जनतालाई साथ देऊ
१४ कार्तिक २०७२
•
६ मिनेट पाठ
जनतालाई साथ देऊ
के.पी.ओली तपाईँ नेपालको ३८ औ प्रधान मन्त्री बन्नुभएकामा ढिलै भए पनि बधाई छ। नेपाली जनताले नयाँ संविधान पाएवापत खुसियाली मनाइरहँदा दिल्ली दरवार भने ब्ल्याक आउट गर्दै थियो। त्यतिले मात्र सन्तुष्ट बन्न नसकेर आफैँले रोजेका व्यक्तिलाई प्रधान मन्त्री बनाउन खुलेरै लाग्यो। नयाँ संविधान जलाउँदै हिँडेका तराईका क्षेत्रीय पार्टीहरू 'ओली हराउ' भन्दै निर्वाचनमा भोट हाल्न आए।

राजनीतिक सहयात्रा कायम राख्ने वाचा गरेको कांग्रेसले त्यो तोड्यो । यो सब नेपाल र नेपालीमाथिको अपमान त हुँदै हो । यति हुँदाहँुदै पनि तपार्इँ प्रधान मन्त्रीको पदमा निर्वाचित हुनु सार्वभौम नेपालीको जीत भएको जनताले महसुस गरेका छन् । सम्भवतः सुशील कोइरालाले जितेको भए आन्दोलनरत मधेसी नेताहरू सत्तामा आउँथे र भारतले नाकाबन्दी खोल्थ्यो होला तर जनता सार्वभौम भएको महसुस गर्न पाउँदैनथे । तपाईँको जितसँगै नाकाबन्दीलाई सहर्ष स्वीकार्न नेपाली जनता तयार छन् । अब स्वयम् सार्वभौम मुलुकको प्रधान मन्त्री बनिदिनुहोस्, समयले यही माग गरिरहेको छ ।

नेपालको इतिहासमा आजसम्म कुनै पनि प्रधान मन्त्रीले पूरा कार्यकाल शासन गर्न पाएका छैनन् । अहिलेको राजनीतिक समीकरण हेर्दा यो सरकार पनि लामो समय सत्तामा रहला भन्ने देखिँदैन । यसअघिका कति प्रधान मन्त्रीहरू सत्तामा आए, फोटो झुण्डाए, गए । त्यसैले उनीहरू सङ्ख्याको गिन्तिमा परे पनि स्मरण गर्न लायक काम गर्न नसकेकै कारण जनताको मानसपटलबाट हराएका छन् । एक पटकमात्र होइन धेरै पटक प्रधान मन्त्री बनेका भन्दा छोटो समय प्रधान मन्त्री भएर केही राम्रा काम गरेका सधै सम्झनाको तरेलीमा नाचिरहेका छन् । धेरैअघिको कुरा छाडौँ, २०४५ सालमा विदेशी हस्तक्षेपविरुद्ध अडिग रहेकाले मरीचमान सिह श्रेष्ठलाई नेपालीले सम्झिरहेका छन् । सबैभन्दा धेरै पटक प्रधान मन्त्री बनेका गिरिजाप्रसाद कोइरालाभन्दा राष्ट्रियताको सवालमा मरीचमान धेरै माथि छन्् । सवाल कति पटक कति समयका लागि प्रधान मन्त्री भए भन्दा पनि देश र जनताका पक्षमा कस्तो काम गरे भन्ने कुरा इतिहासको कडी बन्ने भएको हँुदा सरकारको आयु लम्ब्याउनेभन्दा देश र जनताको पक्षमा काम गरेर जीवन्त बन्नु ठूलो कुरा हो ।

अहिले भारतले नेपालमाथि नाकाबन्दी गरी अघोषित युद्धको सुरुवात गरेको छ । पटकपटक मन्त्री बनेर नेपाली जनतामाथि शासक बनेका तराईका जमिनदार नेताहरू भारतीय भूमिमा बसेर नेपालमाथि ढुङ्गा हान्दैछन् । सम्भवतः नेपालको इतिहासमा यस्तो घटना कहिल्यै भएको थिएन । विदेशी राष्ट्रको गोटी बनेर मधेसी दलहरू अहिले जसरी प्रस्तुत भएका छन् त्यो शैली सरासर देशद्रोही किसिमको छ । त्यस्ता देशद्रोही अपराधीलाई पक्रेर जेल हाल्दै सार्वभौम मुलुकको गरिमा उँचो पार्न सरकार लाग्नुपर्छ । जनताले यही चाहेका छन् र भविष्यमा सरकारको मूल्याङ्कन पनि यसैको वरिपरि रहेर गर्नेछन् । लुसनले पनि भनेका छन् कि कठोर सङ्कटबाट मुक्ति पाउन कठोर पाइला चाल्नुपर्छ । त्यो अवस्था अहिले राज्यका अगाडि आएको छ । त्यसलाई बुझ्न सक्नुपर्छ । नेपाली जनताको चाहना भनेको दशकौंदेखि नेपालले भोग्दै आएको भारतीय हस्तक्षेपको अन्त्य हो । त्यसका लागि पहिला भारतीय भूमिमा बसेर नेपालमाथि ढुङ्गा बर्साउनेहरूमाथि कारबाही गरेर सुरु गर्नुपर्छ । त्यसरी कारबाही गर्दा अझै सशक्त खालको नाकाबन्दी व्यहोनुपर्ला तर नेपाली जनता त्यो सहन तयार छन् । शासक तयार हुने कि नहुने ? प्रश्न यहाँनेर छ । कठिन घडीबाटै शासक र नेताको इतिहास कोरिने हो । त्यसको आधार यही बन्दैछ यतिखेर ।

हुन त नेपालका अधिकांश नेता भारतीय राजदूतावासको खटनपटनमा चल्दै आएकाले यो अवस्था सिर्जिएको हो । नेपाली जनता भने त्यो हदसम्म पुगेका छैनन् । उनीहरु आफ्ना नेतालाई समेत स्वतन्त्र बनाउने अभियानमा छन् । त्यसका लागि जनताले नेताको साथ खोजेका छन् । अहिलेका प्रधान मन्त्रीलाई परिस्थितिले त्यो मौका दिएको छ । त्यसैले फोटोमात्र झुण्ड्याउने कि इतिहास पनि कोर्र्ने ? रोजाइ ओलीको।
अर्को समाचार
जनतालाई स्थानीय सरकार देऊ
१५ माघ २०७०
•
७ मिनेट पाठ
जनतालाई स्थानीय सरकार देऊ
स्थानीय सरकार जनताको सबैभन्दा निकटको सरकार हो तर १२ वर्षयता नेपाली जनताले स्थानीय सरकार देख्न पाएका छैनन्। आफ्नो निकटको सरकार गठन नहुँदा सर्वसाधारण जनतालाई ठूलो मर्का परिरहेको छ।खरिदार वा सुब्बास्तरको सचिवबाट ३ हजार ९ सय १५ गाविसमा स्थानीय तहमा जनताका काम हुँदै आएका छन्। केन्द्रीय सरकार गाविस सचिवहरूलाई आफ्नो गाविसमा गई जनतालाई सेवा दिन निर्देशन दिइरहेको छ। तर गाविस सचिवहरूले सरकारको निर्देशनलाई धोती लगाइदिएका छन्। देखिन्छ, उनीहरू सरकारभन्दा पनि शक्तिशाली छन्।

ग्ााविस सचिवहरूलाई पनि सजिलो छैन। कतिपयले एकभन्दा बढी गाविसको काम सम्पादन गर्दै आएका छन्। कुनै सचिवलाई त जिल्लाका पूर्व र पश्चिमका गाविस जिम्मा लगाइएको छ। भौगोलिक हिसाबले ती विकट त छन् नै, दूरीको हिसाबले पनि एक गाविसबाट अर्को गाविसमा पुग्न पाँच/सात दिनसम्म लाग्छ। एउटै गाविसको काम उनीहरूलाई भ्याईनभ्याई हुन्छ भने एउटा गाविसमा बसेर उनीहरूले अरू गाविसको काम राम्ररी गर्न सक्दैनन्। द्वन्द्वकालीन समयमा जस्तो गाविस सचिवहरूलाई सदरमुकाममै बस्नुपर्ने बाध्यता छैन। गाउँमा सहजरूपमा बस्ने र काम गर्न सक्ने अवस्था छ। तर अहिले पनि अधिकांश गाविसका सचिवहरू कार्यस्थलमा गएर काम गर्न टेरिरहेका छैनन्। उनीहरू विभिन्न बहाना देखाएर सदरमुकाममै बस्ने गरेका छन्। सरकारले बाध्यकारी निर्देशन दिँदा पनि टेरेको देखिएको छैन। सजिलै बुझिन्छ, गाविस सचिवहरूले प्रशासनिक वा राजनैतिक आडमा ठूलै शक्ति आर्जन गरेका छन्।

स्थानीय निकाय अविछिन्न उत्तरधिकारवाला संस्था हो। उसलाई आफ्नो स्तरबाटै सम्पादन गर्न निकै महत्वपूर्ण अधिकार दिएको छ। जन्म–मृत्यु दर्ता, नाता प्रमाणित, विवाह दर्ताजस्ता पञ्जिकाधिकारसम्बन्धी कार्य, नागरिकताको सिफारिस, व्यवसाय संचालन सिफारिस, भूमि तथा स्थानीय उद्योग कर उठाउने, सामाजिक सुरक्षाभत्ता वितरण, अंशवण्डाको सिफारिस गर्नेजस्ता काम गाविस वा नगरपालिकाले नै गर्नुपर्ने व्यवस्था कानुनले गरेको छ। गाविसले सिफारिस नदिएमा माथिल्लो तहबाट जनताले लिने कामसमेत रोकिन्छ। यस्ता काममा जनताले अनावस्यक झन्झट बेहोरिहेका छन्। स्थानीय निकायले सहजरूपमा जनताका काम एउटा सचिवले मात्र गर्न सक्दैन। अधिकृतस्तरको एउटा कर्मचारीसहित कम्तीमा पनि तीनजनाको दरबन्दी हुनु आवस्यक छ। र, गाविसको कार्यालयलाई व्यवस्थित पारिनु जरुरी देखिन्छ।

देशी/विदेशी संस्थाहरूले सार्वजनिक गरेका भ्रष्टाचारसम्बन्धी अध्ययनलाई आधार मान्ने हो भने देशमा बढी भ्रष्टाचार हुने सरकारी निकायमा स्थानीय निकाय पर्छ। स्थानीय निकाय भ्रष्टाचारले उब्रिगन्ध भएको छ। मन्त्री, उच्चपदस्थ कर्मचारी, अन्य सरोकारवाला निकायले स्वीकारेको कुरा हो यो। स्थानीय मन्त्रालयअन्तर्गतका निकायहरूमा भएका अनियमितता र भ्रष्टाचारबारे प्रसस्त तथ्यहरू सार्वजनिक भएका छन्। तर जो सरकारमा गएपनि 'केही गर्न सक्ने' अवस्थामा छैनन्। यहाँ कुकुरले पुच्छर नहल्लाई पुच्छरले कुकुर हल्लाइरहेको देखिन्छ। एउटा खरिदारको तलबले सहरमा करोडौँ मूल्यको घर बन्नसक्छ? ती भ्रष्टाचारकै दरबार हुन् भनेर मान्नुपर्ने हुन्छ। प्रसस्त पैतृक सम्पत्ति भएका वा अन्य पेशा/व्यवसायबाट पनि आम्दानी गरिहेका सचिवले त सहरमा घर बनाउन सक्ला, नत्र बालबालिका पढाउन र घरखर्च टार्न मुस्किल पर्छ। महिनावारी तलबले मात्र के नै गर्नसक्छ र?

नेपालको अन्तिरम संविधानमा 'राज्यको ढाँचा र स्थानीय स्वायत्त शासन' खण्डमा राखिएको संवैधानिक प्रावधानले स्थानीय निकायलाई शक्तिशाली बनाएको देखिन्छ। विकेन्द्रीकरणको अवधारणलाई मूर्तरूप दिन गाविस, नगरपालिका, तथा जिविस ऐन २०४८ लाई समायोजित गरी स्थानीय स्वायत्त शासन ऐन, २०५५ जारी गरिएको थियो। सो ऐनअनुसार चलेको नेपालको स्थानीय निकाय दक्षिण एशियामै नमुना मानिएको थियो। विकेन्द्रीकरणको सिद्धान्तअनुसार यसले जनताका काम राम्ररी सम्पादन गरिरहेको थियो। अहिले पनि सो ऐन विद्यमान छ तर जनताका काम सहज तरिकाले भइरहेका छैनन्। गाविसबाट सिफारिस लिँदा पनि जनताले झन्झट झेल्नु परिहेको गुनासा प्रसस्तै सुन्न पाइन्छ। जनतालाई सुशासन दिने कुरा व्यर्थ भएको छ।

२०५४ सालमा निर्वाचित स्थानीय निकायको पाँचवर्षे कार्यका २०५९ सालमा सकिएपछि कर्मचारीले एकलौटी गाविस, नगरपालिका र जिविस चलाउँदै आएका छन्। कर्मचारीतन्त्र ऐन, नियम, कानुनप्रति बढी र जनताप्रति कम जिम्मेजार हुने भएकोले विकास निर्माणदेखि जनतासँग प्रत्यक्ष सरोकार गाँसिएका कामकार्वाहीमा ठूलै असर परेको देखिन्छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस