विकासको अवसर
०६ भदौ २०७२
•
७ मिनेट पाठ
विकासको अवसर
देशको समग्र आर्थिक तथा सामाजिक विकासलाई नियमितरूपमा गति प्रदान गर्नु सरकारको प्रमुख दायित्व हो। मुलुकमा आर्थिक विकासका सम्भावनाहरु प्रचुरमात्रामा उपलब्ध भए तापनि व्यवस्थापनको कमजोरीका कारण यस क्षेत्रमा विकासका मजवुत आधार सुदृढ हुन सकेका छैनन्।सम्भावना एवं अवसर हुँदाहुँदै पनि आर्थिक विकास मजवुत हुन नसकेका कारण गरिबी, अभाव, संकट, प्रकोपको अवस्था कायमै छ। जलस्रोत, कृषि, पर्यटन जस्ता आर्थिक विकासका उच्च सम्भावना भएका क्षेत्रको विकासका लागि प्रभावकारी नीति, योजना, कार्यक्रम व्यवहारमा ल्याउन सकिएको छैन। विकासका मुख्य पूर्वाधार सडक, विद्युत्, सञ्चार, बजार आदिको व्यवस्थापन कमजोर भएका कारण आन्तरिक एवं बाह्य लगानी आकर्षित गर्न सकिएको छैन। लगानी वृद्धि हुन नसक्दा सम्भावना एवं अवसर खेर जाने अवस्था एकातर्फ रहन्छ भने अर्कातर्फ गरिबी, अभाव, असमानता, अस्थिरता, संकट, विकृति वृद्धि हुँदै जाने हुन्छ। यसले सरकारको विश्वसनीयतामा ह्रास ल्याई असफलतातर्फ उन्मुख गराउँछ।




मुलुकको समग्र आर्थिक एवं सामाजिक विकासको मुख्य आधार कृषि क्षेत्रको विकासले समृद्धिका प्रशस्त अवसर सिर्जना गर्नसक्ने देखिन्छ। खाद्यान्नका साथै उद्योग व्यवसायका लागि आवश्यक वस्तु उत्पादन गरी कृषि क्षेत्रलाई आर्थिक विकासको मुख्य क्षेत्रका रूपमा विकास गर्ने अवसर छ। बहुमूल्य हिमाली वस्तु पहिचान, महत्वको प्रचारप्रसारका साथै प्रशोधनका आधार विकास गरी मुलुकको बढ्दो व्यापार घाटा न्यूनीकरण गर्न सकिने अवस्था छ। स्वदेशी उद्योग व्यवसायलाई संरक्षण गरी स्वेदशी उत्पादनको उपयोगलाई प्राथमिकता दिन सकिएको अवस्थामा व्यापार सन्तुलन गर्न सकिने हुन्छ। औद्योगिक क्षेत्रको विकासले रोजगारीको अवसर सिर्जना र व्यापार सन्तुलन कायम गरी मुलुकको आर्थिक समृद्धि हासिल गर्न सक्ने सम्भावना छ।

जलस्रोतको प्रचुर उपलब्धता भएका कारण मुलुकमा ऊर्जा उत्पादनको प्रशस्त सम्भावना छ। यसबाट आर्थिक विकासका हरेक सम्भावनालाई मजुवत गराउनुका साथै दिगोसमेत गराउने हुन्छ। मुलुकको आर्थिक विकासका प्रमुख क्षेत्र औद्योगिक, कृषि, व्यापारिक, पर्यटन, सेवा क्षेत्रको विकासको लागि ऊर्जा शक्ति उपलब्ध हुन अत्यावश्यक छ। ऊर्जाको सहजताबाट पर्यटन क्षेत्रमा रहेको प्रचुर सम्भावनालाई देशव्यापीरूपमा विस्तार गर्न सकिने हुन्छ। साथै पर्यटन व्यवसायलाई कृषि तथा उद्योग व्यवसायसँग अन्तरनिर्भर गराई विकासको दिगो आधार सिर्जना गर्न सकिने हुन्छ। विश्वकै अद्वितीय प्राकृतिक तथा जैविक सम्पदा र ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदाको पहिचान, संरक्षण र प्रवर्द्धनबाट पर्यटन क्षेत्रको विकास र विस्तार गरी पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको आधारका रूपमा विकास गरी आमनागरिकको जीविकोपार्जन र रोजगारीका अवसर वृद्धि गरी जीवनस्तरमा सुधार गर्न सकिने सम्भावना छ।

भौतिक पूर्वाधार, औद्योगिक तथा सेवा क्षेत्रको विकासमा लगानी सरकारी तवरबाट मात्र सम्भव नहुने हँुदा निजी क्षेत्रको लगानी अपरिहार्य छ। नेपालले सन् २००४ मा विश्व व्यापार सङ्गठनको सदस्यता प्राप्त गरेपश्चात् स्थानीय उत्पादन बढाई विश्व बजारमा प्रतिस्पर्धा गर्न निजी क्षेत्रलाई सोअनुरूप सुदृढीकरण गरी निजी क्षेत्रको विकास गर्ने अवसर वृद्धि हँुदै गएको छ। मुलुकमा भएको आर्थिक उदारीकरणको नीतिका कारण आर्थिक विकासमा वित्तीय क्षेत्रको संलग्नता प्रशस्त वृद्धि हुँदै गएको छ। मुलुकको समग्र आर्थिक विकासका लागि यो उपयुक्त अवसर पनि हो। वित्तीय क्षेत्रको व्यवस्थापनबाट मुलुकमा लगानीका अवसर वृद्धि हुने सम्भावना बढ्दै गएका छन्। पुँजी बजारको खासगरी मुलुकभित्र छरिएका स–साना पुँजीलाई एकत्रित गरी लगानी बढाउने महत्वपूर्ण भूमिका हुन्छ। यसका लागि लगानीकर्ताको पहुँच एवम् विश्वसनीयतामा अभिवृद्धि गरी लगानी विविधीकरणमार्फत पुँजी बजार विस्तार गर्नु आवश्यक हुन्छ।

मुलुकको अर्थतन्त्रमा वित्तीय क्षेत्रको १५ प्रतिशत भन्दा बढी हिस्सा ओगटेको सहकारी क्षेत्रको योगदानको सम्भावना प्रशस्त देखिन्छ। स्थानीयस्तरका आर्थिक विकासका सम्भावनालाई सहकारी क्षेत्रले ठोस आधार दिएका कारण कृषि एवं साना उद्योग व्यवसायबाट मुलुकको आर्थिक विकासमा विविध अवसर सिर्जना भएका छन्। मुलुकको आर्थिक तथा सामाजिक विकास प्रारम्भिक अवस्थामै रहेको साथै निजी क्षेत्रको विकास मजवुत भइनसकेको कारण मुलुकको समग्र विकासमा सार्वजनिक संस्थानहरुको भूमिकालाई निरन्तरता दिँदा आर्थिक विकासका लागि प्रत्यक्ष टेवा पुग्नसक्ने हुन्छ।

उपसचिव, लोक सेवा आयोग
अर्को समाचार
गाउँ पुग्दैछ विकासको लहर
३१ साउन २०७६
•
८ मिनेट पाठ
गाउँ पुग्दैछ विकासको लहर
एक्साभेटर चलाएर पाँचथरमा सडक शिलान्यास गर्दै प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो। तस्बिरः गिरिराज/नागरिक
पाँचथर– एकात्मक राज्यव्यवस्था हुन्जेल भौतिक पूर्वाधार विकासको अवसर कमै मात्रै पाएको पूर्वी पहाडी जिल्ला पाँचथर संघीयता कार्यान्वयनपछि धमाधम त्यस्ता अवसर आत्मसात गर्दैछ। सानै सही, जिल्लाका विभिन्न स्थानमा भइरहेका विकास–निर्माणका कामले स्थानीयवासीमा उत्साह सञ्चार गरेको छ। 




एकात्मक राज्यव्यवस्था छँदा सानो कामका लागि पनि राजधानी वा जिल्ला सदरमुकामको मुख ताकेर वर्षौं कुर्न बाध्य हुने सर्वसाधारणका अघि अहिले घरआँगनमै सरकार उपलब्ध छ। स्थानीय आवश्यकता र समस्या दुवै बुझेका जनप्रतिनिधिको उपस्थितिले सर्वसाधारणलाई उत्साह दिने गरी कामको थालनी भइरहेका छन्। जिल्लावासीको उत्साहको पारो कति उच्च छ भन्ने प्रमाण यही साता सम्पन्न केही कार्यक्रममा देखिन्थ्यो। कुहिरोले छोपिएको राँके बजारवासीले घर–घरमा घडा सजाएका थिए। पाँचथर र इलामको सिमानाका बजारवासी हर्षित देखिन्थे। राँके बजार क्षेत्रको सडक कालोपत्रे र ढल निकासको उद्घाटन भएकाले उनीहरूमा खुसी छाएको प्रस्टै देखिन्थ्यो। 

प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले उक्त आयोजना उद्घाटन गरे। १ करोड १५ लाख बजेटमा ठेक्का लागेकोे आयोजनाले सहरको स्वरुपलाई बदल्न महत्त्वपूर्ण भूमिका खेलेको भन्दै स्थानीयले मन्त्रीसहितको टोलीलाई बजार परिक्रमा गराए। बजारभित्रको ३ सय ८० मिटर सडक र ढल निकासको काम हुँदा स्थानीयवासीमा विकासको आशा जागेको छ।

यतिमात्र होइन मन्त्री आङ्बोले जिल्लाका ग्रामीण क्षेत्र जोड्ने प्राथमिकताका तीन सडकको कालोपत्रे गर्ने कामको शिलान्यास पनि गरे। यी आयोजना पूरा हुँदा ग्रामीण क्षेत्रको विकासमा कोल्टे फेर्ने भन्दै सो क्षेत्रका बासिन्दाले विश्वास राखेको पाइन्छ। मन्त्रीले ठेक्का लागेका तीन सडक योजनाको शिलान्यास गरेका हुन्। प्रदेश सरकारको बजेट पूर्वाधार कार्यालयमार्फत ती सडकहरू अघि बढाइएको छ। उनले १३ दशमलव ९२६ किलोमिटरको शिवा–लुम्फाबुङ–नवमीडाँडा सडकको शिलान्यास गरेका हुन्। यो सडक ६७ करोडमा कालोपत्रे गर्ने ठेक्का लागेको छ। 

यस्तै, कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजार जोड्ने सडक कालोपत्रे गर्ने कामको पनि सुरुआत ११ दशमलव ३१० किलोमिटर सडक शिलान्यास गरेका हुन्। यो सडक ५३ करोडमा ठेक्का लागेको हो। फिदिम–फालोट सडकको पहिलो खण्डको पनि काम सुरु भएको छ। सदरमुकाम फिदिमदेखि सल्लेरीसम्मको १० किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का लागेको हो। 

‘जिल्लाको विकासले कोल्टे फेर्ने अवस्था छ। पूर्वाधारको क्षेत्रमा महत्त्वपूर्ण जग बसाउन खोजेका छौं। तीन तहको स्थायी सरकारको माध्यमबाट विकासका कामहरू अघि बढेका छन्’, मन्त्री आङ्बोले भने, ‘सडकलगायतका पूर्वाधारको विकास, आर्थिक समृद्धिका लागि योजनाबद्ध रुपमा अघि बढेका छौं। प्रदेश सरकारको ध्यान विकासमा गएको छ।’

यी सडकसँग अन्य विकासका योजनाहरू जिल्लामा सञ्चालित छन्। जिल्लामा चालु आर्थिक वर्षमा एक अर्बभन्दा बढी बजेट प्रदेश सरकारको रहेको छ। केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीयका माध्यमबाट ग्रामीण तहसम्म विकासका योजनाहरू अघि बढेकाले स्थानीयस्तरमा विकासको आशा बढेको देखिन्छ। अबको दुई वर्षभित्रमा जिल्लाको ग्रामीण क्षेत्रमा १ सय ३५ किलोमिटर सडक कालोपत्रे हुने छ। सडक, खानेपानी, विद्युत् भवनलगायतका पूर्वाधारका क्षेत्रमा भइरहेका विकासका कामले आम नागरिकमा आशा छाएको देखिन्छ। ‘कामहरू राम्रोसँग हुने हो भने बसाइँसराइले रित्तिँदै गएको पहाड गुल्जार हुने थियो। बसाइँसराइ रोक्नु चुनौतीपूर्ण देखिन्छ’, यासोकका खेमराज निरौला भन्छन्, ‘लक्ष्यअनुसारको गुणस्तरीय काम हुने हो भने ग्रामीण क्षेत्रको विकास हुन सक्ने देखिन्छ।’

जिल्लामा प्रदेश सरकारले प्राथमिकताका साथ बजेटको व्यवस्था गरेको छ। विभिन्न क्षेत्रको विकासका लागि बजेटको प्रबन्ध भएको हो। यस्तै केन्द्रीय सरकारमार्फत पुष्पलाल (मध्यपहाडी लोकमार्ग), कोसी करिडोर, यासोक लिफ्टिङ खानेपानी आयोजना, मौवा लिफ्टिङ खानेपानी आयोजना, राँके–भेडेटार सडक कालोपत्रे, फिदिम–फालोट सडकको सल्लेरी–मुवा खोला खण्ड कालोपत्रे, मायालुमोड–नवमीडाँडा कालोपत्रेलगायतका कामहरू सञ्चालनमा रहेका छन्। 

प्रदेश र स्थानीय सरकारले सडक पूर्वाधारबाहेक पर्यटन, खानेपानी, शिक्षा, स्वास्थ्यको क्षेत्रमा पनि कार्यक्रमहरू सञ्चालन गरेको देखिन्छ। दुई वर्षभित्र जिल्लाका सबै घरमा विद्युतीकरण गरी सक्ने लक्ष्य रहेको छ। केन्द्रीय प्रसारण विद्युत् नपुगेका धेरै गाउँमा लघुजलविद्युत् आयोजनाका माध्यमबाट विद्युतीकरण भएको छ।

‘लामो सयमको अस्थिरता पछि तीनै तहको सरकारको बजेटका माध्यमबाट विकासका कामहरू देख्दा आशा गर्ने ठाँउहरू पर्याप्त छन्। बजेटको सफल सदुपयोग महत्तवपूर्ण विषय हो’, मिक्लाजुङका घनश्याम घिमिरेले भने, ‘कृषि र पर्यटको क्षेत्रमा विशेष जोड दिन आवश्यक छ।’

यहाँका स्थानीय तहमा चालु आर्थिक वर्षमा अर्ब ९३ करोड ११ लाख १ हजार रुपैयाँ बजेट रहेको छ। स्थानीय तहमार्फत साना सिँचाइ, सडक, मन्दिरलगायतका साना विकास बजेट पाएपछि स्थानीयवासी खुसी देखिन्छन्। अब विकासले गति पाउने हो कि भन्ने अपेक्षा यहाँका बासिन्दामा देखिन्छ। जनप्रतिनिधि र कर्मचारीले इमान्दारीताका साथ काम गर्ने हो भने जिल्लाको विकासले फड्को मार्ने बुझाइ जनस्तरमा छ। 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस