लकडाउनको सदुपयोग
०१ असार २०७७
•
३ मिनेट पाठ
लकडाउनको सदुपयोग
प्राञ्जल राज चापागाईं  




मेरो नाम प्राञ्जल राज चापागाईं र म  दश वर्षको भए। म अहिले ललितपुर, टिकाथलीमा बस्छु। मेरो स्कुलको नाम गोदावरी आवासीय मावि हो र म कक्षा चारमा पढ्दै छु ।

हाल विश्वमा कोरोना भाइरसको संक्रमण भैरहेको छ र हाम्रो देशमा पनि कोरोना भाइरसको संक्रमण रोक्न लकडाउन ‘बन्दाबन्दी’  चलिरहेको छ । अहिले सानो विद्यार्थी छु र म जस्ता धेरै बालबालिकाहरू हिजोआज  घरभित्र रहेको अवस्था छ। म पढाइ,लेखाइमा  साथै अन्य क्रियाकलापमा राम्रो विद्यार्थी हुँ तर अहिले स्कुल जान पाइएको छैन, मलाई विद्यालय ,शिक्षकहरू र मेरा साथीहरूको धेरै सम्झना आइरहेको छ तर बाहिर निस्कन  खतरा हुने हुनाले घरभित्र बसेर विभिन्न क्रियाकलाप गरेर रमाइलो गरी समय  बिताइरहेको छु । किनकि  यो कोरोना भाइरसको संक्रमण कहिलेसम्म रहिरहने हो अझ थाहा छैन  ।  त्यसैले यो अवस्थामा घरपरिवारसँग  रमाइलो गरेर बस्नुपर्दछ, खुशी हुनुपर्दछ ।

मेरो घरमा चार जनाको परिवार छ, मेरो बाबा र मामु दुवै  अफिस जानुहुन्छ र दिदी र म पनि सधैं स्कुल जाने भएकाले सबै परिवारसँग बस्ने, गफ गर्ने,  आरामले खाना खाने फुर्सद नै हुँदैन थियो तर हिजोआज सबैलाइ फुर्सद छ । म नयाँनयाँ कुराहरूको खोजी गर्न मनपराउने भएकोले इन्टरनेटबाट पढिरहेको छु। हामीले लकडाउनको यो अवस्था फरक हो हामीले बुझ्नुपर्दछ । घरमै भएकोले झगडा गर्ने, टिभी, मोवाइलमा मात्र अल्मलिनु हुँदैन । मैले त बन्दाबन्दीको अवस्थालाई अवसरको रूपमा लिएको छु किनभने यसबेला हामीसँग प्रशस्त समय भएकोले नराम्रो बानीव्यवहार  सुधार गरिरहेको छु । मलाई तरकारी, साग खान मन लाग्दैन थियो किनकि स्कुल जाने होमवर्क गर्ने हतारले राम्रो खान मन लाग्दैन थियो तर अहिले हतार पनि छैन त्यसैले म बिस्तारै सबैखाले तरकारीहरू खान थालेको छु । म त अहिले स्वास्थ्य भई केही मोटाएको पनि छु । हिजोआज त म बिहान उठेर आफू सुतेको ओछ्यान मिलाएर राख्छु,   खाएको भाँडा पनि आफै माझ्छु। मलाई  र मेरो दिदीलाई मामुले कर गणेश वन्दना,  सूर्य वन्दना, सरस्वती वन्दना र  गायत्री मन्त्र सिकाएकोले हाम्रो बिहानीको शुरूवात मन्त्र जपबाट हुने गर्दछ । मैले लकडाउनको अवस्थामा एउटा कविता पनि रचना गरेको छु । त्यो कविताको शीर्षक छ

बन्दले अतालिएको मन  

छु म घरमाघरमा बाबाआमा दिदीसाथ  

मलाई त थोरै मात्र दुनियाँ थाहा छ ।

सबै हुन्थ्यौ हिजो हतारहतारमा  

हिजोआज त सबै छौ घरघरमा ।

होमवर्क छैन पढाइपढाइ छैन चिन्ता छैन केही

मीठोमीठो पाक्छ घरमा फेरीफेरी।

टिभी मोवाइल हेर्न भ्याइन थियो  

आजभोलि यही छ समय काट्ने मेलो।

घरीघरी सम्झना आउँछ साथीसँग खेलेको  

एकैछिन सोच्छु  साँच्चै बाहिर के भएको

बाहिर नगएको साथीसँग नखेलेको धेरै दिन भयो  

चौर, गल्ली,  हरियाली पार्क डुल्ने मन थियो।

स्कुल नगएको,  नपढेको धेरै दिन भयो  

पढी,लेखी ठूलो मान्छे बन्ने मन थियो ।

कोरोना कोरोना भन्छन् थाहा छैन मलाई  

बाबामामुको साथमा छु डर छैन मलाई ।

धेरै दिन भयो हामी घरभित्र भाको  

कोरोना भो तिमी नउठाउने हाम्रो सातो।

मैले विभिन्न चित्रहरू पनि  बनाएको छु कोरोना सम्बन्धि, विश्व वातावरण  आदि धेरै बनाएको छु। म बाबा, मामु र दिदीसँग मिलेर मीठोमीठो खानेकुरा पकाउने, हाजिरीजवाफ जस्ता खेल खेल्छु । मलाई र दिदीलाई  मामुले  पुराना एलबमबाट आफन्तहरूको फोटोहरू देखाएर  चिनाउँदै साइनो सम्बन्ध लगाउन सिकाउनुहुन्छ। मलाई धेरै रमाइलो  भइरहेको छ । साथीहरू तपाईंहरू पनि म जस्तै गरेर समय बिताउनु होला है। अहिले त मेरो स्कुलले अनलाइन कक्षा पनि शुरू गरेको छ,  मलाई निकै रमाइलो भइरहेको छ, प्रविधिबाट भए पनि शिक्षक र साथीहरूसँग भेट भैरहेको छ ।
अर्को समाचार
‘पानी खानु मुलको’ सार्वजनिक
२० साउन २०७७
•
१ मिनेट पाठ
‘पानी खानु मुलको’ सार्वजनिक
धनकुटाकी गायिका जुनी खालिङ राई र सचेत एवाई राईको स्वरमा रहेको पुर्वेली लोकगीत ‘पानी खानु मुलको’ म्युजिक भिडियो सार्वजनिक भएको छ । लकडाउनको समयलाई सदुपयोग गर्दै  युट्युव च्यानल मार्फत उक्त गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।  




गीतकार जीवन खालिङ राईको शब्द रचना रहेको गीतको संगीत कृष्णकुमार राईले गरेका छन् । यस गीतको एरेन्ज चर्चित कलाकार कृष्णभक्त राईले गरेका छन् । रेजिना राईको कोरियोग्राफी रहेको म्युजिक भिडियोमा कृष्णकुमार राई र स्वयम् रेजिना राईले अभिनय गरेका छन् । धनकुटाको तमोर नदी किनार आसपासमा छायाँङकन गरिएको हो । गाउँको जीवनशैली र मायाप्रेम समेटिएको म्युजिक भिडियो राज बान्तावा राईले छायाँङकन गरेका हुन् ।  

पुर्वाञ्चल इटहरीमा रेकर्ड गरिएको गीतको मिक्सिङ सेवा रेकर्डिङ अनामनगर काठमाण्डौले गरेको गायिका जुनी खालिङ राईले बताइन् । यस अगाडी जुनीले ‘कस्तो होला मनको राजा’, ‘काफल पाक्दा’, ‘कुन्नी को–को आउन थाल्यो’, जस्ता गीतमा आवाज दिएकी छिन् ।
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस