नातिनीको आइप्याड
१३ असार २०७७
•
३ मिनेट पाठ
नातिनीको आइप्याड

खेमराज पोखरेल

नानीबाबुहरू,




आज म तिमीहरूलाई मेरी नातिनी एनिजाको आइप्याडको कथा सुनाउँछु । आइप्याड भनेको सानो ल्यापटप कम्प्युटर हो । एनिजा ४ वर्षकी छिन् । उनी स्कुल पढ्न जान्थिन् । तर कोरोनाले गर्दा उनको स्कुल बन्द भयो । स्कुलले अनलाइन पढाउने भयो । स्कुलले नै उनलाई र उनीसँग पढ्ने सबै नानीबाबुहरूलाई एकएकवटा आइप्याड दिएको छ । त्यही आइप्याडमा मेरी नातिनी एनिजा होमवर्क गर्छिन् । पढ्छिन् । उनी आफैं आइप्याड खोल्छिन् । आफैं चलाउँछिन् । खेल्छिन् । आफैं बन्द गर्छिन् । जानिनन् भने मलाई सोध्छिन् । उनी आइप्याडमा युट्युव खोलेर एविसिडी, वनटुथ्रीका गीतहरू हेर्छिन् । एदेखि जेडसम्म र वनदेखि ट्वेन्टीसम्म फरर आउँछ उनलाई । गीतबाटै अनेक थरीका रङ चिन्छिन् । नाच्ने गीत लगाएर नाच्छिन् । बिहानबेलुका दाँत माझ्न उनलाई त्यही आइप्याडले सिकाएको छ । सधैं नुहाउन, सफा कपडा लगाउन र बेलामा खान उनको आइप्याडले सिकाएको छ । धेरै कुरा जानेकी छिन् मेरी नातिनीले आइप्याडमा ।

नातिनीको आइप्याड उनका लागि शिक्षक भएको छ । उनको अनलाइन क्लास छ । त्यही आइप्याडमा उनले क्लास लिन्छिन् । आइप्याडमै होमवर्क पनि गर्छिन् । तर जति बेला पनि आइप्याडमा झुन्डिन्नन् । बाबुआमा, हजुरबाहजुरआमासँग खेल्छिन् । पिङ खेल्छिन् । बेलामा सुत्छिन् । बेलामा खानेकुरा खान्छिन् ।

अहो, तिमी नानीबाबुहरूलाई मेरी नातिनीको आइप्याडको कथा सुनेर अचम्म लाग्यो होला हगि ! किनकि तिमीहरूले मोबाइल, आइप्याड तथा कम्प्युटर चलाएको देखेर तिम्रो बाबुआमाले गाली गर्नुहुन्छ होला ! हो ? ‘पढेन’ भन्नुहुन्छ होला ! हो ? पक्का हो । तिमीहरू आफ्ना बाबुआमालाई मोबाइल र आइप्याड हेरेर मान्छे बिग्रँदैन भन  । तर आमाबुवालाई यसो भन्नुभन्दा पहिले तिमीहरूले आफ्नो बानी फेर्नुपर्छ है ।

एक दिनमा कति घण्टा मोबाइल चलाउने भन्ने कुराको  टुंगो लगाउनुपर्दछ तिमीहरूले । कति घण्टा टिभी हेर्ने भन्ने टुंगो लगाउनुपर्छ । कुनकुन कार्यक्रम हेर्नुपर्छ भन्ने कुरा पनि तिमीहरूले थाहा पाउनुपर्छ । तिमीहरूलाई थाहा छ होला दिन र रात गरेर चौबीस घण्टा हुन्छ । त्यही समयभित्र स्कुल जानुपर्छ । घरमा आएर होमवर्क गर्नुपर्छ । साथीसँग खेल्नुपर्छ । खाना खानुपर्छ । घरका बाबुआमा र दिदीबहिनीसँग बोल्नुपर्छ । आफन्त भेट्न जानुपर्छ । राति कम्तीमा ८ घण्टा सुत्नुपर्छ । तर मलाई लाग्छ कि तिमीहरू हरदम मोबाइल नै चलाएर बस्छौ होला ! पक्का हो । मोबाइल चलाउन थालेपछि खाना खान पनि अल्छी गर्छौ होला । होमवर्क पनि गर्दैनौ होला । टिभी हेर्न थालेपछि आमाबुवालाई पनि टिभी हेर्न नदिई आफू मात्र हेरेको हेरै गर्छौ होला । घरमा आएका आफन्तसँग पनि बोल्दैनौ होला । जतिबेला पनि मोबाइल हेरेर बस्छौ होला । यस्तो गरयौ भने तिमीहरूसँग आमाबुवा मात्र होइन, म पनि रिसाउँछु । आउने पाहुनाले पनि तिमीलाई ‘कस्तो बदमास बच्चा’ भन्ने छन् । मान्छेले बदमास भनेको मनपर्छ तिमीहरूलाई ? पक्का मन पर्दैन ।

नानीबाबुहरू, अहिलेको संसारमा कम्प्युटर चलाउन नजानी ठूलो मान्छे हुन सकिन्न । मोबाइल पनि सानो कम्प्युटर हो । आइप्याड पनि कम्प्युटर हो । यी सबै तिमीहरूका लागि आवश्यक कुरा हुन् । टिभी पनि अहिलेको संसारको नभै नहुने ज्ञान दिने वस्तु हो । यो पनि आवश्यक कुरा हो । यी सबै कुरा सिक्नु आवश्यक छ ।

 अहिलेको संसार एउटा सानो मोबाइलभित्र अटाएको छ । मोबाइलभित्र धेरै ज्ञानका कुराहरू छन् । मुख्य कुरा भनेको तिमीहरूले मोबाइल चलाउँदा कति समय चलाउँछौ र कुनकुन कार्यक्रम हेर्छौ भन्ने हो । धेरै समय चलायौ भने तिमीहरू सबै आफन्तबाट टाढा हुन्छौ । नराम्रो कार्यक्रम हेर्यौ भने तिमी पनि नराम्रो हुन्छौ । नराम्रो मान्छे भनेको बदमास मान्छे हो । तिमी पक्का पनि बदमास मान्छे हुन चाहँदैनौ होला । धेरै राम्रो मान्छे हुन धेरै पढ्नुपर्छ । राम्रो मान्छेलाई सबैले मन पराउँछन् । तिमीहरू पनि सबै मान्छेले मन पराउने हुनु है । राम्रो मान्छे हुनु है । राम्रो र ज्ञानी मान्छे हुन केके गर्नुपर्छ भन त ?
ल फेरि सुन म भन्छु  –  मोबाइल, आइप्याड वा कम्प्युटर हेर्न, चलाउन, पढ्न हुन्छ । चलाएनौ भने पनि तिमीहरूलाई भोलि अप्ठ्यारो हुन्छ । तर, समय मिलाएर मोबाइल हेर्ने, होमवर्क गर्ने, घरको काम गर्ने र साथीभाइसँग खेल्ने गर्नुपर्छ । आमाबाबु, दिदीबहिनी र दाजुभाइले भनेको मान्ने गर्नुपर्छ । अनि बेलामा खाने र बेलामा सुत्ने पनि गर्नुपर्छ नि । अब त कुरा बुझ्यौ !

तिमीहरूलाई माया गर्ने

अमेरिकाको हजुरबा

सान एन्टोनियो, अमेरिका ।
अर्को समाचार
सुन्दर देश नेपाल
२२ साउन २०७७
•
१ मिनेट पाठ
सुन्दर देश नेपाल

डा. घनश्याम न्यौपाने परिश्रमी

 




अग्लाअग्ला पहाडमा

पानी जमी हिउँ बन्ने

हिउँ जमेका पहाडलाई

हिमालचुली हो भन्ने ।

माछापुच्छ्रे, अन्नपूर्ण,

गौरीशंकर, गणेश

माथि यिनै हिउँचुली छन्

तल पहाड, मधेश ।

संसारकै अग्लो चुली

सगरमाथा हिमाल

हिउँचुलीको काखमा छ

सुन्दर देश नेपाल ।

मुगुमा छ राराताल,

पोखरामा फेवाताल

गण्डकी, कोशी, कर्णाली

बग्ने देश हो नेपाल ।
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १० मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
झोला
झोला
नागरिक नागरिक • · २२ साउन २०७७ · १ मिनेट पाठ
मेरो जुत्ता
नागरिक नागरिक • · २१ साउन २०७७ · १ मिनेट पाठ
सुन मेराे सानाे भाइ !
नागरिक नागरिक • · २१ साउन २०७७ · १ मिनेट पाठ
नेपालको सान
नेपालको सान
नागरिक नागरिक • · २२ साउन २०७७ · १ मिनेट पाठ
मौरीको कला
नागरिक नागरिक • · २१ साउन २०७७ · २ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस