दूध दिने वस्तुहरू
१० जेष्ठ २०७७
•
४ मिनेट पाठ
दूध दिने वस्तुहरू
– धर्म पोखरेल




दीपेश तीन कक्षामा पढ्छ । ऊ गरीब भए पनि मेहनती छ । ऊ कक्षामा सधैं प्रथम हुन्छ । रमिला, मुस्कान, प्रमोद, विकल्प र आयुष उसका मिल्ने साथीहरू हुन् । पढाइका साथै ऊ आमाबुबालाई घरका काममा पनि सकेको सहयोग गर्छ । ऊ बस्ने घरनजिकै एउटा किराना पसल छ । ऊ बस्ने कोठाबाट त्यो पसल मजाले देखिन्छ । ऊ धेरैजसो त्यो पसलतिर हेरिरहन्छ । प्रत्येक बिहान उसले त्यस पसलमा ट्रकले दूध ल्याएर छोडेको देखेको छ ।  

एक दिन कक्षामा गीता गुरुआमाले दीपेशलाई सोध्नुभयो, ‘दीपेश, तिमी भन त, दूध केले दिन्छ ?’  

दीपेशले सजिलै उत्तर दियो, ‘ट्रकले मिस ।’
दीपेशको उत्तर सुनेर कक्षाका साथीहरू गलल हाँसे । गीता मिसलाई उसको उत्तर सुनेर झनक्क रिस उठ्यो । गुरुआमालाई दीपेशले जानीजानी ठट्टा गरेर त्यस्तो उत्तर दियो भन्ने लाग्यो । यस्तो क्षमता भएको विद्यार्थी पनि नचाहिने समयमा किन जिस्किएको होला भन्ने उहाँलाई लाग्यो । आपूmलाई जतिसुकै रिस उठे पनि रिसलाई काबुमा राखेर गुरुआमाले त्यही प्रश्न प्रमोदलाई सोध्नुभयो । प्रमोदले भन्यो, ‘गाईले मिस ।’

प्रमोदको उत्तर गुरुआमालाई मन प¥यो । उहाँले मायालु पाराले फेरि भन्नुभयो, ‘तिमीले ठीक भन्यौ प्रमोद, तिमीले कसरी थाहा पायौ नि ?’

प्रमोदले भन्यो, ‘गुरुआमा, म बेलाबेलामा मेरा बुबाआमासँग मेरो गाउँ रामेछाप जान्छु । त्यहाँ मैले गाई दुहेको र शहरतिर दूध बेच्न लगेको आफ्नै आँखाले देखेको छु । हामी शहरमा बस्ने मानिसहरूले त्यही दूध त खाएका हौँ रे ! मेरा हजुरबाले भन्नुभएको ।’

प्रमोदको उत्तर सुनेर गुरुआमा खुसी हुनुभयो । उहाँले प्रमोदलाई स्याबासी दिनुभयो । आपूmले उत्तर नमिलाएकोमा र गाई कस्तो हुन्छ भन्ने नदेखेकोमा दीपेशलाई नरमाइलो लागिरह्यो । अझ उसको उत्तर सुनेर साथीहरू हाँसेकोमा उसलाई धेरै पिर प¥यो ।  

ऊ विद्यालयबाट घर फर्कियो । उसले आफ्ना आमाबुबासँग आफ्नो गाउँको घरबारे सोध्यो । उसले दूध केले दिन्छ भनेर बुबाआमासँग सोध्यो । गुरुआमाले सोध्नुभएको प्रश्नको उत्तर आपूmले नमिलाएकोमा उसले चित्त दुखाउँदै बुबाआमासँग गुनासो ग¥यो र गाउँ घुम्न जाने इच्छा सुनायो ।  

छोराको इच्छा बुझेर उसका बुबाआमाले समय मिलाएर उसलाई गाउँ लिएर जानुभयो । गाउँ पुगेपछि उसले गाईले दूध दिएको देख्यो । उसले गाई दुहेको पनि देख्यो । छिमेकी घरमा काकाले भैंसी दुहेको र ढुंग्राभरि दूध ल्याएको पनि देख्यो । एउटा घरमा बाख्रीले पाठापाठीलाई दूध चुसाउँदै थियो । अर्को घरमा कुकुर आफ्ना छाउराछाउरीलाई दूध चुसाउँदै थियो । घरको एउटा कुनामा बिरालो पनि बच्चालाई दूध चुसाउँदै थियो । जन्तरे मगरको सुँगुरको खोरछेउमा समेत सुँगुरका पाठापाठी तिनीहरूकी आमाको दूधमा झुन्डिरहेका उसले देख्यो ।

उसले सोच्यो, ‘दूध त गाईले मात्र दिन्छ होला भन्ने लागेको थियो, होइन रहेछ । भैैंसी, बाख्रा, कुकुर, बिरालो, सुँगुर समेतले दूध दिंदा रहेछन् । गीता गुरुआमाले गाईले दूध दिन्छ भन्दा किन ठीक भन्नुभएको होला ! प्रमोदले उत्तरमा भैैंसी, बाख्रा, कुकुर, बिरालो, सुँगुर किन नभनेको होला ! म विद्यालय पुगेपछि यी सबै जनावरहरूले दूध दिन्छन् भनेर झन् राम्रो उत्तर दिन्छु भन्ने सोच्दै दीपेशले गाउँमा दुईचार दिन बितायो ।’
फेरि उसले सम्झियो, ‘मैले बढी जान्ने र बाठो भएर कुरै नबुझी उत्तर दिनु हुन्न । अस्ति जसरी नै कक्षामा साथीहरूले हाँसेर मेरो खिल्ली उडाए भने ! गुरुआमा रिसाउनुभयो भने ! एक पटक बुबालाई सोधेर प्रस्ट हुनुप¥यो ।’  

दीपेशले बुबालाई सोध्यो,  ‘बाबा, दूध त भैैंसी, बाख्रा, कुकुर, बिरालो, सुँगुरले पनि दिँदा रहेछन् त ।  किन गाईले मात्र भन्दा पनि उत्तर मिलेको बाबा ?’

छोराको प्रश्नले बुबा धेरै खुसी हुनुभयो र भन्नुभयो, ‘तिमीले राम्रो प्रश्न ग¥यौ छोरा, वास्तवमा तिमीले भनेझैं भैंसी, बाख्रा, कुकुर, बिरालो, सुँगुर आदिले पनि दूध दिन्छन् र आफ्ना बच्चाहरूलाई हुर्काउँछन् । अझै माथि लेकतिर त याक, भेडा र च्यांग्राले समेत दूध दिन्छन् । हामी प्रायः गाईको दूध पोषिलो हुने भएकाले खाने गर्दछौँ । बजारतिर बेच्न लाने दूध पनि धेरैजसो गाईको हुने भएकाले गीता मिसले पनि गाईले दूध दिन्छ भन्दा ठीक भन्नुभएको हो । मानिसहरू गाईको जस्तै भैंसी, भेडा, च्यांग्रा र बाख्राको दूध समेत खाने गर्दछन् तर बिरालो, कुकुर र सु्ँगुरको दूध भने मानिसहरू प्रयोग गर्दैनन् ।’

दीपेशले अब प्रस्टसँग कुरो बुझ्यो । प्रत्यक्ष रूपमा दूध दिने जनावरहरू देखेर र सोधेर उसले पुस्तकमा पढेभन्दा बढी ज्ञान प्राप्त ग¥यो । उसले अझै केही दिन गाउँमा बसेर मात्र शहर फर्कने सोच बनायो ।
अर्को समाचार
सुन्दर देश नेपाल
२२ साउन २०७७
•
१ मिनेट पाठ
सुन्दर देश नेपाल

डा. घनश्याम न्यौपाने परिश्रमी

 




अग्लाअग्ला पहाडमा

पानी जमी हिउँ बन्ने

हिउँ जमेका पहाडलाई

हिमालचुली हो भन्ने ।

माछापुच्छ्रे, अन्नपूर्ण,

गौरीशंकर, गणेश

माथि यिनै हिउँचुली छन्

तल पहाड, मधेश ।

संसारकै अग्लो चुली

सगरमाथा हिमाल

हिउँचुलीको काखमा छ

सुन्दर देश नेपाल ।

मुगुमा छ राराताल,

पोखरामा फेवाताल

गण्डकी, कोशी, कर्णाली

बग्ने देश हो नेपाल ।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
यो पनि पढौँ
झोला
झोला
नागरिक नागरिक • · २२ साउन २०७७ · १ मिनेट पाठ
मेरो जुत्ता
नागरिक नागरिक • · २१ साउन २०७७ · १ मिनेट पाठ
सुन मेराे सानाे भाइ !
नागरिक नागरिक • · २१ साउन २०७७ · १ मिनेट पाठ
नेपालको सान
नेपालको सान
नागरिक नागरिक • · २२ साउन २०७७ · १ मिनेट पाठ
मौरीको कला
नागरिक नागरिक • · २१ साउन २०७७ · २ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस