घलेगाउँ
१३ असार २०७७
•
१२ मिनेट पाठ
घलेगाउँ
लमजुङको पर्यटकीय घलेगाउँ । तस्बिर: ज्योतिकेशर सिंह
डाँडाको थाप्लोमा झुरुप्प बस्ती। ढुंगा र माटोबाट बनेका घरहरू। टिनले छाइएका रंगीन छाना। पृष्ठभूमिमा झलमल्ल हिमाल। स्वर्गकै एउटा टुक्रा! मुलुककै पहिलो स्मार्ट भिलेज–घलेगाउँ (२,०७० मिटर)।  




गण्डकी प्रदेश, लमजुङ जिल्ला, क्होंलासोंथर गाउँपालिका–३ को रमणिय बस्ती। गाउँमा गुरुङ, घले र दलितका १२५ घर छन्। गुरुङ संस्कृति, हिमाली दृश्य, आत्मीय व्यवहार र मीठो खानाका लागि प्रख्यात गाउँ। गाउँको स्वच्छ वातावरणमा तन र मन रिचार्ज हुन्छ। ऊर्जा बढ्छ।   

घलेगाउँमा २०५६ साल चैत २० गतेदेखि होमस्टे सुविधासहित ग्रामीण पर्यटनको अभ्यास गरिएको हो। १२ घरबाट होमस्टे शुभारम्भ गरिएकामा अचेल ४० घरमा होमस्टे गराइन्छ। 
साविकको उत्तरकन्या गाविसमा पर्छ घलेगाउँ। सरकारले बागलुङपानी, मालिङ, उत्तरकन्या, भोजे, सिङ्दी, गिलुङ र भुजुङ गाविस मिलाएर क्होंलासोंथर गाउँपालिका बनाएको छ। गुरुङ समुदायको आदिमभूमि क्होंलासोंथरको नाममा गाउँपालिकाको नामाकरण गरिएको हो।

प्रकृति र संस्कृतिको संगम–घलेगाउँ। गाउँबाट माछापुच्छे«, अन्नपूर्ण दोस्रो, बुद्ध, हिमालचुली, लमजुङ, डा. हर्क गुरुङ पिक र मनास्लु लगायत हिमाल छर्लङ्ङ देखिन्छन्। सूर्योदय र सूर्यास्तको दृश्यले पनि मोहित बनाउँछ। पुस–माघमा गाउँमा हिउँ पनि पर्छ।    

ग्रामीण पर्यटनको नमूना गन्तव्य घलेगाउँमा घुम्नलायक चियाबारी, गुरुङ  संग्रहालय, भ्यूटावर, उत्तरकन्या मन्दिर, कोइवो धिँ लगायत सम्पदा छन्। त्यस्तै छिमेकी गाउँहरू घनपोखरा, भुजुङ र बागलुङपानीमा हाइकिङ गर्न मिल्छ।  

गाउँका अगुवा प्रेम घलेको अगुवाइमा २०५६ साल चैत २० गतेदेखि घलेगाउँमा ग्रामीण पर्यटनको अभ्यास हुँदै आएको छ। पर्यटन व्यवस्थापन समितिले बर्सेनि वैशाख २३ देखि २५ गतेसम्म ‘घलेगाउँ महोत्सव’ आयोजना गर्छ। विसं २०५७ बाट मनाउन थालिएको महोत्सवमा व्याडमिन्टन, बास्केटबल र फुटबल प्रतियोगिता गर्नुकासाथै सांस्कृतिक कार्यक्रम पनि देखाइन्छ।  

घलेगाउँलाई २०७६ साल मंसिर १७ गते स्मार्ट भिलेज घोषणा गरिएको छ। गाउँमा सडक, विद्यालय, खानेपानी, बिजुली, टेलिफोन, इन्टरनेट, होटल, होमस्टे लगायत आधारभूत सुविधा छ।  

जीवनशैली  

गाउँलेको मुख्य पेशा पर्यटन, कृषि, पशुपालन र वैदेशिक रोजगार हो। गाउँमा खेतीपाती गरेको, गाईभैंसी दुहेको, बाख्रा र कुखुरा पालन गरेको, राडीपाखी, डोकोनाम्लो र भकारी बुनेका दृश्य देखिन्छन्। यस्तै सामाजिक विकास, नदीनाला, वनजंगल, जंगली जनावर आदिको अध्ययन गर्न सकिन्छ। गाउँका घरआँगन सफा छन्। गाउँलेमा सामूहिक भावना पाइन्छ। उनीहरू मिलेर विकासका काम गर्छन्।

पर्यटकका लागि ब्रेकफास्ट तयार गरिँदै।  

 संस्कृति  

सांस्कृतिक हिसाबले गुरुङ समुदाय समृद्ध मानिन्छ। गुरुङ भाषा, कला, संस्कृति, परम्परा र रहनसहनका हिसाबले घलेगाउँ खुला पाठशाला हो। गाउँलेहरू बोन, बुद्ध र हिन्दू धर्म मान्छन्। उनीहरू हरेक वर्ष पुस १५ मा तमु ल्होछार मनाउँछन्। त्यस्तै बुद्ध पूर्णिमा, साउने संक्रान्ति, माघे संक्रान्ति, दसैं–तिहार आदि पर्व धूमधामसँग मनाउँछन्। चाडपर्वमा नाचगान गर्छन्। अचेल पर्यटकको मागअनुसार गाउँमा कृष्णचरित्र, घाँटु, रोधी, घ्याप्री, सेर्गा र पच्यू नाच देखाउँछन्। पाहुनालाई पनि आफूसँगै नचाउँछन्।    

लोकसंस्कृति । तस्बिर: ज्योतिकेशर सिंह

कोइवो धिं  

गुरुङ समुदाय प्रकृतिपुजक हुन्। उनीहरू खोलानाला, वनजंगल, माटो र हावापानीको पूजा गर्छन्। उनीहरूको आफ्नै संस्कार र संस्कृति छ। पच्यू, बोन्पो लामा र घ्याप्रिहरू उनीहरूका पुरेत हुन्। घलेगाउँको एक छेउमा कोइवो धिँ छ। त्यहाँ बोन धर्मावलम्बीका झाँक्री (पच्यू), बोन गुरु घ्याप्री र राजा क्याल्पोका मूर्ति छन्।  

कोइवो धिं । 

उत्तरकन्या मन्दिर

प्रायः उत्तरतिरबाट पानीको मूल फुट्छ र अन्य दिशामा बग्छ। घलेगाउँको उत्तरकन्या मन्दिरमा भने दक्षिणबाट मूल फुटेर पानी उत्तरतिर बगेको छ। मन्दिरमा कुनै शिला वा आकृति छैन, पानीको मूललाई नै देवीका रूपमा पूजा गरिन्छ।  

पुस महिनाको अन्तिम दिन रातभर जागा बस्ने र माघ १ गते बिहानै त्यही मूलको पानीले नुहाएर धूपधुवाँर गरि घर फर्कने चलन छ। मन्दिरमा बलि चढ्दैन। बरु विश्व शान्तिको कामना गर्दै परेवा उडाइन्छ। मन्दिरमा घण्टी चढाउने चलन छ। सेनामा भर्ती हुनेहरू पनि आफ्नो जीउधन सुरक्षित होस् भनेर घण्टी चढाउँछन्।    

मन्दिर छेउमा सातकन्या कुवा छ। त्यहाँका सात वटा कुवाको पानी मीठो छ। पहिलापहिला गाउँले यहीँको पानी खान्थे। अचेल गाउँमा खानेपानीका धारा छन्।  

उत्तरकन्या मन्दिर। 

क्होंलासोंथर  

तमु समुदायको आदिम थलो क्होंलासोंथर हो। अन्नपूर्ण र लमजुङ हिमालको दक्षिणी काखमा अवस्थित क्होंलासोंथरबाट करीब १२ सय वर्ष अघि गुरुङ समुदाय गण्डकी प्रदेश हुँदै मूलुकका विभिन्न भूभागमा बसाइँ सरेको इतिहास छ।

घलेगाउँबाट दुई दिन पदयात्रामा क्होंलासोंथर पुगिन्छ। त्यहाँ पुरानो बस्तीका भग्नावशेष छन्। क्होंलाको भूगोल ३,३०० देखि ४,२०० मिटर उचाइमा छ। क्होंला क्षेत्र जडीबुटीको भण्डार पनि हो।  

क्होंलामा क्याल्वो राजाले बस्ती बसालेको थिए। तिनताका क्होंला राज्य पश्चिममा मादी नदीको शिर करुदेखि पूर्वमा मिदिम खोलाको शिरसम्म र दक्षिणमा क्रबुच्हो र उत्तरमा दूधपोखरीसम्म फैलेको थियो।  

घलेपार्क  

घलेगाउँमा घले राजाले शासन गरेको इतिहास छ। वंशावलीअनुसार घले जातिका पुर्खा चेडेल्के नम्रुच्युख्याल्साका राजा थिए। कालान्तरमा उनका सन्तानहरू क्हाेंल, ख्होल (क्होंल) र पोंचोंको कोइम्लीनासाका राजा भए। घलेगाउँका पहिलो राजा थोपकुइच्यू हुन् भने अन्तिम राजा क्याल्पोेरुजाक्ले। गुरुङ भाषामा घलेगाउँलाई ‘कोइम्ली’, घलेलाई ‘ल्के’, राजालाई ‘म्रु’ र राज्यलाई ‘ख्याल्सा’ भनिन्छ। घलेगाउँमा तिनै अन्तिम राजा क्याल्पोको प्रतिमासहित घलेपार्क बनाइएको छ।  

राजा क्याल्पोको प्रतिमा। 

संग्रहालय  

गाउँमा सार्क भिलेज नमूना संग्रहालय छ जहाँ गुरुङ समुदायको जन्मदेखि मृत्यु संस्कारसम्म झल्काउने सामाग्री, तस्वीर र चित्र सजाइएको छ। उनीहरूले खेतीपातीमा प्रयोग गर्ने कुटा, कोदाला, जंगलमा प्रयोग गर्ने हतियार, शरीरमा लगाउने पोशाक र गहना राखिएको छ। त्यस्तै भान्छामा प्रयोग गर्ने सामान लगायत चीजबिज अवलोकन गर्न पाइन्छ। 

सार्क भिलेज नमूना संग्रहालय। 

चिया बगान

गाउँ नजिकै दुई सय रोपनीमा चिया बगान छ। चियाको हरियालीमा आनन्दित हुन सकिन्छ। बगानको पृष्ठभूमिमा हिमाल हाँस्छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को सहयोगमा विसं २०५७ सालदेखि चिया रोप्न थालिएको हो। यसको संरक्षणमा जिल्ला भूसंरक्षण कार्यालय लमजुङले सहयोग गरेको थियो। बगानमा घुम्न र फोटो खिच्न पाइन्छ। 

चिया बगानमा काठमाडौंका विद्यार्थी । 

भेडीगोठ  

गाउँलेले भेडा पालेका छन्। दसैं–तिहारका बेला भेडाहरू एक महिना गाउँमै राखिन्छन्। मंसिर पहिलो साता खेत मलिलो बनाउन तिनलाई बेंसीमा झारिन्छ। फागुन अन्तिम सातादेखि तिनलाई फेरि गाउँको छेउछाउ पु¥याइन्छ। गर्मी बढ्दै जाँदा भेडी गोठलाई हिमालतिर सारिन्छ। जेठदेखि भदौसम्म लमजुङ हिमालको फेदीसम्म पु¥याइन्छ। अनि हिउँ पर्न थालेपछि बिस्तारैबिस्तारै बेंसीतिर झारिन्छ।  

भेडीगोठ ।  तस्बिर: ज्योतिकेशर सिंह 

हनी हन्टिङ  

भीर मौरीको मह ओखती मानिन्छ। घलेगाउँ नजिकैको भीरमा माहुरी बस्छन्। त्यहाँ वर्षका दुईपटक कात्तिक÷मंसिर र चैत÷वैशाखमा मह शिकार गरिन्छ। शिकार गर्ने परम्परागत शैली छ। शिकार गर्नुअघि देवताको पूजा गरिन्छ। भीरमा शिकार गर्नु सजिलो हुँदैन। शिकारीहरू डोरी र बाँसको सहाराले झुन्डिएर मौरीलाई चाकाबाट धुँवाले भगाउँछन्। अनि मह काढ्छन्।

भीर मौरी। तस्बिर: ज्योतिकेशर सिंह

गुरुङ पहिरन  

गाउँको संयुक्त आमा समूहले पाहुनालाई गुरुङ पहिरन लगाएर फोटो खिच्ने सुविधा दिलाएको छ। निश्चित रकम तिरेपछि महिला तथा पुरुषले परम्परागत पहिरनमा सजिएर फोटो खिच्न पाउँछन्। यसरी खिचेको फोटो घलेगाउँको मीठो सम्झना बनिरहन्छ। 

गुरुङ पहिरनमा आन्तरिक पर्यटक। 

पदमार्ग  

घलेगाउँ, घनपोखरा, ठूल्लेक हुँदै सिक्लेस भएर पोखरा निस्कने क्याम्पिङ टे«कका लागि एक हप्ता समय लाग्छ। त्यस्तै घलेगाउँबाट थुर्जुलेक हुँदै नामुन भञ्ज्याङ पार गरेर मनाङको तिमाङ पुग्न पनि एक हप्ता क्याम्पिङ टे«क गर्नुपर्छ। घलेगाउँबाट घनपोखरा, भुजुङ, पसगाउँ, पाख्रिकोट हुँदै बेगनास तालसम्म तीन दिने पदयात्रा गर्न पनि सकिन्छ।

पदमार्ग

खाना

घलेगाउँका होमस्टे तथा होटलमा दाल, भात, तरकारी, कोदोको ढिँडो, अचार, रोटी, कोदोको प्यानकेक, लोकल कुखुराको मासु, सुकटी, नारी–पा (कोदोको रक्सी) आदि पाइन्छ। त्यस्तै खाजामा कोदोको सेल रोटी–तरकारी, मकै–भटमास र गुन्द्रुक, झिलिङ्गा आदि हुन्छ। सिजनअनुसारका लोकल तरकारी पाक्छ। होटल तथा रेष्टुराँमा विकासे मदिरा, मम र चाउमिन लगायत परिकार पनि पाइन्छ।

होमस्टे  

घलेगाउँमा २०५६ साल चैत २० गतेदेखि होमस्टे सुविधासहित ग्रामीण पर्यटनको अभ्यास गरिएको हो। १२ घरबाट होमस्टे शुभारम्भ गरिएकामा अचेल ४० घरमा होमस्टे गराइन्छ। तीमध्ये दुई घर दलितका हुन् भने बाँकी गुरुङका। सामुदायिक होमस्टे र होटल ‘घलेज् होम’मा एकै पटक २५० जना बास बस्न सक्छन्। त्यहाँ पारिवारिक वातावरण पाइन्छ। गाउँलेहरू पाहुनालाई फूलमाला र टीकाले स्वागत तथा बिदाइ गर्छन्।  

कोसेली

कुनै पनि ठाउँमा घुम्न जाँदा त्यहाँको कोसेली लिएर फर्कनुपर्छ। घलेगाउँबाट कोसेलीका रूपमा लोकल चिया, मह, कोदोको पिठो, भटमास, गुन्द्रुक, राडीपाखी, डोकोनाम्लो, बर्खे आलु र सिजनअनुसारका तरकारी ल्याउन सकिन्छ।

कसरी पुग्ने ?

वर्षैभरि घलेगाउँ जान सकिन्छ। काठमाडौं–बेंसीशहर १७२ किमि, बसमा ५ घन्टा। अथवा काठमाडौं–पोखरा २५ मिनेट हवाईयात्रा। पोखरा–वेशिसहर ११० किमि। बेंसीसहर–घलेगाउँ २४ किमि। पदयात्रा गर्दा बेंसीसहरबाट बागलुङपानी हुँदै घलेगाउँ पुग्न ६ घन्टा। त्यस्तै खुदीबाट ६ घन्टा उकालो चढेर पनि घलेगाउँ पुगिन्छ।  

ट्राभल टिप्स  

१. होमस्टेमा बास बस्ने गरी जाँदा पहिल्यै खबर गर्नुपर्छ। त्यसो भएमा गाउँलेहरूले आवश्यक स्वागत, सत्कार र खानपिनको तयारी गर्ने समय पाउँछन्। अर्को कुरा, घाम नडुब्दै गाउँमा पुगिसक्नुपर्छ।

२. पर्यटकलाई पर्यटन व्यवस्थापन समितिले घरघरमा बाँडेर राख्छ। उसले आलोपालो प्रणालीमा होमस्टेमा राख्छ। जुन घरमा बसेर खानपिन गरे पनि प्याकेजको मूल्य एउटै हुन्छ।

३. होमस्टे तथा होटलमा मर्यादित भएर बस्नुपर्छ। मेनुमा नभएका कुरा डिमाण्ड गर्नु हुँदैन। राती १० बजे भन्दा पछाडि किचनमा बस्न मिल्दैन। होहल्ला गर्न पनि पाइँदैन।

४. स्थानीय संस्कृति, बोलिचाली, धर्म, भेषभुषा आदिको सम्मान गर्नुपर्छ। गाउँलेसँग राजनीति, धर्म र जातका विषयमा वादविवाद गर्नु हुँदैन।

५. होमस्टेमा जाँदा होस्ट परिवारका लागि उपहार लिएर गएमा आत्मीय गाढा बन्छ। साथै परिवारलाई तरकारी केलाउन, सरसफाइ गर्न, करेसाबारी गोड्न आदि काममा सघाउनु बेस हुन्छ।

परम्परागत शैलीको घर।

म्यान अफ एक्सन  

पर्यटनको उज्यालोमा मुस्कुराइरहेको घलेगाउँ संसारभर प्रख्यात छ। ग्रामीण पर्यटनबाटै गाउँलेहरू समृद्धिका पाइला चाल्दैछन्। मुलुकभित्रका अन्य गाउँहरूका लागि समेत घलेगाउँ ग्रामीण पर्यटनको नमुना पाठशाला बनिसक्यो। घलेगाउँलाई पर्यटनधाम बनाउने अगुवा हुन्–प्रेम घले।

प्रेम घले।
उनकै सपना र नेतृत्वमा घलेगाउँले काँचुली फेरेको हो। गाउँका १२ घरमा होमस्टे सुविधासहित २०५६ साल चैत २० गते ग्रामीण पर्यटनको अभ्यास गरिएको थियो। अचेल ४० घरमा होमस्टे सुविधा छ। पर्यटनको आम्दानी गाउँलेमा बाँडिएको छ। हिजो वैदेशिक रोजगार आम्दानीको प्रमुख माध्यम बनेको थियो भने आज पर्यटनबाटै गाउँ सबल बन्दैछ।

घलेगाउँकै लाहुरे संस्कृतिमा हुर्केबढेका प्रेम पनि १९ वर्षको उमेरमा भारतीय सेनामा भर्ती हुन सिमला पुगेका थिए। त्यहाँ भर्ती हुन उनको तौल पुगेन। केही महिना सिमलामा बस्दा उनले लाहुरेका दुःख बुझे। उनलाई लाग्यो, ‘यस्तो दुःख गाउँमै गर्न सके मातृभूमिको गुन तिरिन्छ।’

प्रकृति, संस्कृति र इतिहासको त्रिबेणीधाम घलेगाउँमा पर्यटनको फूल फुलाउने सपना देखे उनले। सपना मात्र देखेनन्, आवश्यक जनचेतना वृद्धि, पूर्वाधार विकास र मार्केटिङका कामको पनि अगुवाइ गरे। गरिरहेका छन्। उनको होस्टेमा हैंसे  गर्दैछन् गाउँले।   
अनि लाहुरे बन्ने सपना त्यागेर स्वदेश फर्केपछि उनले घलेगाउँमा घलेउत्तरकन्या प्रावि खोलेर १० वर्षसम्म शिक्षा दान गरे। राजनीतिमा पनि उनको लगाव थियो, त्यसैले २०४८ सालमा उत्तरकन्या गाविसको अध्यक्षमा निर्वाचित भए। दोस्रोपटक २०५४ सालमा भने अध्यक्षमा निर्विरोध निर्वाचित भए। अहिले उनी क्होंलासोंथर गाउँपालिकाको अध्यक्षका रूपमा क्रियाशील छन्।  

प्रकृति, संस्कृति र इतिहासको त्रिबेणीधाम घलेगाउँमा पर्यटनको फूल फुलाउने सपना देखे उनले। सपना मात्र देखेनन्, आवश्यक जनचेतना वृद्धि, पूर्वाधार विकास र मार्केटिङका कामको पनि अगुवाइ गरे। गरिरहेका छन्। उनको होस्टेमा हैंसे  गर्दैछन् गाउँले।   घलेगाउँ सुरक्षित गन्तव्य बनेको छ। गाउँलेरू फरासिला, इमानदार, आत्मीय र मायालु छन् ।

बिस्तारै उनको सपना पूरा हुँदैछ। लमजुङको सदरमुकाम बेंसीशहरदेखि घलेगाउँसम्म चाँडै सडक कालोपत्रे बन्दैछ। सडक पिच भएपछि गाउँमा खर्चालु पर्यटक बढ्नेमा उनी आशावादी छन्। पर्यटकहरू दुई–चार दिन घलेगाउँमा बसेर हयाङ्आउट हुनेछन्।

उनी घलेगाउँमा मात्र सिमित छैनन, अध्यक्ष बनेपछि सिंगो क्होंलासोंथर गाउँपालिकालाई पर्यटकीय केन्द्र बनाउने अभियानमा होमिएका छन्। त्यसका लागि पसगाउँ, भुजुङ, घाम्राङ, गिलुङ र बागलुङपानीमा काम शुभारम्भ गरिसकेका छन्।

६१ वर्षको उमेरमा समेत तन्नेरी जोश बोकेर हिँडिरहेका ग्रामीण पर्यटनका नायक प्रेम घले जीवनभर पर्यटनकर्ममै समर्पित हुन चाहन्छन्। उनको सुस्वास्थ्य एवं दीर्घायुको कामना!

सम्पर्क

प्रेम घले–९८५६०४५०१२

आसविर गुरुङ–९८४६५६०८९४

दीर्घ घले–९८४६१९३०६७

भ्यू टावर।
अर्को समाचार
पर्यटक पर्खिरहेको लमजुङको घलेगाउँ
२४ भदौ २०८१
•
४ मिनेट पाठ
पर्यटक पर्खिरहेको लमजुङको घलेगाउँ
विविधताको खानी हो घलेगाउँ। शीरमा सुन्दर सेतो हिमाल। मध्य भागमा जङ्गल। अनि फेदमा घलेहरुको बाहुल्य रहेको गाउँ। ऐतिहासिक तथा पर्यटकीय रुपमा महत्वपूर्ण मानिएको गाउँ हो यो।




जिल्लाको उत्तरी क्षेत्र लमजुङ र अन्नपूर्ण हिमालको काखमा अवस्थित समुन्द्री सतहदेखि दुई हजार सय मिटर उचाइमा अवस्थित घलेगाउँ क्व्होलासोथर गाउँपालिका- ३ मा पर्दछ।

यस गाउँमा जिल्लाभरमै सबैभन्दा बढी पर्यटक आउने गर्छन्। मुलुककै पहिलो स्मार्ट भिलेज, खुसी गाउँ र दक्षिण एसियाकै नमूना गाउँको रुपमा परिचित छ। जिल्लाका धेरै गुरुङ गाउँहरुले पर्यटकीय सम्भावना बोकेका छन।

यीमध्ये घलेगाउँ फरक शैली र पर्यटन क्षेत्रमा फड्को मार्दै जिल्लाकै उदारणीय गाउँको रुपमा परिचित छ।

यतिबेला यहाँका स्थानीय एवं घरवास (होमस्टे) सञ्चालकहरु पर्यटकको पखाईमा छन्। दैनिक दुई सय देखि तीन सय पर्यटक आगमन हुने यहाँ बर्खा लागेसँगै पर्यटकको आगमन ह्वात्तै घटेपछि सुनसान जस्तै बनेको छ।

त्यसैले घरवास सञ्चालकहरु यतिबेला बर्खायाम सकिने क्रमसँगै पर्यटकको स्वागत, सत्कार गर्न आतुर भएका हुन्। 

ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका कार्यालय सचिव तथा घरवास सञ्चालक दीर्घराज घलेले असार लागेसँगै पर्यटक नहुँदा सुनसान रहेको यस गाउँमा अब बर्खा सकिन लागेकाले मौसम सफा हुने, यहाँ आउने बाटोहरु सफा हुने भएकाले पर्यटक आउने बेला हुन लागेको बताए।

यहाँका घरवास सञ्चालकले यतिबेला सुत्ने कोठाहरु सफा गर्ने, पर्यटकका लागि आवश्यक सामग्री तयार गर्न थालेको उनको भनाइ छ।

घरवास सञ्चालक हेमकुमारी गुरुङले भनिन्, ‘बर्खा लागेर तीन महिना पर्यटक ठप्प जस्तै हुँदा दुई चार पैसासमेत आम्दानी छैन, अब बर्खा सकिन लाग्यो पर्यटक आउने र आम्दानी हुने पर्खाइमा छौं।’

होमस्टेमा पुगेका पर्यटकका लागि सत्कारसँगसँगै आफ्ना कला, भेषभूषा संस्कार, संस्कृति जोगाइ राख्न जुटेका उनीहरुको जातीय पहिचानसहित सांस्कृतिक नृत्य प्रस्तुत गर्ने गरिन्छ

यहाँका अधिकांश घरवास सञ्चालकको मुख्य आम्दानीको स्रोत नै पर्यटन हो। यहाँ पर्यटकीय सिजनमा प्रति घरवासले ५० हजारभन्दा बढी आम्दानी गर्छन्।

पर्यटक नहुँदा फुर्सदिला बनेका घरवास सञ्चालक पर्यटक पर्खदै उनीहरुका लागि आवश्यक अर्गानिक सामग्रीको तयारीमा व्यस्त छन्।

गाउँमा आएका पर्यटकलाई स्थानीयले स्वागत, सम्मान र बिदाइमा सेतो टीका, फूलको माला, गुच्छा र खादा लगाइदिने गर्दछन्। अनि गुन्द्रुक, मकै भटमास, कोदोको सेलरोटी, चियालगायत परिकारहरु खुवाउँछन्।

स्वागत र विभिन्न परिकारहरु पर्यटकलाई दिएपछि गुरुङ संस्कृतिको गीत तथा नाचहरु प्रस्तुत गरी पर्यटकलाई भरपूर मनोरञ्जन दिलाउँछन्।

पर्यटकलाई घरमा लगेर गुरुङ संस्कारमा आधारित घाटु, कृष्ण चरित्र नाच, घ्याबे्र, लामा, सोरठीलगायतका परम्परागत नृत्यहरु प्रस्तुत गर्नु घलेगाउँवासीको परम्परा हो।

यसबाट आफ्ना संस्कार र संस्कृतिको जर्गेना हुने र पर्यटकले यसबारे जानकारीसँगै मनोरञ्जन लिने गरेको पर्यटन व्यवस्थापन समिति, घलेगाउँका अध्यक्ष तथा क्होलासोथर गाउँपालिकाका पूर्वअध्यक्ष प्रेमबहादुर घलेले बताए।

पर्यटकको पर्खाइमा बसेका घलेगाउँबासीहरु पर्यटक आगमन हुँदा उत्साहित हुने उनको भनाइ छ। घलेगाउँमा घरवासको क्षमताभन्दा बढी पर्यटक आउने बेलामा अन्य छिमेकी गाउँका घरवासमा पठाउने गरेको उनले जानकारी दिए।

उक्त समितिका अनुसार विसं २०५७ बाट सञ्चालनमा आएको यस घरवास (होमस्टे) मा यतिबेला ४४ घरमा घरवास (होमस्टे) सञ्चालनमा छन्। एक रातमा तीन सय जना बास बस्ने क्षमता छ। साथै यहाँ दुई वटा होटल सञ्चालनमा छन्। 

होमस्टेमा पुगेका पर्यटकका लागि सत्कारसँगसँगै आफ्ना कला, भेषभूषा संस्कार, संस्कृति जोगाइ राख्न जुटेका उनीहरुको जातीय पहिचानसहित सांस्कृतिक नृत्य प्रस्तुत गर्ने गर्दछन्।

विसं २०६२/६३ को जनआन्दोलनपछि देशमा गणतन्त्र स्थापना भएसँगै गठन भएको संयुक्त सरकारको परराष्ट्रमन्त्रीस्तरीय सार्क बैठकले नेपाल सरकारको पहलमा घलेगाउँलाई सार्क राष्ट्रकै नमूना ग्रामीण पर्यटन गाउँका रूपमा घोषणा गरेको थियो।

स्मार्ट भिलेज तथा खुसी गाउँ घोषणा केही वर्षअघि भइसकेको छ। नेपाल आदिवासी जनजातिमध्ये गुरुङहरूको उद्गमथलो तथा घलेराजाले अन्तिम राज्य सञ्चालन भएको गाउँ हो यो। यस गाउँमा करिब १३५ घरधुरी छन्।

यहाँबाट आठ हजार १६३ मिटर उचाइको मनास्लु हिमाल, सात हजार ८३५ मिटरमा रहेको ङादीचुली (डा. हर्क हिमाल), सात हजार ९३५ मिटर उचाइको अन्नपूर्ण हिमाल (दोस्रो), अन्नपूर्ण हिमाल (चौथो), छ हजार ९६३ मिटर उचाइको माछापुच्छ्रे हिमाल, सात हजार ८९३ मिटर उचाइको हिमालचुली, छ हजार ९८६ मिटर उचाइको लमजुङ हिमाल र छ हजार ६७२ मिटर उचाइको बुद्व हिमाल देखिन्छ।

यहाँ अन्तिम घलेराजा ज्याल्बु रुजा क्लेको शालिकसमेत देख्न सकिन्छ। घलेगाउँमा प्रतिव्यक्ति एक रातको एक हजार २५० शुल्क लिइन्छ। सो रकम तिरेबापत एक रात सुत्न तथा एकएक छाक मांसाहारी र शाकाहारी भोजन पाइन्छ।

साथै बिहानको खाजामा चिया, कोदोको सेलरोटी, तरकारी र अण्डा पर्यटकले प्राप्त गर्छन्। घलेगाउँ काठमाडौंंबाट तनहुँको डुम्रे बजार हुँदै बेंसीसहरसम्मको १७२ किमी र प्रदेश राजधानी पोखरादेखि बेंसीसहरसम्म ११० किमीको दूरीमा रहेको छ। बेंसीसहरबाट घलेगाउँ पुग्न २४ किमी यात्रा गर्नुपर्छ।-रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस