हिंसात्मक नाकाबन्दी
११ कार्तिक २०७२
•
१६ मिनेट पाठ
हिंसात्मक नाकाबन्दी
भारतीय राज्यसत्ताको निर्माण इतिहास व्यापार र स्रोत दोहनको स्वार्थमा उभिएको छ। आर्थिक, राजनीतिक, धार्मिक, सांस्कृतिक सम्बन्धमाथिको हस्तक्षेप, दबाब र युद्धबाट बनेको छ।धार्मिक कलेवरको त्रेताकालीन राम—राज्यको अयोध्या युग, १७ औं शताब्दीको मुगलकालीन हालको दिल्ली सभ्यता आदि। यी सबै आर्थिक स्वार्थ— वाणिज्य विस्तार र आवश्यक स्रोत प्रयोगबाट प्रेरित छन्। यही कोणबाट सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक र राजनीतिक प्रहारले भारतीय प्रभुत्वशाली नेपाल सम्बन्ध विस्तारित छ। यसलाई भौतिक/अभौतिक, सामाजिक/सांस्कृतिक, आर्थिक/राजनीतिक आयाममाथिको हिंसात्मक प्रयोग र उपयोगले थेगेको छ।

पानीको मुहान थुनेर हराइएको नालापानीको युद्धको जगमा भएको सन् १८१६ को सुगौली सन्धि, सन् १९५० को दिल्ली सम्झौता, १९७९ को जनमत संग्रहमा भएको भारतीय उपस्थिति, सन् १९९० को राजनीतिक परिवर्तनमाथिको भारतीय भूमिका, सन् २००५ को नेपाली राजनीतिक सम्झौतामा दिल्लीले देखाएको अग्रसरता आदिले नेपाल—भारत सम्बन्ध नवीकरण गर्दै आएको छ। जसमा हिंसात्मक मारले नेपाल हारेको मिहिन इतिहास छ।

नाकाबन्दी सतहमा देखिएजस्तो आपूर्ति र उपभोगको भौतिक आयतन मात्र होइन। यसले जातजाति, भूगोल, संस्कृति, चाडवाड, जीवनशैलीमाथि दबाब गरेको छ। यही जबर्जस्ती दबाब नै सर्वसाधारणको दैनिकीको बनावट—समाज, संस्कृति, अर्थतन्त्र र राजनीतिमा हिंसात्मक बनेका छन्। चाडवाडमात्र होइन। यसले शैक्षिक पठनपाठन, कृषि र बजारिया तथा औद्योगिक उत्पादनको क्रियाकलाप, राजनीतिक गतिविधिलाई थिलथिलो बनाएको छ।

आर्थिक स्वार्थमा उभिने नाकाबन्दीको इतिहास इसाको तेस्रो शताब्दीको पेलोपोनेसियन युद्धमा एजिना सारोनिकले एथेनियिन आइल्यान्डमाथि गरेको नाकाबन्दीबाट सुरु भएको हो। विस्तारित बजारको महत्वाकांक्षाले सुरु नाकाबन्दीको अर्थराजनीतिक प्रयोगलाई सन् १९५० को कोरियन युद्धले मध्यपूर्वी एशियामा प्रवेश गरायो। सन् १९७१ मा पाकिस्तानमाथिको भारतीय नाकाबन्दीसँगै दक्षिण एशिया छिरेको नाकाबन्दी भारतीय स्वार्थले नेपालको राजनीतिक व्यवस्थापन, आर्थिक अनुकूलताको निर्माण, स्रोत उपयोग जस्ता प्रयोग र उपयोग गरिरहेको छ। यसको देखिने/नदेखिने हिंसात्मक उपजको चर्चा गरिएको छैन।

सञ्चार माध्यमले महत्व नदिए पनि अमानवीय र अपमानजनक नाकाबन्दीले भारतीय सर्वसाधारण, बुद्धिजीवी, व्यापारीको आत्मसम्मान निहुरिएको छ। मैले केही दिनको दिल्ली बसाइमा यसको महसुस गरें। जवाहरलाल नेहरु विश्वविद्यालयका समाजशास्त्र र राजनीतिशास्त्रका प्राध्यापकहरुस"गको अनौपचारिक भेटघाट, केही व्यापारी, रिक्सा चालकस"ग भएका कुराकानीमा व्यक्त विचार यसका प्रमाण हुन्। प्राध्यापक एस श्री निवास, जे सुजाता, डिपी सिंह आदिले यसलाई अनौपचारिक सही, अतिवादी हिन्दु धार्मिक अहंकारबाट निर्देशित भारतीय जनता पार्टी र प्रधान मन्त्री नरेन्द्र मोदीको निजी महत्वाकांक्षा मानेका छन्। तर नेपाली राजनीतिले यसलाई गोलमोल गर्योा। भारतीय सत्ता राजनीतिक स्वार्थ र नेपाल सद्भावलाई केलाएन। नेेपाली अर्थराजनीतिज्ञको पानीढलो विश्लेषणले नेपाली राष्ट्रिय स्वार्थ डगमगाउने गरी बिजेपी— नरेन्द्र मोदी नेतृत्वको नाकाबन्दीले थप वैधानिक पाएको छ।

यतिखेर भावनात्मक नेपाली राष्ट्रवाद चीनतिर ढल्किएको छ। खुला बजारिया विश्व अर्थतन्त्रमा किनमेलको सम्बन्धमा विकल्प होइन, रोजाइ प्राथमिक हुन्छन्। भारत र चीनस"गको हाम्रो सम्बन्ध किनमेलकै उपज हो। दुवै छिमेकी हाम्रा लागि व्यापारी हुन्। व्यापारमा सामाजिक, सांस्कृतिक वा राजनीतिक सम्बन्ध गौण र लगानी, प्रतिफल र नाफाकोे धेरै महत्व हुन्छ। यसरी हेर्दा भारतीय नाकाबन्दीको विकल्प चीन हुनु ऐतिहासिक भोगाई र वर्तमानको यथार्थमा सही होइन। दुवै छिमेकी बजार र स्रोत उपयोगका लागि क्रियाशील छन्। १९ औं शताब्दीको इस्ट—इन्डिया कम्पनी र नेपाल युद्ध, नेपाल—तिब्बत युद्ध, विभिन्न समयका सन्धि सम्झौता, सन् १९९० र २००६ पछिका राजनीतिक बदलाव यसका दृष्टान्त हुन्।

सन् १९९० पछि नेपाल—भारत सामाजिक, सांस्कृतिक सम्बन्धबाट राजनीतिक हुँदै आर्थिक स्वार्थमा केन्द्रित छ। यो आर्थिक स्वार्थ व्यापार—वाणिज्य र स्रोत उपयोगका लागि दिगो र दीर्घकालीन नेपाली भूमि उपयोग व्यवस्थापनमा केन्द्रित भएको छ। संस्थापन वा अन्य राजनीतिलाई अप्ठ्यारो पारेर राष्ट्रिय राजनीतिलाई झुकाउनु एकतर्फी मूल रणनीति हो। जो एकाएक विकसित भएको होइन। इस्ट—इन्डिया कम्पनीको सत्ता राजनीतिदेखिको ऐतिहासिक भारतीय स्वार्थ हो।

विश्व व्यवस्था प्रणालीमा आर्थिक सर्वोच्चता र उपभोग निर्भरता प्राथमिक हुन्छ। यसका लागि राजनीति, समाज, संस्कृति, धर्मको प्रयोग गरिन्छ। यसलाई कसरी सामना गर्ने भन्ने त सम्बन्धित देशको रणनीतिक कुरा हो। नेपाल—भारतमात्र होइन। चीन—नेपाल सम्बन्ध पनि यस्तै हो। भारतस"ग एउटा चीनस"ग अर्को हुन सक्दैन। देशको ऐतिहासिक परिस्थिति र राष्ट्रिय स्वार्थको चरित्रले यसलाई आकार दिने हो। तर मधेश जस्तै अन्य कुनै पनि अमुक सांस्कृतिक, सामाजिक अवधारणाले राजनीतिक स्वार्थको व्यवस्थापन गर्दैन। यसो हुनु गैरसमाजशास्त्रीय ठहर्छ। समग्र राष्ट्रिय अहितमा छ।

लोकतन्त्र दलीय सहमतिले नभएर प्रतिस्पर्धाले फस्टाउ"छ। अहिले देश ऐतिहासिक खास गम्भीर मोडमा उभिएको छ। समाज, अर्थतन्त्र, राजनीतिलाई फेर्ने यस्तो बेला दलीय सहमति हुनु राम्रो हो। तर प्रतिस्पर्धाबिनाको राजनीतिमा नया" निरंकुशता जन्मिन सक्ने भएकाले यो अभ्यास लामो समय जानु हु"दैन। छिमेकी अर्थराजनीतिक स्वार्थ फस्टाउने गरी हुने लोकतान्त्रिक प्रतिस्पर्धा पनि राम्रो होइन।

सहमतिकै बीचमा संविधान जारी भइरह"दा नाकाबन्दी भएको छ। प्रधान मन्त्रीको निर्वाचन, सभामुख/उपसभामुखको चयन हु"दै राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचनले नाकाबन्दीलाई झेल्नेछ। तथापि समाधानको जिम्मेवारी सरकार र सत्तापक्षको मात्र जस्तो देखिएको छ। जसले आर्थिक समृद्धि, राजनीतिक स्थायित्व, सामाजिक सद्भाव विस्तार, भौगोलिक अखण्डता जोगाउने र राष्ट्रिय—स्थानीय सम्पन्नता फस्टाउने अवसर प्रभावित गरेको छ। सत्ता राजनीति र दिगो असरको लेखाजोखा नहु"दा नाकाबन्दीले राष्ट्रिय राजनीतिलाई हल्लाइदिएको छ।

छिमेकीप्रतिको अवधारणात्मक बुझाइ र व्यावहारिक अभ्यास पनि ऐतिहासिक दृष्टिमा दोषपूर्ण छ। नेपाली राजनीति भारत सन्दर्भमा घुर्क्याउने प्रतिपक्ष र रिझाउने संस्थापनका रूपमा क्रियाशील छ। छिमेकीलाई रिझाउने राजनीतिक अभ्यास र अति राष्ट्रवाद पनि सही होइन। ठूला/साना भारतीय संस्थापन राजनीति र राजनीतिज्ञले ज्यादा महत्व पाएको छ। मसिनो गरी विश्लेषणमा राष्ट्रिय स्वार्थ कमजोर भेटिन्छ।

हामीले विश्व—स्थानीय सन्दर्भमा प्रजातान्त्रिक शासन प्रणालीको आदर्श त भिœयायौँ तर यसमा मौलिक सापेक्षताको विकास गरेनौं। जसले भारतको जस्तो राजनीतिक दबाब, बजार विस्तार र स्रोत दोहनको रणनीति सहज बनायो। यो अहिले मात्र भएको होइन। जंगबहादुर राणाको पश्चिमा मुलुकको भ्रमणसँगै विस्तार भएको हो। यही ऐतिहासिक चक्रमा इसाको ५ औं शताब्दीबाट सुरु भएको नाकाबन्दीलाई सन् २१ औं शताब्दीमा नेपालले भोगिरहेको छ।

छिमेकीको महत्व भूगोल तथा समाज र संस्कृतिमा मात्र सीमित छैन। अर्थराजनीतिस"गै फेरिएका छन्। आर्थिक स्वार्थले उछिनेको छ। विश्व अर्थतन्त्रका निर्णायक आकांक्षी चीन र भारतजस्ता छिमेकीबाट इतिहासको परम्परागत सम्बन्ध र व्यवहारको निरन्तर अपेक्षा गर्नु सही होइन। हामी बजारिया उपभोक्ताभन्दा माथि छैनौं।

भारत वा चीन दुवै हामीभन्दा ठूला छिमेकी हुन् भन्ने मनोविज्ञान निर्माण गरिएको छ तर आर्थिक, जनसांख्यिक र भूगोलबाहेक हाम्रो हैसियत भारत वा चीनस"ग बराबर छ भन्ने नै भएन। छरिएको राष्ट्रिय स्वाभिमान, छा"टका"ट गराइएको सार्वभौमिकता, भावनात्मक आत्मसम्मान जस्ता मनोविज्ञानले निरीह बनायो। राष्ट्रिय निरीहता किनमेलको पेट्रोलियम पदार्थको नाकाबन्दीले थप निखारिएको छ।

नेपालको सत्ता संयन्त्र, कूटनीतिक ल्याकत, कर्मचारीतन्त्र, राजनीतिक दलको सत्ता आकांक्षा आदिका लागि भारत दातृ छिमेकी हो। नेपाल भारतीय निर्भरता हो भन्ने मनोविज्ञानले भारतीय नेपाल निर्भरतालाई छोपिदियो। नेपालले यसलाई केलाउनु जरुरी छ। नेपाल भारतको हरेक राज्य—सत्ता अन्तर्राष्ट्रियकरणको पहिलो खुडि्कलो हो। सबैखाले अन्तर्राष्ट्रिय व्यापार र साना तथा मझौला लगानीको पहिलो गन्तव्य हो। कृषि उपजकोे भरपर्दो प्राथमिक बजार हो। पाकिस्तानजस्तै अन्य मुलुकबाट हुने सुरक्षा चुनौतीलाई सामना गर्न आवश्यक सैन्य शक्ति गोर्खा सैनिक आपूर्ति गर्ने एकमात्र स्रोत मुलुक हो। यसले आर्थिकबाहेक सामाजिक, सांस्कृतिक, राजनीतिक तथा धार्मिक भार बेहोर्नबाट भारतलाई मुक्त गरेको छ। नेपाल भारतीय समृद्धिको प्राथमिक आधार हो।

आर्थिक, राजनीतिक र सांस्कृतिक लेनदेनमा भारत र चीन नेपालका अकाट्य र अत्याज्य छिमेकी हुन्। सन् १९९० पछि यो सम्बन्ध एकतर्फी बनाइएको भारत—नेपाल सम्बन्ध नेपाली सत्ता राजनीतिमा अश्लील प्रयोग भएको छ। यसमा सदैव मधेस निर्णायक रह्यो। भारतीय वा नेपाली सत्ता राजनीति र मधेसी अभिजातले राजनीतिमा मधेसको उपयोग गरिरहेको छ। तर व्याख्यामा सामाजिक, सांस्कृतिक आर्थिक, राजनीतिकरूपको कलेबर छ। यसले नेपालको मौलिक सामाजिक, राजनीतिक सम्बन्धभित्र परनिर्भरता हुर्कायो। तराईका सीमान्त र पींधसम्म नपुगेको मधेस आन्दोलनले राष्ट्रिय राजनीतिको अन्तरसंघर्षमा मधेसी अभिजातले भारतीय नाकाबन्दीलाई प्रयोग गरेको कुरा अब लुकेन।

भारत आफैँमा लोकतान्त्रिक मुलुक हो। भारतको लोकतन्त्रमा यति धेरै सामाजिक आर्थिक तथा राजनीतिक चरित्र हुर्किएको छ जसमा भारतका प्रत्येक नागरिकलाई उभ्याउन सकिने संरचनाहरु निर्मित छन्। न दिल्लीको जस्तो लोकतन्त्र बिहारमा छ न त चेन्नाईको जस्तो विश्वस्तरीय पूर्वाधारसहितको सभ्यता दिल्लीले बनाउन र अंगाल्न सकेको छ। तथापि भारत हाम्रो आन्तरिक लोकतान्त्रिक अभ्यासमा अनुकूलको आर्थिक र राजनीतिक व्यवस्थापनमार्फत् राजनीतिक सत्ताको क्षेत्रीय बादशाहीपन र आर्थिक उन्नतिको बजारिया हैकम स्थापित गर्न चाहन्छ।

समाजशास्त्री⁄अध्यापक, त्रिचन्द्र क्याम्पस
अर्को समाचार
मधेस आन्दोलन मोर्चाको हातमा छैन : सुजाता
१७ पौष २०७२
•
३ मिनेट पाठ
मधेस आन्दोलन मोर्चाको हातमा छैन : सुजाता
कोहलपुर- नेपाली कांग्रेसकी नेतृत सुजाता कोइरालाले तराईमा जारी हिंसात्मक आन्दोदन र नाकाबन्दी मधेसी मोर्चाको हातमा नभएको बताएकी छन्। मधेसी दलले उठाएका माग पूरा भैइसक्दा पनि आन्दोलन हिंसात्मक हुनुले तराईको आन्दोलन मधेसी मोर्चासम्बद्ध चार दलको हात नभएको प्रष्ट देखिएको दाबी उनले गरिन्।

शुक्रबार नेपालगन्जमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले मधेसको आन्दोलनको नेतृत्व मधेसी मोर्चाले गरेपनि यसको षड्यन्त्र र डिजाइन अन्तैबाट भएको बताइन्। मोर्चाले राखेका माग समावेशी सहभागिता, समानुपातिक प्रतिनिधित्व र जनसंख्याका आधारमा निर्वाचन प्रणाली, संविधान संशोधन प्रक्रिया सूरु भैइसक्दा पनि आन्दोलन नरोकिनुले आन्दोलन उनीहरुको हातमा नभएको जिकिर उनले गरिन्।

'साता अघिमात्र मधेसी मोर्चाका उपेन्द्र यादवसँग मेरो टेलिफोनमा कुराकानी भएको थियो,' उनले भनिन्, 'उहाँले समावेशी, समानुपातिक प्रतिनिधित्व र जनसंख्याका आधारमा निर्वाचन प्रणाली संविधानबाट संशोधन माग भएको प्रष्ट पार्नुभयो।'

उहाँले गिरीजाबाबुसंग भएको आठ बुँदे समझदारीको कुरा गर्दै तीन माग (समावेशी, समानुपातिक प्रतिनिधित्व र जनसंख्याका आधारमा निर्वाचन प्रणाली) पूरा भए आन्दोलन बन्द हुने संकेत गरेको बताइन्। 'मधेसी मोर्चाका प्रमुख चार दलका नेताहरु नै अलमलमा छन्, यो आन्दोलनका केका लागि र किन?,' उनको प्रश्न थियो।

संविधान जारी हुन नदिने विभिन्न षडयन्त्र भैइरहेका बेला धेरै संघर्ष गरेर संविधान ल्याएको बताउँदै उनले फेरि पनि सबै दल मिलेर कार्यान्यवमा नगए धेरै षड्यन्त्र हुने र संविधान कार्यान्वयनमा नजाने दाबी गरिन्। 'नँया संविधानमा मधेसी, मुस्लिम, दलित, महिला, जनजातिका धेरै अधिकारी दिएको छ, समावेशी छ, संवैधानिक आयोग बनाइँदैछ,' उनले भनिन्, 'संविधानका बारेमा देखिएको विवाद र षड्यन्त्र बन्द गर्न सबै दलमा राष्ट्रिय एकता र मेलमिलापको खाँचो छ।'
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस