छ सय एक दिन
०५ माघ २०६६
•
९ मिनेट पाठ
छ सय एक दिन
सबै दलका मुख्य नेता सदस्य रहेको संवैधानिक समितिको प्रतिवेदन संविधानसभामा छलफलका लागि पेस हुँदै गर्दा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल महाकालीतिर लागे। नेपाली कांग्रेसका रामचन्द्र पौडेल लण्डन र एमाले अध्यक्ष झलनाथ खनाल हरिद्वार हिँडे। तीनै जना संवैधानिक समितिका सदस्य र संविधानसभा दलका नेता पनि उनै हुन्। दाहाल उनको दलको घोषित आन्दोलनअनुरूप 'भारतद्वारा मिचिएको कालापानीको भूभाग फिर्ता गर्न', पौडेल बेलायत सरकारको निम्तामा र एमाले अध्यक्ष खनाल पताञ्जली योगी रामदेवका नेपाली चेला बालकृष्ण आचार्यको निमन्त्रणामा गएका थिए।

एमालेका 'दार्शनिक नेता' मुकुन्द न्यौपानेले हरिद्वारमा गएर प्रमुख अतिथि बन्ने निम्ताको प्रस्ताव संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पनि गरेका थिए, भलै उनले भने स्वीकारेनन्। धन्न अरु नेताजस्तै नेम्वाङ संविधानसभाको बैठक स्थगन गरेर हरिद्वार हिँडेनन्। संविधानसभाका रित्ता कुर्सीहरूलाई 'जेठ १४' मा संविधान जारी हुने सुनाइरहेका छन्। संवैधानिक समिति संविधानसभाका त्यसअघि प्रतिवेदन बुझाउने नौ वटा समितिभन्दा पनि असफल रह्यो। सुन्दा अचम्म लाग्ला, यो समितिमा असहमतिका बुँदामात्र ९८ वटा थिए, जसमाथि मतदान भएको थियो। संविधानसभाकै अर्को महत्वपूर्ण समिति 'प्राकृतिक स्रोत, आर्थिक अधिकार तथा राजस्व बाँडफाँट समितिमा जम्मा 'भूमिसुधार गर्दा क्षतिपूर्ति दिने/नदिने' भन्ने एउटामात्र बुँदामा मतदान भएको थियो, बाँकी सबै सहमतिमा टुंग्याइएको थियो। कुनै पनि समितिमा मतदान गरिएका बुँदा पाँचभन्दा नाघेका थिएनन्। सबै समितिमा धेरैजसो बुँदा सहमतिमा टुंगिनुका कारण दलका नेता-उपनेता, सभापति कोही पनि सदस्य नहुनु रहेछ। संवैधानिक समितिको परिणामले देखाएको छ, संविधान निर्माणका बाधक मुख्य नेता रहेछन्।

कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला, माओवादी अध्यक्ष दाहाल, उपाध्यक्ष भट्टराई, एमाले अध्यक्ष खनाल, प्रधानमन्त्री माधवकुमार नेपाल, कांग्रेस नेता पौडेल, उपनेता प्रकाशमान सिंह, विजय गच्छदार, उपेन्द्र यादव, महन्थ ठाकुर, सीपी मैनाली सबै यसै समितिमा सदस्य छन्। 'मूल समिति' भन्दै सभापति निर्वाचनमा एमाले-कांग्रेस र माओवादीबीच भीडन्त यसअघिको संसद्मा सभामुखको चुनावमा जत्तिकै प्रतिस्पर्धाबाट गरिएको थियो। कांग्रेस-एमाले गठबन्धनका उम्मेद्वारले निलाम्बर आचार्यले सभापति जिते। पाँच महिना नबित्दै समितिको वातावरण कति बिग्रिसकेको छ भने प्रतिवेदन बुझाउने समारोह कांग्रेस-एमालेले नै बहिस्कार गरे। समितिलाई भोलिको दिनमा काम गर्न अझै अप्ठेरो परिस्थिति निर्माण भएको छ।

पार्टीका मुख्य नेताहरूका कारण संविधान निर्माणले गति लिन नसकेको संवैधानिक समितिको परिणामले देखाएको छ। सबै समितिले काम गरिसकेपछि भएको छलफलका आधारमा संविधानको एकीकृत र अन्तिम मस्यौदा तयार गर्ने जिम्मेवारी पनि छ यो समितिको। विगतको प्रस्तुतिबाट आशा गर्न सकिने ठाउँ छैन। संविधानसभाभित्रका २५ वटै दलका मुख्य नेता सदस्य रहेको यो समितिमा सबै असहमति अन्त्य गर्न सफल हुनुपर्थ्यो। यो समितिको अवधारणा र प्रारम्भिक मस्यौदा तयार गर्ने जिम्मेवारीभित्र आर्थिक, सामाजिक, राजनीतिक कुनै पनि किसिमको राज्य पुनःसंरचना गर्ने गम्भीर जिम्मेवारी थिएन। सबै हिसाबले सबैभन्दा सफल हुनुपर्ने संवैधानिक समितिले सबैभन्दा असहमतिको दस्तावेज तयार गर्‍यो। ठूला नेताको असफलताको नमूना हो संवैधानिक समितिको प्रतिवेदन।
नेपालमा आफ्नो जिम्मेवारी ख्याल नगर्ने र दक्षता नभएको विषयमा अरुलाई सिकाउने आम प्रवृत्ति छ। दलका नेता र मन्त्रीहरू दिनभरि विभिन्न मञ्चमा सबैलाई अर्ती-उपदेश दिन्छन्। डाक्टरलाई औषधि गर्न, इञ्जिनियरलाई घर वा सडक बनाउन सिकाउँछन्। पुजारीलाई पूजापाठदेखि पण्डितलाई पुराणवाचनपछिको फल जनतालाई मिलोस् भनेर आशीर्वाद माग्न पनि सिकाउँछन्। पत्रकारलाई समाचार लेख्न सिकाउने नेता त पाइला-पाइलामै भेटिन्छन्। आफूअनुकूल समाचार नलेखेका कारण वा सही समाचार लेख्दा जनताको नजरमा गिरेपछि होइन भन्ने र धम्की दिने नेता कम छैनन्। तर, आफ्नो जिम्मेवारीबोध गर्ने नेताको भने खडेरी पर्दैछ।

संविधानसभाको छलफलमा दलका मुख्य नेताहरू उपस्थित नहुनु, उपस्थित भए पनि छलफलमा भाग नलिनु गैरजिम्मेवारीको उदाहरण हो। माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले संवैधानिक समितिको प्रतिवेदनमाथि छलफलमा भाग लिएर अपवाद बनेका छन्।

शान्ति प्रक्रिया र संविधान निर्माणको वातावरण तयार गर्न उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको घोषणा गर्न कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला, माओवादी अध्यक्ष दाहाल र एमाले अध्यक्ष खनाल छलफल गर्न भेला भइरहँदा प्रधानमन्त्री भने चितवनको जंगलमा बनमारा उखेल्दै थिए। उनी बनमारालाई माओवादी सम्झेर आत्मरतिमा रमाउँदै थिए सायद। संयन्त्रलाई प्रधानमन्त्री र कांग्रेस नेता पौडेलले आत्मसात गरेका छैनन्। शान्तिप्रक्रिया टुंगोमा पुर्‍याएर संविधान जारी गर्नेतर्फ उनीहरूको ध्यान छैन।

नेपाली राजनीति नेताहरूको भ्रम, गैरजिम्मेवारी, अनैतिकताको दलदलमा फस्दै गएको छ। यस्तै नेताको सेपमा नेपालको लोकतन्त्र अधमौरो हुँदैछ। नयाँ संविधान बनेपछि देशका सबै समस्या हल हुने आशा जनताले गरेका छन्। तर, संविधानसभाभित्रको वातावरण सर्वसाधारणले हेर्ने हो भने उनीहरू कति निराश हुन्थे होलान्!
दलभित्र अलि तल्लो वरियतामा पर्ने सभासद्हरू हाजीर गर्नसम्म जान्छन्। एनजिओ/आइएनजिओका काम नभए मात्र सभासद्हरू संविधानसभामा हाजिर गर्न जाने हुन्। विदेश भ्रमण पाए संवैधानिक समितिको बैठक होस् कि न्यायप्रणाली समितिको मतदान, वास्ता हुँदैन। बैठक सकिएपछि संविधानसभामा हाजिर गर्न जाने र समितिमा मतदान भइसकेपछि मेरो मत पक्ष वा विपक्षमा हुने भनेर दाबी गर्ने अनुहारहरु पनि हाम्रै छ सय एकको संविधानसभामा छन्। संविधानसभाका बितेका छ सय एक दिन यसैगरी बिताए छ सय एक अनुहारले। अब बाँकी एक सय २८ दिनमा सहमति खोजेर नयाँ संविधान जारी गनुपर्ने जिम्मेवारी पूरा नगरे ठूलो मूल्य चुकाउनुपर्ने छ।
mpdhungel@gmil.com
अर्को समाचार
होलीका लागि २ दिन बिदा माग
१५ फागुन २०६६
•
१ मिनेट पाठ
होलीका लागि २ दिन बिदा माग
काठमाडौं, फागुन १५ (नागरिक)- सदभावना पार्टीले होली पर्व तराइ र पहाडमा दुई दिन गरेर मनाइने भएकाले यस अवसरमा दुई दिन बिदा दिन सरकारसँग माग गरेको छ।
'होलीका रुपमा फागु पर्वलाई पहाडी समुदाय र मधेशी समुदायले एक दिन अघि पछि गरी २ दिन छुट्टाछुट्टै मनाइँदै आएका छन्', राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोद्वारा जारी प्रेस विज्ञप्तितमा भनिएको छ- होली बिदाले दुवै समुदायका सबै नागरिकलाई असहज स्थिति सामना गर्नुपरिरहेको छ।

पहाडी र मधेशी दुवै समुदायका सांस्कृतिक मान्यतालाई सम्बर्द्धन गरी मधेशी समुदाय र पहाडी समुदायले मनाउने दुवै दिनलाई होली पर्वको सार्वजनिक बिदा घोषणा गरिदिन सदभावना पार्टी सरकारसँग जोडदार माग गर्छ- पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस