बजेटको खाका
०२ जेष्ठ २०७३
•
१३ मिनेट पाठ
बजेटको खाका
संसद्मा आगामी वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भइसकेको छ। विगतका सरकारले झैँ यो पटक पनि सरकारले विभिन्न नाराका साथ अनेक कार्यक्रम ल्याएको छ। संसदीय व्यवस्थाको गुण र दोषको रूपमा नीति तथा कार्यक्रमलाई सरकारमा सामेल दलहरूले निकै प्रशंसा गरे।कसैले त देशको मुहार फेर्ने इतिहासकै सबैभन्दा राम्रो कार्यक्रमसमेत भन्न भ्याए। आफ्नो जात र धर्मअनुसार विपक्षीले त्यही नीति तथा कार्यक्रमलाई फितलो र कार्यान्वयन हुनैनसक्ने भनी आलोचना गरे। यो पटक अलि फरकचाहिँ के भयो भने, संसद्मा रहेका केही दलले नीति तथा कार्यक्रमको छलफल र मतदान प्रक्रिया बहिष्कार गरे, जुन हुनु हुँदैनथ्यो। यसले सरकारका दीर्घकालीन नीति–कार्यक्रममा उनीहरूले अपनत्व महसुस गर्न नसक्ने अवस्था निम्त्याएको छ।




नीति तथा कार्यक्रम संसद्ले पारित नै गरिसकेपछि अब बेला भएको छ, बजेटबारे छलफल गर्ने। बजेटले सरकारको नीति तथा कार्यक्रममा उल्लेख कार्यक्रमलाई अघि बढाउन रकमको व्यवस्था गर्छ। नीति तथा कार्यक्रमलाई आधार बनाएर हेर्दा यो पटकको बजेट कुनै ठोस तथा दीर्घकालीन असर गर्ने ठूला कार्यक्रमभन्दा सानातिना र पैसा छर्ने कार्यक्रमहरूमा केन्द्रित हुने पक्का छ। सानातिना र जनतासँग प्रत्यक्ष सरोकार राख्ने तथा तुरुन्त प्रतिफल दिने कार्यक्रममा रकम खर्च गर्नुलाई सरकारले अहिलेको आवश्यकता ठानेको हुन सक्छ। त्यस्तो हो भने त्यसलाई पनि केही हदसम्म स्वीकार गर्न सकिन्छ। यति हुँदाहुँदै पनि कमसेकम पाँच क्षेत्रलाई सरकारले दीर्घकालीनरूपमा ठूला कार्यक्रम तयार पारेर रकम विनियोजन गर्नैपर्छ। यस्ता कार्यक्रम ल्याउँदा भोलिका सरकारले लत्याउन नसक्नेगरी ल्याउनुपर्छ। एमाले सरकाले २०५२ सालमा 'आफ्नो गाउँ आफै बनाउँ्क' भन्ने नाराका साथ गाउँगाउँमा रकम पठायो, त्यो कार्यक्रम अहिलेसम्म जारी छ। कुनै पनि सरकारले त्यसलाई लत्याउन नसकेका मात्रै हैन, आगामी दिनमा पनि कसैले रोक्न सक्दैन।

हिजोका दिनमा यस्तो कार्यक्रम ल्याउने एमालेले यो पटकबाट तलका पाँच क्षेत्रलाई भोलि कुनै सरकारले लत्याउन नसक्नेगरी बजेट विनियोजन गरे देशमाथिको दायित्व पूरा गर्न सहयोग हुन्थ्यो। साना कार्यक्रमले जनताका दैनिक आवश्यकता पूरा गर्न मद्दत गर्छ भने ठूला आयोजनाले देश विकास। सानातिना प्रचारमुखी कार्यक्रमले आर्थिक वृद्धिदर बढाउन मद्दत गदर्ैैन। ०.७७ प्रतिशतमा झरिसकेको आर्थिक वृद्धिदरलाई कमसेकम ५ प्रतिशत पुर्या्उन सरकारले बजेटको ठूलो अंश दीर्घकालीन क्षेत्रमा लगानी गर्नैपर्छ।

१. जलविद्युत्ः २०५२ सालमा आइसकेको अरुण तेस्रो जलविद्युत् आयोजना रोकेर एमाले यो देशको आजको दिनको अन्धकार नेपालको कारक बन्न पुग्यो। आफ्नो बचाउमा उसले जेजस्ता तर्क गरे पनि त्यो बेलाको राजनीति बु‰ने सबैलाई यो यथार्थ राम्रैसँग थाहा छ। अब एमालेले त्यो बेलाको पाप पखाल्ने समय आएको छ। सरकारले सम्भव भए सातै प्रदेशमा नभए छ प्रदेशमा हरेक वर्ष नयाँ ठूला विद्युत् आयोजनाको लागि चार अर्बका दरले रकम विनियोजन गर्नुपर्छ। हरेक प्रदेशमा रकम विनियोजन गर्दा वितरण प्रणालीमा समेत सहजता आउँछ। झण्डै एक हजार अर्बको बजेटमा त्यो रकम ठूलो हैन। अहिले औसत २० करोड रुपैयाँमा एक मेगावाट बिजुली निस्कन्छ। सरकारले नयाँ आयोजनामा यसरी रकम विनियोजन गर्न सक्यो भने पाँच वर्षमा १४० अर्ब रुपैयाँ निकासा हुन्छ, जसबाट ७०० मेगावाट विद्युत् उत्पादन हुन्छ। यो कार्यक्रम अरु कुनै सरकारले रोक्न सक्दैन र देश सजिलै लोडसेडिङमुक्त हुन्छ। सरकारले यसरी आयोजना बनाउन थाल्यो भने लाइसेन्स लिएर विभिन्न बहानामा काम नगर्ने जलमाफियाहरू पनि काम गर्न थाल्छन्।

२. पुनर्निर्माणः भूकम्प गएको एक वर्ष पूरा भएको छ। सबैलाई थाहा छ भूकम्पपीडितको नाममा यो एक वर्षमा हामीले राजनीतिबाहेक केही गरेनौँ। अब काम गर्ने बेला आएको छ। सरकारले काम नगरेकै कारण पुनर्निर्माणको लागत बढेको छ। सरकारले करिब ६ महिनाअघि अनुमान गरेको ७ सय अर्ब रुपैयाँको लागत बढेर ९ सय अर्ब पुगेको छ। पाँच वर्षे सो कार्यक्रम सकिँदा त्यो रकम कमसेकम १ हजार दुईसय अर्ब पुग्नेछ। अबको बेला हो खर्च गर्ने। सरकारले पुनर्निर्माण बजेट विनियोजन र खर्चको तालिका कुनै हालतमा अपरिवर्तनीय हुनेखालको बनाउनुपर्छ। सरकारकै प्राथमिकताका आधारमा पीडितले दुई वर्षभित्र घर पाउनेगरी बजेट आएर खर्च भयो भने त्यसले देशको आर्थिक वृद्धिदर बढाउन पनि मद्दत गर्छ।

३. कृषि र पशुपालनः केही वर्षअघिको सरकारी तथ्यांकअनुसार नेपालको जमिनले करिब ४ करोड जनसंख्यालाई खान पुग्ने अन्न र पशु उत्पादन गर्न सक्छ। अहिलेको जनसंख्या करिब २ करोड ८३ लाख छ, ५० लाख जति देशबाहिर छन्। हामी अहिले अन्न, ठूलो परिमाणमा मासु, तरकारी र फलफूल आयात गछर्ौं। यसको अर्थ कि त हामीले जमिन बाँझो राखिरहेका छौँ कि त हाम्रो खेती उन्नत भइरहेको छैन। अन्न, तरकारी, दूध, फलफूल र पशुपालन गरी मासुको उत्पादन बढाउने एउटै उपाय भनेको त्यो क्षेत्रको औद्योगीकरण गर्नु हो। यीमध्धे दूध र केही हदसम्म तरकारीबाहेक अरु कुनै उत्पादनले उद्योगको रूप लिन सकेका छैन। यो वर्षको बजेटले यति काममात्रै गर्न सक्यो भने आयात प्रतिस्थापनमा ठूलै मद्दत पुग्नेछ। यसले ठूलो मात्रामा विदेशी मुद्राको बचत गर्न सहयोग पुग्छ। जब कृषिलाई उद्योगको रूपमा हेर्न थालिन्छ तब व्यक्तिगत सानासाना कृषि उत्पादनभन्दा सामूहिक कृषि कार्यक्रमले प्राथमिकता पाउन थाल्छ। युवालाई आधुनिक कृषितर्फ आकर्षित गर्न पनि यो कदम अपरिहार्य छ। सरकारले यसका लागि उद्योग दर्ता, कर छुटलगायतका कार्यक्रम मात्रै ल्यायो भने पनि बाँकी जिम्मेवारी निजी क्षेत्रले वहन गर्नेछ। सरकारले कुनै पनि उद्योग आफैले चलाउनु हुन्न। सरकारको काम भनेको नीति बनाउने र अनुगमन गर्नेमात्र हुनुपर्छ।

४. शिक्षाः सरकारले नीति–नियम र बजेटमार्फत् सम्बोधन गर्नुपर्ने अर्को महŒवपूर्ण विषय भनेको शिक्षा हो। शिक्षामा सरकारले बर्सेनि अबर्ौं रुपैयाँ खर्च गर्छ। तर, प्रतिफल भने अत्यन्त न्यून छ। यस्तो लाग्छ, सरकारले विद्यार्थी शिक्षालाई प्राथमिकतामा राख्यो, तर शिक्षक शिक्षा ओझेलमा पर्योत। फलस्वरूप सहरका र निजी शैक्षिक संस्था तथा सरकार सञ्चालित शैक्षिक संस्थाको पढाइको अन्तर आकाश–जमिनको हुन पुग्यो। सरकारी स्कुल, कलेज र विश्व विद्यालयमा जति रकम खर्च गरे पनि गुणस्तर निजीको भन्दा निकै तल छ। यसबाट हामीले दुई प्रकारका जनशक्ति पैदा गरिरहेको स्थिति छ। यसको अन्त्य गर्न बजेटले गुणस्तरीय शिक्षा र शिक्षक तालिम तथा शिक्षकको शिक्षामा लगानी गर्नु जरुरी छ। त्यतिमात्रै होइन, शिक्षककै पनि आवधिक परीक्षा प्रणाली लागु गर्नुपर्ने बेला आएको छ। सरकारले निजी क्षेत्रको गुणस्तरमा शिक्षा दिनेगरी नीति ल्याउने र त्यसका निम्ति बजेट निकासा गर्नुपर्छ। लाखौँ विद्यार्थीले समयमा पाठ्यपुस्तक नपाइरहेको आजको स्थितिमा यो कुरा हास्यास्पद हुन सक्छ, तर यो नगरी अब सुखै छैन।

५. संघीयताः बजेटमार्फत् ध्यान दिनुपर्ने अर्को पक्ष भनेको संघीयताको कार्यान्वयन हो। तर, यो विषय सरकारका लागि फलामको चिउराजस्तो हुने पक्का छ। किनकि, यो सरकारमा एकातिर संघीयताका घोरविरोधी र कुनै हालतमा संघीयता लागु हुन दिन्न भन्नेखालका उपप्रधानमन्त्री छन् भने अर्कोतिर अझै संविधानले अंगिकार गरेको भन्दा भिन्न राजतन्त्र र हिन्दुधर्मका हिमायती उपप्रधानमन्त्री छन्। एमाओवादीजस्ता सहयात्री पनि छन्, जो संविधानलाई जस्ताको तस्तै स्वीकार गर्न अझै हिच्किचाइरहेका छन्। यस्तो स्थितिमा ओली सरकारलाई संघीयता कार्यान्वयन गर्न सजिलो छैन। बरु विपक्षीले ओलीलाई संघीयता कार्यान्वयन गर्न सघाउलान्, आफ्नै सत्तासहयात्री दलले उनलाई संघीयता कार्यान्वयन गर्न सघाउने देखिँदैन। तर पनि हरेक प्रकारको जोखिम मोलेर अर्थ मन्त्रीले संघीयता कार्यान्वयन गर्ने तीन वर्षे रणनीतिअनुसार बजेट विनियोजन गर्नु आजको आवश्यकता हो। संघीयता कार्यान्वयनमा बजेट विनियोजन गर्ने भन्नेबित्तिकै अहिले धेरैजसो संरचना निर्माण र जनशक्तिमा गर्ने खर्च नै हो। बाँकी काम त सम्बद्ध मन्त्रालयहरूले नै गर्छन्।

सरकारले सानातिना तथा जनता अल्मल्याउने कार्यक्रम ल्याए पनि माथिका पाँच विषयमा केन्द्रित हुने र तत्कालका लागि सरकारप्रतिको विश्वसनीयता हरेक पक्षमा बढ्न जान्छ। उल्लिखित क्षेत्रमा कुल विकास खर्चको ठूलो हिस्सा खर्च गर्न सके आर्थिक वृद्धि दर ७ प्रतिशतभन्दा माथि जाने कुरामा कसैले शंका नगरे हुन्छ। तर, यसविपरीत व्यापारीहरूको प्रलोभनमा परेर सरकार विभिन्न वस्तुका भन्सारदर घटबढ गर्ने काममा मात्रै अल्‰यो भने बजेट पूर्णतः असफल हुनेछ।
अर्को समाचार
एक सय १० अर्बको विशेष बजेटको खाका तयार
२० असार २०६७
•
६ मिनेट पाठ
एक सय १० अर्बको विशेष बजेटको खाका तयार
काठमाडौं, असार २० (नागरिक)- अर्थ मन्त्रालयले आगामी विशेष परिस्थितिको बजेट खाका तयार पारेको छ। चालु आर्थिक वर्षको बजेटको एक तृतियांश खर्च गर्न पाउने गरि मन्त्रालयले विशेष बजेटको खाका तयार पारेको हो।
  अर्थमन्त्री सुरेन्द्र पाण्डेले शनिबार एमाले संसदिय दलको बैठकलाई जानकारी दिएअनुसार विशेष बजेट करिव १ खर्ब १० अर्ब रुपैयाँको हुनेछ। यसमध्ये ५३ अर्ब चालु खर्च र २६ अर्ब पूँजीगत खर्च हुनेछ। ऋणको सावाँ-व्याज भुक्तानीका लागि भने वार्षिक बजेट ३१ अर्ब नै छुट्याइने छ। यो चालु वर्षको बजेटको एक तृतियांश हो। यो रकम चालु आर्थिक वर्षका आयोजनामा खर्च गर्न पाइनेछ।




यसअघि संविधान सभाको चुनावपछि तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको कार्यकालमा अर्थमन्त्री रामशरण महतले विशेष परिस्थितिको राजस्व र व्यय सम्वन्धि विशेष व्यवस्था प्रस्ताव संसदमा पेश गरेका थिए। यसपटक पनि त्यही अवस्था दोहोरिने भएको छ। ‘जुनसुकै बेला पेस गर्ने गरि विशेष परिस्थितिका लागि बजेट तयार भएको छ', अर्थ सचिव रामेश्वर खनालले भने।

काम चलाउ सरकारले वर्षभरिका लागि बजेट ल्याउन पाउँदैन। अन्तरिम संविधानको धारा २०६३ को धारा ९६ क मा आगामी बजेट ल्याउन नसकिने अवस्थामा चालु आर्थिक वर्षको आर्थिक ऐन वमोजिम राजस्व संकलन गर्न पाउने व्यवस्था छ। चालु वर्षको कुल व्ययको एक तृतियांश नबढने गरि आगामी आर्थिक वर्षका लागि खर्च गर्ने विधेयक संसदमा पेश गर्न सक्ने व्यवस्था छ। यस्तो विधेयक पेश भएकै दिनमा छलफल गरि पारित गर्न सकिने संवैधानिक व्यवस्था छ।

यही व्यवस्था वमोजिम कुल बजेटलाई तीन भाग लगाई एक भाग खर्च गर्ने व्यवस्था गरिएको छ।

राजस्व उठाउन र खर्च गर्न विशेष परिस्थितिको विधेयक संसदमा पेस भै पारित भए चालु वर्षका आयोजनाका लागि मात्र सरकारले बजेट विनियोजन गर्न सक्छ। दातासँग सहमति भएका आयोजना पनि अगाडी बढाउन नसकिने खनालले बताए। नयाँ कार्यक्रमका लागि खर्च गर्न नसकिने भएकोले विकासका कार्यक्रम प्रभावित हुने उनले बताए।

विगतमा यस्तै खर्चका लागि बजेट ल्याएपछि विकास आयोजना कार्यान्वयनमा असर परेको खनालले जनाए। ‘पुर्ण बजेट ढिला आउँदा काम गर्न समय अभाव भयो' उनले भने। पुर्ण बजेट ढिला आउँदा कार्यान्वयन पक्ष सन्तोषजनक हुन सकेको छैन, खनालले भने।

यस पटक समेत बजेट समयमा ल्याउने काम अवरुद्व भए अर्थतन्त्रले धान्न नसक्ने अर्थशास्त्री डिल्लीराज खनालले बताए। पूर्ण बजेट साउनमा ल्याउन नसके अर्थतन्त्रले थेग्न नसक्ने उनले बताए। खनालले बजेटमा भैपरि आउने र गैरसरकारी शिर्षकमा बजेट विनियोजन नगर्न सुझाव दिए।

नेपाल आर्थिक संघका अध्यक्ष मदनकुमार दाहालले वार्षिक बजेटको आकार ३ खर्ब १५ अर्ब भन्दा बढि हुन नहुने बताए। ६२ अर्बको वेरुजु र ६३ अर्ब सार्वजनिक संस्थानमा लगानी भैरहेको अवस्थालाई हटाउने नीति आगामी बजेटमा लिनुपर्ने धारणा उनको छ। राष्ट्रिय योजना आयोगका सहसचिव वद्रि पोखरेलले बजेटले विकासमा योगदान दिन नसकेको दावी गर्दै भने-'मन्त्रालयलाई कार्यसम्पादनमा आधारित भएर रकम दिने व्यवस्था जरुरी छ।'

आयात उच्च भै निर्यात घटिरहेको अवस्थामा सुधार गर्न बजेटको ढिलाईले फरक नपर्ने सचिव खनालले बताए। उनले दुई वर्षको अवधिमा करिव ३५ अर्बको आयात प्रतिस्थापन गर्न सकिने जानकारी दिए।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले शनिबार राजधानीमा आयोजना गरेको बजेट सम्वन्धी छलफलमा खनालले तरकारी, फलफुल र मासुको उत्पादन बढाएर २० अर्बको आयात प्रतिस्थापन गर्न दुई वर्षमा सकिने जानकारी दिए। सिमेन्ट उत्पादनले १५ अर्बको आयात घटाउने खनालको विश्लेषण छ । सिमेन्ट उद्योगका लागि विद्युत र सडक पुर्‍याउने वचन सरकारले दिएको छ। तर, यो व्यवस्था पूर्ण रुपमा कार्यान्वयनमा आउन सकेको छैन। पाउडर दुधका लागि अर्को कारखाना स्थापना गरि आयात कम गर्न सकिन्छ, उनले भने।

सचिव खनालले पेट्रोलियम पदार्थको मूल्य परिवर्तन गर्ने स्वत प्रणाली हुनुपर्ने र विद्युतको मूल्य बढाउनुपर्ने बताए। उनले मूल्य निर्धारणका लागि कठोर नीति अवलम्वन गर्न राजनीतिक नेतृत्वलाई सुझाव दिंदै भने- मूल्य निर्धारण पद्धति बजारमा आधारित हुन जरुरी छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस