राष्ट्रपतिको धर्म
१६ पौष २०७२
•
१३ मिनेट पाठ
राष्ट्रपतिको धर्म
कम्युनिस्ट पृष्ठभूमिकी राष्ट्रपति विद्यादेवी भण्डारीले 'राष्ट्र र विश्व कल्याणका लागि' पशुपतिमा विशेष पूजा गर्दा हिन्दुवादीहरू खुसी हुनु स्वाभाविक हो। उहाँले मुलुकमा जारी संकटबाट मुक्ति मिलोस् भनी पञ्चामृत र अभिषेकसहित विशेष पूजा गर्नु अनि हालै भारतीय विदेशमन्त्री सुष्मा स्वराजले 'ईश्वरले चाहेमा केहीदिनमै नाकाबन्दी खुल्छ' भन्नु संयोगमात्र भए पनि त्यसमा सामञ्जस्य छ।राष्ट्रपतिले मन्दिर परिक्रमा विधिअनुसार प्रवेश गरी वासुकीनाथ र मूलमन्दिरमा भक्तिपूर्वक विशेषपूजा गर्नुभयो। त्यसपछि शेषनारायण, लालगणेश, सूर्यनारायण, गंगामाई, सन्तापहरेश्वर, कीर्तिमुख भैरव, शीतलामाई, चतुष्टि महादेव, उन्मुक्त भैरव र नवग्रहको दर्शन गरेर भट्टहरूद्वारा विशेष पूजा गर्नुभयो। त्यतिमात्र नभई उहाँले आफ्नो पहिलो तलब १ लाख २१ हजार ३ सय ६० रुपियाँ पशुपतिनाथलाई भक्तिपूर्वक अर्पण गर्नुभएछ। राष्ट्रपतिको 'उदारता र दानी हृदय'प्रति हिन्दुवादी राजनीतिक पार्टी, भक्तजन र पुरोहित वर्ग कृतज्ञ हुनु अनौठो भएन।

ईश्वर उपासना
जानकी मन्दिरमा राष्ट्रपतिमाथि भएको आक्रमण र अपमानको प्रतिकारमा नारीवादीहरू हुल बाँधेर वैचारिक आक्रमण गरिरहेका छन्। यो ऐक्यबद्धता प्रशंसनीय छ। एकैछिन ईश्वर उपासनाको पृष्ठभूमि खोतलौँ। भारतको विश्व बुक्सद्वारा प्रकाशित पुस्तक 'क्या ईश्वर है' मा ईश्वरको अवधारणा कसरी बन्यो भन्नेबारे राम्रो व्याख्या छ। आफ्नो अभ्युदयकालमा प्रकृतिको अनेक रूप र विनाशलीला देखेर मानव चकित पर्थ्यो। कहिले वनमा आगो लाग्थ्यो, कहिले हप्तौँ पानी पर्थ्यो, कहिले आँधी चल्थ्यो। यो रहस्य नबु‰दा ऊ रूख, पर्वत, सूर्य, चन्द्रमा, नदी, हावाको रौद्र रूपलाई देवता रिसाएको र सौम्य रूपलाई खुसाएको ठान्न थाल्यो। उपासनाले देवीदेवता खुसी हुन्छन् भन्ने उसलाई लाग्यो। मध्यकालमा राजसत्ता सुरु भयो। राजा यसको केन्द्र भयो। धर्मको उपयोग राजसत्ता मजबुत पार्न प्रयोग हुन थाल्यो। यसरी ज्ञानको उद्गम विश्वासलाई मान्न थालियो। युरोपमा बाइबल र पूर्वमा सनातन धर्मशास्त्रविरोधी चिन्तन निषेध गरियो। धर्माचार्यले आफूलाई ईश्वरका प्रतिनिधि र राजालाई ईश्वरको अंश भनेर प्रचार गरे। तिनले ईश्वरलाई मियो बनाए र त्यसमा भाग्यवादको डोरीले सर्वसाधारणलाई बाँधिदिए। अनि आफूमाथि हुने जस्तोसुकै अत्याचार र शोषणलाई पनि सर्वसाधारण पूर्वजन्मको प्रतिफल ठान्न थाल्यो। उसको दिमागमा कुनै पनि कुरा आफ्नो नियन्त्रणमा छैन, सबै ईश्वरको कृपा हो भन्ने पार्न धर्माचार्यहरू सफल भए। वर्ण व्यवस्था, शोषण र अत्याचार सबै ईश्वरको देनका रूपमा बेलगाम भए।

वर्ण व्यवस्थाको उल्लेख सर्वप्रथम ऋग्वेदको पुरुषसूक्तमा भयो। त्यसको एक स्तुतिअनुसार आदिपुरुष प्रजापति ब्रह्माको उत्पत्ति सृष्टिपूर्व नै भइसकेको थियो। उनका सन्तान देवताहरूले उनलाई 'दैविक बलि' चढाए। फलस्वरूप ब्रह्माको मुखबाट ब्राह्मण, हातबाट क्षत्रीय, जाँघबाट वैश्य र खुट्टाबाट शूद्र उत्पत्ति भए। त्यसैगरी, मुखबाटै इन्द्र र अग्नि, मस्तिष्कबाट चन्द्रमा, आँखाबाट सूर्य, श्वासबाट हावा, नाभीबाट वायु अनि यही 'दैविक बल' बाट 'पवित्र सिद्धान्त' उत्पत्ति भयो। भारतीय दलित विद्वान् विजयकुमार त्रिशरणका अनुसार मानव शरीरमा मुख सर्वोत्तम अंग मानिने हुनाले यसबाट उत्पन्न ब्राह्मण सर्वश्रेष्ठ मानियो। अनि वर्णको तुलना मानव अंगको स्थानअनुसार गरेर त्यसको असमानता जन्मजात एवं चिरस्थायी बनाउने काम भयो। पुरुषसूक्तको मन्त्र संख्या ११ र १२ मा चार वर्णको उत्पत्ति ईश्वरले नै गरेको उल्लेख छ। यसैलाई यजुर्वेद र अथर्ववेदमा पनि उल्लेख गरियो। उत्तरवैदिक हिन्दु धर्मग्रन्थहरूले वर्णलाई चार सामाजिक वर्गको प्रतिनिधिका रूपमा व्याख्या गरे।

ब्राह्मणवाद र वेदप्रति असहमति राखेर विद्रोह गर्ने पहिलो व्यक्ति बुद्ध थिए। उनले आफ्नो संघमा उपाली, सुनीत, स्वास्तीलगायत शूद्रलाई विशेष प्राथमिकता दिएर वर्ण व्यवस्थालाई धुलो चटाइदिए। त्यसकै प्रतिरक्षाका रूपमा ब्राह्मण राजा पुष्यमित्रको कालमा मनुले ईपू १५० मा 'मनुस्मृति' लेखे। यसमा चार वर्णको विस्तारित व्याख्या र विशेष वर्णन गरियो। यसलाई हिन्दु समाजको दण्ड विधानका रूपमा व्याख्या गरी पहिलोपल्ट संस्थागत गर्ने काम भयो। यसमै पहिलोपल्ट शूद्रमाथि सामाजिक, शैक्षिक, आर्थिक, धार्मिक तथा राजनीतिक निषेधको व्यवस्था गरियो। अर्कातिर ब्राह्मणलाई हरेक प्रकारले विशेषाधिकार दिई सर्वोच्च पदमा स्थापित गरियो। ब्राह्मणको काम धर्मग्रन्थ पाठ गरी पुरोहित्याइँ गर्नु, क्षत्रीयको काम लडाइँ, वैश्यको काम व्यापार र शूद्रको काम यी तीन समुदायको सेवा गर्नु तोकियो। यसलाई एक कदम अघि बढेर नवौँ शताब्दीको पूर्वार्द्धमा शंकराचार्यले हिन्दु धर्मको आधारशिला खडा गरे। उनको यो कदम त्यतिखेर ज्ञानमार्गका रूपमा प्रख्यात र व्यापक भएको बुद्ध दर्शनको प्रतिरक्षामा आएको थियो। त्यसक्रममा उनले भेटेसम्मका बौद्ध दर्शन र साहित्यलाई खरानी बनाइदिए। नेपालमा मानदेव, जयस्थिति मल्ल, पृथ्वीनारायण शाह, जंगबहादुर, राजा महेन्द्र हुँदै अहिलेका राप्रपा नेपाल र विभिन्न हिन्दुवादी संघसंगठन यसैलाई निरन्तरता दिइरहेका छन्।

ज्ञानको उद्गम सन्देह

उर्दूका महाकवि गालिबको एउटा प्रसिद्ध सेर छ–
योँ तो मालुम है जन्नत की हकिकत लेकिन,
दिल बहलाने को गालिब यह खयाल अच्छा है।

गालिबको यो आशय उहीबेला बुद्धले व्यक्त गरिसकेका थिए। सनातन धर्म–दर्शनले पुरोहितवादलाई चुरो ठान्छ। यसले भन्ने चुरो कुरा 'जसोजसो पुरोहित उसोउसो स्वाहा' हो। त्यसमाथि शंका गर्नु पाप हो। यसकै प्रतिकारमा बुद्धले सत्यबोध (रियलाइजेसन) मा जोड दिए। उनले गुरुले भनेको, धर्मशास्त्रमा लेखिएको, महान् व्यक्तिले ठीक ठहर्या।एको र उनी स्वयंले भनेको कुरासमेत आँखा चिम्लेर नमान्न आग्रह गरे। उनको प्रसिद्ध वाणी नै थियो, कुनै पनि कुरा मान्नुअघि आफै जान। यसरी बुद्धले सन्देहलाई नै ज्ञानको जननी बनाए। आधुनिक कालको उद्गम बिन्दु राजनीतिक क्षेत्रमा रुसो र चिन्तनका क्षेत्रमा डेकार्टको दर्शनलाई मानिन्छ। रुसोले राजतन्त्रको प्रतिस्थापनामा लोकतन्त्रको अवधारणा ल्याए। डेकार्टले भने बुद्धले उही युगमा भनेको 'ज्ञानको उद्गम संशय हो' भन्ने अवधारणा फैलाए। यसले गर्दा सामन्ततन्त्रका ठाउँमा लोकतन्त्र र विचारका क्षेत्रमा तर्कसहितको चिन्तनको युग आरम्भ भयो। यसले गर्दा बिस्तारै मध्ययुगमा व्याप्त धर्मको प्रपञ्च असफल हुँदै गयो। संशयको चिन्तन र खोज बन्द गरी ईश्वर उपासनामात्र गरिएको भए आज विज्ञानको उन्नतिसँगै चिकित्सा र भौतिक विज्ञानमा संसारलाई नै आश्चर्यचकित पार्ने आविष्कार हुने थिएनन्।

राष्ट्रपतिद्वारा पूजा

राष्ट्रपतिलाई धेरैले मार्क्सवादको पाठ पढाउन खोज्छन्। त्यो राम्रो नहोला। तर, उहाँ धर्मनिरपेक्ष राज्यको राष्ट्रपति हुनुहुन्छ। धर्मनिरपेक्षताको अर्थ राज्यको आफ्नै कुनै धर्म नहुनु हो। त्यसो भएपछि राज्यका अध्यक्षका रूपमा उहाँको पनि धर्म हुँदैन। भण्डारीको धर्म हुनु बेग्लै कुरा हो। यसकारण राष्ट्रपति रहुन्जेल उहाँ कुनै पनि धार्मिक सभा, सम्मेलनमा सहभागी नहुनु बेस होला। राजतन्त्रकालीन परम्परालाई गणतन्त्रका राज्याध्यक्षले धान्ने होइन, तोड्नु राम्रो हुन्छ। आगामी दिनमा दलित, इस्लाम वा मुसलमान पनि राष्ट्रपति बन्न सक्छन्। के सबैलाई पशुपति वा जानकी मन्दिर खुला गरिएला? यसलाई व्यक्तिगत मानवअधिकार भनेर तर्क गर्ने हो भने उहाँले राष्ट्रपतिको राजकीय स्वरूपमा नभई अनौपचारिकरूपमा मात्र सहभागी हुँदा राम्रो होला।

अन्त्यमा, राष्ट्रपति भण्डारीको पृष्ठभूमि भौतिकवादमा विश्वास गर्ने कम्युनिज्म भएकाले बुद्धको एउटा प्रसंग स्मरण गराउनु उचित होला। शास्त्रार्थका क्रममा एकपल्ट ईश्वरवादी गया काश्यपले बुद्धलाई सोधे, 'गौतम, तपाईं भन्नुहुन्छ, ध्यान–साधनाको अभ्यास र सबै पदार्थप्रति सचेत दृष्टि राखेरै मुक्ति पाइन्छ। के यज्ञ, भक्ति, साधना र प्रार्थनाहरू व्यर्थ हुन् त?' नैरञ्जना नदीको अर्को किनारातर्फ संकेत गर्दै बुद्धले भने, 'काश्यपजी, यस नदीको अर्को किनारामा जानुपर्‍यो भने तपाईं के गर्नुहुन्छ?'

'पानी कम छ भने हिँडेरै पुग्न सकिन्छ। अन्यथा, पौडेर वा डुंगाद्वारा जानुपर्ने हुन्छ।'

'कुनै मान्छे पैदल, पौडी र डुंगाजस्ता माध्यम नअपनाई पारि पुग्न पाऊँ भनेर यज्ञ, पूजा, भक्ति, प्रार्थना गर्न थाल्यो भने ऊ नदीको पारि पुग्न सक्छ र?' यस तर्कबाट प्रभावित भएर तत्काल काश्यपले आफूलाई शिष्य स्वीकार्न बुद्धसँग आग्रह गरे।
अर्को समाचार
बल्लतल्ल सुल्झिएको विवादमै सुझाव बढी
०४ साउन २०७२
•
७ मिनेट पाठ
बल्लतल्ल सुल्झिएको विवादमै सुझाव बढी
काठमाडौं-लामो विवादपछि राजनीतिक दलहरूले बल्लतल्ल टुंगो लगाएकै विषयवस्तुमा संशोधन गर्न भन्दै नागरिकहरूले संविधानको प्रारम्भिक मस्यौदामा सुझाव दिएका छन्।

सुझाव संकलनका लागि राजधानीमा आयोजना गरिएका भेलामा अधिकांशले प्रदेश संख्या, राष्ट्रपतिको निर्वाचन, धर्म निरपेक्षता, न्यायपालिकाको अधिकार क्षेत्र लगायतका विषयमा परिमार्जन गर्न सुझाव दिएका छन्।

दलहरूले लामो विवादपछि आठ प्रदेशमा सहमति गरे पनि सुझाव दिने राजधानीका अधिकांशले ५ वटाभन्दा बढी प्रदेश नबनाउन सुझाव दिएका छन्। लिखित र मौखिक सुझाव दिने करिब चार सयमध्ये अधिकांशले प्रदेशको संख्या बढी हुँदा प्रशासनिक खर्च बढ्ने बताएका छन्। केहीले संघीयतालाई जनमतसंग्रहबाटै टुंगो लगाउन पनि सुझाव दिए।

यस्तै, उच्च अधिकारीको शैक्षिक योग्यता तोक्न, धर्मनिरपेक्षताको साटो धर्मिक स्वतन्त्रता राख्न, आमाको नामबाट नागरिकता दिने व्यवस्था गर्न, प्रदेश प्रमुखलाई समेत महाअभियोग लगाउन सक्ने प्रावधान राख्न र प्रधानसेनापतिलाई सुरक्षा परिषदमा राख्न सुझाव आएको छ।

राजधानीको धुम्बाराही पार्टी प्यालेसमा आयोजित सुझाव संकलन कार्यक्रममा क्षेत्र नं ५ का बासिन्दा ध्रुव त्रिपाठीले ३ वा ५ प्रदेश हुनुपर्ने बताए। त्रिपाठीले वडाध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चुनिने व्यवस्था राख्न सुझाए। 'कसैको बहुमत भएन भने सदस्यको किनबेच गर्ने प्रथा वडाबाटै सुरु हुन्छ,' उनले भने। उनले धर्म परिवर्तनका लागि दबाब र प्रलोभन देखाउनेलाई जेल सजाय दिलाउने व्यवस्था राख्न माग गरे।

कानुन व्यवसायी शम्भुराज आचार्यले संवैधानिक अदालत र सर्वोच्च अदालतबीच क्षेत्रअधिकारमा विवाद पर्ने भन्दै धारा १४१ मा संवैधानिक अदालत रहने प्रावधान हटाउन सुझाव दिए। उनले सो व्यवस्था संविधानभित्रकै व्यवस्थासँग बाँझिएको बताए। उनले सर्वोच्च अदालतमा १४ जना न्यायाधीश हुने र मुद्दाको चाप बढे थप्न सक्ने भन्ने व्यवस्था पनि परिमार्जन गर्न सुझाव दिए।

प्रतिमा पौडेलले धार्मिक स्वतन्त्रता शब्द राख्न र गाईलाई कुनै दलको चुनाव चिह्न राख्न नपाउने व्यवस्था गर्न सझुाव दिइन्। उनले राष्ट्रले उत्तरदक्षिण मिलाएर ५/६ प्रदेशभन्दा बढी नबनाउन र प्रदेशको नामकण खोलानालाका नामबाट गर्न सुझाव दिइन्।

देशहरू जति बढी प्रजातान्त्रिक हुन्छन् उति नै छोटो संविधान हुने जनाउँदै रेवतबहादुर कार्कीले संविधानका धारा–उपधारामा लेख्नै नपर्ने कुरा लेखिएको बताए। उनले ०४७ को संविधानको १ सय ३३ धारामा पनि सबै कुरा समेटिएको भन्दै अनावश्यक कुरा पनि लेखेर २ सय ५६ धारा पुर्याोइएको बताए। 'नागरिक अधिकार, कर्तव्यसम्म संविधानमै लेखिएको छ,' उनले भने, 'नागरिकको कर्तव्यसम्बन्धी व्यवस्थामा पनि राज्यले अनिवार्य सेवा लिन सक्नेछ भन्ने कुरा हुनु हुन्न। यसले राज्यलाई अधिनायकवादी बनाउन सक्छ।' उनले दोस्रो जनाआन्दोलनको म्यान्डेट संघीयता र धर्म परिवर्तनको कुरा नभएको जनाउँदै उक्त व्यवस्था खारेज गर्न माग गरे।

यस्तै, तारा सुवेदीले बेरोजगार भत्ताको कुरा संविधानमा लेखेर लोभ नदेखाउन सुझाव दिए। उनले धारा ४३ मा उल्लिखित प्रावधान सच्याएर 'भ्रुणहत्या गर्न पाइने छैन' उल्लेख गर्नुपर्ने बताए। लोकनाथ सापकोटाले धार्मिक स्वतन्त्रत शब्द राख्न र प्रदेश संख्या पाँचवटा बनाउन सुझाव दिए। उनले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, संसदहरूको शैक्षिक योग्यता कम्तीमा स्नातक हुनुपर्ने बताए।

प्रयोगमा नआएको भूमि खोसेर भूमिहीनलाई दिने विषय संविधानमा थप्न स्थानीय लक्षण थापाले सुझाव दिए। उनले प्रतिनिधिसभा १ सय ५० सदस्यीय भन्दा ठूलो हुन नहुने र प्रधानमन्त्रीले प्रत्येक ६ महिनामा विश्वासको मत लिने व्यवस्था राख्न सुझाए।

यसैगरी, काठमाडौं क्षेत्र नम्बर २ अन्तर्गत कोटेश्वरमा आयोजित कार्यक्रममा सहभागीले पनि प्रत्यक्ष निर्वाचित वडा अध्यक्ष, प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री, हिन्दुराज्य, आमाको नामबाट नागरिकता लिन पाउने, न्यायपालिकाको अधिकार क्षेत्रमा परिमार्जन, माध्यमिक तहसम्म निशुल्क शिक्षा, प्रदेशको संख्या थोरै बनाउनु पर्ने विषयमा सुझाब दिएका छन्।

कार्यक्रममा उपस्थित शान्तिकृष्ण अधिकारीले सुझाब संकलन गर्ने तर जनताको सुझाब नसमिटेन खतरा बढीरहेको बताए। 'ठुला दलका नेताहरुले सुझाब संकलनको नाममा नाटक मात्र गरेको भन्ने सुन्नमा आइरहेको छ,' उनले भने, 'यदी यो नाटक मात्र हो भने जनताले अर्को आन्दोलन निकाल्ने छन्।'
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस