बालबालिका र योग ध्यान
२८ जेष्ठ २०७७
•
२ मिनेट पाठ
बालबालिका र योग ध्यान
यमुना पराजुली अधिकारी 




नानीबाबुहरू तपाईंहरूले योग ध्यान अनि व्यायाम कतिको गर्ने गर्नुभएको छ । मैले थोरै  नानीबाबुहरूले बिहान आफ्ना अभिभावकहरूसँग मर्निङ वाकमा निस्केको देखेकी छु भने केही बालबालिकाहरू घरमै आमाबुवा, दाजुदिदीहरूसँग म्युजिक बजाएर डान्स गरेको पनि देखेकी छु । यो राम्रो कुरा हो   ।  हामीलाई बिहानबिहानै यसरी कसरत गर्दा धेरै कुराको फाइदा हुन्छ । शरीर निरोगी हुनुको साथसाथै फिट र आकर्षक पनि देखिन्छौ हामी । तर भाइबहिनीहरूलेयोग र ध्यान गरेको हामी विरलै देख्न सक्छौ । 

  नानीबाबुहरू बिहान उठेर नाच्नु र दगुर्नु यसको छुट्टै फाइदा छ भने योगको छुट्टै । योग श्वासप्रश्वासको उचित संचालनबाट गरिने हुनाले यसले हामीलाई भित्रदेखि नै स्फुर्त बनाउँछ । सामान्यतया हामीले बच्चाहरूले योग गरेको देख्दैनौ । तर बाल्यकालदेखि नै योग गरे आजीवन त्यसले लाइफ सहज बनाउँछ । 
हामीले चलनचल्तीमा योग  भन्ने गरे पनि यसभित्र तीन मुख्य पक्ष  समेटिएको हुन्छ । ती हुन आसन , प्राणायम र ध्यान । आसनहरूको अभ्यासले शरीर तन्दुरुस्त राख्छ । योगको भाषामा यो शारीरिक व्यायाम सरह हो । 

बालबालिकाहरूले सामान्यतः सूर्य नमस्कार आसन को अभ्यास गर्नु पर्याप्त हुन्छ । नानीबाबुहरूले गुरुको सल्लाह वा उपस्थितिविना आसन गर्नु हुन्न । त्यस्तै प्राणायामको काम शरीरका आन्तरिक अंगहरूको प्रशोधन हो ।बालबालिकाले ३र३ मिनेट अनुलोमविलोम,  कपालभाति, भस्त्रिका र भ्रामरी प्राणायम गरे पुग्छ । 

यो सबै सकेपछि ध्यान गर्नुपर्छ । पद्मासन, सुखासन वा सिद्धासनमा बसेर मन शान्त भएर रहनु नै ध्यान हो ।  ध्यानले बालबालिकालाई ज्यादा चञ्चल हुनबाट बचाउँछ, मस्तिष्क सक्रिय बनाउँछ र स्मरणशक्ति बढाउँछ ।  लकडाउनका बेला अनलाइन कक्षाहरुले गर्दा बालबालिकाको बढी समय  कम्प्युटर र मोबाइलमा बित्ने गर्छ । यस्तो बेला उनीहरूको एकाग्रता बिथोलिने भएकाले साथै चिडचिडापन पनि बढ्ने हुँदा ध्यान गर्नु अझ बढी जरुरी छ । 

हामी अभिभावकले पनि नानीहरूसँगै योग ध्यान गरौ । हामीले सिकाएकै कुरा हो हाम्रा नानीबाबुहरूले  सिक्ने । नानीबाबुसँगै योग गरे उनीहरूले पनि सिक्नेछन र आफू पनि स्वस्थ्य भइने छ । त्यसैले योग ध्यान गरौ । हामी आफू पनि निरोगी बनौ र हाम्रा नानीबाबुलाई पनि निरोगी बनाऊ ।
अर्को समाचार
सुन्दर देश नेपाल
२२ साउन २०७७
•
१ मिनेट पाठ
सुन्दर देश नेपाल

डा. घनश्याम न्यौपाने परिश्रमी

 




अग्लाअग्ला पहाडमा

पानी जमी हिउँ बन्ने

हिउँ जमेका पहाडलाई

हिमालचुली हो भन्ने ।

माछापुच्छ्रे, अन्नपूर्ण,

गौरीशंकर, गणेश

माथि यिनै हिउँचुली छन्

तल पहाड, मधेश ।

संसारकै अग्लो चुली

सगरमाथा हिमाल

हिउँचुलीको काखमा छ

सुन्दर देश नेपाल ।

मुगुमा छ राराताल,

पोखरामा फेवाताल

गण्डकी, कोशी, कर्णाली

बग्ने देश हो नेपाल ।
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
यो पनि पढौँ
झोला
झोला
नागरिक नागरिक • · २२ साउन २०७७ · १ मिनेट पाठ
मेरो जुत्ता
नागरिक नागरिक • · २१ साउन २०७७ · १ मिनेट पाठ
सुन मेराे सानाे भाइ !
नागरिक नागरिक • · २१ साउन २०७७ · १ मिनेट पाठ
नेपालको सान
नेपालको सान
नागरिक नागरिक • · २२ साउन २०७७ · १ मिनेट पाठ
मौरीको कला
नागरिक नागरिक • · २१ साउन २०७७ · २ मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ४० मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस