नेपाल राष्ट्र बैंकको ६० वर्ष
१९ वैशाख २०७३
•
१४ मिनेट पाठ
नेपाल राष्ट्र बैंकको ६० वर्ष
देशको केन्द्रीय बैंकले आफ्नो ६० वर्षे यात्रा पूरा गरको छ। पूर्ण नियन्त्रित अर्थ व्यवस्थामा खुलेको यो बैंकले अहिलेको खुला अर्थतन्त्रको स्थितिसम्म आइपुग्दा धेरै आरोह/अवरोह पार गरेको छ।अझ २०४७ सालको राजनीतिक परिवर्तनपछि एकपछि अर्को सरकारी स्वामित्वका संस्था धराशायी हुँदै जाँदा पनि योमात्र यस्तो संस्था हो जो राम्रोसँग चलिरहेको छ । यसले आफूले गर्नुपर्ने कामहरु समयमा सम्पादन गर्दै आएको छ र सरकारका नीति तथा कार्यक्रम लागु गर्न बलियो सहयोगी बन्दै आएको छ । यदाकदा अर्थ मन्त्री र गभर्नरबीच व्यक्तिगत सम्बन्धले चर्चामा रहे पनि नेपाल राष्ट्र बैंक राम्रोसँग चलेको संस्था भनेर गर्व गर्न सकिन्छ ।




नियमितरूपमा सम्पादन गर्नुपर्ने काम निर्वाधरूपमा गरे पनि कहिलेकाहीँं नेपाल राष्ट्र बैंकका नीति देशको अर्थतन्त्रमा दूरगामी प्रतिकूल असर गर्नेखालका हुने गरेका छन् । कुनै खास वर्ग लक्षित निर्णयहरु आउने, कतिपय नीति आएका केही दिनमै संशोधन हुने जस्ता व्यवहार पनि कहिलेकाहीँ देखिएका छन् । साथै सूचना र सञ्चारको यो युगमा नेपाल राष्ट्र बैंकले आफूलाई त्यस क्षेत्रमा बलियो बनाउन धेरै काम गर्न बाँकी नै छ तर पनि त्यता कसैको ध्यान गइरहेको देखिन्न । नेपाल राष्ट्र बैंकको आधुनिक समयमा भएका केही कार्य र त्यसका असर तथा आगामी दिनमा त्यसबाट लिनुपर्ने शिक्षाको चर्चा यो अवसरमा सान्दर्भिक हुन्छ ।

२०४७ सालसम्म नेपालमा बैंकिङमा पहुँच सारै कम मानिसको मात्रै थियो । पाँचवटा वाणिज्य बैंकका करिब ३०० शाखाले सीमित बैंकिङ सेवा पु¥याइरहेका थिए । अझ भनौं, बैकिङ सेवा त्यो बेलामा विशिष्ट मानिसका लागिमात्र थियो । प्रजातान्त्रिक सरकारले लिएको खुला अर्थतन्त्रको नीतिसँगै देशमा बैंक, फाइनान्स कम्पनी, विकास बैंक तथा अन्य वित्तीय कारोबार गर्ने संस्थाहरु धेरैको संख्यामा खुले । अनियन्त्रित र जसलाई पनि यस्ता संस्था खोल्न दिनु आधुनिक नेपालको राष्ट्र बैंकको सबैभन्दा ठूलो गल्ती थियो । अझ कतिपय अवस्थामा त ती बैंक खोल्ने पुरै प्रक्रियामा नेपाल राष्ट्र बैंककै कर्मचारी सामेल हुने गरेको तथ्य कसैबाट लुकेको छैन । यो नै पछि आएर अभिषाप बन्न पुग्यो ।

त्यसैताका भएको सबैभन्दा राम्रो काम भनेको नेपाली मुद्रालाई पूर्ण नियन्त्रित प्रणालीबाट चालु खातामा पूर्ण परिवत्र्य बनाउनु थियो । यो दोस्रो निर्णयले आज पनि नेपालमा व्यापार फस्टाउन धेरै मद्दत गरेको पाइन्छ । अब हामीले भारतको मुख नताकी कहिलेदेखि पुँजी खातालाई परिवत्र्य बनाउने भनेर बहस थाल्नुपर्ने भएको छ । साथै दुई दशकभन्दा अघिदेखि एउटै रहेको नेपाली रुपियाँ र भारतीय रुपियाँको विनिमय दरको परिवर्तन आजको प्रमुख आवश्यकता हो ।

१० वर्षमा राष्ट्र बैंकको निरीक्षण प्रणालीमा आएको समयसापेक्ष सुधारले बैंकिङलाई सकारात्कम दिशातर्फ लान धेरै मद्दत गरेको छ । कमसेकम बैंक तथा वित्तीय संस्थाहरु निरीक्षण र प्रतिवेदनलाई गम्भीरपूर्वक लिन्छन् र काम गर्छन् । अझ सबैभन्दा राम्रो भनेको हिजोका दिनमा निरीक्षणका क्रममा भएका कमजोरी र मानवीय पक्षमा पनि धेरै सुधार आएकोबाट आशावादी हुने ठाउँ धेरै छ ।

समयसँगै नेपालका ठूला वाणिज्य बैंकहरुको बिगँ्रदो स्थिति सुधार्न ल्याइएको वित्तीय क्षेत्र सुधार कार्यक्रम नेपालको बैंकिङमा दूरगामी असर छाड्ने अर्को सकारात्मक कदम थियो । तर सरकार र नेपाल राष्ट्र बैंकमा कर्मचारीको परिवर्तन र अराजक युनियनहरुको चर्को दबाबका कारण यो कार्यक्रम बीचमै तुहियो । यदि त्यो कार्यक्रमले निरन्तरता पाएको भए आजको राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडको अहिलेको स्थिति पूर्णरूपमा अर्कै हुने थियो । यहाँनेर नेपाल राष्ट्र बैंक चुकेकै हो ।

देशले समयसापेक्ष सबैखाले वित्तीय संस्थाको छाता ऐन तर्जुमा र लागु गर्नाले मिश्रित फल दियो । त्यो ऐनमा भएका धेरै प्रावधान ठूला वाणिज्य बैंक हेरेर बनाइयो । साना संस्थालाई ऐनका कतिपय प्रावधानले सञ्चालनमा कठिनाई उत्पन्न गरायो । तर पनि ती संस्थाले आफूलाई ऐनअनुकूल बनाउँदै लगे । तत्कालका लागि कठिन भए पनि यसले वित्तीय क्षेत्रलाई अघि बढाउन धेरै मद्दत ग¥यो । हरेक साल संशोधनसहित जारी हुने एकीकृत निर्देशनले बैंकहरुलाई काम गर्न सजिलो त बनाएकै छ तर त्यसमा हुने छिटोछिटो र यदाकदा निश्चित वर्गको फाइदाका लागि हुने परिवर्तन सबैको टाउको दुखाइको विषय बनेको छ ।

तर अहिले आएर चर्चामा आएका विषय भनेको मर्जर नै हो । हिजो जथाभावी अनुमतिपत्र बाँडेको नेपाल राष्ट्र बैंक अहिले मर्जर प्रक्रियामा जुटेको छ । साना संस्थाको हकमा मर्जर नीति धेरै हदसम्म सफल हुने देखिए पनि वाणिज्य बैंकहरुका हकमा भने यो असफल हुने पक्का भइसकेको छ । आठ अर्बबाट तर्सेका जस्ता देखिएका वाणिज्य बैंकहरुले करिब एक वर्षको अवधिमा त्यो समस्याबाट पूर्णरूपमा आफूलाई मर्जरमा नगइकन बाहिर निकालिसकेका छन् । चुक्ता पुँजी पु¥याउने अन्तिम दिनसम्म पनि अब करिब २६ वटा वाणिज्य बैंक र झण्डै ७० को संख्यामा विकास बैंक र वित्तीय संस्था सञ्चालनमै रहनेछन् । यो संख्या राष्ट्र बैंकले सोचेको भन्दा धेरै गुणा बढी हो । करिब १५ को संख्याका वाणिज्य बैंक र ३० को संख्याका विकास बैंक तथा वित्तीय संस्थाको परिकल्पनाका साथ आएको ८ अर्ब पुँजीको अवधारणा असफल हुनुभन्दा अगाडि नै नेपाल राष्ट्र बैंकले केही न केही गर्नुपर्ने जरुरी छ ।

यी त भए भएका काम र त्यसमा गर्नुपर्ने सुधारका विषय । नेपाल राष्ट्र बैंकले नसोचेको र नगरी नहुने केही यस्ता कार्य पनि छन्, जहाँ अबका दिनका नीति बन्दा सबैभन्दा पहिले ध्यान दिइनु जरुरी छ । अहिलेसम्म जति पनि नियम बने वा बनाइए ती सबै बैंकलाई बलियो बनाउन बनाइए । नेपाल राष्ट्र बैंकको तर्फबाट ग्राहकलाई बलियो बनाउनेबारे कहिल्यै कार्य भएन । जबसम्म देशमा ग्राहक बलियो बन्दैनन् तबसम्म उचो आर्थिक वृद्धिदर हासिल हुन सक्दैन ।

उदाहरणका लागि जब बजारमा ब्याजदर उकालो लाग्छ, कर्जाको ब्याजदर एकैपटक सबैमा बढ्छ र ठूलो दरले बढ्छ । तर निक्षेपको ब्याजदर एकदम थोरै ग्राहकको लागिमात्रै बढ्छ र त्यो पनि अपेक्षाकृतरूपमा थोरै मात्रै । त्यस्तै जब ब्याजदर घट्छ, निक्षेपमा आवधिकबाहेकका सबै ग्राहकका लागि एकैपटक घटाइन्छ त्यो पनि सकेसम्म धेरै । तर कर्जा ग्राहकका लागि थोरै घटाइन्छ र बिस्तारै बिस्तारै । त्यतिमात्रै हैन एक किस्ता तिर्न बाँकी छ वा एउटा कुनै कागज आएको छैन भन्ने बहानामा कतिको त घटाइन्न पनि । अहिले कर्जाको ब्याजदर झण्डै ८ प्रतिशतको हाराहारीमा आइपुग्दा पनि विभिन्न बहानामा हजारौं ग्राहकका खातामा १३ प्रतिशत लगाइरहेको अवस्था छ । यस्ता कुरालाई सम्बोधन गर्ने कुनै नियम नै छैन । अझ कतिपय स्थितिमा ब्याजदरको सकारात्मक परिवर्तनका लागि ग्राहक बैंकमै आएर कराउनुपर्छ । योभन्दा ठूलो विडम्बना के होला र ?

यो कुरा भनिरहँदा बैंकहरुको तर्क हामीले नेपाल राष्ट्र बैंकको स्प्रेडदरको नीति मानेका छौं भन्ने आउँछ । यदि ग्राहक जताबाट पनि मर्ने हो भने कतै नेपाल राष्ट्र बैंकको सो नीतिमा आमूल परिवर्तन जरुरी छ । त्यतिमात्रै हैन, साना र बैंकमा आएर हल्ला गर्न नसक्ने र बैंकका ठूला अधिकृतहरुसम्म पहुँच नभएकाहरुका लागि अहिले पनि बैंकको सेवा ५० वर्षअगाडिको भन्दा फरक छैन । ब्याजदर त एउटा सानो उदाहरणमात्रै हो । कुनै कामका लागि बैंकमा जाँदा वा एक वा दुई किस्ता ऋण बक्यौता भएको ग्राहकसँग बैंकले गर्ने व्यवहारको त चर्चा गर्न शब्द पनि हुन्न । कारोबार राम्रो हुँदा दशौं वर्षसम्म लगातार दशैंमा रक्सीको बोतल लिएर आउने बैंक कर्मचारी एक वा दुई किस्ता ऋण बक्यौदा हुँदा झगडा परेको सँधियार जस्ता हुन पुग्छन् । न त यी मानवीय व्यवहारका व्यावहारिक पक्षबारे सोचियो न त बुझ्न नै प्रयास गरियो । यो विषयमा चर्चा सुरु गर्न अब ढिला भइसक्यो ।

नेपाल राष्ट्र बैंक सरकारको आर्थिक सल्लाहकार पनि हो । यस अर्थमा नेपाल राष्ट्र बैंकले देशका वित्तीय संस्थामार्फत हुने हरेक कारोबारको स्वामित्व लिनुपर्ने हो । करिब १० वर्षअघि कुल बैैंकिङ कारोबारको २ प्रतिशतभन्दा कम कारोबार गर्ने सहकारी क्षेत्रको कारोबार अहिले आएर १५ प्रतिशतभन्दा माथि पुगिसकेको छ । तर सहकारीलाई प्रभावकारी अनुगमन गर्ने निकाय अहिलेसम्म छैन । करिब ३३ हजारको संख्यामा रहेका सहकारीको अनुगमन आजको सबैभन्दा ठूलो आवश्यकता र चुनौती दुवै हो ।

नेपाल राष्ट्र बैंकले कि त आफैंँले यसको जिम्मा लिनुपर्छ अन्यथा अर्को व्यवस्था गर्नुपर्छ । सरकारी सँगसँगै बढ्दै गएको लघुवित्तका लागि पनि छुट्टै व्यवस्थाका लागि कदम चाल्न ढिला भइसकेको छ । नत्र एकातिर बैंकका ग्राहकका हित जोगाउने क्रममा अरु धेरैका हित बिग्रन सक्छ । बेलैमा सचेत बनौं ।

आन्तरिकरूपमा बाहिरबाट जति देखिन्छ र भेट हुँदा नेपाल राष्ट्र बैंकका कर्मचारीबाट सुनेका कुरालाई आधार मान्दा त्यहाँभित्रका धमिरारूपी युनियनहरु सबैभन्दा ठूला समस्या हुन् । न त तिनीहरुलाई हटाउन सकिन्छ न उनीहरुको मानसिकतामा कुनै परिवर्तन नै ल्याउन सकिन्छ । साथै न त उनीहरु समयसापेक्ष परिवर्तन हुन्छन् भनेर आशा नै गर्न सकिन्छ । जबसम्म पार्टी र नेताहरुले संरक्षण गर्छन्, उनीहरुलाई त्यहीरूपमा स्वीकार्नुको कुनै विकल्प छैन।
अर्को समाचार
जाँदाजाँदै गभर्नर अधिकारीले भने: मेरै कार्यकालमा राष्ट्र बैंकको नेतृत्वमाथि प्रहार भयो
२१ चैत्र २०८१
•
४ मिनेट पाठ
जाँदाजाँदै गभर्नर अधिकारीले भने: मेरै कार्यकालमा राष्ट्र बैंकको नेतृत्वमाथि प्रहार भयो
गभर्नर महाप्रसाद अधिकारले आफ्नो कार्यकालको दोस्रो वर्ष पुग्दा नेपाल राष्ट्र बैंकको नेतृत्वमाथि प्रहार भएको बताएका छन्।  




शुक्रबार आफ्नो कार्यकालमा भएका प्रमुख कार्य तथा उपलव्धिहरु सार्वजनिक गर्दै उनले नेतृत्वमाथि नै गरिएको प्रहारले केन्द्रिय बैंकको स्वायत्ततामाथि नै ठाडो हस्तक्षेप भएको बताएका हुन्। जस्तोसुकै असहज परिस्थिति भएपनि सम्बन्धित चुनौतीहरु सामना गर्न सबैको सद्भाव रहेका कारण विगत ५ वर्ष आफ्नो सन्तुष्टिका वर्षहरु रहेको गभर्नर अधिकारीले बताए। उनले राष्ट्र बैंकको इतिहासमा महत्वपूर्ण इट्टाहरु थपिएको महशुस भएको समेत बताए।

उनले भने, ‘कार्यकालको दोस्रो वर्ष पुग्दा नेपाल राष्ट्र बैंकको नेतृत्वमाथि प्रहार  भई केन्द्रिय बैंकको स्वायत्ततामाथि ठाडो हस्तक्षेप अवस्था रह्यो । केन्द्रिय बैंक संचालनको विश्वव्यापी मान्यता अनुरुप यस बैंकको स्वायत्ततालाई अक्षुण राखि दिनुहुने हुने सर्वोच्च अदालत, न्यायधिश, अधिवक्ता, समस्त न्यायप्रणाली प्रति कृतज्ञता गर्दछु । यसका साथै नेपाल राष्ट्र बैंकमाथि गरिएका हस्तक्षेपका विरुद्धमा अर्थशास्त्री, लब्धप्रतिष्ठित व्यक्ती, संचारकर्मीहरुबाट जुन किसमको खबरदारी भयो त्यो ज्यादै नै अविष्मरणीय भयो ।’

उनले आफूले कार्यकाल सम्हाल्दै गर्दा कोभिडका कारण विश्व अर्थतन्त्र संकुचनमा फसेको  बताउँदै महामारी पुनरुत्थान नहुँदै रुस युक्रेनको तनावका कारण उच्च मूल्य वृद्धिको सामना संसारले गर्नुपरेको बताए। चुनौताका बाबजुत  राष्ट्र बैंकले लिएको सजग समयअनुसारका उपयुक्त नीतिगत व्यवस्थाका कारण समग्र आर्थिक स्थायित्व कायम हुन सकेको बताए। गभर्नर अधिकारीकाअनुसार मुलुकको बाह्य क्षेत्र सुदृढ छ । वित्तीय क्षेत्रको पुँजी पर्याप्तता र तरलता नियामकियको आवश्यकता भन्दा माथि नै छन् । व्याजदर व्यवसायमैत्री रहनुका साथै कोभिडपश्चात चुलिएको मूल्यवृद्धि क्रमशः कम हुँदै हाल बैंकले तय गरेको मौद्रिक नीतिको लक्ष्य भित्र नै रहेको छ ।

२०७६ चैत २४ गते पाँच वर्षका लागि गभर्नर बनेर विदा हुँदा गर्दा अधिकारीले आफ्नो कार्यकालकै अवधीमा कोभिडका कारण जनधनको ठूलो क्षति हुन गएको बताउँदै गभर्नर अधिकारीले संक्रमणको त्रासका बाबजुत राष्ट्र बैंकका काम कारबाहीलाई निरन्तरता दिन राष्ट्र बैंक सफल भएको सुनाए। आफ्नो कार्यकालको प्रगति विवरण सार्वजनिक गर्दै गभर्नर अधिकारीले वित्तीय पँहुच बिस्तार गर्ने, वित्तीय सेवाको उपयोगलाई प्रोत्साहन दिने तथा वित्तीय ग्राहक संरक्षणमार्फत सर्वसाधारणको वित्तीय प्रणालीमा रहेको विश्वास अभिवृद्धि गर्ने कार्यलाई राष्ट्र बैंकले उच्च प्राथमिकतामा राख्न सफल भएको बताए।

उनका अनुसार कानूनी, नीतिगत तथा प्रक्रियागत सुधारतर्फ पाँच वर्षको अवधीमा नेपाल राष्ट्र बैंक ऐन, २०५८, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९’ को संशोधनसम्बन्धी प्रस्तावित मस्यौदा अर्थ मन्त्रालयमा पेश गरिएको छ । लिजिङसम्बन्धी कानून, वित्तीय ग्राहक संरक्षणसम्बन्धी कानून, वित्तीय सम्पती पुनर्संरचना तथा धितोपत्रीकरण (सेक्यूरिटाइजेशन) सम्बन्धी कानून र एसेट म्यानेजमेन्टसम्बन्धी कानूनको व्यवस्था गर्न ऐनका मस्यौदा तयार भएका छन् । संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी छुट्टै कानूनको आवश्यकता सम्बन्धमा सम्मानित सर्वोच्च अदालतको आदेशबमाजिम बैंकको तर्फबाट अध्ययन प्रतिवेदन पेस भएको छ ।

यससम्बन्धी कानूनी व्यवस्थाका लागि प्रस्तावित मस्यौदा  अर्थ मन्त्रालयमा राष्ट्र बैकले पठाइसकको छ । भुक्तानी तथा फस्र्योट ऐन, २०७५ र विनिमय अधिकारपत्र ऐन, २०३४ मा आवश्यक संशोधन गर्नका लागि समिति गठन भई छलफलको क्रममा रहेको गभर्नर अधिकारीले जानकारी दिए।

उनकाअनुसार पाँच वर्षको अवधीमा बैंकसँग सम्बन्धित ऐनको प्रभावकारी कार्यान्वयनको लागि नियमावली र विनियमावलीहरू तर्जुमा भएका छन् । पाँच वर्षको अवधिमा १४ वटा विनियमावलीहरू तर्जुमा÷प्रतिस्थापन गरी लागु गरिएको छ ।  नेपाल राष्ट्र बैंक अन्तिम ऋणदाता सुविधासम्बन्धी विनियमावली, २०७२, नेपाल राष्ट्र गरिएका प्रमुख विनियमावलीअन्तर्गत ’भुक्तानी तथा फस्र्यौट विनियमावली, २०७४ सुपरीवेक्षण विनियमावली, २०८१ लगायत रहेको गभर्नर अधिकारीले सार्वजनिक गरेको प्रगति विवरणमा उल्लेख छ ।

उनले विगत ५ वर्षमा महत्वपूर्ण सुधारका कामहरु भएको समेत बताए। उनका अनुसार मौद्रिक नीतिको आधुनिकीकरण, गर्दै तरलता व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै लगिएको छ भने व्याजदर करिडोरलाई प्रभावकारी बनाउन स्थायी निक्षेप सुविधा कार्यान्वयनमा लगिएको छ ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस