कालो अर्थतन्त्र
२४ कार्तिक २०७२
•
७ मिनेट पाठ
कालो अर्थतन्त्र
नेपाली जनता आफैंले सात दशकअघि देखेको सपना साकार गर्दै निर्वाचित संविधानसभाद्वारा नयाँ संविधान निर्माण गरी कार्यान्वयन गरिरहँदा राजनीतिक संक्रमण अन्त्यसँगै अबको बाटो समृद्ध नेपाल निर्माणको हो भन्नेमा कुनै शंका थिएन ।तर, संविधानले आफ्ना सबै मुद्दा समेट्न नसकेको भन्दै तराई–मधेस केन्द्रित केही राजनीतिक दलले असन्तुष्टि मात्र जाहेर गरेनन्, त्यसलाई हडताल, धर्ना, बन्दजस्ता आन्दोलनको स्वरुपमा परिणत गरेका छन् । तराई–मधेसमा आन्दोलनको राँको फैलँदै गर्दा त्यसमा प्रत्यक्ष सघाउ पुग्ने गरी छिमेकी भारतले सीमामा अघोषित नाकाबन्दी लगाएको छ । डेढ महिनाभन्दा लामो समयदेखिको नाकाबन्दीका कारण अहिले काठमाडौं घेराबन्दीमा छ । काठमाडौंका 'एलिट' लाई घुँडा टेकाउन भारतको सहयोग लिएर मुलुकको एउटा भूभागका विरुद्ध अर्को भूभागका बासिन्दालाई उचाल्ने काम भएको छ । यसले न नेपाल र भारतबीचको सम्बन्ध राम्रो बनाउन सहयोग पुग्छ न मुलुकभित्रका समस्या समाधानमा सहयोग पुग्छ । एकातिर, भारतको सहयोग लिएर आन्दोलन गर्नेहरू सहमतिका निम्ति तयार नहुने, अर्कोतिर सरकारमा हुनेले पनि तराई–मधेसका आन्दोलनकारीसँग भन्दा भारतसँगै कुरा गरेर समाधान आउला भनी ठान्ने अनौठो स्थितिमा मुलुक गुज्रिरहेको छ ।

राजनीतिक दल विशेषतः सरकार यस्तो संवेदनशील समयमा नागरिकलाई अत्यावश्यक खाद्यपदार्थदेखि पेट्रोलियम पदार्थ तथा औषधिजस्ता संवेदनशील वस्तुको अभाव भइरहँंदा आफ्ना जनतासँग संवाद गर्ने तथा आपूर्ति व्यवस्था नियमित गर्नुको साटो कताकता कालोबजारीसँग साँठगाँठ गर्न थालेको अनुभव हुन थालेको छ सर्वसाधारणमा । एकपछि अर्को विवादास्पद घटना तथा आपूर्ति समस्याको फाइदा उठाएर उपभोग्य सामग्री कालोबजारी गर्ने व्यापारीसँग सरकारका केही निकायगत संरचनाहरुको संलग्नता शंकास्पद देखिन्छ । यसरी सरकारमा संलग्न जिम्मेवार अधिकारी नै कालोबजारी तथा आपूर्तिजन्य अवरोधलाई निजी फाइदामा रुपान्तरण गर्ने खेलमा लाग्दा नेपालमा कालो (छाया) अर्थतन्त्र मौलाउन थालेकोमा अर्थविदहरूले चिन्ता व्यक्त गरेका छन् । अर्थतन्त्रका संरचनागत र सरकारका विभिन्न कमजोरी तथा बजारको परम्परागत चरित्रका कारण नेपालको अर्थतन्त्रजत्तिकै आकारको अर्को छाया अर्थतन्त्र देशमा रहेको कसैबाट छिपेको छैन । तर, यो संवेदनशील अवस्थामा पनि अपराध, भ्रष्टाचार, कालोबजारी र तस्करीजस्ता गैरकानुनी क्रियाकलापबाट फाइदा लिन खोज्ने तŒवलाई सरकारका निकायले खुलमखुला समर्थन गर्नु देशलाई आपराधीकरणतर्फ धकेल्नु हो । एकातिर भारतले डेढ महिनादेखि लगाएको नाकाबन्दी र तीन महिनादेखि तराई–मधेसमा जारी आन्दोलनका कारण बढेको तस्करी र कालोबजारीले कालो अर्थतन्त्रलाई बढावा पुगेको छ भने अर्कोतिर नेपाल आयल निगमजस्ता सरकारका आफ्नै निकाय पनि यसमा प्रत्यक्ष संलग्न हुन थालेको देखिँदैछ । यसबाट सरकार आफंै देशमा समानान्तर अर्थतन्त्र चलाउन उद्यत त छैन भन्ने गम्भीर प्रश्न पनि खडा भएको छ । यो अवस्था सबल अर्थतन्त्रका लागि कदापि स्विकार्य हुँदैन । त्यसैले सम्बन्धित निकायले यसतर्फ बेलैमा गम्भीर पहलकदमी लिनु जरुरी छ ।

अभावका नाममा देशमा कालो अर्थतन्त्र मौलाउँदै गएकाले यसबाट दीर्घकालमा अर्थतन्त्रमा ठूलो समस्या देखा पर्ने कुरामा दुई मत छैन । यसरी अर्थतन्त्र बिस्तारै सरकारको हातबाट कालोबजारी र अपराधीको हातमा जान लाग्दा पनि सरकार मौन रहनु आपत्तिजनक छ । सरकारले बजारमा माग र आपूर्तिको नियमन छाडेर कालोबजारीलाई आँखा चिम्लेर सहयोग गरिरहेको त छैन ? यस्तो 'टे«न्ड' बढ्दै गए अपराधीको हातमा अर्थतन्त्र पुग्ने र समग्र देश संकटग्रस्त हुनु अवश्यंभावी छ । यसरी समानान्तर अर्थतन्त्र मौलाउँदै जाँदा सरकारले आजै कदम नचाल्ने हो भने भोलि सरकार कमजोर हुने र माफियाले देश चलाउने स्थिति आउनेछ । यस्तो संक्रमण र कमजोर राज्य भएका बेला माफियागिरी बढ्छ । लामो प्रजातान्त्रिक अभ्यास भएका मुलुकहरूमै पनि माफियाहरूले अर्थतन्त्रमा प्रभाव पारेको देखिन्छ । हामीकहाँ तिनले स्थिति आफ्नो हातमा लिँदा अर्थतन्त्र सर्वसाधारणका लागि दुर्लंघ्य हुन जान्छ । यसमा प्रतिस्पर्धा पनि बाँकी रहन्न । यही कारण अर्थतन्त्रमा ठूलो दुर्घटना हुनेछ । किनकि कालो अर्थतन्त्र मौलाउँदै जाँदा आपराधिक गतिविधि पनि वृद्धि हुने र त्यसले सीमा क्षेत्रमा पनि नकारात्मक प्रभाव पार्नेछ ।

सरकारले सुशासन र आर्थिक अनुशासनमा कडा नियमन गर्नुपर्छ । तर, सरकारको आफ्नै लापरबाही र व्यापारीको मनोमानीका कारण बजार नियन्त्रणबाहिर गइरहेको देखिन्छ । सरकारले छिट्टै आपूर्ति नियमित गरेर तस्करी तथा कालोबजारीलाई निरुत्साहित गर्नु आवश्यक छ । धनधान्यकी देवी लक्ष्मीको यो उज्यालो चाडले कालो अर्थतन्त्रलाई निरुत्साहित गरोस् ।
अर्को समाचार
'कालो अर्थतन्त्र र भ्रष्टाचार संस्थागत'
नागरिक
०७ असार २०७३
•
५ मिनेट पाठ
'कालो अर्थतन्त्र र भ्रष्टाचार संस्थागत'
काठमाडौं- पछिल्लो एक वर्षभन्दा बढी समयदेखि एकपछि अर्को चुनौतीले ङ्याकेर नेपाली अर्थतन्त्र कठिन अवस्थाबाट गुजि्ररहँदा सरकारी सहयोगमै कालो अर्थतन्त्र र भ्रष्टाचार संस्थागत भएको विज्ञहरुले दाबी गरेका छन्।

पत्रकार चन्द्रकिशोर झाका अनुसार नाकाबन्दीका बेला राज्यको सहयोगमा कालोबजारी मौलाएको छ।

नाकाबन्दीको गहिराइ बुझ्न नेपाल इकोनोमिक फोरम र सामाजिक सम्बादका लागि सहकार्यले संयुक्त रुपमा तराई मधेसका विभिन्न भागमा गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै उनले राज्य काठमाडौं केन्द्रित रहेको बताए। तराईमा सामग्रीको अभाव रहेको बेला काठमाडौंलाई मात्र महŒव दिनु गलत थियो भन्दै उनले सामाजिक सम्बन्धहरु अर्थतन्त्रको लागि ठूलो पुँजी भएको बताए।

गलत सरकारी नीतिको कारण कालो अर्थतन्त्र र भ्रष्टाचार समाजमा स्विकार्य बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै सामाजिक अनुसन्धानकर्ता सुरेन्द्र लभले नाकाबन्दीको सामाजिक स्वीकार कसरी भयो भन्ने कुरामा जोड दिए।  उनले समाजमा व्याप्त भ्रष्टाचार र यसको सामाजिक स्वीकार्यताबारे व्याख्या गरे।

कार्यक्रममा मानवशास्त्री मल्लिका शाक्यले नाकाबन्दीको धेरै तरिकाबाट सीमा क्षेत्रहरुको विश्लेषण गर्नुपर्ने बताउँदै भ्रष्ट कुलिन वर्गले नेपालको अनौपचारिक अर्थतन्त्रलाई सम्हालेको बताइन्। उनका अनुसार नाकाबन्दीलाई सार्कको आँखाबाट पनि हेर्नुपर्छ।

छलफलको मुख्य निष्कर्ष सामाजिक परिवर्तनको आवश्यकतामा केन्द्रित रहेको कार्यक्रममा भ्रष्ट आचार रोक्न र अर्थतन्त्रलाई सवाल बनाउन व्यापार विविधीकरण गर्नुपर्नेमा पनि जोड दिएको छ।

यसै क्रममा सांसद तथा संसदीय विकास समितिका सभापति रबिन्द्र अधिकारीले व्यापार र पारवहनमा विविधता लिएर आउनुपर्नेमा जोड दिए। उनका अनुसार राज्य पूर्ण रुपमा त्यत्तिबेला स्वतन्त्र हुन्छ जब व्यापारमा विविधता आउँछ ।

गत वैशाखमा गएको भूकम्पले झण्डै ९ हजार मानिसको ज्यान लिएको थियो भने २२ हजारभन्दा धेरै घाइते भएका थिए। महाभूकम्पका कारण अनुमानित ७ खर्ब रुपैयाँ बराबरको आर्थिक नोक्सान भयो। ७ लाख मानिस गरिबीको रेखामुनि धकेलिने अनुमान गरिएको छ। त्यसैगरी, भूकम्पको केही महिनापछि तराई मधेस क्षेत्रमा भएका संविधानसँग सम्बन्धित आन्दोलनका कारण नाकाबन्दीको अवस्था सिर्जना भयो, जसले नेपालको अर्थतन्त्र र समग्रमा सिंगो समाज र अर्थतन्त्रमा ठूलो धक्का दियो।

व्यापार नाकाबन्दी जारी रहेसँगै भूपरिवेष्ठित देश नेपालमा अत्यावश्यक आपूर्तिहरु लगभग ठप्पै भए। नाकाबन्दीकोे नतिजास्वरुप निम्तिएको इन्धन संकटले अर्थतन्त्रका सबै क्षेत्रहरुमा नराम्रो प्रभाव पार्‍यो। एकातर्फ औषधी, इन्धन जस्ता वस्तु देशभित्र प्रवेश गर्न दिइएन भने अर्कोतर्फ इन्धनको भयावह संकटले अर्थतन्त्रको उत्पादन, वितरण तथा उपभोग प्रक्रियालाई नकारात्मक असर पुर्‍यायो।

नाकाबन्दीको तात्कालीन प्रभाव स्पष्ट थियो। तर यसले पार्ने दीर्घकालीन प्रभाव धेरै नै जटिल र प्रतिकूल हुन सक्छ भन्दै कार्यक्रमका सहभागीले अर्थतन्त्रका महŒवपूर्ण क्षेत्रहरुमा पारेको प्रभावको गहिराइ र फैलावट बुझ्नुपर्ने औंल्याए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस