दौरा–सुरुवाल
०३ चैत्र २०७४
•
८ मिनेट पाठ
दौरा–सुरुवाल
प्रतिनिधिसभाको सभामुख पदमा भर्खरै निर्विरोध निर्वाचित हुनुभएका कमरेड कृष्णबहादुर अकस्मात दौरा–सुरुवालमा प्रकट भएपछि पूरा संसद् सचिवालय नै चकित हुन पुग्यो । सचिवालयको भित्र–बाहिर, तलतिर माथितिर, उतातिर, यतातिर, चारैतिर एउटै कुराको चर्चा चल्यो– सभामुखज्यू त दौरा–सुरुवालमा आउनु भएछ, के भो आज ? वा के भएन ? दिनभरिको चर्चा त्यसैमा केन्द्रित रह्यो।




सबैलाई थाहा भएकै कुरा हो, कमरेड महरा यसअघि मन्त्री पनि बनिसक्नुभएको छ । मन्त्रीपछि उपप्रधानमन्त्री पनि बन्नुभयो । जे बने पनि दौरा–सुरुवाल चाहिँ लगाउनुभएन । कमरेड प्रचण्डले त झन् प्रधानमन्त्री हुँदा पनि दौरा–सुरुवाल लगाउनुभएको थिएन । ‘दौरासुरुवाल सामन्तीहरूको प्रतीकजस्तो लाग्छ,’ एकपटक प्रचण्डले भन्नुभएको थियो।

जनयुद्ध चलिरहुन्जेल माओवादीका कुनै पनि नेताले दौरा–सुरुवाल लगाएका थिएनन् । नेताको के कुरा कार्यकर्ताले पनि लगाएको थिएन । तर, अहिले स्थितिमा बदलाव आएको छ । बदलाव आउनु स्वाभाविक पनि हो । किनभने माओवादीले जनयुद्ध गरेकै बदलावका लागि हो । जसले देशमै बदलाव ल्याउन खोजिरहेको छ, सबैभन्दा पहिले त ऊ आफैँ बदलिनुपर्‍यो । माओवादीले त्यसै गरेको छ । माओवादीमा अहिले ठूलो बदलाव आएको छ । र, त्यसको झलक माओवादीको दौरा–सुरुवालमा देखिइरहेको छ ।

माओवादी नेतालाई दौरा–सुरुवालमा देखेपछि मानिसहरू छक्क पर्नु स्वाभाविकै हो । कमरेड महरालाई देख्दा पनि त्यस्तै भयो।

मानिसहरू छक्क । एउटाले सोधिहालेछन्, ‘कमरेड, तपाईं पनिदौरा–सुरुवालमा?’कमरेड महराले भन्नुभयो, ‘हजुर, यो पहिचान पनि हो ।’सोध्ने अलि जिराहा परेछन्, फेरि सोधेछ, ‘हैन, कमरेडले त योभन्दा पहिले कहिल्यै दौरा–सुरुवाल लगाएको देखेको थिइनँ, कसरी तपाईंको पहिचान भयो ?’‘अहिले होइन पहिले,’ उहाँले कुराको सार मिलाउनुभयो, ‘बच्चा बेला म सधेँ दौरा–सुरुवाल नै लगाउँथेँ । बीचमा छाडेँ । अहिले फेरि लगाएँ । यो लगाउन मलाई कुनै अप्ठेरो छैन ।’

कमरेडको यो स्पष्टोक्ति सुनेर मलाई एकाएक गाउँको मेरा मित्र दुकुको सम्झना भयो । गाउँमा हुँदा दुकुको चर्तिकला वारि र पारिको गाउँमा समेत प्रख्यात थियो । कहिलेकाहीँ कतै दुकु महात्म्य चल्यो भने यदाकता त्यसमा मेरो पनि जोडिएर आउने गथ्र्यो । ठूलो हुँदै गएपछि दुकुको त्यो चर्तिकला पनि हराउँदै जान थाल्यो । म त सानैमा सहर आइहालेँ । दुकुचाहिँ सहरमा स्कुल जानुपर्ला भनेर बाउआमाले पठाउँदा पनि आएनन् । गाउँमै बसे । खेतीपाती नै गरे । नराम्रो भएन।

धेरैलाई दौरा–सुरुवालले चिटिक्क पारे पनि कसै–कसैलाई चाहिँ त्यही दौरा–सुरुवालले नांगेझार पनि पार्न सक्दो रहेछ । जस्तो कि अहिले कमरेड महरालाई पारिदियो ।

एकदिन दुकु सहर आए । आउन त उनी मामा भेट्न भनेर आएका थिए । खाने–बस्ने भने मकहाँ भयो । मामा त नामै मात्र भयो । एकपटक दुकुलाई काठमाडौं देखाउँ भनेर घुमाउँदै थिएँ । धरहरा देखाएर उनलाई टुँडिखेल नजर गराउँदै थिएँ, उनी त टुँडिखेलको एउटा बारनेर गएर मजाले तुक्र्याउन पो पुगेछन् बा ! टुँडिखेलको बारमा तुक्र्याउनु, सानो कुरा त होइन यो ।‘ओई दुकु ! के गर्‍याे यो ?’ मैले बीचैमा तान्न गएँ।‘के गर्या, देखिनस् ? यहाँ मान्छेको बमै फुट्लाजस्तो भइसक्यो । खोइ छाड् !’ दुकु झर्के ।‘बम फुट्न लाग्यो भन्दैमा जहाँ पायो त्यहीँ तुक्र्याउन पाइन्छ ?’ मैले हप्काएँ ।

‘बच्चा बेला त तुक्र्याइन्थ्यो नि,’ दुकुले तर्क गरे, ‘म त बच्चाबेला जहाँ पायो, त्यहीँ तुक्र्याइदिन्थेँ । पछि  त्यसरी तुक्र्याउन छाडेँ । अहिले फेरि तुक्र्याएँ ।’तिनै दुकु ठूलो भएर अहिले कमरेड महरा हुन पुगेका त होइनन् । तर पनि दुवैको तर्क ठ्याक्कै मिलेको देखेर म पुलकित छु।

अब जहाँसम्म दौरा–सुरुवालको कुरा छ, त्यो त एउटा पोसाक हो । भन्न त यसलाई राष्ट्रिय पोसाक भनिएको छ । तर पोसाक राष्ट्रिय भए पनि अराष्ट्रिय भए पनि त्यसको एउटै मात्र काम भनेको मानिसको लाज छोप्ने हो । जोसँग लाज छ, उसको लाज त सामान्य पोसाकले पनि छोपिदिन्छ । तर, जोसँग लाज छैन,  उसको पनि दौरा–सुरुवालले छोप्न सक्छ । लाजै नहुनेहरूको लाज पनि यदि कुनै पोसाकले छोप्छ भने त्यो दौरा–सुरुवालले मात्र छोप्छ । यस्तो शक्ति हुन्छ, दौरा–सुरुवालमा।

तर कमरेड महराको सन्दर्भमा भने दौरा–सुरुवाल अलि भिन्नै ढंगले प्रकट भएको मैले पाएँ । उहाँले दौरा–सुरुवाल लगाएको देखेर सबैको आँखा दौरा–सुरुवालमै केन्द्रित भइरह्यो । मेरो आँखा भने दौरा–सुरुवालमा होइन, अलि अन्तैतिर गइरहेको थियो ।

अब कहाँ गइरहेको थियो, त्यो यहाँ भन्न अलि अप्ठेरो छ । माथि भनिहालेँ, पोसाकको काम मान्छेको लाज छोप्ने हो । तर महरा कमरेड त दौरा–सुरुवालमा पूरा ‘एक्सपोज’ पो हुनुभएको रहेछ । उहाँको जिउमा दौरा–सुरुवाल त छ, तर प्रकटमा भने यस्तो देखिइरह्यो मानौँ उहाँको जिउमा कुनै पोसाकै छैन ।

अर्थात् दौरा–सुरुवालमा उहाँ पूरा नांगै देखिइरहनुभएको थियो । अरु पोसाकमा उहाँलाई मैले यस्तो देखेको थिइनँ । तर दौरा–सुरुवालमा उहाँ नांगो देखिनुभयो । के भएको यो ? यस्तो त हुनुनपर्ने।धेरैलाई दौरा–सुरुवालले चिटिक्क पारे पनि कसै–कसैलाई चाहिँ त्यही दौरा–सुरुवालले नांगेझार पनि पार्न सक्दो रहेछ । जस्तो कि अहिले कमरेड महरालाई पारिदियो ।
अर्को समाचार
प्रकृतिको आराधनासँगै उँभौली समापन
०२ जेष्ठ २०८३
•
६ मिनेट पाठ
प्रकृतिको आराधनासँगै उँभौली समापन
गैरी गाउँको ढोडे ना उखु, भाचौना भाँचौँ लाग्छ।




ढोल झ्याम्टाको सुरैमा सुन्दा नाचौना नाचौँ लाग्छ ।।

सानोमा सानो सिक्किमे भाले, कर्दैमा जनले रेटौं।

दिनैमा भरि रमरसै गयौँ छ महिनामा भेटौँ ।।।

आज बिहानैदेखि साकेला थानमा यी र यस्तै गीत गाउँदै ताल मिलाएर नाच्नेहरुको लस्करै छ । धरान उपमहानगरपालिका–१३ का करुणा किराती भन्छिन्, “उँभौली साकेला हाम्रो संस्कृतिसँग जोडिएको छ, साकेलाले हामी जस्तो नयाँ युवापुस्तालाई मौलिक परम्परा, सामूहिकता र प्रकृतिप्रतिको सम्मानबारे पनि सचेत बनाउँदै आएको छ ।”

त्यसैले साकेलाको समयमा हामी सधैँझैँ साथीसँग आफ्नो मौलिक गहना र पहिरनमा नाच्न जाने गरेको उनी सुनाउँछिन् । आफ्नो पुर्खाले मान्दै आएका चाडपर्वहरु हामीले बिर्सिनु हुन्न भन्ने हिसाबले पनि प्रत्येक महिनामा मनाइने उभौली र उधौली हामी नाच्ने गरेका छौँ।

देशभर भूमेस्थानमा पूजा आराधना गरी वैशाख शुक्ल पूर्णिमादेखि सुरु भएको साकेला किराँत राई समुदायले प्रत्येक वर्ष मनाउने गरेको साकेला आज धरान उपमहानगरपालिका–१७ स्थित साकेला पार्कका हर्सोउल्लासका साथ समापन गरिँदैछ । उभौली चाड प्रकृतिपूजक वा अर्को शब्दमा धर्तीपूजक अर्थात् नेपालका किराँत समुदायभित्रका विभिन्न जातिहरुले मनाउने प्रसिद्ध चाडको रुपमा लिइन्छ।

दौरासुरुवाल र टोपीमा सजिएका युवा र गुन्युचोली, लाछा, शिरबन्दी, चेप्टे सुन, पैसाको हारी माला, नौगेडीजस्ता गरगहनामा सजिएका युवती हातमा ढोल, झ्याम्टा र चम्मर बोकेर गीतमा लय मिलाउँदै नाच्न व्यस्त छन् । छातीमा पेचुरी धजुरी, वाबु, बुन्छत र मुर्चुङ्गा झुन्ड्याएका युवायुवती ढोल झ्याम्टाको तालमा विभिन्न चरा चुरुङ्गी र जीवजनावारको हाउँभाउ गर्दै नाच्न व्यस्त छन् । अहिले साकेला थानमा युवापुस्ताकै बाक्लो उपस्थिति देखिन्छ।

साकेला प्रशिक्षक विवेक राई भन्छन्, “एक दशकभन्दा बढी भयो साकेला नाच्न सुरु गरेको, हामी सानो हुँदा बाजेले साकेलाको बेला कसरी पूजा गरिन्छ र साकेला कसरी नाचिन्छ भन्ने कुरा सबै सिकाउनुहुन्थ्यो।”

वैशाख पूर्णिमाका अवसरमा १५ दिनदेखि एक महिनासम्म साकेला उभौली पूर्वका विभिन्न ठाउँमा मनाइन्छ । ढोलझ्याम्टा, हातमा च्याम्बर लिएर साकेला नाच्दै किरात राई समुदायले उभौली चाड समापन गर्दै छन् । बैशाख १८ गते धरान उपमहानगरपालिका १४ विजयपुर स्थितकिरातको विरासत बोकेको हाङ बुद्धिकर्ण राईको दरबारक्षेत्रमा ढोल झ्याम्ता पुकाई पूजाआजा गरी सुरु गरिएको साकेला अहिलेसम्म विभिन्न वडाले २६ भन्दा बढी कार्यक्रमहरु सम्पन्न गरिसकेपछि आज किराँत राई यायोक्खा जिल्ला कार्यसमिति सुनसरीको आयोजनामा वडास्तरीय साकेला सिली प्रदर्शनीसाथै प्रकृति पुच्दै साकेला उभौली समापन गर्न लागिएको किराँत राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले बताए।

साकेला समापनको अवसरमा सहभागीहरु सांस्कृतिक वेशभूषामा सजिएका छन् । साकेला थानमा पितृभूमिको पूजाआजा गरेपछि साकेला गीतको भाकामा हात र खुट्टाले भाका टिप्दै साकेला नाच्न सुरु गरिन्छ । साकेला उभौली, उधौली विशेषगरी नाचमा मानवको जन्मदेखि मृत्युसम्मका र हरेक पशुपक्षीको क्रियाकलापलाई चित्रण गर्दै साकेला सिली नाच्ने परम्परा रहिआएको छ । साकेला चाड र साकेला नाचको सुरुआतका विषयमा विभिन्न ठाउँअनुसार फरकफरक मिथक र बूढापाखाहरुको भनाइहरु पाइन्छन्।

साकेला किराँत राईहरुको पहिचानसँग जोडिएको छ, जसलाई आफ्नो आस्थाको देवतालाई आफ्नै तरिकाले पुज्ने र पूजालाई महान् चाडका रुपमा लिने चलन किराँत समुदायमा रहिआएको छ । यसलाई विशेष अवसर मानेर किराँत राई महिला तथा पुरुष मौलिक सांस्कृतिक पहिरनमा सजिएर नाच्ने गरिन्छ।

विशेषगरी यसको सुरुआतका विषयमा किराँत समुदायमा ठाउँअनुसार आ–आफ्नै तर्क र भनाइहरू भेटिन्छन् । यद्यपि, किराँत समुदायको आदिम पुर्खा खोक्चिलिपु, तायामा र खियामाले यसको सुरुआत गरेको किंवदन्तीमा उल्लेख भएको भेटिन्छ । पछिल्लो समय साकेला टोलटोलमा र चोकचोकमा नाच्ने प्रचलन उत्तिकै बढेको छ।

वैशाख महिनादेखि दिन लामो हुने र गर्मी महिनाको सुरु भएपश्चात् चिसो भू–भागतर्फ पनि तातो हुँदै जाने हुनाले पहाडी तथा हिमाली भेगका मानिसलगायत गाई बस्तुगोठ पनि माथितिर सार्ने थाल्ने चलन अहिले पनि छ । चिसोयामको सुरुआतसँगै बासस्थान तलतिर सर्ने र तातो मौसम सुरु हुँदा माथि लाग्ने जीवनशैलीको प्रतिनिधित्व तथा सम्झना गराउने यस चाडले मौसमअनुसार तल (उधोँ) वा (उभोँ) बास्थान सर्ने चलन थोरै नै भएपनि नेपालका केही भागमा अझै पनि यथावत् नै रहेको बूढापाखाहरुको भनाइ छ।

विशेषगरी बाली लगाउनु अघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ । मङ्सिर महिनामा उधौली एक दिन मनाइन्छ भने वैशाख पूर्णिमाका दिनदेखि सुरु भएको उभौली झन्डै एक महिनासम्म मनाइन्छ।

उभौली विशेष गरी तराई वा मधेसतिर गर्मी बढ्दै जादा माथिल्ला पहाडी र हिमाली भूभागहरुमा समेत मौसम तातिँदै जान्छ । यसरी गर्मी बढ्दै जादा वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने बूढापाखाको भनाइ छ।

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस पनि उँभो लाग्छन् । उँभोको अर्थ खेतीपाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने पनि रहेको भनाइ छ । यसै कारणले वैशाख पूर्णिमामा किराँत समुदायद्वारा मनाइने यस चाड ‘उभो’ शब्दबाट प्रेरित भएर ‘उभौली’ को नामले चिनिने तथा मनाइने गरिएको भनाइ छ।

यस दिनलाई किराँत समुदायले सुम्निमा अर्थात् देवी पार्वतीको सृष्टि भएको दिनका रूपमा पनि मान्ने गरेका छन् । सांस्कृतिक दृष्टिले पनि अत्यन्तै महत्वपूर्ण रहेको किराँत समुदाय भित्रका चाम्लिङ, बान्तावा, सुनुवार, राई, याक्खा, लिम्बूलगायत जातिहरूले यस उभौली चाडलाई महान चाडका रुपमा मनाउने गरेका छन्।

उभौली पर्वलाई किराँत समुदायका जातिहरुले ठाउँ विशेष र आफ्नो बोल्ने भाषाअनुसार फरकफरक नामले चिन्ने गरिन्छ । लिम्बूहरूले ‘चासोक’ वा ‘यक्वा तङनाम’ राई र चाम्लिङजातीले ‘साकेला’ सुनुवारले ‘फोलष्यादर’ बान्तावाहरूले ‘साकेन्वा’ दुमी राईहरुले ‘तोसी’लगायतका इत्यादि नामहरुले उभौली चाडलाई सम्बोधन गर्ने गरेको पाइन्छ । पहाडी भेगमा रामनवमी सुरुभएसँगै साकेला मनाउन सुरु गरिन्छ । टोलटोल गाउँगाउँमा ढोल झ्याम्टासँगै गाउँमा नाच गरेर हिँड्ने चलन रहेको छ । यो चाडमा किराँत राईहरुले पुर्खालाई सम्झेर सिलिमार्फत सम्मान गर्ने गरिन्छ।

उभौली विशेषगरी धरान, इटहरी, तरहरा, बेलबारी, विराटचोक, दमक, उर्लाबारी, पथरी, विर्तामोड, काँकडभिट्टालगायतका क्षेत्रमा उत्सवका रुपमा मनाउने प्रचलन बढिरहेको छ।

साथै राई समुदायको बाहुल्य रहेका पूर्वी पहाडी भेगका खोटाङ, भोजपुर, सङ्खुुवासभा, उदयपुर, सोलुखुम्बु, ओखलढुङ्गा, धनकुटा, इलाम लगायत जिल्लामा पनि साकेला नाच्नेहरू उत्तिकै हुन्छन् । काठमाडौँमा पनि पूर्वेली राई समुदायको बसोबास भएका क्षेत्रमा भव्य साकेला मनाइन्छ, काठमाडौँका टुँडिखेल, हात्तीवन लगायत स्थानमा पनि साकेला हर्ष उल्लासका साथ मनाउने गरिएको छ । चार किराँत (राई, लिम्बू, सुनुवार र याख्खा) समुदायमा वैशाख पूर्णिमालाई बाली लगाउने समयका रूपमा उभौली र मङ्सिर पूर्णिमालाई बाली थन्क्याउने समयका रुपमा उँधौली मनाउने प्रचलन छ।

- सङ्गीता राई/रासस 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस