिरामीमा कोभिड १९ पुष्टि भएको छ। उपचारका लागि त्रिवि शिक्षण अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेका बिरामीको जाँच गर्दा १२ जनामा कोभिड पुष्टि भएको हो।




शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसार मंगलबारसम्म आठजनामा कोभिड १९ पुष्टि भएको छ। पुष्टि भएका सबैलाई अस्पतालको आइसियु तथा हाइडिपेन्डेन्सी युनिटमा राखेर उपचार गरिएको छ। जसमध्ये दुईजना डिस्चार्ज भएका छन्। संक्रमित ६ जनाको उपचार भइरहेको शुक्रराज ट्रपिकल अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले बताए। उनका अनुसार सोही अस्पतालमै परीक्षण गर्दा उनीहरूमा कोेभिड पुष्टि भएको हो।  

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि पुगेका बिरामीमध्ये चार जनामा कोभिड पुष्टि भएको अस्पतालले जनाएको छ। आकस्मिक कक्षका प्रमुख डा. रमेश महर्जनका अनुसार सोमबार परीक्षण गरिएका नौवटा नमुनामध्ये चारवटामा कोभिड संक्रमण पाइएको हो। उनीहरू निमानियाको सिकायत लिएर अस्पताल पुगेका थिए। कोभिड पुष्टि भएका सबैलाई भर्ना गरिएको जानकारी  

डा. महर्जनले दिए। एक सातायता निमानियाको लक्षणसहित अस्पताल पुग्ने बिरामी बढेका छन्। कोभिड पुष्टि भएकालाई निमोनिया, श्वासप्रश्वास समस्या देखिएपछि आइसियुमै राखेर उपचार गर्नु परेको हो। निमोनिया, श्वासप्रश्वासको सिकायत लिएर अस्पताल पुग्नेमा ५०÷६० वर्षमाथिका र पहिला एकपटक कडा खालको कोभिड लागेका, मधुमेह र दम भएका बिरामी छन्।  

भर्ना भएका कोभिडका बिरामीलाई कडा समस्या देखिएपछि आइसियुमा राखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल आइसियु इन्चार्ज उषा देवकोटाले बताइन्। ‘कोभिड महामारी अन्त्य भएपछि यसबाट संक्रमित छिटपुट रूपमा देखिने गरेकोमा एक सातायता धेरैजना भर्ना हुुनु प¥यो,’ उनले भनिन्।

देवकोटाको अनुसार नेपाल–भारत सीमावर्ती क्षेत्रमा कोभिड १९ का बिरामी भेटिन थालेपछि अस्पतालहरूले थन्काएर राखेका उपकरणलई तयारी अवस्थामा राख्न लागेका छन्। ‘हामी बेड र उपकरण तयार गरी राख्दैछौं,’ उनले भनिन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मार्च १० भित्रको नमूना परिक्षण गर्दा बिभिन्न खालका मौसमी फ्लुहरू धेरै संख्यामा पुष्टि भएको छ। जनवरीदेखि मार्च १० भित्र परीक्षण गरेका २४ सय २६ वटा नमूनामध्ये चार सय १६ वटामा एचवान एन१, ३३ वटामा ए१ एच थ्री, ६२ वटामा कोभिड १९ र चारवटामा स्वाइन फ्लु पुष्टि भएको छ। पछिल्लो दुई साताको कोभिड परीक्षण तथ्यांक राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग छैन। पछिल्लो दुई सातायता कोभिड १९ को जिन सिक्वेन्सिङ पनि नगरेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. राजराज भट्टले बताए। ‘एकै पटक धेरैजनामा पुष्टि भएपछि मात्र जिन सिक्वेन्सिङ गर्छाैं,’ उनले भने। इपिडिमियोेलोेजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकमा अहिले कोभिड १९ का सक्रिय संक्रमित ६ जना छन्।
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस