एक पाटो समाज
१७ चैत्र २०७४
•
१९ मिनेट पाठ
एक पाटो समाज
कुमारी लामा

मनभरि असहजता बोकेकी छ एक उत्साही युवा ।फ्याट्टै निस्किजान्छ असन्तुष्टिका केही झिल्का ।प्रत्येक व्यक्तिमा फरक क्षमता छैन र ?फेरि किन शारीरिक अपांगता भएका व्यक्तिलाई फरक क्षमता भएका भनी सम्बोधन गरिन्छ ?निःशब्दता छाउँछ, एकछिन अघिको सलबल माहोलमा।

उनी अपांगता अधिकारकर्मी अमृता ज्ञवाली । प्रश्न सोचनीय छ । हामी प्रत्येक व्यक्ति फरक छौँ, एकअर्काबाट र हाम्रा विशिष्टता र क्षमता पनि फरक छन् । तर, पछिल्लो समय शारीरिक अपांगता भएका व्यक्तिलाई फरक क्षमता भएका व्यक्ति भनी सम्बोधन गरिने शब्दप्रति नै पनि उनीहरूको चित्त नबुझेको भान हुन्छ । यो त एक उदाहरण हो, असन्तुष्टिको।

तर गाह्रा, अप्ठेरा पाटा त कति छन् कति, उनीहरूका । अपांगताभित्र पनि विविधता छन् । शारीरिक मात्र नभई बौद्धिक अपांगता भएकाको समस्या झन् विकराल छ ।अपांगता भएका व्यक्तिहरूलाई आजको समाजले हेर्ने दृष्टि र गर्ने व्यवहार कस्तो छ ?सम्बन्धित निकाय के कति संवेदनशील छन्, उनीहरूका हक, अधिकारप्रति ? जस्ता प्रश्न मेरो मनभरि छ ।

समाज दृष्टि

नेपालका मुख्य सहरमा बनेका पछिल्ला भौतिक संरचना र बढ्दै गरेको इन्टरनेटको प्रयोग देख्दा लाग्छ, देशले विकास र प्रविधिमा छलाङ मारिसक्यो । तर, भित्री कुरा बुझ्दै जाँदा यति विघ्न विकासप्रेमी र प्रविधिमैत्री देखिने हामीभित्रको सोच र दृष्टिकोणमा भने खासै परिवर्तन आएको पाइँदैन।

समाजले मानेको भन्दा अलिकति फरक हुनेबित्तिकै उनीहरूलाई हेर्ने दृष्टिकोण केही हदसम्म नकारात्मकतातिर ढल्किहाल्छ । कोमल स्वभावका केटाहरू हुन् या अलि जब्बरे केटी, समाजले आँखीभौँ उचालिहाल्छ । पहिलो सन्तान छोरा जन्मँदा ढुक्क हुने परिवार छोरी जन्मँदा चाहिँ अर्को जन्माउनुपर्ने भयो भन्ने मानसिकता तयार पार्न थाल्छ । त्यसमा पनि शारीरिक अपांगता भएका सन्तान जन्मियो भने त पूर्वजन्मको फल र भाग्यको कुरासम्म जोडिन पुगिहाल्छ।

अपांगता भएका छोराछोरीहरू सामान्य अवस्थाका नानीभन्दा धेरै कुराबाट कटौतीमा पर्दै जान्छन् । एक हिसाबले उनीहरूको अस्तित्वलाई नै बेवास्ता गरिन्छ । शारीरिक अपांगता भएका छोराछोरीको शिक्षा, स्वास्थ्य, खानपान, इच्छा, चाहनालगायत धेरै कुरामा कतिपय अभिभावक चिसो व्यवहार देखाउन पछि पर्दैनन् । शारीरिक अपांगताका कारण परिवारबाटै हेलाहोचो साथै शिक्षाबाट वञ्चित हुनुपरेको कुरा चर्चित लेखक झमक घिमिरेले आफ्नो आत्मकथा ‘जीवन काँडा कि फूल’मा लेखेकी छन्।

घिमिरेले त लेखिन्, तर नलेखिएका, नभनिएका त्यस्ता अनेकन् कथाहरू, पीडाहरू छन्, जो अपांगता भएका व्यक्तिले दैनिक झेलिरहेका छन् । शारीरिक अपांगता नै उनीहरूको बौद्धिकता र क्षमता नाप्ने कसी भइदिन्छ ।शारीरिक अपांगता असक्षमता होइन भन्छन्, सिनेमा निर्देशक प्रवीण श्रेष्ठ । उनी स्पाइनल कर्ड इन्जुरीका कारण ह्विलचेयरमा छन्, मोक्षजस्तो सफल सिनेमाले उनको निर्देशकीय क्षमता र सिर्जनशीलता नेपाली दर्शकमाझ पस्किसकेको छ । आज उनी म्युजिक भिडियो र विज्ञापनमा निकै व्यस्त छन्।

पहिलो सन्तान छोरा जन्मँदा ढुक्क हुने परिवार छोरी जन्मँदा चाहिँ अर्को जन्माउनुपर्ने भयो भन्ने मानसिकता तयार पार्न थाल्छ । त्यसमा पनि शारीरिक अपांगता भएका सन्तान जन्मियो भने त पूर्वजन्मको फल र भाग्यको कुरासम्म जोडिन पुगिहाल्छ।

कामको चापले गर्दा कैयौँ प्रोजेक्ट छाड्नुपरेको अवस्था छ । तर, यस अवस्थामा पुग्नका लागि भने उनले निकै पीडादायी र संघर्षपूर्ण यात्रा तय गरेका छन् । आफूमा भएको क्षमता प्रमाणित गर्न मात्र उनलाई सात वर्ष लाग्यो । शारीरिक अपांगता त छँदै छ, अझ समाज साथीभाइले देखाउने असंवेदनशीलतादेखि उनी दिक्क हुन्छन् । सधैँ सँगै हिँड्ने साथीभाइले सम्म उनीहरूप्रति खासै संवेदनशीलता नदेखाउने उनको भोगाइ छ । उनका नजिकमा मित्रले बनाएको घरमा पनि ह्विलचेयर जान सक्ने स्लोप बनाएनन् ।

उनी प्रश्नील छन्, मसँग यति नजिक भएर पनि ती साथीले प्रवीण पनि मेरो घरमा आउँछ भन्ने किन सोचेन होला ?प्रश्न निकै गम्भीर छ, प्रवीणको । हामी या भनौँ समाजले यसैगरी बेवास्ता गरिदिन्छौँ, उनीहरूलाई । शारीरिक अपांगताका बाबजुद पनि आफ्नो बौद्धिक क्षमताले गर्दा विभिन्न पेसा व्यवसाय र निकायमा आफूलाई अब्बल साबित गरिसकेका छन् धेरैले ।

समाज आज पनि बौद्धिकताको मापन शारीरिक अवस्थाका आधारमा गरिरहेको छ । स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टर साँगाका मेडिकल डिरेक्टर डाक्टर राजु ढकालले पोलियोका कारण निम्तिएको शारीरिक अपांगताका कारण निकै अप्ठेरा भोगेका छन्, पढाइ र कामको सिलसिलामा।

पहिलो कुरा त एसएलसीपछि साइन्स पढ्ने इच्छा राख्दा धेरैले प्राक्टिकलका लागि समस्या हुन्छ, पढ्न सक्दैनौँ जस्ता कुरा सुनाएर हतोत्साहित गरिदिन्थे । डाक्टर भइसकेपछि पनि प्राक्टिसका बेला होस् या इमर्जेन्सीमा काम गर्ने विषयमा पनि उनको शारीरिक अपांगता इस्यु बन्ने गथ्र्यो । तर, उनले ती सबैलाई चिर्दै आज एक सफल डाक्टरका रूपमा आफूलाई उभ्याइसकेका छन्।

अपांगता भएकामा पनि शारीरिक मात्र नभई बौद्धिक अपांगता भएका पनि धेरै छन् । उनीहरूलाई हरेक कुराका लागि अरुकै सहयोगको जरुरत पर्ने हुँदा व्यक्ति स्वयम् र परिवारले पनि सबै कुरा मिलाउन गाह्रो पर्छ नै । अपांगता भएकामा पनि महिलाको विषय निकै संवेदनशील छ । उनीहरू त अझ यौनजन्य हिंसासम्ममा पर्न सक्ने खतरा धेरै हुन्छ ।

महिला मर्म

बौद्धिक अपांगता भएकी १५ वर्षीया किशोरिमाथि हालै भएको यौनहिंसाको चरमरूप छापाभरि छरिएको छ । हप्तौँसम्म बन्धक बनाएर सामूहिक बलात्कार भएको घटनाले जो–कोहीको मनमा गतिलो धक्का दिएको छ । यो त एक उदाहरण मात्र हो।

नआएका त्यस्ता अनेकौँ दर्दनाक पीडा व्यहोरिहेका छन्, अपांगता भएका महिलाले । बोल्न नसक्ने, श्रवण शक्ति कमजोर भएका, शारीरिक या बौद्धिक अपांगता भएका महिलाहरू यौनजन्य हिंसामा पर्ने निकै ठूलो खतरा छ । एउटा सामान्य अवस्थाकी महिलाले त आफ्नो सुरक्षा र हक–अधिकारका लागि यति संघर्षमा छन् भने ती अनेकौँ अपांगता भएका महिलाको पीडा कुन हदको होला भनेर सहजै आकलन गर्न सकिन्छ।

छोरी त्यसमाथि पनि शारीरिक अथवा बौद्धिक अपांगता परिवारका लागि निकै ठूलो टाउको दुखाइ बनिदिन्छ । महिलाका सन्दर्भमा मुख्यतः बिहेबारी र प्रजनन क्षमता भीमकाय प्रश्न भई खडा हुन्छ । शरीरको कुनै अंगमा भएको समस्याका कारण उनीहरूको सम्पूर्ण क्षमता र मानवजन्य आवश्यकतामाथि शंका हुन्छ । खाने, लाउने, अलिकति अन्य युवतीजस्तै शृंगारपटार गर्ने उनीहरूका उमेरजन्य चाहना पूरै नजरअन्दाजमा पर्छन् ।शारीरिक अपांगता भएका पुरुष प्रायःको एक सामान्य शारीरिक अवस्थाको महिलासँग बिहे हुने र श्रीमतीको सहयोगमा सहज जीवन अगाडि बढिरहेको देखिन्छ । तर, यही कुरा महिलाका लागि खासै लागू हुन्न।

शारीरिक अपांगता भए पनि छोराले नै वंश अगाडि बढाउने कारण आमाबाले पनि छोराको बिहे गरिदिने विषयमा विशेष चासो राख्ने गरेको विचार नेपाल अपांग महिला संघका अध्यक्ष निर्मला धितालको छ । महिलाका विषयमा भने बिहेको कुरा त निकै परको कुरा भयो, उनीहरूको नागरिकता बनाइदिनेसम्म परिवारले ख्याल नराख्ने कुरा थप्छिन्, धिताल । नागरिकता नै नभएपछि राज्यबाट पाउने सेवा–सुविधाबाट उनीहरू स्वतः वञ्चित हुने नै भए।

उचित शिक्षा र अवसर पाए अपांगता भएका महिला पनि अगाडि बढ्न सक्छन् भन्ने उदाहरण धेरै छन् हाम्रा वरपर । आत्मनिर्भरता र उज्यालो भविष्यका लागि शिक्षामा पहुँच हुनुपर्छ भन्ने विचार छ, अपांगता अधिकारकर्मी अमृता ज्ञवालीको । उनको परिचय अधिकारर्मीसम्म मात्र सीमित छैन । महिलाहरूको सौन्दर्यलाई उनीहरूको शरीरको नाप–नक्सासम्म मात्र सीमित राख्ने आममानसिकतालाई च्यालेन्ज गर्दै उनले ह्विलचेयरमा बसेर नै मोडेलिङ गरेकी छन्।

अनेकौँ फोटो सुटदेखि मिस नेपालको जजका रूपमा पनि उनले काम गरिसकेकी छन् । अहिले पनि शारीरिक अपांगता भएकालाई प्रयोग गरिने भाषादेखि मिडिया, म्युजिक भिडियो, पुस्तकहरूमा प्रस्तुत गरिने तरिकाप्रति उनको गुनासो छ । शारीरिक अपांगता भएकाहरूलाई सधैँ गरिब, निरीह र दयाका पात्रका रूपमा मात्र किन हेरिन्छ या देखाइन्छ ? उनको प्रश्न।

उचित शिक्षादीक्षा र अवसर प्रधान गरेर उनीहरूको जीवनस्तर उकास्नुपर्ने साथै सामाजिक सोचमा परिवर्तन ल्याउनुपर्छ भन्ने धारणा उनको छ । त्यही आमबुझाइमा परिवर्तन ल्याउन उनले अनेकौँ जनचेतनामूलक म्युजिक भिडियोहरूमा पनि काम गरेकी छन् ।शारीरिक या बौद्धिक अपांगता भएका महिलाको समस्या अनगिन्ती छन् । त्यसमा पनि दलित महिलाले झेल्नुपर्ने समस्या झन्, डरलाग्दो छ । पत्रकार शर्मिला परियार त्यस्तै अनेक समस्यासँग जुध्दै अगाडि बढिरहेकी छन्।

शारीरिक अपांगता साथै दलित भएका कारण पोखरामा रोजगारी पाउन गाह्रो भयो। उनी काठमाडौं आइन् । यहाँ पनि उनलाई जातका कारण कोठा पाउन निकै गाह्रो परेको गुनासो पोख्छिन् । अपांगता भएकाप्रति समाजको दृष्टिकोण केही हदसम्म सकारात्मक उन्मुख भए पनि अझै शारीरिक अपांगतालाई कमजोरीकै रूपमा समाजले लिने गरेको उनको भनाइ छ । उनीहरू पनि यसै देशका नागरिक हुन् भन्ने ख्याल राख्दै राज्यले दिने सम्पूर्ण सुविधाहरू उनीहरूले पनि सर्वसुलभ प्राप्त गर्नु पर्छ भन्ने कुरो थप्छिन् शर्मिला।

जातीय, लैंगिक, शारीरिक अवस्थालगायत कुरामा गरिने भेदभाव सामाजिक अपराध हो र यस्ता भेदभाव कानुनबमोजिम दण्डनीय हुनेछ भन्छ, संविधान तर ती कुरा हाम्रो समाजमा पूर्णरूपमा लागू हुन नसक्दा दण्डहीनताकै अवस्था देखिन्छ ।

सवाल संवेदनशीलताको

शारीरिक र बौद्धिक अपांगता भएका व्यक्तिको हक–अधिकारका लागि काम गर्ने अनेक संघ–संस्था र निकाय छन् । उनीहरूको आवाजलाई बुलन्द पार्न प्रदेशदेखि राष्ट्रिय सभासम्म पनि सांसद पुगिसकेको अवस्था छ ।

आज पनि सार्वजनिक यातायातका साधनदेखि बाटो, सार्वजनिक स्थल, सरकारी कार्यालयहरू, सार्वजनिक शौचालय, बैंक, सपिङ कम्प्लेक्स, रेस्टुरा लगायत स्थल अपांगमैत्री हुन सकेका छैनन् । महानगरका खाल्डाखुल्डी सडक र खतनरनाक सार्वजनिक सवारी–चालकका अधिल्तिर ह्विलचेयर प्रयोगकर्ताको अवस्था के होला ? जेब्रा क्रसिङमा नै धेरैले ज्यान गुमाइसकेका छन् । दृष्टिविहीनका लागि प्रशस्त ट्याकटाइल सर्फेस र ह्विलचेयर प्रयोगकर्ताका लागि विशेष लेनका अभावका कारण उनीहरूलाई सार्वजनिक ठाउँमा आवतजावतका लागि निकै अप्ठेरो परेको देखिन्छ ।

भौतिक संरचनाका कारण पनि शारीरिक अपांगता भएका व्यक्ति सहज रूपमा बाहिर निस्कन सकिरहेका छैनन् । बैंक, पसलहरू, होटल रेस्टुराँ पनि अपांगमैत्री नहुँदा उनीहरूले ग्राहक गुमाइरहेको दाबी गर्छन्, ह्विलचेयर प्रयोगकर्ता प्रवीण श्रेष्ठ । अझै पनि स्कुल–कलेजहरू अपांगमैत्री बनिसकेका छैनन् । शारीरिक अपांगता भएका व्यक्तिका लागि पाइला पाइलामा संघर्ष छ।

अपांग अधिकारका अभियन्ता जावेद अविदीले सुगम्य भारत अथवा सबैका लागि पहुचयुक्त भौतिक संरचना नामक अभियान चलाएका थिए । नेपालमा पनि जरुरी छ, सबैको पहुँचमा हुने भौतिक संरचनाहरूको । पछिल्लो समय केही सार्वजनिक सवारी अपांगमैत्री भित्रिएका छन् । राज्यले अपांगता भएका व्यक्तिका लागि समावेशी शिक्षा र उनीहरूको स्वास्थ्यका लागि अनेक कार्यक्रम ल्याएका छन् । अपांगताको वर्गीकरण गरी भत्ताको व्यवस्था पनि भएको छ।

उनीहरूको हक–अधिकारका लागि बोल्न सक्नेहरू राज्यका निकायमा पनि प्रतिनिधित्व बढेको अवस्था छ । यति हुँदाहुँदै पनि अपांगता नर्मलाइज भएको अवस्था भने छैन । उनीहरूलाई अझै पनि फरक रूपमा नै हेर्ने र बुझ्ने गरिएको छ । समस्या यसमै छ । समस्या हाम्रो सोचमा छ।  

रोबोट मानव सोफियाको आर्टिफिसियल इन्टेलिजेन्स र उनले पाएको नागरिकता विषयले संसारभरि हल्लिखल्ली मच्चाइरहेको अवस्थामा शारीरिक या बौद्धिक अपांगता भएका हाम्रा रियल मानवहरूको हक–अधिकार साथै अन्य नागरिकसरह जीवनयापन गर्न पाउने सवालमा समाज, परिवार र सम्बन्धित निकाय अलि बढी संवेदनशील हुने बेला भएन त?
अर्को समाचार
समाज परिवर्तनको महत्वपूर्ण पाटो शिक्षा : राष्ट्रपति
०४ फागुन २०७४
•
७ मिनेट पाठ
समाज परिवर्तनको महत्वपूर्ण पाटो शिक्षा : राष्ट्रपति
गुुल्मी – राष्ट्रपति विद्यादेवी भण्डारीले समाज परिवर्तनको महत्वपूर्ण पाटो शिक्षा भएको बताएकी छन्। गुल्मीका मुसिकोट नगरपालिका ६ कुर्घा त्रिभुवन माविको स्वर्ण महोत्सवको उद्घाटन गदै राष्ट्रपति भण्डारीले समाज परिवर्तनको महत्वपूर्ण पाटो शिक्षा भएकाले शिक्षामा समय अनुकुल लगानी र परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको बताईन्। 

त्रिभुवन मावि कुर्घाको स्वर्ण महोत्सवलाई संबोधन गर्दै भण्डारीले शिक्षा क्षेत्रको विकासको लागि राज्यको मात्रै मुख ताकेर नहुने बताइन्। उनले राज्यले सामुदायिक बिद्यालयमा धेरै लगानी गरेपनि अपेक्षा अनुसारको प्रतिफल प्राप्त गर्न नसकेको गुनासो आइरहेकाले कमजोरीहरुको समिक्षा गर्नुपर्ने खाँचो रहेको बताइन्। उनले समाजकै अग्रसरता र लगानीमा देशका धेरै सामुदायिक बिद्यालय नमुना भएकाले त्यसतर्फ लाग्न सबैलाई आग्रह गरिन। 

राष्ट्रपति भण्डारीले आर्थिक अभाव, चेतना अभाव र बिपन्नताका कारण अझै सम्म पनि हरेक नेपालीको शिक्षामा पहुँच पुग्न नसकेको बताइन्। उनले गुल्मी कफी खेतीको उद्गम स्थल भएकाले अब शिक्षालाई प्रविधिसंग जोड्दै त्रिभुवन माबिलाई प्राविधिक शिक्षाको शैक्षिक केन्द्रको रुपमा स्थापित गर्न आवश्यक भएको बताइन्। भण्डारीले बिद्यालयले भर्खरै निर्माण गरेको स्र्वण स्तम्भको अनावरण समेत गरिन। 

आजै राष्ट्रपति भण्डारीले रिडी संस्कृत तथा साधारण मावीको सतबार्षिकीको समेत उद्घाटन गरेकी छन्। कार्यक्रमलाई उद्घाटन गर्दै उनले प्रसिद्ध धार्मिक स्थल रुरुको विकास र समृद्धिका लागि सवैको ध्यान पुग्नुपर्नेमा जोड दिइन्। साथै कालीगण्डकी र लुम्बिनी चक्रपथले रुरु धामलाई जोडेकाले यसको समुचित विकास गर्नुको विकल्प नभएको बताइन्। संस्कृत पढाई हुने एक बिद्यालयले सय बष ठुलो इतिहास बोकेकाले यस्ता शैक्षिक संस्थाहरुको जर्गेना गर्ने दायित्व हामी सबैको काँधमा रहेको भण्डारीले बताइन्। 

यस्तै मुसिकोट नगरपालिका कुर्घाको कार्यक्रममा गुल्मी क्षेत्र नम्बर २ का सासंद गोकर्ण बिष्टले राज्यले निशुल्क रुपमा ब्यबस्था गरेको शिक्षा लिनबाट कोही पनि बञ्चित हुन नहुने बताए। पूर्वमन्त्री समेत रहेका बिष्टले यस क्षेत्रमा त्रिभुवन माबिले शैक्षिक जागरणको लागि खेलेको भुमिका अग्रणी रहेको बताए। यस बिद्यालयको लागि आफु यसै क्षेत्रको जनप्रतिनिधि भइसकेको नाताले सदैव साथ र सहयोग रहने बताउँदै शिक्षालाई प्रविधि सँग जोेड्नुपर्नेमा जोड दिए। 

यता रुरु मा भएको कार्यक्रममा गुल्मी क्षेत्र नं १ का सांसद प्रदिप ज्ञवालीले रुरु धाम तीन जिल्लाको मात्रै धार्मिक स्थल नभएर सिङ्गो देशकै गौरव भएकाले विश्व सम्पदा सुचीमा सुचिकृत गर्ने काम शुरु भएको बताए। साथै उनले रिडिसंग जोडिएर जिल्लाको एक मात्र संस्कृत पढाई हुने बिद्यालय रुरु संस्कृत साधरण माविका सर्वोतम विकासका लागि आफै सधै लागि पर्ने बताए। संस्कृतमा पढाई हुने देशकै सवैभन्दा पुराना बिद्यालय मध्येको यो बिद्यालयको छात्राबास लगायतका समस्या समाधान गर्न आफू जनप्रतिनिधी भएको हैसियतले कुनै कसुर बाँकी नरहने ज्ञवालीले बताए।

शुक्रबार बिहान रिडी आएकी राष्ट्रपति भण्डारीले काली गण्डकीमा स्नान गर्नुका साथै क्रृषिकेश मन्दिरको दर्शन गरेको रुरु संस्कृत तथा साधारण माबि बिद्यालय व्यावस्थापन समितिका अध्यक्ष गुरुप्रसाद ज्ञवालीले जानकारी दिए। राष्ट्रपति बिद्यादेवि भण्डारीसंगै पुर्वमन्त्रीहरु प्रदिप ज्ञवाली र गोकर्ण बिष्ट र सोम प्रसाद पाण्डेय गुल्मी आएका थिए। 

स्वर्ण महोत्सवमा झण्डै दुई करोड संकलन

गुल्मीको मुसिकोट नगरपालिका ६ कुर्घाको त्रिभुवन माविको स्वर्ण महोत्सवका लागि झण्डै दुई करोड आर्थिक संकलन भएको छ। स्वर्ण महोत्सव मुल आयोजक समितिका प्रचार प्रसार संयोजक रबिलाल पौडेलका अनुसार महोत्सवका लागि एकै व्यक्तिले २० लाख सम्म सहयोग गरेका छन्। बिद्यालयले स्वर्ण महोत्सवसँगै शैक्षिक गुणस्तरको विकास गर्न सोहि बिद्यालयका पूर्व बिद्यार्थी हाल बेल्जीयमा कार्यरत घनश्याम शर्माले २० लाख सहयोग गरेको पौडेलले बताए।

त्यस्तै हेमकला रायमाझीले पाँच लाख पाँच सय ५५ रुपैयाँ बिद्यालयलाई चन्दा प्रदान गरेकी छन् । अहिलेसम्म छ सय ४४ जना चन्दादाताबाट एक करोड ८५ लाख संकलन गरिएको छ। महोत्सव ४ फागुनदेखि ७ गतेसम्म बिबिध कार्यक्रमहरु साथ सम्पन्न हुँदै छ। अहिलेको मुसिकोट नगरपालिकामा विभिन्न स्थानमा चार भिभिआइपीको भ्रमण भएको छ। अहिले राष्ट्रपति र यस अघि नगरपालिकाका विभिन्न स्थानमा दुई राजाहरुले तीन पटक भ्रमण गरेको नगरपालिका मेयर सोमनाथ सापकोटाले बताए। २०१८ सालमा राजा महेन्द्र पुर्व पश्चिम पदयात्राको क्रममा नगरपालिकाको वामीमा २०४१ र २०४६ सालमा राजा बिरेन्द्र गुल्मीको आँपचौरमा आएको एमाले जिल्ला कमिटी सदस्य जीवन खरेलले बताए। वीरेन्द्र कफी खेतीको उद्गम स्थल आँपचौरको अनुगमन गर्न आएका थिए। 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस